Posted by: shirish July 30, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
यसो गरे कस्तो होला ? वीर्यका बाछिटाले नुहाउने यौन सुन्दरी पिंगलाहरु नारी अलङ्कार पहिरेर सहरका गल्लीहरुमा सतिसावित्रीको अभिनयमा सीताको आँलच अस्तित्व निश्छल सतित्वमाथि धब्बा लगाउने छोरीहरु जन्माउन भन्दा बरु पतन (स्खलन) गर तिम्रा वीर्यहरु भड्खालामा, खोल्सामा ............ ! मानवतामाथि धावा बोल्ने सृष्टिका सुन्दर सृजाना लहलहाउदा यौवनाहरु च्यात्ने द्रौपदीहरु लुछ्ने दुशासनहरु पुरुषत्वका नाउँमा स्त्रीत्व अस्मिता लुटेर यौन उन्माद मनाउने मान्छेको छाला ओढेका छोराहरु जन्माउन भन्दा बरु पतन (स्खलन ) गर तिम्रा वीर्यहरु ओछ्यानमा, रछानमा, पाइखानामा ! धरतीका बोझ अनायास हाँसेर बाँचिरहेकाहरु, बाँचेर मरिरहेकाहरु , मान्छे जस्ता देखिने नपुङ्सक मान्छेहरु जस्ता कुनै सन्तान ( NB यहा चाही सन्तान ठीक देखें है मैले ! )जन्माउन भन्दा बरु पतन /स्खलन गर तिम्रा वीर्यहरु खेतमा, हातमा, झारपातमा !
Read Full Discussion Thread for this article