[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 139299 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-14-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पुन्ट्या पालाँ भनेँ भाका फेर्न परो --

जता नजर उतै हात गर्नी भन्या त मुइले ऐले हो
हुन्न ऐले ट्याम् आएसी बिचारम्ला के रे भन्नी तिमी नै हो
मन मात्रै क्यार्नु साटम् न ज्यान पनि भन्नी मै हो
बर्ता बर्ता हुनी हैन है भन्दै हेरी उफ्रीनी भन त को हो
झ्याङ्गाँ त्यो नि अब साझाँ के जान्नु के दिया हो
केइ गर्नी भे भनन खुलेर आम्म्म्मामा कस्तो डराको हो?
 
Posted on 11-14-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D Ha ha ha lol ....haamro punte daa pani tyasto ..:O
 
Posted on 11-14-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हतार त तिम्लाई मात्र होईन, अल्लारेहरु सबलाई हुँदो हो
हतारिएको तृष्णा मेट्न, हतारिएकी उत्ताउली कै पछि लाग्नि हो
नहतारिएकी सोझीले नै मन छिन्या भए, बिचार गर्न परो
छिल्लेको तृष्णा छोडि, बनाउन प-यो धैर्य दह्रो!
 
Posted on 11-14-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त यहाँ बबाल दोहोरी, तेहेरी, के के हो गै'रा र च त,
लौ लौ जाओस् अरु नि
 
Posted on 11-14-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भन्ने मैले
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।
 
Posted on 11-14-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बा बा
कबिता दोहोरी कसरी चुपलागेर बसम्
दीप, शुभा, पुन्टे, प्रीति लौ अब पलेटी कसम्

मायाका सब्द फ्याँकिया छ चौका छक्का हुने गरी
लबस्तरो म मोरोले बुझ्ने हो खै कसरी ?

आफुलाइ त सबै एकनास छ
एता छामे नी उता छामे नी खालि चिसो मात्रै हात लाग्छ
काम छैन के गर्ने यार दिनभर साझामा कुइकिया छ
बेलुका भेसि टन्न चिसो चिसो बियर हुइकाइया छ
 
Posted on 11-14-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल जाओस जाओस!!

क्या गइरहेको रहेछ आज यहाँ!!
सान्नानी ओहो!! कस्लाई हो त्यस्तो??

फेरिपनि मेरो कथा पढिदिनुभएकोमा पून्टे दाईलाई धन्यवाद छ।

तितौरी, किन 'पर्ख' नि? हेर्दा नि हेरेनौ नि त्यो दिन त!! झत्ते लुगा लगाएका तिर त तिम्रो आँखा नै नजाने! :पि, कथा पढिदिएकोमा तिमीलाई धन्यवाद छ है!! तिम्रो कथाको अर्को पाटा लेखेको मात्र हो के मैले!!

:-)
 
Posted on 11-14-06 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

:p
 
Posted on 11-14-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ बेलाँ कैले कौसीमा कैले झ्यालाँ गरी
आँखा झिम्काम्थी भोली त आम्दैन कि झै गरी
अब आफु कौसिमा आइयो, उ क्यार्न हतारीया हो भन्छे
नहतारिनी जति त बुढि कन्ने भए के रे! कस्तो मान्छे!



अब अर्की तिर लाग्नु पर्यो ---

कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-14-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेब्रोले निशान्ता कथा लेखेर कस्तो मनमा आफ्नो पैरो गो -- म मिलार लेखम्ला अनि समीधाकी फुपुकी छोरी सङ नाङ्लाँ बसेर बात मारम्ला भन्दैथें।



लौ मैले त आजलाई बिट मारेँ है साथी हो -- बाँकीले लडाम्दै गरम्।
 
Posted on 11-14-06 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D :D

हत्तेरिका!! बेकार धान काटन गएछु। पानीले निथरुक्कै भिजायो । दोहरी नि छुट्यो ।
अब दिपले बिट मार्या भए भोलि बिहान सम्म लै 'दोहरी' स्थगित ।
:)
 
Posted on 11-14-06 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा !! क्या छ कविता-तेहेरी

गाम्लेहरु सप्पैलाई नमस्ते है ।

कखराले दिनरात खाएर चौतारीमा टुक्रुक्क बस्न पनि भ्याएन गोडा-चारेक दिन । तर चियाउन चाहिँ दिनको एक चोटी चियाइरा'को थिएँ ।

उटपट्याङ पनि सारै राम्रो लाग्यो, जाओस जाओस अरु पनि ।
 
Posted on 11-14-06 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha ha ha ha ha--------!!!
 
Posted on 11-14-06 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haahaahaahaa...:D khub ramaailo bhaechha !
 
Posted on 11-14-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो मैले त पुरै नहेरेकि बिट मार्या हैन है ज-जस्लाइ लेख्न मन छ लेखम
 
Posted on 11-14-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

सपैले धेरै रमाईलो अरेछन चौतारिआँ आज। आफुले भने यसो चिहाउन सम्म पाको हैन, यसबेला भओ क्यार्नु!

पुन्टेदाई तपाईँले भनेओ भेटघाटको समय अहिले सम्म मिल्छ जस्तो लाग्दैछ तर हेरुम समयले कस्तो झटारो हान्छ! भेटघाट गर्न पाए धेरै रमाईलो हुन्थ्यो।

कुम्ले हे हे हे ...अलि राम्रो लुगा ला'र जान परो नि गाँठे :)

दीप र सुभाको जुहारि मजाको छ! जावस अरु पनि!
 
Posted on 11-15-06 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्को चौपारी खनुम् न. ल नमे अभियन्ता रिटायर भे'र पिलसिगं पकाम्नी, अनि मैना मैना पिलसिगं थाप्न मत्रै चौपारीयाँ आम्नी कुरो अर्दै थिए केरे.
भनेसि अब तितौरीले चिने भैगो नि नयाँ चौपारी उट्पट्यागं तरिकाले. बिगार्लिउ नि फेरुन. ह्याँ पराउटिस अरेर उत्तिर्न भे'सि अनि पक्काले चिने है.
 
Posted on 11-15-06 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aahaahaahaa...:D khub ramaailo bhaechha

Roll #6 thuli
hajur miss
 
Posted on 11-15-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त आज फेरि दोहोरी (तेहेरी) शुरु गर्ने होइन?? ल ल शुरु गर्न पर्यो!!

सबैलाई नमस्ते!!

:-)
 
Posted on 11-15-06 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुब् रमाइलो भा थ्यो हिजो।
कुम्लेले कल्लाई हो रे? हरे jpt हो नि कल्लाई हुनि? :D:D

आर्को चौपारी खनुम् न. ल नमे अभियन्ता रिटायर भे'र पिलसिगं पकाम्नी, अनि मैना मैना पिलसिगं थाप्न मत्रै चौपारीयाँ आम्नी कुरो अर्दै थिए केरे.
भनेसि अब तितौरीले चिने भैगो नि नयाँ चौपारी उट्पट्यागं तरिकाले. बिगार्लिउ नि फेरुन. ह्याँ पराउटिस अरेर उत्तिर्न भे'सि अनि पक्काले चिने है.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters