[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 100466 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-21-06 2:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा पागलहरु पनि छिर्न थालेछन्!
 
Posted on 04-21-06 2:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ जि कैले काहिँ छिर्दा रहेछन् पागल हरु पनि
यो रमाइलो चौतारो छ क्या । याहाँ अनेक थरिका
मुन्छे हरु भेटिन्छन्
 
Posted on 04-21-06 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुवायो यार भउते बुरोले।
---
हुन त सबै दौँतरीहुरलाई थाहा होला। Lets hope something for the beterment of the motherland.
---
Royal proclamation at 7:00 p. m. today (5:00 p.m)

The stae-run Radio Nepal has said His Majesty King Gyanendra is to address the nation at 7:00 p. m. NST on Friday.

Details were not immediately available.

The announcement comes after two-week-long nationwide general strike and prolonged curfew in Kathmandu. nepalnews.com by Apr 21 06
 
Posted on 04-21-06 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि का गाम्ले हरु म नेपाल आइपुगे अहिले म काठमाण्डौ मोडेल हस्पिटल मा भोलेन्टियर भएर काम गर्दै छु। गाम्ले हरु तपाइ पनि सक्नु हुन्छ भने जनाआन्दोलन फन्ड लाइ केहि सहयोग गरि दिनु हुन्छ कि । तपाइ हरु को थोरै सहयोग ले धेरै घाइते आन्दोलनकारि हरु को ज्यान बच्ने थियो।
सानो कान्छो
 
Posted on 04-21-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छा,
साह्रै राम्रो काम गर्नुभो तपाईले, तपाईको योगदानको सराहना नगरी बस्न म सक्दिन। म भौतिक रूपले नेपालमा नभए पनि आफूले सक्दो सहयोग गर्दैछु। त्यहाँको स्थितिको बारेमा बेला बेलामा जानकारी गराईरहनुस्। साथै संविधान सभाभन्दा मुनिको सम्झौता नगर्न नेतृत्त्वलाई सचेत गराई रहनुस्, नत्र शहिदको रगतले कहिल्यै माफ गर्ने छैन।
 
Posted on 04-21-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईंहरु को अन्दोलोन म म नि तपाईं हरु को साथ म छु है ।
लोकतन्त्र जिन्दबद
लोकतन्त्र जुन्दबद
शाही तन्त्र मुर्दबद
शाही तन्त्र मुर्दबद

:D :D
 
Posted on 04-21-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हो युद्द जारी छ। हामी नेपालीले योभन्दा अघि जानुछ।
उमेशले भनेझैं श्री५लाई श्री१ मा झार्नुपर्छ। (हाम्रो सिरेको कुरा गर्या हैन है फेरि!)
 
Posted on 04-21-06 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गफ गर्दै गर्नुस् । म चैं शयन गर्न गएँ।
 
Posted on 04-21-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो श्री ५ लाई १ म झार्नु पर्छ । he is such a smart baster.
 
Posted on 04-21-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो भाइ सानो कान्छो,
त होस् हाम्रो देशको सच्चा सन्तान। त्यो दिन अवस्य आउने छ जव प्रत्यक नेपाल आमाका सन्तानले आफ्नो रगत र पसिनाको मुल्य आफैंले पाउने छन्। भाइ, तर आफ्नो ख्याल पनि राख्नु।

वाह् भौते, माइला,
मेरो सलाम छ है साथि हो। नेपाल आमाले गर्व गर्ने ठाउ भनेको अब तपाइहरु
जस्ता सन्तानको मायामा मात्र बाकि छ।
(यो लेख्दा मैले आंशु रोक्नै सकेको छैन)।
 
Posted on 04-21-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी,
तपाईका श्रद्दा का ति शब्द सुमनहरु पढेर आँखा रसाए, गला अबरुद्द् भयो।

झिरमा उनियेर मरनासन्न भयेको यो मन को दुखेसो लाई कबिता ले भन्दा अरु ले त के ले नै पो पोख्न सक्दो रछ। मेरो पनि भावपूर्ण श्रद्दान्जली।

अस्तु।
 
Posted on 04-21-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हरु बल्ल केहि लेख्ने समय पाए। आज मैले आज जिवन ठुलो काम गरेको छु जस्तो लागेको छ। मैले मेरो पढाइ त पुरा गरेको छैन । म डक्टर पनि भैसकेको छैन। अझै २ वर्ष बाकि नै छ। तर पनि मैले जुन काम गर्ने मौका पाएको छु । सायद मैले मेरो पढाइ पुरा गरेर पनि गर्न सक्दिन । नेपाल आमा रोएको बेला मैले त्यो घाउ मा मलम लाउने जुन अवसर पाएको छु , सायद त्यो कमै नेपालि ले पाउने छन।अस्पताल मा आज मह सँग पनि भेट भयो मेरो काम लाइ खुब प्रोत्साहन दिनु भयो । यो माने मा पनि म खुसि छु। अनि गाम्ले हरु मैले समय पाए भने म अवश्य पनि केहि लेख्ने छु। अहिले को यहा को अवश्था पहिला जस्तो नै छ । कर्फु लागि रहेको छ । सायद भोलि झन आन्दोलन चर्किन्छ होला राजा को भाषण लाइ कसैले बिस्वास गरेका छैनन। अहिले मैले केहि समय पाएको भएर चौपरि लाइ भुल्न नसकेको भएर केहि कुर राखे । समय पाए सम्म म खबर हरु राख्ने नै छु । तब सम्म लाइ बिदा।

Please help us ...
"Account for Janandolan Fund"

Nepal Investment Bank, Pulchowk

A/C: 7752140

Swift code: NIBLNPKT

Contact

Madan Krishna Shrestha and Haribansha Acharya at

9851027045 / 9851027046
 
Posted on 04-21-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु कान्छु तपाईं को तार्फ नगरि म् बस्नै सक्दिन । हामी ले गर्न नसकेको काम तपाईं ले गर्नु भो । तपाईं लाई मेरो मुरी मुरी धन्यवाद छ । मै ले नि अफ्फ्नो तर्फ बत सक्दो सहयोग् गेर्ने कोश् गर्दै चु। मैले अफ्नो सनु दोनेसन् नेपल् रेद्क्रोस्स् लेइ गरेको चौ। एक् पतक् फेरि तपाएलाइ धन्यबद्।
 
Posted on 04-21-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश रोएको बेला मेरो मन पनि रोयको छ, साझा र चौतारिमा निश्कृय भय पनि जन आन्दोलन प्रति मेरो पुर्ण समर्थन छ्। देशको लागि सहिद हुने महान् नेपालिलाइ मेरो सलाम
---------
सानो कान्छा, तिम्रो कामम हामि सबै साझाबासि गौरवन्वानित् छौ, भौतेको कविताले मुटु छोयो।

-------- अहिलेलाइ यति---------
लोकतन्त्र जिन्दाबाद
 
Posted on 04-21-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकजना लोकतान्त्रिक गणतन्त्रवादीले अम्रिकाका राजतन्त्रात्मक प्रजातन्त्रवादी संभ्रान्तहरु, जसले यहाका नेपाली संघसंस्थाहरुमा वर्चस्व कायम गरेका छन, प्रति देखाएको फ्रस्ट्रेशन (एउटा ईमेल समुहमा वितरित) प्रस्तुत छ ।

यहाँ यसको सान्दर्भिकता चाहि के हो भने यस सन्देशको अन्त्यमा कसरी नेपालका किशोर किशोरीहरुले बलिदानद्वारा लोकतन्त्र लेराउदैछन् र कसरी ठूल्ठूला घाघ बुद्धिजीवीहरु प्रजातन्त्र भनेको कुरा राजाको निगाहबाट बक्स हुने हो भन्ने विश्वासमा समय बर्बाद गरे भन्ने मार्मिक कुरा छ ।

साच्चै यस आन्दोलनमा बलिदान दिने युवाहरुले हामी र हाम्रा सन्ततिका लागि अन्तिम लोकतन्त्र मात्र दिलाएर गएनन्, नेपाली जनताको शक्तिमाथि पटक्कै विश्वास नगरेका बुद्धिजीवीवर्गलाई ठूलो पाठ सिकाएर गए ।

नेपाली जनताको जिजिविषा (desire of living) लाई विश्वास नगरेर नेपाल Failed state हुन्छ भनेर दु:स्वप्नको खेती गरेर बसेका बुद्धिविहिन बुद्धिजीवीलाई मेरो छोराको उमेरको किशोरले सडकमा शहादत प्राप्त गरेर देखाउनु प-यो – नेपालीहरु अदम्य जिजिविषा भएका जाती हुन्, उनीहरुले नेपाललाई failed state हुन दिने कुरा सपनामा पनि नचिताउ ।

(यसै भावनाको एउटा मुटु छुने आलेख TKP का अमीत ढकालले पनि लेखेका छन्
- http://www.blog.com.np/united-we-blog/2006/04/21/sorry-king-time-has-run-out-for-you/ )


अब संभ्रान्त प्रजातन्त्रवादीहरुबारे ईमेल टुक्रा



From: ... ...
Date: Apr 20, 2006 4:03 PM
Subject: Re: Lets try to support for Repulican democary in Nepal

Friends,

What I am writing is coming from my "heart", not from "dimag", so I
might be wrong. Treat it accordingly.

One of the shocking experiences of mine in the US was to see the
resilience of Nepali elites (who dominate or control major Nepali
organizations in the US and NRNA) to hang on to the institution of
monarchy even when it is fairly certain that it's over. These
monarchists who have now started to say they have given up on the King
will take it back on a drop of a hat if they ever saw it is not over
yet.

Another thing, which is also astounding is the ease with which these
monarchists have succeeded to control Nepali organizations and become
representative face of pro-democracy activism in diaspora.

A lot of us believe in their faith in democracy and treat them
accordingly. By this I am not implying that we should not. My question
is have we ever wondered about the strength of their faith in
democracy ?

These guys have more faith, trust and respect on the institution of
monarchy than on the institution of collective wisdom of ordinary,
semi-illiterate and largely backward people of Nepal. What kind of
faith in democracy is that ?

Democracy in essence is having faith, really really really having
faith, in the collective wisdom and power of the people. Did you
notice how "people" was always missing from their imagination and they
were sure it is them who write the fate of Nepal by their suggestions
to the monarch to this and that for the country ?


Did you notice their theory about republic Nepal ? Dr. .....'s theory
is that Nepal is becoming a republic because King Gyanendra missed to
say one nice word on Baishak 1 gatey. From his imagination, all
hundreds of otherwise undeniable factors like, demystification of the
royal palace by the massacre, Gyanendra as a suspect in eyes of common
people, Asoj kanda, Magh 19, Maoist's determination to finish off the
monarchy, popular support to the Maoists' proposal to end the
insurgency for a democratic republic, and most bizarre of all, the
ongoing andolan, were all missing.

I tell you, these guys will never miss a chance to rescue monarchy if
there is ever one.

Did you notice how these guys always suppressed the word, idea and
thought of 'republic' during entire 4 years of pro-democracy activism
of diaspora ?

Let them keep doing it as long as they want and they can afford.

Nepal shall be republic without support from these fake and
opportunist "democrats".

Why should we rescue NRNA and whichever are representating the
diaspora at this hour ?

Let the monarchist rule them. Let's see the tamasha of their overnight
transformation into staunch democratic republicans.

I am sorry for my frustrating ramblings, particularly at a time when
we are seeing a new dawn of true democracy in Nepal for the first time
in it's entire history.

I salute to a teenager who died at the street to bring us democracy
successfully. I despise Professors, doctors, CEOs, who wasted our
time, diverted our precious attention to silly middle ground,
discouraged and disrespected the popular miovement and yet are going
to claim that they are great freedom fighters for democracy Nepal.

When I imagine a 14 year old teenager with a brick in his hand, I cry.
This boy did it for us. Degree-dhari professors misled and failed us.

_______________
 
Posted on 04-22-06 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै चौतारी त सुनसान छ नि?
कता लागेछन गाउँलेहरु?
 
Posted on 04-22-06 3:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ah... Chipledhunga (pokhara) ko chautari...
loktantra jindabaad bhandaichha....

http://www.rajeshkc.com/phalano/?p=534#more-534

 
Posted on 04-22-06 6:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानुकान्छा। I appreciate you!
हुन त यहाँ भनिराख्नु आबस्यक छैन होला, मैले पनि जापनाको एक नेपाली संस्था मार्फत सानो आर्थिक सहयोग गरिसकेको छु।
---

नेपेजी,
७ दलको बैठकमा के हुँदैछ होला, हँ? विज्ञहरु के भन्दैछन्? किन मित्ररास्ट्र र दातृरास्ट्रहरुले समर्थन गरेका धारा ३५लाई?
तपाईँको काँचो(बिभिन्न आधिकारिक श्रोतहरु बिना दिएको छोटो र ताजा) टिप्पणी नै सहि। सुनुम् न।
 
Posted on 04-22-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हरु मैले मात्र १० मिनेट समय पाएको छु । त्यहि समय लाइ सदुपयोग गर्दै तपाइ हरु लाइ केहि समचार दिन गैरहेको छु। मोवाइल पनि बन्द भयो । भर्खरै मात्र हेलिकप्टर बाट गोलि चलाइएको छ । अहिले हाम्रो हस्पिटल मा घाइते राखने ठाउ पनि छैन।मैले सुनेको अनुसार अस्पताल प्रसाशन ले रत्नराज्य क्याम्पस मा घाइते आन्दोलनकारि राख्ने व्यवस्था गर्दै छ रे । अधिकांश आन्दोलनकारि लाइ टाउको मा चोट लागेको छ। ९९ % घाइते हरु काठमाण्डौ बाहिर का छन । ल मेरो समय सकियो , समय पाए फेरि आउनेछु ।
 
Posted on 04-22-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छा,
तिमीले लाएको गुन राष्ट्रले कहिल्यै बिर्सन सक्नेछैन। आफ्नो ख्याल राख्नु। आज त शहरभित्र भित्र नै गोली चलेछ, अब यो शासनको आयु लामो छैन। समय मिले चाँडै आउ है!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters