[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 100476 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-24-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छु तपाईं कता हुनु हुन्छ । यसो नयाँ खबर्हरु पोस्ट गर्नुस् न क्या । आफु लाई कस्तो भैराछ । कृपया टाईम निकालेर पोस्ट गर्नुस् न ।
 
Posted on 04-24-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalese brothers & sisters. The country is at a cross-road. This time it urgent we spread this message quickly. The message is LET US STOP SUPPORTING THE SPA. PEOPLE HAVE BEEN FOOLED. DO YOU THINK THIS TIME THERE WILL BE DEMOCRACY? NO, NO NO.
Because this time WE ARE GOING TO BECOME A COMMUNIST COUNTRY. IS THIS WHAT WE WANT? I am sure none of us want this to happen. sO WHAT WE SHOULD DO? We must quickly spread message that our protests are not good. We must give King a chance to coirrect the misdeeds of corrupt politicians. We must do help King, if not BELEIEVE IT OR NOT WE WILL FACE THE GREATEST TARGEDY.
So please STOP SUPPORTING SPA.
 
Posted on 04-24-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा दौतरि गाम्ले हरु आज नेपाल आएको ५ दिन पछि म आफ्नो घर (डेरा) मा आइपुगे सबै लाइ भेटे खुसि लाग्यो । मैले जुन कुरा सोचेर नेपाल आएको थिए सायद त्यो मैले पाउदिन जस्तो मलाइ लाग्न थाल्यो । ३-४ दिनको निद्रा ले गर्दा मैले छिटो लेख्नु सकिन म घर मा ८ बजे आइपुगेको थिए। भर्खरै मात्र ज्ञाने को भाषण सकियो । अब हेरि रहनुस यि चोर नेता हरु सत्ता मा जान्छन । अनि यो कुरा भुल्छन । कति नेपालि हरु ले आन्दोलन का नाम सहिद भए । २०४६ साल को आन्दोलन मा पनि त्यहि भएको थियो । यहि आन्दोलन ले नै चिरिन्जिबि, खुमे जस्ता चोर नेता जन्माएको थियो ।फेरि ति चोर नेता हरु सत्ता मा पुगे पछि के सम्झेलान । के हो गणतन्त्र भनेर भोलि देखि नै भन्नेछन । यो माने मा मलाइ नेपाल आएको मा दुख लागेको छ । हेरु भोलि का दिन हरु मा के के हुनेछ।अहिले यहा को अवस्था नर्मल नै छ । भोलि मैले बिदा लिएर आएको छु । भोलि धेरै कुरा हरु चौपारि मा राख्ने नै छु । अहिले लाइ बिदा चाह्न्छु ।
 
Posted on 04-24-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन के भयो फेरि यो सान्कान्छा लाइ यो सानो मन्छेलाइ पनि गणतन्त्र भन्ने कुरो थाहा छ र भनेको । लौ अब तिमि फर्के हुन्छ तिमि ले आफ्नो काम पुरा अरेको भए। नेपाल का नेता राजा को गुलामि गर्दै बस्दै गर्छन। अब त लाग्यो गणतन्त्र खोज्ने त माओबादि मात्र हुन ।

मेरो देश को जय होस ।
 
Posted on 04-24-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- हुन नपर्नी कुरो भयो.
 
Posted on 04-24-06 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन पर्नी चैं के हो नि? अँझ मान्छे मार्दै दमन गर्दै जाने? कि पञ्चायत भाग-२ लाई लम्ब्याउदै जाने?
अब संसदले संबिधान सभा घोषणा गर्नुपर्छ र शीघ्र नयाँ संबिधान बनाउनुपर्छ।

अस्तु:।
 
Posted on 04-24-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हुन नपर्नी कुरो भयो."(= "हुन पर्नी कुरो(अन्तरिम सरकार + सम्बिधान सभा) (अझै) भा छैन".)
 
Posted on 04-24-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो

मलाई नि औधि खुसी लागो केरे । बल्ल आफ्ना त हड्डी हाँसे केरे । ल सबैलाई बधाई छ- सबभन्दा ठूलो कुरो यसरी बाहेक भाईमाराको जरो निमोठ्नी अर्को उपाय छैन जस्तो मान्चु म त - मुन्छे धेरै नमारिकन र दुनियालाई बन्द, हरिताल अरेर दुख नदिईकिन त ।


कोई कोई सईँहुर फेरि डराका के, गिरिजाले फेरि बिताम्च कि भनेर ।

अब ति २०५ गुहु खानी हुरले त गिरिजा, माकुने, शेरे लाई पहिला जस्तो टेर्न र तिनिहुरसित डराम्न पर्दैन केरे, यो साउँसद त चईनी अजर अमर भयो भनेसि सँबिधान सभामा गयो गयो । अब मैले लाउडा खान पाईन, चईनी यिनलाई भङ्ग अर्देउ महाराज भनेर गिरिजा जानै मिल्दैन - यो साँउसद त चईनी आन्दोलनको मर्म अन्सार आको र चईनी सात पाठीले भने अन्सार अर्नी भनेसि सँबिधान सभामा नगई भङ्ग नि हुँदैन, कुनै साउँसदीले कुनै मुजेत्रोमा फुल भोर्नी सुजाताका बाउको डर मान्न नि पर्दैन । भनेसि त अब चाँडै नै सँविधान सभामा जालान, माउवादीले पुनि खनजोत गर्न थाल्लान भन्नी आशा पलाओ मलाई त ।

जय नेपाल

Keep rolling...
 
Posted on 04-24-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर सँसद बसेको १ साता भित्रमा जनहत्यारा कमल थापा, तुल्सी गिरि, प्यारजँग थापा, सहबिर थापा र श्यामभक्त थापा लाई र कालान्तरमा सँविधान सभाको घोषणा भएपछि ज्ञानेका खलकलाई कारबाही गरेनन भने चाहि मेरो अनुमान पुरै गलत, यो आन्दोलन बिचैमा तुहेको मान्ने छु

Keep rolling...
 
Posted on 04-25-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बोत्तलमा पुरानो रक्सी,
ज्ञाने झाक्री गिरिजा बोक्सी।

तर पनि, संबिधान सभामा जाने निर्णय चाहिं गरिसकेछन्, त्यो चाहिं ठीकै गरे।
बल्ल अलिकति रिल्याक्स् फिल भयो।

कमल थापा, तुलसी गिरी र त्यो च्याँठे ढकाललाई चाहिं समातेर खुल्ला मञ्चमा ल्याएर १००-१०० चोटी उठबस गर्न लगाउन पर्छ।

इति:।
 
Posted on 04-25-06 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mirmire bihani hunai payena :(

ragat bagyo
sindur puchhiyo
kokha rittiyo,

upalabdhi...?
girija lai kursi!?
 
Posted on 04-25-06 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोसिदियो

खान ला' थेँ
डाकु आएर चोर्‌यो
डाकुलाई ठिक पार्न सबै चाँजो मिलाएँ
उसले ओकल्ला जस्तो भा' थ्यो
मैले चुलो तताँए
भरपेट खाको सपना देखेँ
भुराभुरीका मनमा आश जगाएँ

तर अफसोच, म ढिला रहेछु
अलि धेरै विश्वास गरेछु
डाकुले निकालेको निस्कँदा-ननिस्कँदै
तात्तातै
टपरटुईँयाले खोसेर लग्यो

अब भुराभुरीलाई के भनि सम्झाउने
तिनका पेट कसरी भर्ने
तिनका भविष्य कसरी रँगाउने?
 
Posted on 04-25-06 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई त त्यति बेलै बाँडौँला जब संविधान सभाको चुनावको घोषणा होला। मन त अमिलो भएकै छ, तर हरेस खानु पर्ने स्थिति पनि छैन जस्तो लाग्छ। सात दलले यो जनआन्दोलनको आह्वान र नेतृत्व गरेका हुन् भनेर भन्ने मान्ने हो भने यो भन्दा ठूलो उपलब्धिको आशा गर्नु पनि बेकार छ।
यहाँबाट हिँड्नु धेरै छ, त्यो लामो बाटोमा नेताहरुले बाटो नबिराउन् भनेर खबरदारी गरीरहनु छ, जहाँबाट जसरी सकिन्छ।
गिरिजानै सही, कमसेकम पहिलो निर्णय त सर्वसम्मत गरे नेताहरुले। मलाई त यहिँबाटै सात चिरा होलान् जस्तो लागेको थियो! मेरो आशावादिताको पारो अलिकति चढेको छ यल्ले गर्दा।
 
Posted on 04-25-06 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संविधान सभालाई पनि अझै बिर्सेका छैनन् भनेपछि केहि गरी पो हाल्छन् कि!
 
Posted on 04-25-06 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राणाकाल, शाहकाल, कोईरालाकाल

जनकाल कैले????
 
Posted on 04-25-06 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नहाँस्ने ब्रत सकियो। :-)

लु, अकबरले खट्टे र खुदो छुट्याईदिए। छुट्याउन नसक्ला र खट्टेको भाँडो त्यै अकबरको मुखमा लाग्ने गरी भ्याट्ट लात्तिले हानुम्ला भनेर बसेको, पाईएन।

चौतारीलाई लोकतान्त्रिक-गणतन्त्र-चौतारी घोषणा गर्नु पर्‍यो अब। अब यहाँका गन्ने मान्ने मुन्छे भनेका नेपे दाजी, बिर्खे जिम्माल काका यिनैहुन के रे। हुन त बबेदाइ नि मुन्छे त कम्तिका हैनन, तर गाँजाले बिगार्‍यो तिनलाई। दिन दहाडै गाँजा तानेर तरुनी जिस्क्याम्छन। :P
सिरेले त पर्धानमा उठ्नी भुनेर गाँजा छोडे के रे।

कसका बाहुलीबाट घोषणा गराउने हो कुन्नि। नेपेदाजी त खट्टे र खुदो छुट्टियो, लात हान्न पाइएन भनेर उतातिर ठुस्स परेर बिरक्त लाग्दो सिलक हालेर बस्नु भा'छ।फकाइ फुलाइ अरेर ल्याम्नि हो कि। बिर्खे जिम्माल र काका चैँ कता हराए कता, नाक मुख देखिन्न आजकाल।

लु गाम्ले हो कसलाई जिम्मा लाम्ने हो, एउफेर नेपेदाजीका घरतिर जानि हो कि सप्पै मिलेर सम्झाउन। :-)

:-)
-भउते
 
Posted on 04-25-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक कुरा गरे भउते काजीले। यो चौतारोलाई अबबाट लोकतान्त्रिक गणतन्त्र चौतारो भनेर औपचारिक रुपमै घोषणा गर्नु पर्छ। नेपे दाजी "मेरो मूड अलि ठीक छैन" भन्दै थे हिजो, तीनको मूड अब "गुड" भइसक्यो होला। एकबाजी सल्लाह त गर्नै प-यो।
 
Posted on 04-25-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ गाम्लेओ?

लोउतन्त्र लोउतन्त्र भन्दा भन्दा मेरा ज्याना ज्वरोतन्त्रले जरो गाडेर चाइन्जो गोडा दुएक दिन लम्पसार परिओ गाँठे।
उठेर हेर्दा, सुन्दा त पिलोओ खिल निकाल्न खोज्दा एसो अलिकता पिप मात्तै निकालेछन्! अब खिल त अइले ननिस्केसि के खार निकल्नथो र तै पनि चाइन्जो घाउले पछि दुख नदिने अरेर पिलो ठ्याम्मै सुकाम्न पाएनि अलिकता तै बिसेक हुँदो हो। हुन त अउँरिकाने सरखारका ठुला बडाले नि घाउ सुकाम्ने सुझाउ देका रचन, पछि कइलेनि नबल्झने अरेर बुटि सुटि जे हुन्छ तो लाम्नु पर्छ अब। आफू बैद्धे परिएन तेसैले तेति कुरो बुझ्दिन म यो झारफुकको तै पनि घाउ नदुखे हुन्तो भन्छु के रे।
 
Posted on 04-25-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दिल टुटेको केमा भने यतिका राजनैतिक स्वाँठहरुमा एउटा पनि राजनेता निक्लेन जसले अधिक अधिकारको नयाँ जनचेतना र अग्रसरता देखेर त्यसलाई नेतृत्व देओस् । सब स्वाँठहरु पुरानो मार्गचित्रको दौरा फेर समातेर बस्या छन् बस्या छन् ।

मेरो दु:खेसोको पुरा विवरण जान्न आन्दोलन नतुरिंदै एउटा पत्रिकामा पठाएको लेख (जुन प्रकाशित हुनै नपाई आन्दोलन तुरियो) यहाँ टाँस्दैछु । अब बासी नै भए पनि यहाँ टाँस्न मुन लायो ।


जनआन्दोलनको हैसियत सम्विधान सभा जत्तिकै

२०६३ वैशाख ११

'सम्विधान सभा' को माध्यम अपनाएका विश्वका सबै मुलुक र नेपालमा पनि २००७ सालमा वाचा गरिएको हकमा सम्विधान सभा भनेको क्रान्ति सम्पन्न भए पछि नयाँ सम्विधान बनाउने निर्वाचित अंगको रुपमा रहेको छ, पुरानो सत्ता उपर जनमत संग्रहको रुपमा होईन ।

नेपालमा पछिल्लो पटक माओवादीहरुले "सम्विधान सभा"लाई राजतन्त्र उपर जनमत संग्रहको रुपमा अर्थात् एक हिसाबले एक शान्तिपूर्ण क्रान्तिको विकल्पको रुपमा प्रस्तुत गरेपछि र अन्ततोगत्वा संसदिय दलहरुले यसलाई स्वीकार गरेपछि यो नेपालमा एक क्रान्तिको नयाँ भूमिका र प्रचिन्हको रुपमा देखियो ।

परन्तु एउटा भुल्न नहुने वास्तविकता के हो भने "सम्विधान सभा" को प्रस्ताव जनआन्दोलनको अनुपस्थितिमा वार्ताद्वारा द्वन्दको समाधान गर्ने उपायको रुपमा आएको हो ।

अब जनआन्दोलनको उपस्थितिमा र खास गरेर यसले राष्ट्रिय रुप धारण गरी सबै अर्थमा एक क्रान्तिकारी जनादेश दिने अवस्थामा पुगेपछि, "सम्विधान सभा" बारे आठदलको पुरानो समझदारीलाई नयाँ परिस्थिति अनुकुल परिमार्जन गर्न जरुरी देखिन्छ ।

वास्तवमा अहिले जनआन्दोलन र आठदल बीच, परिस्थितिको तरलताको वावजूद, चाहना र तत्परताको एउटा खाडल देखा परिरहेको छ ।

जनआन्दोलनको चाहना हो- तत्काल लोकतान्त्रिक गणतन्त्र । आठदलको न्यूनतम सहमति हो त्यसको फैसलाको जिम्मा "सम्विधान सभा" लाई दिने ।

अब यो खाडल कसरी पुरिन्छ भन्ने कुरा आगामि दिनहरु बाहेक कसैले भन्न सक्दैन । तर जनआन्दोलन भारी (dominant) हुँदै गईरहेको अवस्थामा सबैपक्षले र खास गरेर आठदलले, र त्यसमा पनि सातदलले अधिक विशेष, जनआन्दोलनको हैसियतलाई यथोचित मान्यता नदिए नयाँ राजनैतिक जटिलता र संकट उत्पन्न हुने निश्चित छ ।

जनआन्दोलनको हैसियत के हो र त्यसलाई मान्यता दिने कसरी हो त ?

जनआन्दोलनले अहिले राष्ट्रिय रुप धारण गरिसकेको छ । अहिले यो नेपाली जनताको स्वप्रतिनिधिको रुपमा छ । सातदलहरु अहिले जनताको प्रतिनिधि होईनन् बरु राजा र जनता बिच मध्यस्थकर्ताको रुपमा छन् । सातदलले स्वीकार गर्नु पर्ने कुरा यहि हो ।

यसको अर्थ के हो भने सातदलहरुले उनीहरुको एजेण्डा (जुन अत्यन्त बाङ्गोटिङ्गो र अस्पष्ट समेत छन्) अहिले थाती राखेर जनआन्दोलनको वारेस हुन तयार हुनुपर्छ ।
 
Posted on 04-25-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जनआन्दोलनको एजेण्डा के हो त ?

जनआन्दोलनको मुखमा सातदलहरुले विभिन्न जटिल र अस्पष्ट शब्दहरु राखिदिन खोजिरहेका छन् । तर जनमत भन्ने कुरो यस्तो हो जुन कहिले पनि जटिल र अस्पष्ट शब्द बोल्दैन । "सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापना, सर्वदलिय सरकार, कार्यकारिणी अधिकार, संप्रभूसत्ताबारे थप स्पष्टिकरण, सम्विधान सभाको नि:शर्तता र सशर्तता" आदि ईत्यादि जनआन्दोलनका शब्द र एजेण्डा होईनन् ।

जनआन्दोलनको एकमात्र एजेण्डा 'राजतन्त्रको समाप्ती' हो र आन्दोलनकारीहरुले आफ्नो जिब्रोलाई सजिलो हुने गरी 'लोकतन्त्र' वा 'गणतन्त्र' शब्द प्रयोग गरेका छन् ।

लोकतन्त्रलाई कोहि कोहि कोठे वुद्धिजीवी र नेताहरुले अधिकार घटाईएको राजतन्त्रसहितको प्रजातन्त्रको रुपमा अर्थ्याउने कोशिस गरेका देखिन्छन् । तिनीहरुले लोकतन्त्रको नारा लगाईरहेका आन्दोलनकारीहरुलाई गएर सोधुन्- उनीहरुले राजतन्त्रको अधिकार मात्र घटाउन चाहेका हुन् कि राजतन्त्रै हटाउन चाहेका हुन् । प्रत्येक आन्दोलनकारीहरुले 'लोकतन्त्र' लाई 'लोकतान्त्रिक गणतन्त्र' को छोटो रुप अर्थात् 'गणतन्त्र' कै पर्यायवाची शब्दको रुपमा प्रयोग गरेका छन् ।

(नेपालको राजनैतिक डिस्कोर्समा 'लोकतन्त्र' शब्दको आगमन र शब्दार्थ क्रमविकास एउटा छुट्टै बौद्धिक व्यायाम हुनेछ । तर चालु आन्दोलनमा यसलाई 'गणतन्त्र' कै पर्यायावाची शब्दको रुपमा प्रयोग भएको कुरामा धेरै विवाद छैन ।)

सारांशमा, जनआन्दोलनको माध्यमबाट नेपाली जनताले जनादेश दिईसक्यो । र त्यो जनादेश हो- लोकतान्त्रिक गणतन्त्र ।

'लोकतान्त्रिक गणतन्त्र' लाई अब सबैले, खास गरेर सातदलले, जनआन्दोलनको क्रान्तिकारी जनादेशको रुपमा लिनुपर्छ । र उनीहरु यो जनादेशको वारेसको रुपमा राजासामु प्रस्तुत हुनुपर्छ । यसो नगरे जनआन्दोलन आफै अगाडि बढ्न वा अर्कै वारेस खोज्न बाध्य हुनेछ । यो नेपालको अहिलेको सडक यथार्थ हो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters