[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 126023 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-05-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु खबर त के छ र, मेरो त बेलुकी ढिंडो हसुर्न ढिला भैसक्यो, म चाँही लागें । बरु गाम्ले हरुको के के खाने बेला भा'छ, खा हो?

ल जिम्माल बा नि आएचन, जदौ गरेँ है
 
Posted on 12-05-06 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइँले त अइ एउथाल हसुरेओ गाँठे!
तिउन नि ख्याल मिठो थेन, ट्वाक्क नून, ट्वाक्क मसला, ट्वाक्क पिरो! बेला बखताँ एस्तो खानेकुरा खान पाम्दा मजाले बजाइन्छ के रे।

लु हरितालिके तिमी नि मजाले खाऊ, मिठो भओ भने थाल नै कोपरे नि हुन्छ गाँठे! :)
 
Posted on 12-05-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई हा----ई!

सान्नानी, पुण्टे बूढा र दीपका कुरा पढ् बाँकीनै छ। चौतारी पनि राम्रो मल-जल पा'को मूला जस्तो एकै दिनाँ हलक्क बढेर काँ'ट काँ पुग्छ गाँठे! अब पछाडि फर्केर पढ्नु पर्ला।

पुन्टे बूडाका गोठाँ हुनी चौतारी जमघटमा अनलाईन सहभागिता जनाउने भा छु मुइले पनि!:D

अरु कुरो त त्यस्तै हो, चौतारीमा सुगा-रोग फेरि बढ्न थालेजस्तो छ। न बर्ड-फ्लूनै हो राम जाने। सुगा रोग लाग्ने जत्ति सप्पैलाई पिंजरामा हालेर दुई-चार दिन 'गोपी किस्न काउ---' भन्न लाउनुपर्ला जस्तो छ।

 
Posted on 12-05-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे बुडा, चाइन्जो मेरो मिल्ला मिल्ला अस्तो त छ तर क्यार्नु एउडो भूमरिआँ फँसेओ छु तो बाड ट्याममै निक्ले भुने म चाइँ आम्ने भएँ! तर आस गरेस भर नपरेस भनेओ अस्तो अवश्था छ क्यार्नु!
 
Posted on 12-05-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो आबो मलाई किन औढाहा हुनु नि हौ गालब्स ? म त दंग छु कि सपैले नमस्ते गरेकोले। बरु गालब्स,नमेस, नेप्चेस, हरिस अनि गौतम्स, जिम्स काक्स लाई नमस्ते गरे ल मैले नि।

जिम्माल बा को खोकि बिसेक भयो??



आँच, कति राम्रो हौ सुगाको खोर मलाई त सुगा हुन पो मन लाग्यो हौ :D :D
 
Posted on 12-05-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोरमा पसे'सी आफसे-आफ सुग भईन्छ रे मिस! एकबाजी पसी हेर्ने कि? (गफै त हो!)
 
Posted on 12-05-06 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hudai cha? yeso ke hudai cha bhaner aakha tankaako. aamaa le dekhya bhane marcha rati rati computer chalaayo bhaner :( see u 2morrow guys
 
Posted on 12-05-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि! कता बाट राति आयौ बा आज?
ल तिमी नेपाल जाने कुरा देखेको थिएँ राम्रो संग जाऊ है?
अनि फर्केर आएपछि रमाईलो हरु सुनाऊ अनि फोटो पनि टाँस है त चौतारिमा?
:)
 
Posted on 12-05-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएँ!
 
Posted on 12-05-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल! जिम्दै छौ होला भन्ने ठान्या' छु के रे। मेरा पुनि छातीभित्र के जाती भट्याक-भट्याक गर्दै छ अहिलेसम्मलाई।
 
Posted on 12-05-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तै छ गोताएँ जिन्तखि चलिरा'छ! एउमुठि सास बाँकि नै छ भनुम् न!
तर यस्तो देखो र सुनो भने "ए रात्तै अझै बाँचिन्छ कि" भनेओ अस्तो लाउछ गाँठे!

राजु परियारले तुर्तुरे देखि सिउँडिबार-सुन्दरबजार अनि भोटेओडार-फलियासाँघु हुँदै बेशिशहर देखि माथि खुदि-भुल्भुले सम्म जाने मायाको गित गाएका रैछन्!

हे डाँडागाउँले माईली र ठुली
आजभोलि के गर्दै छन् होलि
लमजुङ जाने दाई
लमजुङ जाने दाई
सोध्या छ भन्दिनु मेरो मायालाई

हे घुमिहाल्यो मायाको साँचो
जे गरे नि पापिलाई के खाँचो
लमजुङ जाने दाई
लमजुङ जाने दाई
सोध्या छ भन्दिनु मेरो मायालाई......



 
Posted on 12-05-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच! जिम्स सुड्डा!
तोर्पे, तोर्पे गित टाँसिदिने के फिरि सुड्डाले राति राति!

अन्त हाम्रो केटाहरुको गित टाँस्न लागेको कि मैले पनि-- :)

छाति फुलाएर तँ यहि गल्लि धाउँछस?
हामिलाई तर्साउन ग्याङ लिएर आउँछस!
हाम्रो ठिटाहरुलाई तँ जहिले धम्कि दिन्छस
ओइ! झारपात मलाई चिन्छस??

हल्ला गर्दै हिँड्छस् रे ब्ल्याक बेल्ट पाको
बिहे देखाइदिउँ म?, तेरो हजूरबाको?
ओभर भए गोबर होलास् नखोज हे निउँ
ओइ झारे? दिउँ????

चिनेको छस? म को हुँ? टोल टोलको दादा
अहिले तँलाई दच्काउँदा केहि छैन बाधा
मलाई भेट्दा डरले हो कि लामो सास फेर्छस
ओई??? घुरेर हेर्छस?????

हाम्लाई एकै फ्वाँक पार्छु तइँले भन्या हैनस?
सारा एरिया थर्काएको तैँले देख्या छैनस
धाक माथि धम्कि नदे तँलाई काँचै खान्छु
कच्याsssक चाहिँ नगर ल? तेरो करङ भाँच्छु!

पहिले जस्तो झराप नठान भा'छु तगडा
अइले सम्म कति गरेँ यस्ता लफडा
अब देखि यो बाटो कहिले नधाउलास
दिउँ लात??? तैँले सास फेर्न नपाउलास!!!

गफ दिन्छस रे, म जस्तोलाई ढाल्छु भनेर
तँ जस्तोलाई उडाइदिन्छु मान्छे गनेर
म पनि हरिप ने हो मान्छे थर्काउँछु
अझै रड्डिज गरिस भने चिलिम फर्काउँछु

यो टोलको चेलिहरुलाई जिब्रो पड्काउँछस
हाम्रो ग्याङको 'ब्रो' हरुलाई किन थर्काउँछस?
बट्टा जस्तो 'कच्याक्कुचुक' अनुहार पार्दिन्छु
सिङ्गल सिङ्गल आइज!! तेरो दाँत झार्दिन्छु!!!

आफ्नो गाउँमा कुकुर पनि शेर बन्न खोज्छ
तेरो टोलमा जाँदा मलाई कसले 'टच' गर्छ?
हेर केटा हो! छोड्दे यल्लाई, यस्को घरमा जानदिउँ
ओई!! जान्नस??? हान्दिउँ????

सुन! यो बाटो अब कहिले नि न हिँन
यो! मेरो एरिया हो, राम्रो गरि चिन
जमाएर हिँड्ने हैन,नालितिर फालिदिन्छु!
बढ्ता चैँ हैन ल? एक 'सट' मा ढाल्दिन्छु!!!!




 
Posted on 12-05-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो, निश पाटले रातिहुदो तर्साएर क्या रड्डीSSSज गर्देको नि :O :O

हाSSSSSSSई

लु आफुचाँही ढल्न गैयो।।।। गाम्लेहरु मोज अर्दै अर्नु है त
 
Posted on 12-05-06 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे राती हुदो नआउ है चौतारीमा, त्यो निसेले एक देला ।
 
Posted on 12-06-06 5:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-06-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई दर्शन । हुन्छ म नेपाल्बात आएची नेपाली को कुरो र फुतोहरु तसुला ।
नमस्ते गाम्लेहरु
 
Posted on 12-06-06 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि नमस्ते, सँचै हो ?
हिजो राती ममीको गाली खायो रे भन्ने हल्ला छ नि चौतारीमा, हो ?
 
Posted on 12-06-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!!

गाले मुसुक्क मुस्काएर गएछ।

ग्वाँचे, के छ हालखबर?

ठूली, नेपाल जानको लागि शपिङ् गर्न सकियो? अब त दुइ दिन मात्र बाँकि उड्नको लागि, तिमीलाई त कति रमाइलो भैरा' होला है? मलाई पनि कस्तो जान मन लाग्यो, तर अहिले नभ्याउने भो। :(
 
Posted on 12-06-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँचिराखिएको छ चित्रे ब्रो जसोतसो, आफ्नो चाइ छु ख ?
जाडो कत्तिको छ, उत्तर तिर?
 
Posted on 12-06-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, आफू पनि बाँचिएकै छ भनम् न। जाडो खासै छैन, अहिले त घाम लागिरा'छ। यहाँ हिउँ नि त्यति साह्रो पर्दैन, वर्षमा दुइ तीन पल्ट पर्छ होला त्यो नि साह्रै पातलो, केही घण्टामै गायब भइहाल्छ। तर यहाँको मौसम बदल्ने गति भने एकदम तीव्र छ, दिनमा दश पल्ट घाम लाग्छ, दश पल्ट पानी पर्छ, दश पल्ट हुरी चल्छ।
'दिस इज डब्लिन वेदर!' :D :D :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Trumpism project 2025 everyone should read https://www.project2025.org/
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters