gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 121493 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-24-06 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोरे(Gurudev), तपाईको योजना सराहनीय छ।नेपालको आर्थिक विकासको लागि सबै नेपालीले संसारभरिबाट योगदान गर्नु आवश्यक छ।

ठूली, गुड मर्निङ्! तिम्रो थ्यांक्स गिभिङ् कस्तो भो? यो विकेन्डमा घुम्न जाने हो कि? ;)
 
Posted on 11-24-06 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले, मलाई सबैको बारेमा त था' छैन, तर धेरैको बारेमा था' छ। आफ्नो त भूगोलमा विषेश चासो भएकोले त्यसैतिर ध्यान जान्छ प्राय:।कहिले काहिं यसो जासूसी पनि गर्छु। :)

ए ठूली, तिमी मलाई कहिले भेट्न आउने हो? कि मै आउँ तिमीलाई भेट्न? ;)
 
Posted on 11-24-06 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्म्मामा...नया चौतार्स बबाल दामि बनाईदिएको के फिरि गाल्स ब्रोले!
आँsssssच! हाम्रो केटाहरुको बोलि बचन फिरि दह्रो जमाएर राख्देछ नि त सोमले।
ब्रो हरु लास्ट जासुसि हान्दिने के फिरि।
मो र जिम्स सुड्डा एउटै रे
हा हा हा ...खित्...खित्...खित्..
 
Posted on 11-24-06 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिमी नै भेट्न आए बेशुन्त्यो ।
गालब म किन न आउठेर त्यो पाई तिमी ले बनाइको चौतारी मा ।
धरै राम्रो छ
 
Posted on 11-24-06 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब नयाँ चौतारी धरै राम्रो लाग्यो । धरै धरै धन्यबाद्।

नमस्ते सबैलाई

यो निस् फुलौरे महाराज् हो कि क्या हो?
 
Posted on 11-24-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त य निस् वीरखे दाइ जस्तै लाग्छ ।
 
Posted on 11-24-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कुम्ले अँझै आइपुग्या छैन त! कसैले देख्यौ कि? अनि मिस पनि नमस्ते मात्तै गरेर टाप कस्नुभो!
 
Posted on 11-24-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, निस् ब्रो, ठुल्नानी, सान्नानी, गालव्, जदौ गरे है सप्पैलाइ ।

आज त थ्यांक्स् गिविङ डे को भोलिपल्टको दिन्, भक्कु सपिङ गर्नु पर्छ रे हैन र, अनि भोली चाइ नो सपपिङ डे रे !
 
Posted on 11-24-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले त हिजो टर्की बेस्सन खानुपर्छ भन्या थ्यो आज पेट् गड्बड् पो भा हो की? :P:P

तितौरी नि कहा बेपत्तै भै, फस् भे छि साहूले साच्चै मार्या जस्तो छ।
 
Posted on 11-24-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्ले हो ।
धेरै दिन पछि आइयो चौतारीमा एहेहे हेहे
के हुँदै छ ?
चित्रे ब्रो ले भन्या साँचो हो!
यो निशे ले बोल्या बुझ्या भए मारिदिनु तेस्लाई नै हाहाहाहाह:प
प्रिती, ठुल्नानी अनि गालब ब्रो~
के छ ?
 
Posted on 11-24-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गालब

कुम्ले त हिजो टर्की बेस्सन खानुपर्छ भन्या थ्यो आज पेट् गड्बड् पो भा हो की? :P:P
 
Posted on 11-24-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ मेरो पनि नमस्ते सबैलाइ ।
 
Posted on 11-24-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारीको जनसंख्या अलि कमै भए जस्तो लाग्यो नि। सबैजना के मा व्यस्त हो? हिजोको धन्यवाद ज्ञापन दिवसको ह्याङ्ओभर अझै सकेको छैन कि क्या हो? कुम्ले, तितौरी, मास्टर्नी दिदी, पून्टेदाई सब गायब भए त!

अचेल दिन कति छोटो भएको हो, चारै बजे अँध्यारो हुने, दिक्क लाग्ने!
 
Posted on 11-24-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरिईईईईईईईईई एएए तितौरिईईईईईईईइ खोइ अहिले सम्म हाजिर हुन आको छैन । कति बिजी हो ।
 
Posted on 11-24-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अहिले आको त चौतारीआँ त सुन्सान पो रै'छ । आफुलाई त हिजोको टर्की र दारुले मस्त पारो, बेलाँ हाजीर हुनै पाईएन ।
 
Posted on 11-24-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि ले बोला'को बल्ल पो सुने अनि कुद्दै कुद्दै आ'नि । फेरि म आये अरु कोहि छैन , कोहि हुनु हुन्छ चौतारी मा ssssss ?
ए ssssथुल्नानिssss....
एssss सान्नानिsss....

*****
ए झन्डै बिर्सेको गालब् लाइ एक् डोको धन्यबाद् छ है राम्रो चौतारी बनाएको मा।
 
Posted on 11-24-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई!
 
Posted on 11-24-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ जिम्माल बा, आरामै?
जदौ टक्र्याएँ है
 
Posted on 11-24-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गलब भाई, अरु सबै त ठिकै छ तर चौतारी को फोटो मा चौतारी नै छैन । एउटा राम्रो फोटो राख न बा । नेपालेअन यहाँ पनि आइपुग्यो, लौ है नेपालेअन मेरो नमस्कार छ ।
 
Posted on 11-24-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ हरितालिके!
क्यार्दे छौ? बिदा कसरि मनाम्दै छौ?

हन रातेले नि चौतारि नदेखेओ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters