Posted by: krk_nepali July 30, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
related ! पतन गर तिम्रा वीर्यहरु ! शिव प्रकाश (हरैंच /मोरङ) पतन गर तिम्रा वीर्यहरु भड्खालामा, खोल्सामा, पँधेरामा, नजन्माउ कुनै सन्तान् वीर्यका बाछिटाले नुहाउने यौन सुन्दरी पिंगलाहरु नारी अलङ्कार पहिरेर सहरका गल्लीहरुमा सतिसावित्रीको अभिनयमा सीताको आँलच अस्तित्व निश्छल सतित्वमाथि धब्बा लगाउने छोरीहरु । पतन गर तिम्रा वीर्यहरु ओछ्यानमा, रछानमा, पाइखानामा, नजन्माउ कुनै सन्तान् मानवतामाथि धावा बोल्ने सृष्टिका सुन्दर सृजाना लहलहाउदा यौवनाहरु च्यात्ने द्रौपदीहरु लुछ्ने दुशासनहरु पुरुषत्वका नाउँमा स्त्रीत्व अस्मिता लुटेर यौन उन्माद मनाउने मान्छेको छाला ओढेका छोराहरु । पतन गर तिम्रा वीर्यहरु खेतमा, हातमा, झारपातमा, नजन्माउ कुनै सन्तान धरतीका बोझ अनायास हाँसेर बाँचिरहेकाहरु बाँचेर मरिरहेकाहरु मान्छे जस्ता देखिने नपुङ्सक मान्छेहरु । हाल - बोष्टन / अमेरिका । जूलाई २९,२००७
Read Full Discussion Thread for this article