[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 189555 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-14-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपैलाई चाइन्जो मेरो तर्फ बाट पनि के जाति भन्ट्याङभुन्टुङ दिनको शुभकामना! खै हाउँरो पालाँ त एस्तो भन्ट्याङभुन्टुङ दिन हुदैनथो के रे, यि उतिबेलाका सपै भन्ट्याङ भुन्टुङहरु ठुला भ'र मनाउन थालेका होलान बरै! साँच्चि के अरेर मनाउँछन हँ? टिका सिका लाउँछन कि? कि खसि नै ढाल्छन? नाचगान कत्तिको अर्छन? तिनपाने कत्तिको तुइँक्याम्छन? कि बर्त बस्छन नुहाइधुवाई अरेर? लौन भुराभुरि हो यो बुडोको घैँटोमा घाम लाइदेऊ। उता नेपाल खाल्डाँ फेरि हिउँ परो रे भन्छन्। नेपालाँ हिउँ परो भने मनाउने चाड रेछ हिसाबले!
हरिशरणम्!!
 
Posted on 02-14-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि सानो टुक्रा ......लौ जा :P :P

मेरो रंग मञ्च यदि तिम्रो लागि संघार भए
मैले मेरो संसार नै , तिम्रो लागि सुम्पिदिए
साँच तिमी संसार त्यो आँखा भित्र सजिएको
भेटाउने छौ महल ईन्द्रेणी झै रंगिएको॥
 
Posted on 02-14-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwwwwwwwwwwwwwwwwwww sabai le kabita sabita furaaudai raicha
 
Posted on 02-14-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Valentine day to all of my chautaree and sajha friends !

 
Posted on 02-14-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्स तितौरी, ह्याप्पी भ्यालेन्टाइन्स डे टु यु टू एन्ड अल चौतारी बासी!!
कस्तो राम्रो फूल!!
:-)
 
Posted on 02-14-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL kaha bata thanks bhanchha kumle le hahaha :D anyway thanks to you too ;-)
 
Posted on 02-14-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wowwwwwwwwwwwwwwwwwwwwwwwww sabai le kabita sabita furaaudai raicha

थ्यान्क्स तितौरी, ह्याप्पी भ्यालेन्टाइन्स डे टु यु टू एन्ड अल चौतारी बासी!!
कस्तो राम्रो फूल!!
:-)

LOL kaha bata thanks bhanchha kumle le hahaha :-)

कुम्लेले बहराइनको हवाइजहाज गिराउन तिर बाट चिच्याएको जस्तो मानेको छु। ल ल कुम्लेदाई, अहिले सम्मको यात्रा पक्कै दामी भयो होला। बाँकी यात्रा पनि झाँकस जावस। :-)

अनि अग्रिम शुभकामना !!! :p
 
Posted on 02-14-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्स तितौरी, ह्याप्पी भ्यालेन्टाइन्स डे टु यु टू एन्ड अल चौतारी बासी!!
कस्तो राम्रो फूल!!
 
Posted on 02-14-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute dadu how r ya?

o kumlu hawaijaahaj ko jhyaal ma basera dher na karaau ..haat baahira na nikaalnu ..jhyaal baata chatpatee kinera nakhaanu ..hai ta kura bujhyo :D
 
Posted on 02-14-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी बुइनी, म त सकुशल छु। मैँयाको के छ नि खबर। सबै आराम कुशल नै होला के रे।

अब त बचेराहरु ठूला भए। पखेटा उम्र्यो। आ-आफै भ्याले खोज्न भुर्रर्रर्रर्रर्र उडेर जान सक्ने भए। हाम्लाई बिर्सिएहोलान् भन्ने ठानेको। "के छ दादु" भनेरो सोधेको देखेर मेरो त आँखा भरी भयो। मेरो कोटको बाहुलाको बदलामा तिम्रो सल एकछिनलाई पाउन पाए यसो यो आँखा पुछ्ने थिएँ र आँखा भरि हेर्ने थिएँ बुइनीलाई। कत्ति धेरै भएछ हगि गफ नगरेको। :-)

राहुलदाईलाई पनि जदौ ठोकेँ है त। मास्टर्नी दिदी, बिर्खे हजुरबा, ठुल्नानी, नानु-जी, मिस्टे, सुनिमा, नेप्ची-जी, हरि, ग्वाँचे (उफ कहाँ सम्म नाम लिँदै जानु खै, यो पेजमा यत्ति नै देखियो के रे) अनि अरु सप्पैलाई कोटी कोटी प्रणाम । सबैका भ्यालेले सबैलाई सम्झिउन्। यही शुभभकामना !


:-)
-भउते
 
Posted on 02-14-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्याले re lau na ROTFL :D dadu hajur lai chai happy valleeee day tyaso bhae la.
 
Posted on 02-14-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद तितौरी ! मलाई 'नि छिट्टै भ्याले-ज्वाईँ मिलोस्। :-)

चौतारी सुनसान छ। सबै जना आ-आफ्ना भ्याले-भ्याली खोज्न हिँडेजस्तो छ।

हरिशरणम् ( © लूते )
 
Posted on 02-14-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्स तितौरी, ह्याप्पी भ्यालेन्टाइन्स डे टु यु टू एन्ड अल चौतारी बासी!!
कस्तो राम्रो फूल!!
:-)

कुम्ले, अहिले सम्मको यात्रा पक्कै दामी भयो होला। बाँकी यात्रा पनि झाँकस जावस। :-)
अनि अग्रिम शुभकामना !!! :p

सबैका भ्यालेले सबैलाई सम्झिउन्। यही शुभभकामना !

लौ, चौतारीमा जम्मै कताकता लाएचन, आफूलाई नि अल्ली कामको चापो, अनि एसो कपेर पेस्टिदेको
 
Posted on 02-14-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैका भ्यालेले सबैलाई सम्झिउन्। यही शुभभकामना !

लौ, चौतारीमा जम्मै कताकता लाएचन, आफूलाई नि अल्ली कामको चापो, अनि एसो कपेर पेस्टिदेको
 
Posted on 02-14-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, हरी, जदौ यामे ! भ्यालेको काख बाट भर्खर फुत्केर आ' हो? :-)

लौ, चौतारीमा जम्मै कताकता लाएचन, आफूलाई नि अल्ली कामको चापो, अनि एसो कपेर पेस्टिदेको
 
Posted on 02-14-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, प्रेम दिवस् मा नारा लगाउने कि? चोखो प्रेम जिन्दाबाद, जिन्दाबाद् जिन्दाबाद्।
 
Posted on 02-14-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समस्त चौतारीवासीहरुलाई प्रणय दिवसको रुमानी अवसरमा प्रणयलाभको शुभकामना,
पाब्लो नेरुदाको एउटा कवितासंग ।
यो एकदमै खुकुलो र जथाभावी भावान्तरको लागि चाही क्षमायाचना ।


पाब्लो नेरुदा
प्रेम गितिका (१७)


तिमीसंग बसेको मेरो माया
परिचित
गुलाफको रंग र मणिको चमकमा
बसेको माया जस्तो
छैन ।

यो त कुनै
अपरिचित र खतरनाक कुरासंग बसेको
डरमर्दो र गोप्य माया जस्तो
छ ।

कहिल्यै नफुल्ने जातको
बिरुवाले
जिउभित्र लुकाई राखेको
फूलजस्तो,
मेरो जिउभित्र
तिम्रो बाक्लो गन्ध
लुकेर बसेको
छ ।

कसरी यस्तो भयो ?
किन यस्तो भयो ?
कहिलेदेखि यस्तो भयो ?
अहँ मलाई थाहा छैन
थाहा पाइराख्न पनि चाहन्न ।

अरु तरिका पनि हुँदो हो
तर मलाई आउने यसरी नै हो
यसरी नै माया गर्छु, गरिरहन्छु

मेरो छातीमा परेको
तिम्रो हात मेरो
म निदाउँदा
चिम्लने आँखा तिम्रो

हो, यसरी एकाकार छु
म तिमीसंग ।


Pablo Neruda

Sonnet XVII (100 Love Sonnets, 1960)


I don't love you as if you were the salt-rose, topaz
or arrow of carnations that propagate fire:
I love you as certain dark things are loved,
secretly, between the shadow and the soul.

I love you as the plant that doesn't bloom and carries
hidden within itself the light of those flowers,
and thanks to your love, darkly in my body
lives the dense fragrance that rises from the earth.

I love you without knowing how, or when, or from where,
I love you simply, without problems or pride:
I love you in this way because I don't know any other way of loving

but this, in which there is no I or you,
so intimate that your hand upon my chest is my hand,
so intimate that when I fall asleep it is your eyes that close.

_______________________

Nepe
 
Posted on 02-14-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ह्यारी, भउते गुरु, राहुल दाइ र आउने सबैलाइ । अल्छि लागिरछ लौ लौ सुरुगरम नारा लाउन सुनसान चौतारीमा

चोखो प्रेम जिन्दाबाद, जिन्दाबाद् जिन्दाबाद्।
 
Posted on 02-14-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजी पनि आइ पुग्नुभएछ यो प्रणय दिवस पारेर । कति राम्रो कबिताको साथमा । यतिमात्र भन्दा मैले त्यो कबितालाइ हल्का लिएजस्तो लाग्यो भने माफ है ।
त्यो रुमानी अबसर भन्या चै अलि बुझिन मैले ता । पहिलो पटक सुन्या जस्तो लाग्यो । नेपालीमा सार्है कमजोर क्यर्नी ? न साहित्य पढिन्छ न फुराउननै सकिन्छ ।
 
Posted on 02-14-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोखो प्रेम जिन्दाबाद, जिन्दाबाद् जिन्दाबाद्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters