Posted by: Bhaute April 20, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
नेपाल आमाका बिर सपुत हरु प्रति मेरो श्रद्धा-सुमन ! शहीदको रगतको सही मुल्याङ्कन हुने दिन नआए सम्म चौतारीमा मेरो कुनै हाँसो-ठट्टा हुने छैन। म पग्लेको छु, म हारेको छु। म रुन नसेके पनि नहाँस्न त सक्छु नि। म नेपाल जान सक्दिन, म आन्दोलन गर्न सक्दिन र म देशकोलागि मर्न सक्दिन। तर पनि शहीदको रगतको अपमान नगर्ने प्रयास त गर्न सक्छु नि। म यस नरभक्षीको बिपक्षमा बोल्न सकिन, तर तिम्रो बिरुद्ध नबोलिकन बस्न त सक्छु नि। बिर शहीद, म तिम्रो रगतको भाराले यति थिचिएँ। मैले रगत दिन सकिन, तर तिम्रो रगत नकुल्चिन त सक्छु नि। सन्सार एउटा ब्यक्ति भित्र छ, जब कोहि मर्छ त्यहाँ एउटा सन्सार मर्छ। ज्वाला मूखि फुट्छ अब पत्थर पनि गल्छ यहाँ, पर्ख अब चट्याङले पानी पनि बल्छ यहाँ
Read Full Discussion Thread for this article