[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 100901 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-20-06 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुस्कने हो भने चै ल मैले स्विकार गरे शिक्षा मन्त्रालय :)
 
Posted on 04-20-06 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काफ्ले खुब क्रान्तिकारि कबिता लिएर आइरा' छन्,
कुन चाहिं मन्त्रालय ताकेका हुन् कुन्नि?
संस्कृति भाषा तथा सृजना मन्त्रालय माग्या हो काफ्ले?

तिमि हाम्रो दादाको ड्याङको पर्यौ कि जस्तो छ, तेस्को लागि त नयां मन्त्रालय
खडा गर्न पर्छ, तोडफोड मन्त्रालय।
 
Posted on 04-20-06 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चैं प्रतिनिधि सभाको सभामुख हनुपर्ला जस्तो छ। तर, ताराभाट जस्तो पङ्गु सभामुख चैं हैन।

इति:।
 
Posted on 04-20-06 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा- राजदरबार,रक्षा,परराष्ष्ट्र,गृह,कानुन, न्याय तथा संसदीय ब्यबस्था, नागरिक उड्ड्यान

बब-दाइ- अर्थ, खेलकुद

रुइना-स्वास्थ्य, महिला तथा बालबालिका

अपटाउनगाल-समाज कल्याण, आवास तथा भौतिक योजना

भउते-ढूगांमुढा तथा तोडफोड मन्त्रालय
गालब-ढूगांमुढा तथा तोडफोड सहायक



दादा-आपुर्ती मन्त्रालय
नेपेसाहिँला- नेपाल बन्द मन्त्रालय
 
Posted on 04-20-06 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलेको रद्द भयो त ?? उसो भए मेरो नाम खै त दादा? मलाई हटाइदेको?:(
 
Posted on 04-20-06 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ दादा के गर्या
मैले कति भाति दौडधुप गरेर
पाएको गृह मन्त्रालय तिमि नै लिने
भएन
मलाइ त्यो साँहिलो (रस्ट्रपति) ले जङ्गली भन्दै दिएको हो त्यो
कस्तो मिलेको छ जङली लाइ गृह मन्त्रालय

नाताबाद कृपाबाद मुर्दाबाद !!!!!!!!!!!!!!1
यस्मा रस्ट्रपति बाटा स्पस्ट छानबिन होस !!!!!!!!!!!!!
 
Posted on 04-20-06 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे, यो चैं भएन।
एक त चुनाव बहिस्कार गर्नि, त्यसमाथि चुप लागेर जनसमर्थन गरेर
बसिर'का हरुलै पनि आफ्नो पट्टि भनेर धांधलि गर्ने। अहिले फेरि भए
भरको मन्त्रलय पनि कुम्ल्यौन खोज्नि?

त्यो त मिल्दैन दादा, कुनै हालतमा पनि। चौतारां कसैले पनि मान्दैनन्
यस्ता झल्लु र् गिरिजे जिद्दिलै।

सबभन्दा माथि, राष्टपतिलै, मन्तृमा झार्न खोज्नि? कारवाहिमा पर्न मन छ कि क्या हो हं?
 
Posted on 04-20-06 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोटै हाल्दिन भनेर बहिस्कार गरेका
दादा मन्तरी कान भनेपछि ता कति चाँडै
सबै मन्त्रालाय आफ्नो नाम मा पारेर
मख्ख परेका
लौ हेर
दादा को दादागिरि

यो मन्डले तन्त्र मुर्दाबाद !!!!!!!!!
 
Posted on 04-20-06 1:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनि नानि, जंगलि, अनि गालव, तपैहरु सबको मन्त्रालय कायमै छ
है। आफ्नो अडान नछाडौं।
भोलि कुरा गरौंला।
लौ आजलै चैं म सुत्न गै।
 
Posted on 04-20-06 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepesahila ji,
मलाई कुनै मन्त्रालय चाहिएको छैन। जनताको स्वर प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाको सभामुख चाहियो। कसैले ढुङ्गामुढा मन्त्री (त्यो पनि सहायक) भनेर व्यक्तित्वमा आँच आउन कहाँ दिन्छु र म? :-)
 
Posted on 04-20-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहां हो सबजना?
गोताए, भौते, चित्रे, चैं मलाइ के मन्त्रालय देला भनेर कान् थापेर
बसिरा'का छन भन्ने सुन्नमा आको छ। त्यसो कहां हुन्छ र? आफ्नो गछे
अनुसारको मन्त्रालय त आफैंले छान्नी पो हो। मन्त्रीपद चाडै नछाने फेरी
पछि प्रमुख प्रतिपक्षि दलमा बस्न पर्नी होला है।

गालबजी
तपाइंको त सभामुख पद त कतै नजा, भै हाल्यो नि।
 
Posted on 04-20-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साहिंला,
मलाई केही मन्त्रालय चाहिंदैन, म त सर्वसाधारण मान्छे हुँ र सर्वसाधारण जनता नै भएर बस्न चाहन्छु। मन्त्रीहरूलाई निर्वाचित गर्ने नि जनतै त हो क्यारे। त्यसैले सर्वसाधारण जनता नै सर्व शक्तिमान् छन् भन्ने कुरा त भैरहेको आन्दोलन र विगतका ऐतिहासिक परिवर्तनहरूले नि देखाएकै हुन् नि। बरू मन्त्रीहरू या उच्च पदमा बस्नेहरूले गल्ति या भ्रष्टाचार गरेमा सचेत गराउनेछु, एक किसिमले प्रतिपक्ष जस्तै हो तर अत्यन्त सक्रिय प्रतिपक्ष चैं हैन, सचेतक मात्र हुँ।

अनि मन्त्री बनिसकेकाहरूलाई चैं बधाई है। यस्तो राम्रो काम गर्नुस् कि मैले सचेत गराइरहने जरूरत नै नपरोस्। :)
 
Posted on 04-20-06 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली भनेको जहा ताल् पर्छ तेहि पहिला आफ्नो कुर सोचि हाल्छ भनेको साचो हो जस्तो लाग्यो । जनता का छोरा हरु गणतन्त्र को लागि लडेर मरि रहेका छन हामि चाहि मन्त्रीमण्डल बनाउदै बस्ने , हामि पनि केहि सोचौ बहिर बसेर नेपाल को आन्दोलन मा केहि गर्नु नसके पनि सहानुभुति त दिन सक्छौ नि । आउनुस सबै मिलेर मिलाउ हाम्रा हात हरु पहिला निरंकुशता लाइ हटाउ अनि मन्त्रीमण्डल बनाउला। अहिले लाइ यो चुनाव मैले पनि बहिस्कार गरेर लागे आन्दोलन मा । दौतरि हरु भोलि बिहान नै म नेपाल लाग्दै छु । मेरो पनि मेरो देश प्रति केहि दायित्व छ। फेरि चौपारि चिन्ने अवशर मिल्ने नै छ भन्ने आशा राख्दै बिदा चाहन्छु ।

सानो कान्छो "बाबु"
अष्ट्रेलिया बाट
 
Posted on 04-20-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्थ तथा खेलकुद मन्त्रालय त पाइयो, अब के अर्ने चाँही थाहा छैन । साना छदाँ भकुन्डो त खेल्या हो गाँठे! यो अर्थ को अर्थ चाँही बुझ्न सकिएन चाँहीन्जो! इकोनोमिस् त पढ्या हो शेरखाँ, तर म्यामले पढामदा जहिले पातली सित जिस्केर बसिन्थ्यो, के थाहा अहिले आर मन्त्री भैन्छ भनेर?
तर पनि नेपालाँ मन्त्री बन्न के को आइतबार?
 
Posted on 04-20-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल आमाका बिर सपुत हरु प्रति मेरो श्रद्धा-सुमन ! शहीदको रगतको सही मुल्याङ्कन हुने दिन नआए सम्म चौतारीमा मेरो कुनै हाँसो-ठट्टा हुने छैन। म पग्लेको छु, म हारेको छु। म रुन नसेके पनि नहाँस्न त सक्छु नि। म नेपाल जान सक्दिन, म आन्दोलन गर्न सक्दिन र म देशकोलागि मर्न सक्दिन। तर पनि शहीदको रगतको अपमान नगर्ने प्रयास त गर्न सक्छु नि। म यस नरभक्षीको बिपक्षमा बोल्न सकिन, तर तिम्रो बिरुद्ध नबोलिकन बस्न त सक्छु नि।

बिर शहीद, म तिम्रो रगतको भाराले यति थिचिएँ। मैले रगत दिन सकिन, तर तिम्रो रगत नकुल्चिन त सक्छु नि। सन्सार एउटा ब्यक्ति भित्र छ, जब कोहि मर्छ त्यहाँ एउटा सन्सार मर्छ।

ज्वाला मूखि फुट्छ अब पत्थर पनि गल्छ यहाँ,
पर्ख अब चट्याङले पानी पनि बल्छ यहाँ

 
Posted on 04-20-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaujteji you have expressed my words. I have been deeply saddened by the series of events that are happening in Nepal. My heart is pumping blood like anything and as you have mentioned we are not in Nepal and we can not go to Nepal right now but we can show our solidarity with them…I salute you brave martyrs….I hope your sacrifice would not go without achieving Ganatantra Nepal and bringing killers into justice. Trial for them inside the country and sever punishment...We not only want Ganatantra but also Sever Punishment to all of those responsible for indiscriminate killing of protestors..
 
Posted on 04-20-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-20-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी आमाको छातिमा लागेको त्यो पुरानो क्यान्सरको गोलालाई उखेलेर फाल्न खोज्दा
मेरा दाजूभाईको टाउकोमा गोलि ठोकेछन् राक्षसहरुले !!
मानवताको ‘म’ नबुझ्ने पशुलाई अब छिटै मृत्युको ‘म’ ले लखेट्ने छ!

सलाम छ मेरो शहिदहरुलाई!

यी नेता भनाउँदाले आत्मघाति सम्झौता गरे भने तिम्रो रगतको यिनलाई श्राप लाग्ने छ!
 
Posted on 04-21-06 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-21-06 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

FUK THE 7 PARTYS
FUK THE MAOISTS
FUK GIRIJA RANDIKOCHORO KOIRALA AND HIS CHAMCHAS
FUK KPBHATTARAI
FUK KAMAL THAPA
FUK GAGAN THAPA
FUK MADAV NEPAL AND HIS CHAMCHAS
FUK OTHER 7 PARTYS LEADERS AND THEIR CHAMCHAS
FUK THE IGNORANT PEOPLE IN NEPAL
FUK THE POLITICS
FUK THE PROTESTS

LAST BUT NOT LEAST - FUK THE KING.

DON'T YA'LL GET IT???

THE ONE WHO GETS ON TOP, THEY WILL START TO SUCK NEPALESE PEOPLE'S BLOOD AGAIN. I'VE SEEN ENOUGH. NOONE HAS DONE ANYTHING GOOD ON THEIR JOB.

'JUN JOGI HERYO KANAI CHIREKO'

IF U DON'T LIKE ME - FUK U TOO.

REST IN PEACE TO THE DEADS.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters