[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 121476 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-24-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलल सऽनम मलाया छाउनी
छिनमै रुनी सऽनम छिन छिनमै हँसाउनी

घुम्न जाऊँ घुम्न जाउँ घुम्न धुलीखेल
तिम्रा लागि सऽनम यो छाति सेन्टर जेल!
... ...

जदौ यो दादा_गिरीको!
 
Posted on 11-25-06 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-25-06 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेकाली हे हे चोयाको डोको
सानोमाया हे हे लगाउने धोको
नपुग्दै मर्चुपो क्यारे हे हे भन सोल्टी बरोबर नढाँटी
हे भन सोल्टी बरोबर नढाँटी

बग्यो खोला बेसि झर्यो सम्मै
तिम्रो माया कलेजिमा टम्मै
बग्यो खोला बेसि झर्यो सम्मै
तिम्रो माया कलेजिमा टम्मै

आँखैमा गाजलु लपक्कै
भन माया लाइदिउ कि छपक्कै बैसैमा

बैसैमा मर्छु पो क्यारे हे भन सोल्टी बरोबर न ढाँटी
हे भन सोल्टी बरोबर नढाँटी

रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा टिमिक्कै
रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा टिमिक्कै

के गोड्नु कर्कलो बारी पर्ख तिमिलाइ रोइरहने नपारी
बैसैमा
बैसैमा मर्चु पो क्यारे हे भन सोल्टी बरोबर नढाँटी
हे भन सोल्टी बरोबर नढाँटी

लेकाली हे हे चोयाको डोको
सानोमाया हे हे लगाउने धोको
नपुग्दै मर्चुपो क्यारे हे हे भन सोल्टी बरोबर नढाँटी
हे भन सोल्टी बरोबर नढाँटी

जदौ सबैलाइ !!
शुभ प्रभात !!

 
Posted on 11-25-06 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गर्ने सबैलाई मेरो प्रतिउत्तरको नमस्ते। नमस्ते नगर्नेहरुलाई पनि नमस्ते।

मिस्टे -- ठीकै छ। सिङ्गापुरतिरको हालखबर सुनाम् न हो!

ठुल्नानी -- कुम्लेलाई खोज्न जान पर्नी भो। पेट गडबड नै भा' भए हस्पिटलतिर खोज्न जान परो। त्यसै गायब भा'भए अमेरिकातिरको गोरखापत्रतिर फोटो सहित "मान्छे हराएको सूचना" पठाउन परो। ल, तिमी त्यति काम गर त! :D

तितौरी -- धन्यवादको लागि वेलकम! तर, आजभोलि तितौरीको नाकमुख नै देख्न छोडियो नि त यतातिर???

रातामकै (दाइ?? दिदी??) -- चौतारी भनेको ढुङ्गामाटोको ब्लकले हैन मनको ब्लकले बनेको हुन्छ। जाडोको मौसम, छहारी नभएको ठामतिर बस्न पर्च भनेर नजीको चौर भएको पारिलो ठाम छानेको मात्रै हो।

मिस -- नमस्ते!
 
Posted on 11-25-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें है सबैलाई।
के छ हालखबर गाम्लेहरुको?

मैले सुनेको है (भन्न त कल्ले भन्यो कुन्नि, तर सुनेकोचैं हो!) कुम्लेले हिजो कि अस्ति टर्कीका सपेटाले दाँत माझेर बियरले कु्ल्ला गरेको रे! अब कु्ल्ला गर्नी त तेस्तै हो, घाँटी खुल्ला गर्दो र'च, बीयर त भित्रतिर फ्लोईङ! दश बाजी जति कुल्ला गरेपछि कुम्लेलाई बीयर लागेछ गाम्ले हो। अब लागेपछि कुम्ले कस्तो हुन्छ भन्नी त सबैलाई था' भ'कै कुरो हो! 'टर्की खाईयो, अब साइप्रस खानु प-यो। आई वाण्ट साइप्रस!---" भनेर कराउँदै हिनेछ अउँरिका' सटकाँ!

अहिलेसम्म पनि नआ'को देख्दा यो कुम्ले बज्जे साइप्रसै पुगो कि भन्ने लाग्या छ मलाई।
 
Posted on 11-25-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले त हलनचोकको मान्छे भन्ने सुनेथें केरे , टर्की र साइप्रस अनि दारुले साँच्चीकै हलन बनाइदिया' जस्तो छ।

खै आफू पनि १-२ पेग जो हो लगा'र आ'को हो भर्खर! क्यै भा'छैन! तर, यो कुम्लेलाई त अजीबसँग लाग्या जस्तो छ! लौ, भोले महाराज आपकी मर्जी!!! यो चौतारी गाम्ले कुम्लेको तिम्ले कल्याण गर!!! जय होस् प्रभु:॥
 
Posted on 11-25-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle ajhai pani katai dekha napareko jaankaree garauna chanchhu!
 
Posted on 11-25-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्पाली चाइ सप्पैलाइ धन्यवाद ग्यापन दिवस लाग्या अस्तो छ्, हाँरो चौतारी त सुनसान पो छ त!
ऐले कोइ न'भे नि चौतारीमा जदौ त छोडेर जानु परो, मु भन्दा पैला आउनु भे'क गाम्लेहरुलाइ बिलेटेड जदौ, अब आउने गाम्लेहरुलाइ एड्भान्समा जदौ!

हिजो सुड्डाहरु चौतारीमा छपनि भेन खाली रुख मात्रै भो भुन्थे, बहिस्कार पो गरे कि ! विन्टरमा त चौतारीको छेउमा भेको चउरमा बसेर खोके नि हुने हो हुन त, तर आफु परियो भारे भुरे, जिम्मालबाहरु अस्ता हस्तीहरुलाइ कसरी भन्ने । लौ न कोइ हुनुहुन्छ भुने जिम्माल बालाइ बोलाएर ल्याइदिनुपरो ।

कुम्ले ब्रो नि गायब छ, साइपरस भुन्ने गाम गा छ भुन्ने सुन्या थे, साँचो कुरा पत्ता लगाइ पाउँ ।

फेरी भेटौंला, हर्न पिलिज्!!!!
 
Posted on 11-25-06 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा प्रचण्डे भेटियो,
चौतारीमा बाबुराम भेटियो
बन्दुक बोक्ने हाम्रा काम्रेड
बम बोक्ने जङगलि सेना
दुबै जन्तुसँग बच्दै जानु
हम्रा सबै दिदी भेना
 
Posted on 11-25-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता गए जम्मै, चौतारी कान्ला मुन्तिर जान लाएछ के, मास्तिर घचेटेको
 
Posted on 11-25-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपै गाम्लेलाई!

राले (rahulvai) लाई स्वागत छ चौतारिआँ।

राउँरो काम अरेऊ हरितालिके चौतारिलाई मास्तिर धकेलेर। बेला बेलाँ गाम्ले घरधन्धा-अड्डा अदालतको कामले आम्न पाउँदैनन् चौतारिआँ अनि मुन्तिर पुरिन्छ।

ग्वाँचे, अइले त मस्त निद्दामा होलाउ के रे, तर म हरा' कुरा अरेछौ हिजो नि अन्मरिएकै थेँ यतिबेला तिर अइले नि छु।

अरु को को छ हँ?
 
Posted on 11-25-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा बिर्खे भेटियो
छौतारीमा ग्वाँछे भेटियो
बिर्खे जस्तो राम्रो साथी
ग्वाँचे जस्तो मित्र
बाकि जम्मै साथि संगिलाइ
स्वागत् गरम् भित्र

चौतारिमा ।।।।।।
 
Posted on 11-25-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ जिम्माल बा, हिजो म आउँदा फेरी लागिसक्नु भा र'छ, यो बिदा ले तेत्तिकै भैइ र छ, काम पनि छैन, फुर्सत पनि छैन भन्या जस्तो नि, अनि आरामै?
 
Posted on 11-25-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरै है सप्पैलाइ

हामी नेपालीको लागि अहिलेको समय मेल मिलाप र हातेमालो गरि हरेक पाइला पाइला मा सहयोग र मित्रताको साथ अगाडि बढ्ने बेला हो न कि कसैलाइ 'जंगली' अथवा 'जन्तु'नामाकरण गर्ने ।
 
Posted on 11-25-06 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका कति बलियो, चौतारीलाई नै धकेलिदिने, हुनमन हो कि के हो
 
Posted on 11-26-06 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरै है सप्पैलाइ

हामी नेपालीको लागि अहिलेको समय मेल मिलाप र हातेमालो गरि हरेक पाइला पाइला मा सहयोग र मित्रताको साथ अगाडि बढ्ने बेला हो न कि कसैलाइ 'जंगली' अथवा 'जन्तु'नामाकरण गर्ने ।

.........................::::
 
Posted on 11-26-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरै है सप्पैलाइ

हामी नेपालीको लागि अहिलेको समय मेल मिलाप र हातेमालो गरि हरेक पाइला पाइला मा सहयोग र मित्रताको साथ अगाडि बढ्ने बेला हो न कि कसैलाइ 'जंगली' अथवा 'जन्तु'नामाकरण गर्ने ।
 
Posted on 11-26-06 1:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा बिर्खे भेटियो
छौतारीमा ग्वाँछे भेटियो
बिर्खे जस्तो राम्रो साथी
ग्वाँचे जस्तो मित्र
बाकि जम्मै साथि संगिलाइ
स्वागत् गरम् भित्र
---------------

दर्शन गरें है सबैलाई। के छ हालखबर गाम्लेहरुको?चौतारी त सुनसान पो छ त!

-----------------------------------
 
Posted on 11-26-06 2:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्रसङग ब्यखया गर, आफ्नो अनुभवलाइ प्राथमिकता दिइने छ।

"कितना गेहरा हो सागर तो क्या
प्यार् से कुछ भि गेहरा नहि

वह जवानि जवानि नहि
जिसकि कोइ कहानि नहि"

------------
भुलचुक लिनेदिने
भारतिय भासा प्रयोग गरेकोमा क्षमाप्राथि छु, यो गित (पुरानो चलचित्र-क्रान्ति) एकदम मन पर्ने भयकोले यसो लेख्या हो, फेरि एक पटक, हिन्दि भाशाको लागि सरि
 
Posted on 11-26-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज टोकियोमा आइया'थ्यो। दादा गिरीहरुसँग बसेर छोइला, मम, सुकुटी खाइयो!! नेपालमा भा' जस्तो अनुभूति पनि पाइयो। रउसी त जे भने पनि जापानकै मिठो हो त नि गाँठे!!

-- गालउ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters