[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 198229 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-10-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफ पनि कोल्लाई लगाइएछ, चित्रे जासुसलाई, थुक्क!
 
Posted on 08-10-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टप ५ लाई बधाइ। आफुत बिचम परिएछ, न यता, न उता, यत्तान उत्ता। "किचल्तिएको केरा" जस्तो।

जिम्वाल् बा लाई मेरो कुरा मन् परेकोमा धन्यबाद्।

अब जानेबेलाको सबैलै अर्को तारेमाम्। फिर् मिलेङे।
 
Posted on 08-10-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त बाहिरा परियेछ । अब को डाटा चाँही १६ गते पछि ल्याउनु होस् है त्यतीन्जेल सम्मा चाँही 'नमस्कार' मात्र गर्ने पनि गार्हो छ लौ शुभ रहोस
 
Posted on 08-10-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽइइइइइइइइइइ

मेरो जम्मा ५ भोट मात्तै ????????????

जमानत जफत गर्ने भए, हेत्तेरी

हेर हेर जम्मा ५ भोट मात्तै रे .........

नारा लाउन परो अव,

संविधान सभा खारेज गर, नेपालको हैन है फेरि, चौतारीको,



पुण्टे दा' गाडाको हालखवर के छ ? ठीकठाक जसो मानिछु के रे ।
 
Posted on 08-10-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ग्वाँचुराम, म त जे नि क्यालकुलेट गरेर राख्छु नि! सोचेर मात्र गफ लाउनु मलाइ!

हा हा! राहुलदाइको उमेरमा २० प्लस भएछ रे? ल जे भए नि तपाइको जोस जाँगर कुनै २५ बर्षे युवाको भन्दा चैं कम छैन दाइ! बाँकि रह्यो यो समयले पेलेको कुरा, यसलाइ त म समयबजी जस्तै खाइदिन्छु कुनदिन!

हा हा हा! चनादाइ, त्यो भोट होइन उमेर हो के! तपाइको ५ रे? कतै तपाइको नाममा तपाइकी जेठी छोरीले त पोस्ट गरिनँ?

सुन्तलेलाइ १६ बर्षको जन्मदिनको शुभकामना!

 
Posted on 08-10-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाई, नमस्ते! साह्रै बिजी हो कि क्या हो, दर्सनै दुर्लभ भो।

५०४ पुगेछ, भोली उठेपछी चौतारी ६९ मा भेट्ने होला, हरी सोल्टिले नयाँ चौतारीको खाका कोरिरा'हुनुपर्च, लौ अब नु नु गर्नु परो, हर्न पिलिज!
 
Posted on 08-10-07 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्केदाइ, मेरो जासूसी अनुसार तपाइको चौतारीमा ६८ मा यो पहिलो पोस्ट रैछ, अनि कहाँबाट आम्छ त तपाइको नाम? प्रयास जारी राख्नुहोला, अर्कोपाली पक्कै कम्तीमा त ४ बर्षको बच्चो त हुनुहुन्छ होला!

बाइ द वे, तपाइको तस्वीर दामी रैछ!
 
Posted on 08-10-07 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा चित्रे, कुरो ठीक गर्छ यो केटो ।

ग्वाँचे, के छ, बिजि भन्या तेस्तै हो,

चौतारिको साझा बस स्पीड यस्तो कुद्छ के ओहो, आफु परियो साइकल यात्री, के भेट्टाउन सक्नु नि ?

फिरि, मलाइ बोल्न भन्दा सुन्न मज्जा लाउँछ के .........
 
Posted on 08-10-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये यो त ६८को मात्र पो रहेछ, मेरो दिमागमा आजकल जतिबेला पनि प्रशान्त प्रशान्त भन्ने शब्द झुन्डिय झुण्डिअयै छ भन्या, खै यो भुत कहिले निको हुने हो, चित्रे के छ त औरीकाको खबर? म केहि समयपछि तिम्रो भुपु गाम आन्ध्रे खोला तिर जादैछु।

 
Posted on 08-10-07 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो दिपेओ कथा सारो राउँरो लायो गाँठे । अचेल चौतारि तिर नबसि तर्कि तर्कि हिन्छ तो दिपे ? हुँऽऽऽऽऽऽ घुच्चुकाँ हानुँ जस्तो ।

जे सुकै होस, मैले चोरेर ल्याइँ हौ तेसको कथा, लु पढ गाम्ले हो राउँरो छ ।

-----------------------------------------------

दामे
- कथा लेखक : दिप

हालसालै एउटा भारतीय डाक्टर भेटीयो दामोदर भन्ने – दुब्लो पातलो। तेस्ले मलाई दामे सम्झायो --- मैले बेलुका बाङ्गेलाइ फोने गरेर सोधें “ए बाङ्गे – त्यो दामे थ्यो नी – पछी छात्रबृतिमा गा थ्यो नी त्यो के गर्छ हँ अचेल?”

“अचेल त अब खै के गर्छ गर्छ --- यस्सै भन्न मुस्किल् छ” भन्यो बाङ्ग्ले।

किन भनेर सोध्या “भयो त्यो दाम्या कुरो नगर” भन्छ बाङ्गे त।

****
“यो नरकटलाइ नी बाउ आमाले बिगारे” सडक ताकेर झ्यालाँ अलपत्र पर्या दुब्लो पातलो दामेलाई हेर्दै पिच्च थुकेर बाङ्गेले भन्यो।

हामी सबैले नी दामेलाइ हेरीम। रहर र खोक्रो प्रसम्सा को साँधमा बन्दी थ्यो उ भन्ने ठहर भो हाम्रो।

“आइज, ट्वाँट तान्न हिन भत्क्या पुल मुनी” ट्वाकले तान्दै गर्या चुरोटले धोबि खोला तिर इसारा गर्दै दामेलाइ बोलायो। कट्टर् पुरेतलाइ सरादको दिन मासु भात खने निम्ता दिया झैँ गरी बिच्कियो दामे र नाँइ मा छिट-छिटो टाउको हल्लायो। हामी सबै हाँसो मिलाउँदै अघि बढिम।

“हाम्रो दामोदर जस्तो असल र भलादमी केटो यो टोलाँ अर्को छैन” भनेर दाम्या बाउ आमा थाक्दैन थे। “सडकाँ जानी, आवारा केटाहरु सङ खेल्नी, जे पायो तेइ बोल्नी तेस्तो केइ गर्दैन – इस्कुल बाटा आउँछ, आफ्नो पढाई गर्छ --- जे भन्यो त्यो मान्छ --- असाध्धे ज्ञानी छ हाम्रो दामोदर” भनेर बाउ आमाले दाम्या हाँसम् खेलम् भन्ने केटा केटीको रहर लाइ सदगुणहरुको घरमा नजर बन्द गर्देका थिए।

“हाम्लाई आनन्दै --- जस्लाई भेट्यो बाउ उसैलाइ छोरो बिग्रियो---खत्तम भो” भन्छन् – बाङ्गेले लामो सर्को तानेर छोड्या ध्वाँलाइ पछाउँदै आफ्नो कुरो गर्यो। “बिग्रिएला कि भनेर बिचार गर्नु पर्ने अब खत्तैमै भैसके सि के को बिचार्?” बाङ्गेले प्रश्नमा आफुले किन गति छाड्या हो र तेस्मा बाउको के कति भुमिका छ तेस्को जानकारी दियो र थप्यो "अब यसै चेट उसै चेट"। हामी सबैका पनि आ-आफ्नै करण थे तर मिल्दा जुल्दा।

दामे उस्को बाटोमा थ्यो --- हामी आफ्नै। उ पनि प्रगती गर्दै थ्यो हामी पनि। आ आफ्नो बाटोमा हामी अगाडी बढ्दै थिम। “दामोदर लाई हेर न दामोदरलाई ---कस्तो छ ---“ भन्ने उपदेश् घराँ सुन्दा सुन्दा कैले दामेलाइ लगेर सत्तेनारनथान मुनि भकुर्दिम कि जस्तो लाग्थ्यो कैले चाँई आफु पनि दामे जस्तो हुन पाए --- सबैले ज्ञानी भलादमी भनेको सुन्न पाए भन्ने लाग्थ्यो तर आफ्नो मनमा पैले देखि ठाम जमार बसेका र हामी सङ्गै हुर्केका उग्र बिचारले तेस्ता भलादमी बिचारलाइ सखरी बखरीमा झै तु कटाई हाल्थे।

दामे पढाइमा तिखो थ्यो क्यारे – सधै फस र सेकेन भा सुनिन्थ्यो – हामी भने रिजल्ट हुने दिन कहा जाम के गरी ज्यान जोगाम जस्तो भएर भेटे जती देउता थान् ढोग्दै हिन्दै ठिक्क हुन्थ्यो। पछी यसो चाल बुझ्दा पास भैयो रे भन्ने बुझे सि छोइ सक्ना नभर घर छिरिन्थ्यो। बाङ्गे चाइ गुल्टीयो भने पनि सके सम्म तेइ इस्कुलमा हैन भने आमाको सिफारिसमा बाउ लगाएर अर्को इस्कुल सरेर भए पनि किलास चढेरै छोड्थ्यो --- खै के गरी हो --- तेस्को बाउको पहुँच बलियो थ्यो क्यारे दरो।

हुँदा हुँदै एस् एल् सी नी सकियो --- दामे बिज्ञान तिर लाग्यो हामी मानबिकी तिर --- हाम्लाइ तेतै चपेटा थ्यो। हाम्रो हुलाट नी एउटा बिज्ञान तिर नगा त हैन तर त्यो तेइ बाईलोजीको लोखर्के जस्तो भै सक्याथ्यो बिचरा।

आइ एस सी सकिनु भन्नु के थ्यो -- दामे त छात्रबृतिमा लाग्यो बिदेश् तिर हामी भने तेतै मडारिन्थिम—रातभरी ओछ्यानाँ दिनभरी सडकाँ ------ मङ्गल बार चाबेल गयो चोकाँ उभियो ठिटी हेर्यो –सनिबार पशपती गयो ठिटी सङ्ग चन्दन माग्यो तेस्तै थ्यो ---

गौशालामा च्या तान्दै होस वा बौधमा छ्याङ्ग --- दामेले जिन्दगीमा केइ गर्छ भन्नेमा हाम्रो संका थिएन अब।
****
किन बाङ्गेले “भयो त्यो दाम्या कुरो नगर” भन्छ भनेर त फेरी सोध्नै पर्यो नी।

फेरी सोध्या “दामे त पछि हरिप भो नी --- हाम्लाइ डाउन गर्ने भे र निस्क्या थ्यो – घराँ एउटी बाहीर दुइ तिन् टी स्वास्नी थिए रे तेस्का – अनि घराँ भाकीको को अर्को एउटा थियो बुझिनस के–- भद्रगोल भएर दामे ट्वाँटको सुरमा खाली भुमिका चावला सङ्ग ब्या गर्छु भन्थ्यो ----पछी पछी”

"अनि?" मलाइ अचम्म नी लाग्यो – दुख: पनि – अनि कता कता खुसी पनि दामे बिग्र्या सुनेर।

“अनि अब केइ न केइ --- मेरो बोलचाल छैन अचेल -दामे सामे सङ्ग--यत्तिकै टेन्सन ----”बाङ्गे झर्कियो।

“किन?” सोधें। बाङ्गेलाइ के को टेन्सन हो जस्तो लाग्यो।

“किन किन अब --- दामेलाइ सम्झाएर सकिएन भनेर तेस्को स्वास्नीलाइ सम्झाउन थाल्या है -- दामे त बिच्किएर --- के भन्छस --- राम्रो काम त खै मन लागे जती गर्नै नपाइ मरिने भो की भनेर पीर लाग्छ “

म अलि सतर्क भएँ --- बाङ्गेको कुरो तेति सोझो लागेन मलाइ --- मैले बाङ्गेलाइ राम्रै चिनेको हो ---

“अनि ---अब तँलाइ के लुकाई भो र कुरा --- तेस्की स्वास्नी चाइँ बुझिनस् ------“ बाङ्गे एक सुरमा बोल्दै थ्यो --- म भनेँ दामेलाइ तेइ झ्यालाँ खोज्दै थिएँ बर्षौँ अघि सडक नियाल्दै गर्या।

**************
जय सम्भो।
 
Posted on 08-10-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्केदाइ, तिम्रो प्रशान्ते भूत अब बढीमा ४४ दिनभित्र ठीक हुन्छ!
औंरिकाको हालखबर यस्तै हो, गर्मी छ, कहिले यता कहिले उता भौतारिरा'छु।अनि तिमी मेरो भूपु गाममा जाने हो? वाह! कस्तो कूल ठाम थियो त्यो! अहिले चैं कता छौ नि? नेपालाँ हो? लु बुरो, मोज गर!
 
Posted on 08-10-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब भोलि भेटम्ला, आजआ दिन नि आफ्नो काम बनेन, दिक्क लाउँदो तेइ छ के रे ।
 
Posted on 08-10-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hamro gaam ma ta raati ko 2 bajna thalyo, ma ta gaye hai sutna.......

Chitre yeso samjhidai gara hai....
Malai matrai kaha ho ra CHAUTARI ka sabailai PARASHANT bhoot chadhya chha, Sab bhanda dherai ta hamrai THULI, Chana, Bhaute, halka fulka Rahul sudda lai pani.........Gwaanche k chha yar?
 
Posted on 08-10-07 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्केदाइ, भनेपछि तिमी अहिले त्यै सिन्धुली (स्वीडेन) गाममै हो? त्यहाँको ट्यामबाट अनुमान लगाएको मैले।म कहाँ भुल्छु र तिमीलाइ? हुन त पर्सान्ते भूत मलाइ नि नलाग्या कहाँ हो र? तर भूत जस्तो कराउने ट्याम नपा'र 'साइलेन्ट भूत' बनेर हेर्ने मात्र गर्या छु।
 
Posted on 08-10-07 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु सुस्ताए कि मदिरापानमा मस्ताए ?

खै अब त भुतको बास पो भयो हौ चौतारीमा
 
Posted on 08-10-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tehi bhanya.

Chane daiko chahi dhalne bela bhayena ta. Subharatri hai yo suntale ko.
 
Posted on 08-10-07 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भूतहरुको वस्तीमा हामी अदभूतहरु जागा छौं नि चना ब्रो।
 
Posted on 08-10-07 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अदभुत नं १ ठुल्दाइ लै अदभुत गुड मर्निङ

सुन्तले वस्ताजले गीत नगाउनि ?
 
Posted on 08-10-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अदभुत नं १ ठुल्दाइ ? कहां कसरी?
होइन ब्रो अब नि चौतारी ढुकेर बसे चाहि अदभूत, भूत, अर्धभूत, पूर्ण भूत, अपूर्ण भूत सबैको पदबी पाउन बेर छैन। त्यसैले अहिले लाई तारेमाम्, भोलि फेरि एकान्त मा.........।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters