Posted by: Chicago-Bull June 6, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
खोपीका देवताहरू खोपी छाड्नु हुन्न खोपीका देवताहरू सडक झर्नु हुन्न चोक-चोकमा ठिङ्ग उभिएर पूजा माग्न हुन्न देवताहरूले सडक-सडकमा ठिङ्ग उभिएर आरती खोज्न हुन्न देवताहरूले मलाई खोपीका देवताहरूले खोपी छाडेको मन पर्दैन मलाई खोपीका देवताहरूले पूजा मागेको पनि मन पर्दैन । देवता प्रतेकको मनमा हुन्छ देवता प्रत्यकको तनमा हुन्छ मन-मनमा देवता भएपछि किन राख्छन् कुन्नी खोपीमा देवताहरू र पनि खोपीका देवताहरु देवताकै प्रतिविम्बहरू हुन् भन्छन् मलाई देवताको प्रतिबिम्बसम्म मन पर्छ जो पूज माग्दैन आरती खोज्दैन नैवेद्य पनि रोज्दैन पुजा पाएर पनि खुसि हुँदैन पुजा नपाएर बेखुसी पनि हुँदैन पूजा खोज्ने देवताहरू देवता हुनै सक्दैनन् नैवेद्य रोज्ने देवताहरू देवता हुनै सक्दैनन् जव/जव देवताहरू निर्धक्क/निर्लज्जसित पूजा खोज्न निस्कन्छन् आसन डग्मगाउँछ – देवताहरूको देवता रहन्नन् – देवताहरू आस्था कमजोर हुन्छ – भक्तहरूको भक्त रहन्नन् – भक्तहरू र भक्तहरू नै स्वयम नास्तिक बन्छन् खोपीका देवताहरू खोपी छाड्नु हुन्न खोपीका देवताहरू सडक झर्नु हुन्न । (::ईश्वरमणि अधिकारी (पोखरा))
Read Full Discussion Thread for this article