shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 बन्द गर सम्भोगहरु !

[Please view other pages to see the rest of the postings. Total posts: 68]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 29042 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 11-17-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्द गर सम्भोगहरु
बेन्जु शर्मा


सम्पूर्ण हाबामा बारूदको गन्ध
फैलि‍एको बेला
चिसा खोला र नदीहरु
ताता रगत भएर बगेको बेला
मानिसको मन भित्र
आगोका बिउहरु रोपिएर
आगोहरु बम गोला भएर
बिबेकहरु बिचलित भएर
पाशबिकाता नै पौरुषता भएको बेला
एलएसडीको लागुले
युग चम्काइ रहेको बेला
नौजबानका लाशहरु
यत्र तत्र बेबारिस
क्षतबिक्षत छरिएको बेला
सिर्जने र सृष्टिलाई नै हांक दिएको बेला
गोलीको होलीमा
चीरदाह गर्नकालागी
के जन्माउनु सन्तानहरु !
ए सम्फूर्ण महिलाहरु हो!
बन्द गर कोखहरु
अब कुनै बच्चाहरु
लोरी सुन्दै
झोलुङ्गामा झुल्ने छैनन्
यो नपंसक समयसंग
बन्द गर संभोगहरु !
 
Posted on 06-04-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामिले सुँगुर नपाल्दा के हुन्छ ?

खोरमा सहिसलामत राखेर
चारो भर्नु पर्ने/खुवाउनु पर्ने
खोर भत्काएर उसैले
उल्टै हामीलाई रुउनु पर्ने
वाँदरको पुच्छर लौरो न हतियार
स्वदेशको पिलो विदेशको मतियार
बरु टुकुचामा
खोर सहितै फाल्दा के हुन्छ ?
हामीले सुँगुर नपाल्दा के हुन्छ ?

कहिले चारो खान्न भनेर
कहिले खोरभित्र जान्न भनेर
उसले उल्टै घुर्क्याउँनु पर्ने
तिमी बराहको अवतार हौ
जाऊ/कटखाउ र सुत भन्दै
हामीले साँझविहान फुर्क्याउनु पर्ने
जसको मुल्य छैन
उसैलाई पाल्नु पर्ने
उल्टै निरीह बनेर
आफ्नै मन पगाल्नु पर्ने
सडक ढाकेर बनाएको
त्यसको खोर फाल्दा के हुन्छ
हामीले सुँगुर नपाल्दा के हुन्छ ?

::अनिल पौड्याल (काठमाण्डौ)
 
Posted on 06-04-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नोतीराम भट्ट
सरकार पो किन चाहियो ?

दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥
पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ॥३॥

शिरिषजी,
नारायण !
कतिथोक गर्न भ्याएको हो ? आजको यो साहित्य मेहफीलमा शिरिषऽ राहूलभाइऽ विर्खेमाइलाऽ
आलूअचारऽ डालीरेशमऽ मी ट्रूथऽ नेपेऽ पीआरवी भण्डारीऽ विवशऽ सिकागोबूलऽ सहित पण्डितजीलाई मुरीमुरीमात्र हैन भकारीका भकारी धन्यवाद । घतलाग्दा भनाइ र राम्राराम्रा रचनाहरु संकलन गरेर प्रस्तुत गर्नु भएकोमा !
 
Posted on 06-04-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धागो बुन्ने शिरिश् जि धन्यवाद कi पात्र.........
साथै धागो मi बुनिने सम्पूर्ण साथीहरु मi आभार्......
 
Posted on 06-04-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब धागो शुरु गर्नुभएको रहेछ। बल्ल पो आँखा प-यो गाँठे! धन्यवाद छ शिरिष गुरु!
 
Posted on 06-05-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam B. जी
ढिलै भए पनि तपाइँको सहभागिताले महत्व राख्दछ । अरु बढ्ता के भनौं ।
धन्यवाद !
 
Posted on 06-05-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Doesn't sambhog mean sexual intercourse? What's going on with Nepali poets? Stop sex?? that's crazy talk
 
Posted on 06-06-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोपीका देवताहरू

खोपी छाड्नु हुन्न
खोपीका देवताहरू
सडक झर्नु हुन्न
चोक-चोकमा ठिङ्ग उभिएर
पूजा माग्न हुन्न देवताहरूले
सडक-सडकमा ठिङ्ग उभिएर
आरती खोज्न हुन्न देवताहरूले
मलाई खोपीका देवताहरूले
खोपी छाडेको मन पर्दैन
मलाई खोपीका देवताहरूले
पूजा मागेको पनि मन पर्दैन ।

देवता प्रतेकको मनमा हुन्छ
देवता प्रत्यकको तनमा हुन्छ
मन-मनमा देवता भएपछि
किन राख्छन् कुन्नी खोपीमा देवताहरू
र पनि
खोपीका देवताहरु
देवताकै प्रतिविम्बहरू हुन् भन्छन्
मलाई देवताको प्रतिबिम्बसम्म मन पर्छ
जो पूज माग्दैन
आरती खोज्दैन
नैवेद्य पनि रोज्दैन
पुजा पाएर पनि खुसि हुँदैन
पुजा नपाएर बेखुसी पनि हुँदैन
पूजा खोज्ने देवताहरू
देवता हुनै सक्दैनन्
नैवेद्य रोज्ने देवताहरू
देवता हुनै सक्दैनन्
जव/जव देवताहरू
निर्धक्क/निर्लज्जसित
पूजा खोज्न निस्कन्छन्
आसन डग्मगाउँछ – देवताहरूको
देवता रहन्नन् – देवताहरू
आस्था कमजोर हुन्छ – भक्तहरूको
भक्त रहन्नन् – भक्तहरू

भक्तहरू नै स्वयम
नास्तिक बन्छन्

खोपीका देवताहरू
खोपी छाड्नु हुन्न
खोपीका देवताहरू सडक झर्नु हुन्न ।
(::ईश्वरमणि अधिकारी (पोखरा))
 
Posted on 06-15-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I dont know whether this is a complete poem or not. But this much is enough to say it is nice.

पीडाको सौन्दर्य

तीब्र कुण्ठाको अँध्यारो गुफा जस्तो जीवनमा
बटुलेर विशुद्ध उल्लासका उज्याला आलम्व
प्रेमले घृणा पोत्छु
मायाले घात छेक्छु
छियाछिया भएको घाइते हृदयले
म नित्य तिम्रा निम्ति
नवीन खुसीका कविता लेख्छु।


- शारदा शर्मा
 
Posted on 06-28-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‌‌‌‌‌--------------------------


शान्ति क्षेत्र - नेपाल

--- दिनेश अधिकारी----

युद्ध त--‍
बुद्ध स्वयंमा युद्ध हो
मैले उसलाई
हिंसाको विरोधमा डटेको सुनेको छु
युद्ध त--
जन्मको संस्कार
र, निर्माणको बोली हो
आहा ! कत्ति मीठो हुन्छ युद्ध !
अप्ठ्यारो बाँच्नुको विरुद्ध
मैले--
पहाड फोर्दै बाटो बनाउने युद्ध देखेको छु

फरक यत्ति छ- तिम्रो र मेरो सोचाइमा
युद्ध--
तिमी हिरण्यकशिपुलाई भन्छौ
म, प्रल्हादलाई भन्छु
भो! मसँग
भोक लाग्दा बारुद पस्कने कुरा नगर
बन्दुकको सिरानी हालेर
खै ! कसले विश्वास जित्यो र !
युद्ध जित्न त
मन जित्नुपर्छ
मैले मान्छेको हरेक जातलाई
नातेदार ठान्ने गरेको छु

आऊ !
हातबाट बन्दुक फालेर
तिमी पनि मैँसँग मिसिऊ
भर्खरै वागमती नुहाएर
म--
अशान्ति विरुद्धको युद्धगर्न हिँडेको छु
 
Posted on 07-29-07 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm not even sure whether this dr. benju sharma is the same above poet who constantly argued to stop intercourse due to so much anamosity. Just curious, verification is welcomed.

पाच वर्ष कुलंघारको घरमा बिताइयो । जस्मिन शर्मा
- – कुरा
मुख्तर माईलाई बलात्कार गर्ने अभियुक्तहरुलाई अदालतले निर्दोष सावित गरिदियो। बरु अदालतले मुस्लिम सहरिया कानुनको व्याख्या गर्दै मुख्तर माईलाई खत्मा (जमीनमा आधा गाडेर ढुंगाले हान्नुपर्ने) सजाय सुनायो। यही दशक पाकिस्तानमा घटेको यो घटनामा मुख्तर माईले अभियुक्तलाई सजाय दिलाउन मुठ्ठी कसेर प्रण गरिन्। उनले सहयोगका लागि विश्वका मानव अधिकारवादीहरुलाई गुहारिन्। विश्व समुदायले मुख्तरविरुद्ध भएको अन्यायलाई चासोका रुपमा हेरेको थियो। उनलाई विश्व समुदायले नैतिक र आर्थिक दुवै सहयोग गर्‍यो। अन्ततः दबाबमा पाकिस्तानका सैनिक राष्ट्रपति परवेज मुसर्रफ कानुन परिमार्जन गर्न बाध्य भए। कानुन परिमार्जन भएपछि अभियुक्तले सजाय पायो। यसलाई मुख्तरले आफ्नोमात्रै विजय ठानिनन्, यो अभियानले पाकिस्तानका धेरै महिलाले न्याय पाए।
यस्तै अभियानमा एउटी नेपाली चेली पनि लागेकी छन्,उनको नाम हो– जस्मिन शर्मा। घटना प्रकृति मुख्तर माईभन्दा अलिकति फरक छ। जस्मिन घरेलु हिंसाबाट पीडित नेपाली चेली हुन्। जस्मिनले आफूजस्तै घरेलु हिंसा पीडित नेपाली महिलाको उद्दारका लागि मुठ्ठी कसेरै अभियान थालेकी छन्। ढिलोचा147डो उनी पनि लक्ष्यमा पुग्नेछिन् भन्ने विश्वास लिन सकिन्छ। घरेलु हिंसामा उनले भोगेको पीडालाई यहातरुणले जस्ताको जस्तै उतार्ने प्रयास गरेको छ–
० कस्तो थियो सानाको स्वभाव?
– लजालु, साईलेन्स स्वभाव थियो। अरुलाई दुःख नदिने, सके मद्दत गर्ने र अरुको दुःख देख्न नसक्ने।
० परिवार नि?
– हाम्रो शिक्षित परिवार हो। बुबा इञ्जिनियर हुनुहुन्थ्यो।
० परिवारमा को–को हुनुहुन्थ्यो?
– बुबा–मुमा, दुई दाजुभाइ र एक दिदी।
० शिक्षा नि?
– ग्यालेक्सी स्कुलबाट एसएलसी दिएँकी हुँ। शंकरदेवबाट स्नातक सिध्याएपछि विवाह भयो। विवाहपछि नै ग्लोबल कलेजबाट मास्टर्स डिग्री गरेँ।
० अध्ययन पूरा नगरी विवाह गर्नुभयो?
– छोरीको भविष्य राम्रो होस् भनेर अभिभावकले विवाह गरिदिए।
० कोसग विवाह भयो?
– बेञ्जु शर्माको छोरा जुहारराज पाण्डेसँग।
० विवाहको साइत कसरी जुर्‍यो नि?
– बेञ्जु शर्मा मेरो घरमा आएर बुहारी बनाउँछु भनेर हैरान पारेपछि विवाह भएको हो। सुरुमा मैले स्वीकृति दिएकी थिइनँ। बेञ्जुले वर्ष दिनसम्म मरिहत्ते गरेपछि स्वीकृति दिएँ। स्वीकृति दिएको ३ दिनमै विवाह भयो।
० किन पारपाचुके गर्न खोज्नु भएको?
– दाइजो थोरै ल्याएँ भनेर घरेलु हिंसाको शिकार भएँ। सासू बेञ्जु शर्मा, विवाह नभएकी आमाजू र श्रीमान्ले दिनसम्मको दुःख दिए। गरी खाने र भविष्य निर्माणमा अवरोध आएपछि न्यायको खोजीमा जिल्ला प्रशासनमा पुगेकी हुँ।
० विवाहअघि श्रीमान्सग भेट भएन?
– थिएन। विवाह गर्दा नै ढाँटेर गरेछन्। केटाले इतिहासमा बीए पास गरेको छ भनिएको थियो। तर उनले एसएलसीमात्र पास गरेका रहेछन्। उनी रक्सी र ग्ल्यामर दुनियाँमा रमाउँदा रहेछन्।
० कसरी थाहा भयो एसएलसीमात्र पास गरेको?
– मलाई सन् २००३ मा अमेरिकाको डिभी चिठ्ठा परेको थियो। भविष्यका सन्ततीको उज्जवल भविष्य हुन्छ भनेर मैले अमेरिका जाने निर्णय गरें। सेकेण्ड लेटर पनि आइसकेको थियो। दूतावासमा आवश्यक कागजपत्र बुझाउन खोज्दा श्रीमान्ले शैक्षिक प्रमाणपत्र नै निकाल्न सक्नुभएन। विवाहअघि नै सर्टिफिकेट हेर्नुपर्ने रहेछ, बुद्धि पुगेन।
० श्रीमान्स147ग अरु असमानता के–के छन्?
– उमेर हामीबीच १०–१२ वर्षको फरक छ।
० छोराछोरी छन्?
– एउटा छोरो छ।
० घरमा कस्तो मानसिक पीडा पाउनुभयो?
– सुरुका दिनमा मानसिक पीडामात्र दिइएको थियो पछि भौतिक आक्रमण हुन थाल्यो। आधा रातमा रक्सी खाएर श्रीमान्ले पिट्थे। सासू र आमाजू रक्सी खाएर आएका श्रीमान्लाई हिर्काउन उकास्थे। अब चाहिँ छोराले बुहारी तह लगाउने भयो भनेर सासू र आमाजू काखी बजाउँथे। घर झगडाले गर्दा छरछिमेकमा समेत अप्ठ्यारो भइसकेको थियो। त्यतिमात्र होइन, पढ्न र जागिर गर्न दिइएन, जसले गर्दा मैले विश्व बैंकको परियोजनासमेत गुमाउनु पर्‍यो। जुन भविष्य निर्माणमा उपयोगी हुने ठानेकी थिएँ।
० कति रुनुहुन्थ्यो?
– धेरै रोएँ। जँडिया श्रीमान् आधा रातमा आउँथे, अनि कुट्न सुरु गर्थे। कहिलेकाहिँ त बिहान ५ बजेसम्म मैले कुटाइ खानुपर्थ्यो। सुरुसुरुमा त माइती पक्षलाई भनेकी थिइनँ। सहन नसक्ने भएपछिमात्र माइतीलाई यी सबै कुरा भनंे। डर र इज्जत लुकाउँदा धेरै दुःख पाइयो।
० त्यसबेला के कुराको बढी चिन्ता लाग्यो?
– छोराको चिन्ता लाग्यो। हिंसामा हुर्केको बालकको कस्तो मानसिकता होला भन्ने बढी चिन्ता लाग्यो।
० त्यही बाबुको छोराबाट के अपेक्षा गर्नुभएको छ?
– असल नागरिक बनाउँछु भन्ने मलाई लागेको छ। एउटी कुशल आमाको उदाहरण बन्छु। उसले भविष्यमा अन्यायविरुद्ध वकालत गर्छ भन्ने मलाई विश्वास छ।
० परिवारमा पीडक को हु147दो रहेछ?
– पहिले पुरुष नै हो, त्यसपछि महिलाले सहायकको भूमिका खेल्दा रहेछन्।
० घरमा के काम गर्नुहुन्थ्यो?
– एउटा गृहिणीले गर्नुपर्ने सबै काम गर्थें। सुत्न जानुअघि सासूलाई दर्शन गर्नुपर्ने र बिहान उठेर खुट्टामा ढोग्नुपर्थ्यो।
० तर सासू डा.बेञ्जु शर्मा त प्राध्यापक र प्रतिष्ठित व्यक्ति होइन र?
– पेसा पो प्राध्यापक हो, भाषण र देखावटी रुपमा महिलावादी आन्दोलनकी नेतृ पनि होलिन्। तर उनको सोच र व्यवहार सबै सामन्ती पुरातनशैलीको छ। त्यो भोग्ने म र छरछिमेकलाई मात्र थाहा छ। उनलाई नजिकबाट चिन्ने जोकोहीले पनि प्रतिष्ठित र व्यवहारिक मान्न सक्दैन। दाइजो नल्याउने यस्ती बुहारीलाई कुटेर खेद्, तेरा (छोरा) लागि यहाँ बुहारीको लाइन लाग्नेहरु थुपै्र छन् भन्ने महिलालाई कसरी प्रतिष्ठित भन्न सकिन्छ?
० परिवारमा किन एड्जस्ट हुन सकिएनजस्तो लाग्छ?
– म अध्ययनमा रमाउने मान्छे, रक्सी र चुरोट मन पर्दैन। घर र श्रीमान् पर्‍यो– रक्सी र ग्ल्यामर दुनियाँमा रमाउने।
० घरकी आमाजू र माइतकी दिदीमा के फरक हुदो रहेछ?
– सासू कहिल्यै आमा बन्न सक्दिन, बुहारी कहिले छोरी बन्न सक्दिन। कोसिस गर्नेमात्र हो।
० परिवारमा अरु कोही छैन?
– ससुरा हुनुहुन्छ। परिवारको अत्याचार सहन नसकेर छुट्टै बस्नुभएको छ। बुढीसासू पनि हुनुहुन्छ, उहाँ पनि छुट्टै हुनुहुन्छ। म उहाँलाई निक्कै इज्जत गर्छु।
० अहिले के गर्दै हुनुहुन्छ?
– नेपाल बैंकमा अनुवादको जागिर खाँदैछु।
० बैकमा अनुवाद...?
– यो बैंकको व्यवस्थापन विदेशीले लिएको छ। म विदेशी र नेपालीबीच अंग्रेजी भाषाको समन्वय गराउँछु।
० विवाह गर्ने सोच बनाउनु भएको छैन?
– त्यो महत्वाकांक्षा राखेकी छैन।
० घर झगडा मिल्ने सम्भावना छैन?
– विवाद आपसी समझदारीमा मिल्न सक्छ भन्दै हनुमानढोका महिला सेलले मिलाउने प्रयास गरेको थियो। तर जुहारराजले मेरी एउटीमात्र आमा र दिदी हुन्, यस्ती धेरै श्रीमती लाइन लगाउन सक्छु, तर आमा र दिदी त्याग्न सक्दिनँ भनेपछि विवाद मिलेन।
० घर झगडा अहिले कहापुग्यो त?
– जिल्ला प्रशासन कार्यालयमा चलिरहेको छ। तर प्रजिअलाई राजनीतिक दबाब परिरहेको मैले जानकारी पाएकी छु।
० मुद्दा जितिन्छ भन्ने लागेको छैन?
– उनीहरुका अगाडि राजनीतिक दबाब होला, तर मेरो साथमा नेपाली जनता छन्। घरेलु हिंसामा पीडित महिलाप्रति सहानुभूति राख्ने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीले मलाई साथ दिएका छन्। त्यसकारण ढिलोचाँडो म न्याय पाउने कुरामा ढुक्क छु। यो जीत मेरोमात्र होइन, घरेलु हिंसामा पिल्सिएका आम दिदीबहिनीको हुनेछ।
० के कुराले आत्मग्लानी भएको छ?
– पाँच वर्ष मेरो उर्वर समय कुलंघारको घरमा बितेछ।
source:nepalweekly

P.S. If this is true, she was damn late to stop intercourse inorder to avoid such
a bad ass son. ironic..
 
Posted on 07-29-07 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-30-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरा कबिता कसैले भरी दिन्छकि???

जीन्दगी कसैलाई भाविको लह ना हो
जिन्दगी कसैलाई विलसको गहना हो
.....................................
मलाई भने बाच्ने एक बाहाना हो???
 
Posted on 07-30-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुसुक्क भुलेछु भन्या कस्ले सिर्जेको मुक्तक भनेर।


परिबर्तन:

पहिले पहिले म उनलई तपाईँ भन्थें, उनि पनि मलाई तपाईँ नै भन्थिन्।
पहिले पहिले म उनलई तपाईँ भन्थें, उनि पनि मलाई तपाईँ नै भन्थिन्।

पछि पछि म उनलाई तिमि भन्न थालें, उनि मलाई तपाईँ नै भन्थिन्।

अहिले म उन्लाई तँ भन्छु, उनि मलाई हजुर भन्छिन्।
 
Posted on 07-30-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

related !


पतन गर तिम्रा वीर्यहरु !

शिव प्रकाश (हरैंच /मोरङ)

पतन गर तिम्रा वीर्यहरु
भड्खालामा,
खोल्सामा,
पँधेरामा,
नजन्माउ कुनै सन्तान्
वीर्यका बाछिटाले नुहाउने
यौन सुन्दरी पिंगलाहरु
नारी अलङ्कार पहिरेर
सहरका गल्लीहरुमा
सतिसावित्रीको अभिनयमा
सीताको आँलच अस्तित्व
निश्छल सतित्वमाथि
धब्बा लगाउने छोरीहरु ।
पतन गर तिम्रा वीर्यहरु
ओछ्यानमा,
रछानमा,
पाइखानामा,
नजन्माउ कुनै सन्तान्
मानवतामाथि धावा बोल्ने
सृष्टिका सुन्दर सृजाना
लहलहाउदा यौवनाहरु च्यात्ने
द्रौपदीहरु लुछ्ने दुशासनहरु
पुरुषत्वका नाउँमा
स्त्रीत्व अस्मिता लुटेर
यौन उन्माद मनाउने
मान्छेको छाला ओढेका छोराहरु ।
पतन गर तिम्रा वीर्यहरु
खेतमा,
हातमा,
झारपातमा,
नजन्माउ कुनै सन्तान
धरतीका बोझ
अनायास हाँसेर बाँचिरहेकाहरु
बाँचेर मरिरहेकाहरु
मान्छे जस्ता देखिने
नपुङ्सक मान्छेहरु ।

हाल - बोष्टन / अमेरिका । जूलाई २९,२००७
 
Posted on 07-30-07 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wot..?
Bandha gar sambhog haru....? Stupid thread ever seen
Keep going guys..
 
Posted on 07-30-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि थुतुनोले बिगार्छ कि मुतुनोले भने जस्तै !

आफ्नो छुच्चो थुतुनो पनि चलाउन मन लाग्यो ! गल्ति भए माफ पाउं !


वीर्यका बाछिटाले नुहाउने
यौन सुन्दरी पिंगलाहरु
नारी अलङ्कार पहिरेर
सहरका गल्लीहरुमा
सतिसावित्रीको अभिनयमा
सीताको आँलच अस्तित्व
निश्छल सतित्वमाथि
धब्बा लगाउने छोरीहरु
जन्माउन भन्दा बरु
पतन (स्खलन) गर तिम्रा वीर्यहरु
भड्खालामा, खोल्सामा, पँधेरामा, !


(पंधेरा मा ??? पिउने पानीको मुहान दुषित पार्ने र ??? खोल्सा र बरु self sterilize हुन्छ तर पंधेरा??? )

to be continued
 
Posted on 07-30-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल शिरीष गुरु!!
 
Posted on 07-30-07 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो गरे कस्तो होला ?



वीर्यका बाछिटाले नुहाउने
यौन सुन्दरी पिंगलाहरु
नारी अलङ्कार पहिरेर
सहरका गल्लीहरुमा
सतिसावित्रीको अभिनयमा
सीताको आँलच अस्तित्व
निश्छल सतित्वमाथि
धब्बा लगाउने छोरीहरु
जन्माउन भन्दा बरु
पतन (स्खलन) गर तिम्रा वीर्यहरु
भड्खालामा, खोल्सामा ............ !

मानवतामाथि धावा बोल्ने
सृष्टिका सुन्दर सृजाना
लहलहाउदा यौवनाहरु च्यात्ने
द्रौपदीहरु लुछ्ने दुशासनहरु
पुरुषत्वका नाउँमा
स्त्रीत्व अस्मिता लुटेर
यौन उन्माद मनाउने
मान्छेको छाला ओढेका छोराहरु
जन्माउन भन्दा बरु
पतन (स्खलन ) गर तिम्रा वीर्यहरु
ओछ्यानमा, रछानमा, पाइखानामा !

धरतीका बोझ
अनायास हाँसेर बाँचिरहेकाहरु,
बाँचेर मरिरहेकाहरु ,
मान्छे जस्ता देखिने
नपुङ्सक मान्छेहरु जस्ता
कुनै सन्तान ( NB यहा चाही सन्तान ठीक देखें है मैले ! )जन्माउन भन्दा बरु
पतन /स्खलन गर तिम्रा वीर्यहरु
खेतमा, हातमा, झारपातमा !
 
Posted on 07-30-07 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kiss

kiss
*Kiss*.......*Kiss*
*Kiss*.....*Kiss*
*Kiss*...*Kiss*
*Kiss**Kiss*
*Kiss*...*Kiss*
*Kiss*.....*Kiss*
*Kiss*.......*Kiss*
*Kiss*.........*Kiss*

........*Kiss*
........*Kiss*
........*Kiss*
........*Kiss*
........*Kiss*
........*Kiss*
........*Kiss*
........*Kiss*
........*Kiss*

.........*Kiss*
...*Kiss*...*Kiss*
.*Kiss*.......*Kiss*
...*Kiss*......*Kiss*
......*Kiss*
...........*Kiss*
*Kiss*......*Kiss*
.*Kiss*.......*Kiss*
...*Kiss*...*Kiss*
.........*Kiss*

.........*Kiss*
...*Kiss*...*Kiss*
.*Kiss*.......*Kiss*
...*Kiss*......*Kiss*
......*Kiss*
...........*Kiss*
*Kiss*......*Kiss*
.*Kiss*.......*Kiss*
...*Kiss*...*Kiss*
.........*Kiss
 
Posted on 07-30-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चोटी abc बाट गाली आएन !
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters