Posted by: MR_TRUTH July 29, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
I'm not even sure whether this dr. benju sharma is the same above poet who constantly argued to stop intercourse due to so much anamosity. Just curious, verification is welcomed. पाच वर्ष कुलंघारको घरमा बिताइयो । जस्मिन शर्मा - – कुरा मुख्तर माईलाई बलात्कार गर्ने अभियुक्तहरुलाई अदालतले निर्दोष सावित गरिदियो। बरु अदालतले मुस्लिम सहरिया कानुनको व्याख्या गर्दै मुख्तर माईलाई खत्मा (जमीनमा आधा गाडेर ढुंगाले हान्नुपर्ने) सजाय सुनायो। यही दशक पाकिस्तानमा घटेको यो घटनामा मुख्तर माईले अभियुक्तलाई सजाय दिलाउन मुठ्ठी कसेर प्रण गरिन्। उनले सहयोगका लागि विश्वका मानव अधिकारवादीहरुलाई गुहारिन्। विश्व समुदायले मुख्तरविरुद्ध भएको अन्यायलाई चासोका रुपमा हेरेको थियो। उनलाई विश्व समुदायले नैतिक र आर्थिक दुवै सहयोग गर्‍यो। अन्ततः दबाबमा पाकिस्तानका सैनिक राष्ट्रपति परवेज मुसर्रफ कानुन परिमार्जन गर्न बाध्य भए। कानुन परिमार्जन भएपछि अभियुक्तले सजाय पायो। यसलाई मुख्तरले आफ्नोमात्रै विजय ठानिनन्, यो अभियानले पाकिस्तानका धेरै महिलाले न्याय पाए। यस्तै अभियानमा एउटी नेपाली चेली पनि लागेकी छन्,उनको नाम हो– जस्मिन शर्मा। घटना प्रकृति मुख्तर माईभन्दा अलिकति फरक छ। जस्मिन घरेलु हिंसाबाट पीडित नेपाली चेली हुन्। जस्मिनले आफूजस्तै घरेलु हिंसा पीडित नेपाली महिलाको उद्दारका लागि मुठ्ठी कसेरै अभियान थालेकी छन्। ढिलोचा147डो उनी पनि लक्ष्यमा पुग्नेछिन् भन्ने विश्वास लिन सकिन्छ। घरेलु हिंसामा उनले भोगेको पीडालाई यहातरुणले जस्ताको जस्तै उतार्ने प्रयास गरेको छ– ० कस्तो थियो सानाको स्वभाव? – लजालु, साईलेन्स स्वभाव थियो। अरुलाई दुःख नदिने, सके मद्दत गर्ने र अरुको दुःख देख्न नसक्ने। ० परिवार नि? – हाम्रो शिक्षित परिवार हो। बुबा इञ्जिनियर हुनुहुन्थ्यो। ० परिवारमा को–को हुनुहुन्थ्यो? – बुबा–मुमा, दुई दाजुभाइ र एक दिदी। ० शिक्षा नि? – ग्यालेक्सी स्कुलबाट एसएलसी दिएँकी हुँ। शंकरदेवबाट स्नातक सिध्याएपछि विवाह भयो। विवाहपछि नै ग्लोबल कलेजबाट मास्टर्स डिग्री गरेँ। ० अध्ययन पूरा नगरी विवाह गर्नुभयो? – छोरीको भविष्य राम्रो होस् भनेर अभिभावकले विवाह गरिदिए। ० कोसग विवाह भयो? – बेञ्जु शर्माको छोरा जुहारराज पाण्डेसँग। ० विवाहको साइत कसरी जुर्‍यो नि? – बेञ्जु शर्मा मेरो घरमा आएर बुहारी बनाउँछु भनेर हैरान पारेपछि विवाह भएको हो। सुरुमा मैले स्वीकृति दिएकी थिइनँ। बेञ्जुले वर्ष दिनसम्म मरिहत्ते गरेपछि स्वीकृति दिएँ। स्वीकृति दिएको ३ दिनमै विवाह भयो। ० किन पारपाचुके गर्न खोज्नु भएको? – दाइजो थोरै ल्याएँ भनेर घरेलु हिंसाको शिकार भएँ। सासू बेञ्जु शर्मा, विवाह नभएकी आमाजू र श्रीमान्ले दिनसम्मको दुःख दिए। गरी खाने र भविष्य निर्माणमा अवरोध आएपछि न्यायको खोजीमा जिल्ला प्रशासनमा पुगेकी हुँ। ० विवाहअघि श्रीमान्सग भेट भएन? – थिएन। विवाह गर्दा नै ढाँटेर गरेछन्। केटाले इतिहासमा बीए पास गरेको छ भनिएको थियो। तर उनले एसएलसीमात्र पास गरेका रहेछन्। उनी रक्सी र ग्ल्यामर दुनियाँमा रमाउँदा रहेछन्। ० कसरी थाहा भयो एसएलसीमात्र पास गरेको? – मलाई सन् २००३ मा अमेरिकाको डिभी चिठ्ठा परेको थियो। भविष्यका सन्ततीको उज्जवल भविष्य हुन्छ भनेर मैले अमेरिका जाने निर्णय गरें। सेकेण्ड लेटर पनि आइसकेको थियो। दूतावासमा आवश्यक कागजपत्र बुझाउन खोज्दा श्रीमान्ले शैक्षिक प्रमाणपत्र नै निकाल्न सक्नुभएन। विवाहअघि नै सर्टिफिकेट हेर्नुपर्ने रहेछ, बुद्धि पुगेन। ० श्रीमान्स147ग अरु असमानता के–के छन्? – उमेर हामीबीच १०–१२ वर्षको फरक छ। ० छोराछोरी छन्? – एउटा छोरो छ। ० घरमा कस्तो मानसिक पीडा पाउनुभयो? – सुरुका दिनमा मानसिक पीडामात्र दिइएको थियो पछि भौतिक आक्रमण हुन थाल्यो। आधा रातमा रक्सी खाएर श्रीमान्ले पिट्थे। सासू र आमाजू रक्सी खाएर आएका श्रीमान्लाई हिर्काउन उकास्थे। अब चाहिँ छोराले बुहारी तह लगाउने भयो भनेर सासू र आमाजू काखी बजाउँथे। घर झगडाले गर्दा छरछिमेकमा समेत अप्ठ्यारो भइसकेको थियो। त्यतिमात्र होइन, पढ्न र जागिर गर्न दिइएन, जसले गर्दा मैले विश्व बैंकको परियोजनासमेत गुमाउनु पर्‍यो। जुन भविष्य निर्माणमा उपयोगी हुने ठानेकी थिएँ। ० कति रुनुहुन्थ्यो? – धेरै रोएँ। जँडिया श्रीमान् आधा रातमा आउँथे, अनि कुट्न सुरु गर्थे। कहिलेकाहिँ त बिहान ५ बजेसम्म मैले कुटाइ खानुपर्थ्यो। सुरुसुरुमा त माइती पक्षलाई भनेकी थिइनँ। सहन नसक्ने भएपछिमात्र माइतीलाई यी सबै कुरा भनंे। डर र इज्जत लुकाउँदा धेरै दुःख पाइयो। ० त्यसबेला के कुराको बढी चिन्ता लाग्यो? – छोराको चिन्ता लाग्यो। हिंसामा हुर्केको बालकको कस्तो मानसिकता होला भन्ने बढी चिन्ता लाग्यो। ० त्यही बाबुको छोराबाट के अपेक्षा गर्नुभएको छ? – असल नागरिक बनाउँछु भन्ने मलाई लागेको छ। एउटी कुशल आमाको उदाहरण बन्छु। उसले भविष्यमा अन्यायविरुद्ध वकालत गर्छ भन्ने मलाई विश्वास छ। ० परिवारमा पीडक को हु147दो रहेछ? – पहिले पुरुष नै हो, त्यसपछि महिलाले सहायकको भूमिका खेल्दा रहेछन्। ० घरमा के काम गर्नुहुन्थ्यो? – एउटा गृहिणीले गर्नुपर्ने सबै काम गर्थें। सुत्न जानुअघि सासूलाई दर्शन गर्नुपर्ने र बिहान उठेर खुट्टामा ढोग्नुपर्थ्यो। ० तर सासू डा.बेञ्जु शर्मा त प्राध्यापक र प्रतिष्ठित व्यक्ति होइन र? – पेसा पो प्राध्यापक हो, भाषण र देखावटी रुपमा महिलावादी आन्दोलनकी नेतृ पनि होलिन्। तर उनको सोच र व्यवहार सबै सामन्ती पुरातनशैलीको छ। त्यो भोग्ने म र छरछिमेकलाई मात्र थाहा छ। उनलाई नजिकबाट चिन्ने जोकोहीले पनि प्रतिष्ठित र व्यवहारिक मान्न सक्दैन। दाइजो नल्याउने यस्ती बुहारीलाई कुटेर खेद्, तेरा (छोरा) लागि यहाँ बुहारीको लाइन लाग्नेहरु थुपै्र छन् भन्ने महिलालाई कसरी प्रतिष्ठित भन्न सकिन्छ? ० परिवारमा किन एड्जस्ट हुन सकिएनजस्तो लाग्छ? – म अध्ययनमा रमाउने मान्छे, रक्सी र चुरोट मन पर्दैन। घर र श्रीमान् पर्‍यो– रक्सी र ग्ल्यामर दुनियाँमा रमाउने। ० घरकी आमाजू र माइतकी दिदीमा के फरक हुदो रहेछ? – सासू कहिल्यै आमा बन्न सक्दिन, बुहारी कहिले छोरी बन्न सक्दिन। कोसिस गर्नेमात्र हो। ० परिवारमा अरु कोही छैन? – ससुरा हुनुहुन्छ। परिवारको अत्याचार सहन नसकेर छुट्टै बस्नुभएको छ। बुढीसासू पनि हुनुहुन्छ, उहाँ पनि छुट्टै हुनुहुन्छ। म उहाँलाई निक्कै इज्जत गर्छु। ० अहिले के गर्दै हुनुहुन्छ? – नेपाल बैंकमा अनुवादको जागिर खाँदैछु। ० बैकमा अनुवाद...? – यो बैंकको व्यवस्थापन विदेशीले लिएको छ। म विदेशी र नेपालीबीच अंग्रेजी भाषाको समन्वय गराउँछु। ० विवाह गर्ने सोच बनाउनु भएको छैन? – त्यो महत्वाकांक्षा राखेकी छैन। ० घर झगडा मिल्ने सम्भावना छैन? – विवाद आपसी समझदारीमा मिल्न सक्छ भन्दै हनुमानढोका महिला सेलले मिलाउने प्रयास गरेको थियो। तर जुहारराजले मेरी एउटीमात्र आमा र दिदी हुन्, यस्ती धेरै श्रीमती लाइन लगाउन सक्छु, तर आमा र दिदी त्याग्न सक्दिनँ भनेपछि विवाद मिलेन। ० घर झगडा अहिले कहापुग्यो त? – जिल्ला प्रशासन कार्यालयमा चलिरहेको छ। तर प्रजिअलाई राजनीतिक दबाब परिरहेको मैले जानकारी पाएकी छु। ० मुद्दा जितिन्छ भन्ने लागेको छैन? – उनीहरुका अगाडि राजनीतिक दबाब होला, तर मेरो साथमा नेपाली जनता छन्। घरेलु हिंसामा पीडित महिलाप्रति सहानुभूति राख्ने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीले मलाई साथ दिएका छन्। त्यसकारण ढिलोचाँडो म न्याय पाउने कुरामा ढुक्क छु। यो जीत मेरोमात्र होइन, घरेलु हिंसामा पिल्सिएका आम दिदीबहिनीको हुनेछ। ० के कुराले आत्मग्लानी भएको छ? – पाँच वर्ष मेरो उर्वर समय कुलंघारको घरमा बितेछ। source:nepalweekly P.S. If this is true, she was damn late to stop intercourse inorder to avoid such a bad ass son. ironic..
Read Full Discussion Thread for this article