[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 189583 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-05-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को सबै लाई मेरो नमस्कार छ! :)
:D
 
Posted on 02-05-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्कार छ। सबैजना कता गएचन्?
 
Posted on 02-05-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब जी सबै जना नुनु गरी रा होलान्!! :ड
 
Posted on 02-05-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को सबै लाई मेरो नमस्कार छ! :)
:D
 
Posted on 02-05-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यति चाँडै नुनु गर्ने? अनि तपाईंलाई चाहिं नुनु गर्न पर्दैन? :)

राते दाइ के छ? हिजो आज त्यति देखिंदैन त? गुप्तवासमा लाग्या हो कि के हो?

:D
 
Posted on 02-05-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब जी नुनु गर्नु पर्छ! :D आज निन्द्रा लागे को छैन! :(
हजुर लाई कुनै bedtime स्टोरी औछ ? :P
:D
 
Posted on 02-05-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब भाई बिहान उठेर तिम्रो श्वासतनी पड्थे अनि त बाराजुकोमा जान हतार्, बेलुकी एसो न्युज पद्यो, कहिले कहिले साझा क पहाडी र मदेशी ले दिमाख खराब, अनि सुत्यो तेही त हो,
एत्तै छु, कहिले कहिले झुल्किन्छु ।
 
Posted on 02-05-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेडटाइम स्टोर? आउँछ नि, किन नआउने??

हिजो कै Never Ending Story भन्छु।

एकादेशमा एउटा राजा थिए रे। तिनका एउटा प्रतापी राजकुमार छोरा थिए रे। ती राजकुमार एकदिन शिकार खेल्न गएचन् रे। वनमा एउटा रुखमा चरा देखेचन् रे। अनि त्यो चरालाई खसाउन पर्यो भनेर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ...

निदाउनु भो? :)
 
Posted on 02-05-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
सबै निकानन्दै हुनुहुन्छ होला के रे :) स्वस्थानी कथा को लागी गालब लै धेरै धेरै धन्यवाद।
nails लौ निद्रा नलाग्या भए यो महाभारत हेर त नानू :)
- http://rajshri.com/mahabharat/nowplaying.asp?type=subtitle&band=low&fileID=tvshowsMythological47
 
Posted on 02-05-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा!! :ड हजुर को स्टोरी राम्रो छ! :)
तर मलाई निन्द्रा लगे न । :( अब अर्को स्टोरी!! :प
:ड
 
Posted on 02-05-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shubha जी, हस् म जान्छु । :) महाभारत जिन्दा बाद । :)
शुभरात्री । :D
 
Posted on 02-05-07 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D शुभजी हैन 'शुभ दिदी' भन फुच्ची


महाभारत जिन्दा बाद । :)
शुभरात्री । :D
 
Posted on 02-05-07 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को सबै लाई मेरो नमस्कार

Dhera din pachhi vet vayo, honeymoon tira thiye.

Sappe lai धन्यवाद।
 
Posted on 02-06-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!!

हुँदा हुँदा चौतारिआँ मुन्छे अन्मरिनै छाडेछन गाँठे!!

ब्यान ब्यानै ठुल्नानी तआआआअ अर्दै नि आइनन आज त!

राति राति गोताएँ बात मार्दै नि आएनछ हिजो राती त!

बरु भट्टे आएछ! लु भट्टे अस्ति देख्या थैँ तिउँरो ब्याको कुरो, चाइन्जो शुभकामना दिन्छु भन्दा भन्दै त्यत्तिकै भ'छ।
दाम्पत्य जीवन सुखमय र प्रेममय बितोस जीवनभरि!!
 
Posted on 02-06-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ जिम्मालबा?
त्यै त, आजभोलि त सुनसानै भो नि गाँठे! म चैं रात्रीको अभिवादन टक्र्याउँछु।
 
Posted on 02-06-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !
को को छन् चौतारीमा ।
जिम्बाल बा नमस्ते ।
गालउले नयाँ चौतारी बनाको मा र स्वस्थानि साङ्गे सफलपुर्बक सम्पन्न गरेको मा धेरै धेरै धन्यबात ।

आउने जाने सबैलाइ जदौ !!
 
Posted on 02-06-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

कुरो के भन्दाखेरी, ब्यान ब्यानै चौतारीआँ चियाम भनेको, साझाँ बिहान बिहानै कर्फ्यू ला जस्तो के, कम्पुटरले जानै मिल्दैन भनेको भनेइ। अनि अईले नमस्ते ठोकिहालुम भनेर आको।

गालेको स्वस्थानी सुन्ने बानी लाको, के नपुग्या नपुग्या जस्तो हुदो रैच। बोरै भो भन्या!
 
Posted on 02-06-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज यो गीत हेर्या निकै रमाइलो लाग्यो ।


 
Posted on 02-06-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त भन्या!! हत्तेरी!! कोहि नि छैनन् आजकाल चौतारीमा। हैन! कत्ता गएछन्? हे हे हे!!

बिहान बिहानै ठुली आउथिन र हाजिर गरेर जान्थिन्, अनि चित्रे आउँथ्यो र "के छ ठुली तिम्रो खबर? सप्तान्तमा सिनेमा हेर्न जाने? ;-)" भनेर जान्थ्यो। अनि हामी एक दुइ जना आउथेम् र मुसुक्क हाँसेर जान्थेम्। जिम्माल बा आउनुहुन्थ्यो र एउटा गीत हालेर जानुहुन्थ्यो, हरितालिके आएर मामालाई दर्शन गर्थ्यो। गालब आउँथ्यो कथा भन्थ्यो, भउते आउँथ्यो र पून्टे दाई सङ्ग झगडा गर्थ्यो, सान्नानी आउथिन र मामालाई सम्झाउथिन्, मिस आउनुहुन्थ्यो र सबैलाई शान्त पार्नुहुन्थ्यो। अनि लास्टमा तितौरी आउँथिन् र सबै पढेर कफी सर्काउथिन्।

दिउसो राहुलदाई आउथे चिलिम तान्दै, निस पाटलाई एक सर्को दिन्थे, कविता हान्थे, हामी सङै सङ्गै 'हो मा हो' लाउथ्यौँ।

बेलुका नेप्चे आउथ्यो कविता लेख्थ्यो, डाउडर्नी नानी आउथिन र "कविता कत्ति राम्रो" भन्थिन्, एकछिन् दोहोरी चल्थ्यो, यता सबै सुतेपछि "कता अनमरिए?" भन्दै गोताएँ दाई आउनुहुन्थ्यो अनि निन्द्रा नलागेर बसेका जिम्माल सङ तमाखु पिएर जानु हुन्थ्यो।

खोइ कता गए ति दिनहरु? :पि

hehehe!!
 
Posted on 02-06-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ए कुम्ले, कता गायब भएको यत्रो दिन? हामीले कति खोज्यौं, कति सूचना टाँस्यौं। ल राम्रो भयो, तिमी फेला पर्यौ। म यतै छु, अलि आफ्नै काममा अल्मलिएकोले त्यति साह्रो आउन नभ्याएको हो।

ल गाम्लेहरू, रमाइलो गर्दै गरम्, म ट्याम ट्याममा चियाउँदै गरम्ला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters