Posted by: CaMoFLaGeD February 6, 2007
Login in to Rate this Post:
0
?
त्यहि त भन्या!! हत्तेरी!! कोहि नि छैनन् आजकाल चौतारीमा। हैन! कत्ता गएछन्? हे हे हे!!
बिहान बिहानै ठुली आउथिन र हाजिर गरेर जान्थिन्, अनि चित्रे आउँथ्यो र "के छ ठुली तिम्रो खबर? सप्तान्तमा सिनेमा हेर्न जाने? ;-)" भनेर जान्थ्यो। अनि हामी एक दुइ जना आउथेम् र मुसुक्क हाँसेर जान्थेम्। जिम्माल बा आउनुहुन्थ्यो र एउटा गीत हालेर जानुहुन्थ्यो, हरितालिके आएर मामालाई दर्शन गर्थ्यो। गालब आउँथ्यो कथा भन्थ्यो, भउते आउँथ्यो र पून्टे दाई सङ्ग झगडा गर्थ्यो, सान्नानी आउथिन र मामालाई सम्झाउथिन्, मिस आउनुहुन्थ्यो र सबैलाई शान्त पार्नुहुन्थ्यो। अनि लास्टमा तितौरी आउँथिन् र सबै पढेर कफी सर्काउथिन्।
दिउसो राहुलदाई आउथे चिलिम तान्दै, निस पाटलाई एक सर्को दिन्थे, कविता हान्थे, हामी सङै सङ्गै 'हो मा हो' लाउथ्यौँ।
बेलुका नेप्चे आउथ्यो कविता लेख्थ्यो, डाउडर्नी नानी आउथिन र "कविता कत्ति राम्रो" भन्थिन्, एकछिन् दोहोरी चल्थ्यो, यता सबै सुतेपछि "कता अनमरिए?" भन्दै गोताएँ दाई आउनुहुन्थ्यो अनि निन्द्रा नलागेर बसेका जिम्माल सङ तमाखु पिएर जानु हुन्थ्यो।
खोइ कता गए ति दिनहरु? :पि
hehehe!!