[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 121477 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-24-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल
 
Posted on 11-24-06 1:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजा'जा' चौतारी छपनी नभएर के भो? चौर छँदैछ नि! यो मंशीरको जाडोमा चौतारीको शीतलमा बस्ने हैन कि, चौतारीको साइडको चौरमा बस्नी हो। त्यही भ'र यस्तो चौतारी छानेको क्या, हाम्रो चौतारी!!
वास्तबमा भन्नी हो भने सान्नानीले ३१ लम्मरमा छानेको चौतारी उप्का'र यहाँ ल्या' मात्तै हो।
 
Posted on 11-24-06 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो

ल म पनि आइपुगे नया चौतारो मा गलब ले चिन्या खास्साओ चौतारोमा

ल चौतारी ३२ को रिजल्ट पनि आइपुगो

अचम्मै भो यसपल्ट

पुन्टे यसपाला त इ भुरा भुरी लाइ न जिती भनेन भन्दै ङिच्च हास्दै हिड्या जस्तो लाम्त्यो तर उछिट्ट्यायो अर्कैले

बधाइ छ ग्वाँचे लाइ !!!!!!!!

अब यो पुरस्कार चाइ एकै चोटी स्वर्ण जयन्तीमा दिने निधो भाछ है किन भने अस्ति पहिलोमा सान्नानि न आर बबाल खल्लो भो क्या .............. ::::::P

 
Posted on 11-24-06 2:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरी के भो के भो लौ मिले त झन् बनाम्न खोज्या के भो भो?

लौ न या नतिजा यस्मा छ है

 
Posted on 11-24-06 2:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yahoooooo (Yame jee),धन्नेबात!
Thank you for your efforts.
 
Posted on 11-24-06 3:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now let me guess..............

Pretty- USA/Boston
Poonte -USA
npl2plus-USA
nepalko chhoro-USA
nepalean-USA/Minessota
Nishanta=BirkheMaila- USA

miss_me- Japan
Maranchyase- Canada/Toronto
KtmDude- Kathmandu/Chakrapath
harkeDai- US
hetterika- US

Gwanche - Germany
Gurudev- Denmark
Gunte- Somewhere in Europe
Gauta. B- Japan
Gaalab- USA
Tyra- USA /Chicago
Uptowngal- USA/DC



Foe4mystery- Norway or Sweden or Germany
Deep- USA
Dada_Giri- Japan
Damadol- Korea
Bob Dai- USA
Astha- Mexico
Amazing- Canada

Yahoo- Norway
World Map- Ireland
Va-ta-ta-ta- Ranabhat from Norway
Subha- USA/LA
Samidha-BirkheMaila
Regal- Scotland
raatamakai- Cyprus
 
Posted on 11-24-06 3:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!

ए झिल्के दाई, रात भरि नसुतेर गाम्लेहरूको लोकेशन गेस गर्दै बसिरा'?

तर यसमा मलाई थाहा भएसम्म सच्याइदिन्छु है त।
Pretty - Canada
Gwanche- UK
miss_me- USA
gaalab- Japan
Foe_4_mysty- Singapore

अरू कति थाहा भएन, कति चैं ठीकै छ।
 
Posted on 11-24-06 3:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा जंगे ब्रोले हँसायो यार!!! गेस दामी छ!!! गर्दै जाऊ!!!
 
Posted on 11-24-06 3:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाले, के छ हालखबर? काममै हो? कथा लेखम् न यस्सो।

ल अर्को यौटा पनि था' भएको सच्याइदिन्छु।
vata-ta-ta - Japan
 
Posted on 11-24-06 3:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बा चित्रेले पनि लामै खाका तयार पार्या र च त गाम्ले को?

ल एउटा चै थाहा भो - ग्वाँचे हिजो डेनमार्क गेस गर्या थे आज थाहा भो
 
Posted on 11-24-06 3:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yame lai ramro GRAPH banayako ma dhanyabad.....!! ani CHitre ko pani GUESS nai ta holani, maile ta patyaudina. Aba uniharukai mukhbata sunauna mero guess kattiko milechha.

Its 4.30 mornig, Good night hai ta sabailai, school ko homework balla sakiyo.
 
Posted on 11-24-06 3:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सप्पैलाइ !
गालब्, चौतारीको नयाँ अभियनता बनेकोमा बधाई अनि यती राम्रो चौतारी चिनेकोमा धन्यवाद, माथिको पोस्टमा जिम्मालबाले भुनेको अस्तै घर गरी खाने जोइ पाउनु!

उता पारी गाम्मा गे'र मेरो कथा हेरेर हौसला बढाइ दिनुहुने सप्पै आदरणिय मित्रहरुप्रती अभार्!

केटाहरुले जासुसी गरेर मार्ने भे' यार ! ......... बन्ड......... जेम्स बन्ड ..............
(खितिती.......खितिती ...............खितिती.......खितिती ...............)
 
Posted on 11-24-06 3:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यामे, के छ हालखबर? मैले तयार पारेको होइन यो, झिल्के दाइ(Amazing) ले हो। मैले त यस्सो सच्याइ मात्र देको।

ग्वाँचेको चैं मैले पनि गेस मात्र गरेको हो, निश्चित भने छैन। बाँकि अरूको भने लगभग निश्चितै हो।

झिल्के दाई, ग्वाँचैको बाहेक अरूको चैं गेस हैन, मलाइ जहाँ सम्म लाग्छ मिल्छ। नपत्याए पछि सम्बन्धित गाम्लेकै मुखबाट सुनम्ला नि त। ल तिमीलाई गुड नाईट भन्ने कि गुड मर्निङ् भन्ने हो, बिहानै भईसकेछ त्याँ।
 
Posted on 11-24-06 3:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु ख चित्रे, सँचै ?
 
Posted on 11-24-06 3:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, के छ हालखबर? मलाई सन्चै छ।

ल अब मेरो गेस मिल्यो कि मिलेन कन्फर्म गरिदिनु पर्यो। मेरो एमेच्योर जासूसी! ;)
 
Posted on 11-24-06 3:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता पनि सँचै छ, चित्रे ब्रो!
जासुसी गर्दै गरुम न, जे भे नि सोमहरुको गेस, दामि नै छ, तर गेस भुन्या गेस मात्रै त हो नि, कसो ? आफु परियो घुमन्ते, कैले काँ कैले काँ, ऐले चाइ इउरोपमा रोकिया छ, हिजो अर्कै ठाम्मा थिए, भोली काँ पुग्ने हो था छैन ।
एनिवे, यामेको गेस दामि थ्यो हिजो, जन्ङे दाइको त के कुरा अर्नु, देस खा' र सेश भा मुन्छे, चित्रे ब्रो, माने मैले तिमीलाइ । केइ न भे नि सोमहरुले जासुसी नै गरेर पनि बुढी पाल्लान अस्तो छ ।
दामि!
 
Posted on 11-24-06 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार छ है सबै स्वदेशी गाउँले बीदेश्मा ।
सबैलाई आरामै छ भन्ने आशा छ ।

यहाँ हुनुहुन्छ कोइ गाउँले जो आउदो भबिस्य्मा नेपालमा गै ब्यपार गर्न चाहने?
यसो तपाईंहरु को बीचार सुन्न मन लाग्यो ।
किनकी मेरो चै सपना यही छ । बेदेशमा कमायो अनि स्वदेशमा लगानी लगायो । ब्यापार राम्रो चल्यो भने स्वेदेश मै बसी खायो ।


या तपाईं हरु ठान्नु हुन्छकी म बौलाए?
 
Posted on 11-24-06 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब नयाँ चौतारी धरै राम्रो लाग्यो । धरै धरै धन्यबाद्।
 
Posted on 11-24-06 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका साथी भाई दिदी बहिनिहरु को कता बस्चन भन्ने कुरो नि थाहा पाइयो । जो जता बात भए नि हामी बिच्को माया प्रिती चै कहिले नि नघाटओस् । धन्यबाद् आइते र् चित्रेलाइ
 
Posted on 11-24-06 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! ठुली पनि आइछन्। सञ्चै? चौतारी त पुरानै हो। सुड्डाहरुले बस्ने ठाम भएन भनेर कराइराख्या छन्। तिमी चैं हरियो ग्राउन्डमा बसेर घाम तापेर गफ गर है!!
:)

यामे र झिल्के -- २-४ दिन लगालग चौतारीका पोस्टहरु पढ, को कहाँको भन्नी थाहा हुन्छ। चित्रेलाई त सबैको बारेमा एक-एक थाहा छ। हैन त चित्रे?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters