[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 156123 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-23-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सँअ डबल ( एक रुपियाँको ढ्याकलाई हाम्रो पालामा डबल भन्थे) छ माष्टरनी नानि, तेसले चाइन्जो काम चल्ने भ' लिनोस :)

गोताएँ बुडालाई अँध्यारोमा ठम्माम्न गारो भ'को हो खासमा। क्यार्नु हामि बुडापाकालाई नजिकै बाड हेरो भने मात्तै हो नत्र चिन्नै गारो हुन्छ भन्या क्यार्नु। अनि गोताएँ अड्डामा पुगिसकेको हो?
 
Posted on 09-23-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई कुम्लेको कथाले १५ गते फिलिमको याद दियो। खशी पेला परेको ठाम के।

१५ गते भन्दा सम्झै आम्नी हो गौतमजी?
- http://www.nrnjapan.org/events/nrnday/nrnday.pdf
म यसका लागि नेपालबाट १५ गते बिहान घुर्छु।

नेपालमा चौपारी ग्यादरिगं गर्न त हुन्तो। शनिबार जुन पिलेनमा म काठमाण्डु पग्छु गालब तेसैमा फर्किन्छन्। (कस्तो केटो होला ...ह्यााँ खोइ के जाति का्रयक्रम छ भुनेर दशैँको मुखमा फर्किने रे! म भे त आम्नी थिइन।)

मलाई नि तेइ पिर लाग्याछ के पुन्टे दाइ यो जुठो सुत्केरो परेको यति छिटो कानाँ पु-याम्छन् कि। म त कान थुनेर बस्छु यसपालि।
 
Posted on 09-23-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा!!
आज बाह्र बर्खमा एकै पटक चौतारिआँ आम्ने मेसो मिलेछ त :)
कति दिनको अलमल हो नेपालमा?
 
Posted on 09-23-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, दादा र मिस लाई नि धेरै धेरै धन्यवाद छ है। हे हे हे!! अब लेख्दिन भन्यो एउटा एउटा कुरो आइहाल्ने यो सैतान दिमागमा।

अनि यो पल्ट यसो हेरेको त सबैको प्यारो, सबैले माया गर्ने नमेलाई जहिले नि छुटाइराख्दो रहेछु मैले मेरा कथाहरुमा। अनि त्यहि भएर उसलाई राखेर लेख्या त यस्तो पो भएछ। हे हे हे!!

तेहि त तितौरी.....!!

पून्टे दाई लाई त क्या बोर भएछ। लौ झन हामीलाई नि बोर भयो। यसपाली त पून्टे दाई कहाँबाट अलि अलि भएनि दक्षिना पाइने भैयो भन्या त.... हत्तेरी!!

मिसले मलाई Idiot रे! जे भनेपनि जस्तो भनेपनि हजुरकै भाई हुँ क्यारे!! भाई जस्तो दिदी पनि उस्तै। :पि
 
Posted on 09-23-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-23-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-06 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो! यो चौतारीआं त खुपै रमैलो भैरा रच त, म नि छिरें है। अब त्यो कालो खसि त खान छुटेच, म्यारिज चै म नि खेल्ने। अब बरु जमरा समरा राखीसक्या भए त थाले भै हालो नि। ल सप्पैलाई शुभ-कामना है।
 
Posted on 09-24-06 5:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ बिजया दशमी को हार्दिक मङलमए शुभकामना

आयु: द्रोण सुते श्रीयं दशरथे
शत्रु क्षयं रघवे ।
एश्वर्यम् नहुसे गतिश्च पवने
मानम् च : दुर्योधने ।।
शौर्य शन्त नयं बलमं हलधरे
सत्यम्श्च: कुन्ति सुते ।।।
बिज्ञानम् बिदुरे भवन्तु भवताम्
कृतिश्च: नारायणे ।।।।



जयन्ति मङ्गलाकाली भद्रकालि कपालिनि ।
दुर्गा क्षमा शिवा धोत्री स्वाहा सोधा नमस्तुते ।।
 
Posted on 09-24-06 5:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली मा उल्था गर्दा..................

द्रोणको छोरा को जस्तो आयु होस्
दशरथ राजाको जस्तो श्री सम्मान होस्
नहुस राजाको जस्तो यस आराम होस्
पवन् को जस्तो द्रुत् गति होस्
दुर्योधन् को जस्तो मान सम्मान होस्
शौर्य जस्तो शान्त होस्
हलधरे राजा को जस्तो बल होस्
कुन्ति को छोराको जस्तो सत्य बोली होस्
बिदुर को जस्तो चतुर ज्ञान होस्
र अन्तमा नारायण को जस्तो कृति रहोस्
 
Posted on 09-24-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बरबाद भ! दशैं-तिहारको मुखाँ चेलीबेटीलाई रिस उठाइएजस्तो छ। नरिसाउ न तिरु नानी! मैले त हो कि जस्तो लागेर ठट्टा पो गरेको त!
साँच्चिकै चित्त दुखेको छ भने क्षमा चाहन्छु।
 
Posted on 09-24-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, आर्को शनिवार पो हो नेपाल जानी? अष्टमी कि नवमी भईसक्छ हैन?
अनि तो महको कार्जेकरम हेर्न मुन त थियो दादा, तर समय मिल्ला जस्तो छैन।
 
Posted on 09-24-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ जी, नमस्ते गरेँ है!

अनि के कस्तो पिलान छ नि दशैँको? यसो स्यर गरुम के रे चौतारीमा।
 
Posted on 09-24-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त बिर्सिरा राता मकै!
सप्पै गाम्लेलाई यो गोताएँको तर्फबाट पनि दशैंको धेरै धेरै शुभकामना। सबैले चिताएको पुगोस्, खोजेको पाइयोस्, सफलता मिलोस्।
 
Posted on 09-24-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास केहि छैन कुम्ले। तास खेल्न मरिगए मन लाग्दैन। १ तारिखमा एउटा स-स्यानो कार्जेकरम गरेर रउसी र मासु झिरिप्प पार्ने पिलान छ पिलान नै भन्ने हो भने। त्यसबाहेक घरतिर फोन गर्ने (सबभनदा ठूलो पिलान त यै हो!)
अनि कुम्लेको के छ नि?
 
Posted on 09-24-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम्जी पनि टिको लगा'र जापानको १० रुप्पे( नेपालीरुप्पेमा नसाटेरै के )दिनुस त तिरु कति खुशी हुन्छिन.......... माफी नमागेनि हुन्छ के....... जो सानो छ उसैलाइ त् हो नि जिस्काउने.... कसो तिरु नानी??:):)
 
Posted on 09-24-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दख्खिना त खुशी भ'र दिन्छु नि मिस, तर यी तिरु नानी रिसाको रिसै गरिन् भने त साह्रै नरमाईलो हुनी भो भनेर क्या!
 
Posted on 09-24-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हाम्लाई नि कसैले दख्खिना दिए कत्ति रमाइलो हुने थियो।

गोताएँ जी ले मलाई नि दख्खिना दिने भए तितौरीलाई सम्झाउने बुझाउने काममा म पनि खटिने थिएँ क्यारे!

मिस सन्चै हुनुहुन्छ?
 
Posted on 09-24-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले मजाको ठोके रैच कथा! बल्ल पढि भ्या’यम्।

आफू त पेलियो हप्ता भरि, अब आज चईं दिन भरि मेरिज हान्नि पिलान् छ के रे। जितियो भुने बुईनीहुरलाई जितोरी दिन पर्ला, हारियो भुने भाईहुरलाई हतोरी माग्न पर्ला के रे! :p

बरु, एउटा कुरो के गाम्ले हो! जुठो प-या मेरो बुवाको नि ठुल्बुवाको छोरा (मेरो “cousin काका” भनम् न) बितेर। गाम मै होईसिन्थ्यो। अब, कसैले मैले चईं ५ दिनाँ फुकाउन हुन्च भन्चन्, कसैले तेह्रै दिन बार्न पर्च भन्चन्। क्या हो कुरो? कोई छन् जान्ने? हुन त, १३ दिन बार्न परे नि टिकाको दिन सम्म त फुक्किन्च के रे, तर आज चईं आफू तास मत्रै हेर्नि, अरुले मासु चपा’को हेरेर।
 
Posted on 09-24-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसा'छैन है म लौ गोताएँजि "ले साचोकुरो नढाँटि भन" भन्या'भएर मात्र answer गर्या हो है। अब येस्तो दशै को मुख मा कोहि आफ्नो दक्षिना घटाउछ होला :p

बरु मिसदिदि स चै के गर्नु होला गाइ छाप् पाँच् पैसोदिने भनेर त्यो खोज्दै हिन्या कुरा सुन्या थे। था'पाइ हाले अब , खाम् भित्रै राखेर दिएपनि पहिले चेक् नगरि त ज्यान् गये नि लिन्न । :D
 
Posted on 09-24-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters