[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 100809 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-22-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छा , तिमि जुन काम अरेउ नि मेरो तर्फ बाट तिमि लाइ स्यालुट छ। तिमि आफ्नो ख्याल राख है ।
 
Posted on 04-22-06 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नयाँ नेपालको निर्माणको थालनी हो । र यसको जगमा हालिएको हरेक सानो भावना र योगदानले यसलाई बलियो बनाउँछ । सानोकान्छा, तिमीले सानो तर बलियो ढुङ्गा हालेका हौ यसमा ।

*** *** ***

> मैले पनि जापनाको एक नेपाली संस्था मार्फत सानो आर्थिक सहयोग गरिसकेको छु।

दादा, 'जनआन्दोलन पिडित कोष' तपाईले चन्दा दिनु भएको सुनेर खुशि लाग्यो । तर जनआन्दोलन स्वयंले खोजेको बाटोलाई भने अझै अस्वीकार गरिरहनु भएको छ । त्यसैले यो कतै श्री ५ को सरकारले केहि दिन अघि झापामा शहिद भएकाका परिवारलाई १ लाख सहयोग दिए जस्तो त भएन ?

> नेपेजी,
>७ दलको बैठकमा के हुँदैछ होला, हँ? विज्ञहरु के भन्दैछन्?
>किन मित्ररास्ट्र र दातृरास्ट्रहरुले समर्थन गरेका धारा ३५लाई?


मित्ररास्ट्र र दातृरास्ट्रहरुले धारा ३५लाई समर्थन गरेको वा जनआन्दोलनबटा समर्थन झिकेको बयान कतै देखेको छैन मैले ।

उनीहरुले राजा झुकेको कुरा समर्थन गरेका हुन् । र यो समर्थनले राजाको झुकाईलाई झुकाईको रुपमा स्थापित गरेर एउटा रणनैतिक महत्वको सानो सकारात्मक योगदान गरे भन्नुपर्छ ।

'आन्दोलन रोक' भनेर आव्हान गरेका भए मात्र यो नकारात्मक हुने थियो ।

आन्दोलन सात दलमा हातमा नरहेको कुरा भनिरहन पर्ने कुरा होईन । आन्दोलनलाई रोक्न "आठ-दल"ले बाहेक अरु कसैले सक्दैन । सात दल यो कुरामा अनभिज्ञ छैनन्, त्यसैले उनीहरुले गर्न सक्ने कुरा केहि पनि छैन अहिले । जनआन्दोलनको उभारले मात्र होईन सामान्य शक्ति-समिकरणको हिसाबले समेत अब राजाको सत्ता-परित्याग बाहेक अरु कुरामा यो आन्दोलन टुङ्गिदैन । सम्विधान सभा क्रान्ति पछिको कुरा हो अब ।
 
Posted on 04-22-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाफा गर्ने चुत्के, सावाँ पनि फुत्के.

आफ्नो भाग छोडेर अर्काको भाग दुइटा हातले खान गा'को ज्ञाने। आफ्नो भाग पनि फुत्किने भो अब। उल्टै लात्ति पनि खाने भो। अझै यसको वरी परी कस्तो उल्टो बुद्धीका मुर्कट्टाहरु घुम्दैछन छन भन्ने कुरा त आजको बिबिसीको सच्चिते कुकुरको भ्याउ भ्याउ बाटै थाह हुन्छ नि। काठमान्डौ बाहिरकालाई त झन नेपाली नै गन्दो रहेनछ है भत्तुवाले। यसलाई त त्यै पारसेको हर्लेमा बाँधेर घिसार्दै सात पल्ट रिङरोड घुमाएर पुर्व मेचि देखि पश्चिम महाकाली सम्म पुर्यानु पर्ने भो। नेपाल कति छ भनेर देखाउन।

सुसिल कोइरालोले त नपत्याएको ज्ञानेको पराल अरुले झन के खान्थे।

आन्दोलनको क्रममा भएका घाइते (आन्दोलनकारी वा पुलिस-आर्मी)लाई उपचार गर्नको लागि केहीसमय अघि सहयोगको कुरा गर्दा "नेपे-जी, अमेरिका बाट पेलेको पैसाले नेपालमा क्यै हुनेवाला छैन" भनेर अलिकता पनि मानवताको ख्याल नराखि कटु शब्द छेँडेका दादाको घैँटोमा बिहानीको घाम लाग्या हो कि जुनकिरीको पुच्छर टल्क्या हो कुन्नि।

जे सुकै स्वार्थले होस (नहोस), दादाले जापानबाट "पेलेको पैसो" घाइतेको दर्दसम्म पुगेर थोरै चिसो हम्क्यो भने खुसि कै कुरा मान्नुपर्छ।

स्यान्कान्छाले चौतारीको प्रतिनिधित्व नै गरेछौ, हामी सबैको शिघ्र स्वास्थ्यलाभको शुभकामना सुनाइदिनु घाइते नेपाल आमाका सपुतहरुलाई।
 
Posted on 04-22-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कसरी यो लोकतान्त्रिक चौतारो देखेको रहेनछु मैले?

साथीहरु मेरो पनि ऐकबध्दता छ है लोकतन्त्रको तपाईँहरुको चौतारोमा।

सानो कान्छो, धन्यबाद छ तपाईँलाई!


भउतेजी, ओहो... ओहो... ओहो...क्या भन्नु भयो गाँठे! लौन न लौ अझै यस्तै चोटिला पेचिला कुरा सुन्न पाम। साह्रै मजा आयो।
 
Posted on 04-22-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ ! माफ गर्नुहोला। त्यो माथि सारै ठूलो अक्षर भएछ।
"हाम्रो शिघ्र स्वास्थ्यलाभ" हैन कि, "घाइतेको शिघ्र स्वास्थ्यलाभ" भनिदिनु कान्छा।
 
Posted on 04-22-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भौते, त्यो सत्त्चित् भनाउँदोको बिबिसीमा कुरा सुनेर यत्ति रीस उठ्यो कि कम्प्युटर नै फुटाईदिउँ जस्तो लाग्यो, फेरी आफ्नै कम्प्यूटर त हो नि भनेर चूप लागें। तर पनि यति रीस उठिरह्यो कि कुर्सीमा बसिरहनै सकिनँ, गएर एकछिन सुतेर बल्ल अलि कम भो र अहिले आएको। त्यसले काठ्माडौंका जनताको ठूऽऽलो अपहेलना गरेको छ, त्यसको शिरछेदन हामी पक्कै गर्नेछौं। र यो कुराले नेपालको सत्ता काठ्माडौंका केही उच्च वर्ग (city elite) को हातमा छ भन्ने माओवादी दावीलाई पनि सत्य सावित गरेको छ, गणतन्त्र आएपछी नेपालको राजधानी नसारी हुँदैन।

काठ्माडौं जागेर यस्ता रक्तपिपासु दानवहरूलाई चाँडै नै खरानीमा परिणत गरिदिनेछ। अनि समानता र भ्रातृत्त्वको गणतन्त्र स्थापना हुनेछ।

सारा शहीदहरूलाई मेरो फेरी सलाम।
 
Posted on 04-22-06 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीले जाद्रै घत पर्नी कुरो अर्नु भओ । अब सिङ ले डिँगो घुमान्नी हैन, डिँगाले सिङ घुमान्च, चईनी नेताले जनता घुमान्नी हैन, जनताले नेता घुमाम्चन । अहिले सम्मन त सुरुआत मत्रै हो, ति दुस्ट हुरलाई खोक नलाए सम्मन रोकिन हुन्न । यी पानीमरुआ नेता हुरले अब पुनि के को नुन खाको कुखुराले जस्तो चिम्रिक्क परेर बसेका होलान- अब त पारमेन्टी सरखार (parallel govt) बनाम्नी अरे पुनि त हुन्थ्यो केरे, कम नोक्सानी हुँदो हो नि तेसो अरे त । चईनी नेपालका पुलिस-मेल्टरीले जहिले पुनि नुनको सोझो अर्नी भए, तेसो भएर थोरै खतिमा जो भाईमारालाई सुँईकाम्न त अब आफ्नै सरखार बनाएर पुलिस मेल्टरीलाई लौ तिमेरुका देस हामी हुम, अब कि यताको मेलाँ आओ नत्र तिमेरु जो हौ टेररिस्टी भन्नी अरे पुनि त हुँदो हो नि । हुन त हामी राजनिति खासै नजानेका मुन्छेले भाव को कुरा जो अर्नी हो केरे, अरु पुनि के के गौँडाखोल्सा चईनी के के होलान केरे तेँहा पुनि ।

भउते जेठानले चईनी अस्तिन देखुन जो नारा लाका लायेई छन चौपाराँ । किप अप है ।

हामी चईनी यो साईबिरी (cyber) दुनियामा नआए पुनि आफ्नो ठाम र आफ्नो गच्छे अन्सार यो महा-जग्गेमा सकेको गरेकै छम है । तर आज त जाद्रै जो मन भओ र गाम्लेहुरको कुरामा हो हो सही थाप्न आको हुम म यो साईबिरी दुनियामा पुनि ।

यही मेसोमा आज हामी भन्कुबारे (Vancouver) मा बस्नी नेपाली गाम्लेहुरले पुनि तो ‍जिम्दै नाङ्गै पारेर ज्यान भरि भेली (सक्खर) दलेर हात-खुट्टा चईनी चौखु-याएर घाममा पल्टाएर चईनी बाओँटे कमिलालाई टोकाएर मार्न पर्नी मुर्दारलाई सराप्न सम्मन जो सरापेम केरे । तेही मेसाको केही फुटा टाँसेको छु ।

ल है, सबैले सकेको ठामबाट केही न केही गरम, यो दिन र यो मौकामा नया ईतिहास बनाम्न छ ।


फुटाहुर:

हेऽरि यो तुल टाँसेर तो मुनि बसेम केरे हामी पुनि भेन्कुभरको डाउनटाउनको माझाँ जो

 
Posted on 04-22-06 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, हेऽरि यो फुटाँ चईनी नेप्चे र म सिरे पुनि देखिन्चम है । हाम्रो अबि शर्मा दाईलाई चईनी यो बिरोध प्रदर्शनको लागि धेरै धेरै धन्नेबाद पुनि भन्न पर्च ।

 
Posted on 04-22-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चईनी बाटाँ मटर चढ्नी हुरले डाईबर साहेपहुरले पुनि चईनी प्वाँ प्वाँ पारेर हरन् लाउन भनेर के नेपालाँ लोकतन्तर र शान्ति आओस भनेर,

KEEP ROLLING...

 
Posted on 04-22-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साने, धेरै राम्रो काम गर्दैरहेछौ- गर्दै जाऊ र हामि सबैलाई त्यहाँको खबर भन्दै जाऊ!

सच्चितेको अंतरवार्तामा यस्तै मात्र आश गर्न सकिन्छ। डोरि खिच्ने मान्छेको ईशारामा चल्नु कठपुतलीको नियति हो!!

सिरे पनि आएछ। आरामै रहेछौ खुसि लाओ!

**********************************
अझै अगाडि बढ्नु छ! त्यसैले-

जाग जाग अब (अझ) जाग न जाग
लाग उन्नती बिसे अब (अझ) लाग
घोर निंद्रा
(ईतिहास देखि अहिले सम्मको) अब ता परित्याग
भो, भयो, अति सुत्यौ, अब (अझ) जाग!!

 
Posted on 04-23-06 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ याहा त के के भ छ कुन्नि । म अलि अलि तारिक धान्न आउथे त्यो पनि हरायो । कुरो के भने कुनै बेला चौतारीमा निकै लोक्प्रिय कबिता ( मलाइ कबिता जस्तो लाग्थ्यो ) त्यो त गित पो रच । सारै रमाइलो रैच , यसलाइ चौतारीमा देखाम्न मुन लाग्यो है मलाइ त ?

 
Posted on 04-23-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजीको काँचो टिप्पणी सुन्ने मेरो जिज्ञासाको उत्तरको लागि पनि धन्यबाद।

भउते,
>आन्दोलनको क्रममा भएका घाइते (आन्दोलनकारी वा पुलिस-आर्मी)लाई उपचार गर्नको लागि केहीसमय अघि सहयोगको कुरा गर्दा "नेपे-जी, अमेरिका बाट पेलेको पैसाले नेपालमा क्यै हुनेवाला छैन" भनेर अलिकता पनि मानवताको ख्याल नराखि कटु शब्द छेँडेका दादाको घैँटोमा बिहानीको घाम लाग्या हो कि

हो।

अस्तु!
*** *** ***

नमे, मैले यो गीत बि. एफ्. बि. एस्. मा मात्रै सुनेको थिएँ। खोजेछौ राम्रो भो।
 
Posted on 04-23-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो आन्दोलनको चपेटामा परेका नेपाली टिनएजरहरु लै यस्तो रमाइलो संग
ग्ल्यमरस तरिकाले गांजा तानेको, केटीसंग नाचेको देखाइदे पछि गीतको
शब्द जे सुकै भएपनि जे हेर्छन् त्यस्को सिको गर्न पट्टि लागे भने के
हुने होला?

कस्को स्विकृतिले यस्तो भिडियो पास भएको होला?
के नेपालमा सेन्सर बोर्ड छैन?
 
Posted on 04-23-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशमा देशमा लोकतान्त्रिक गणतन्त्र आउने बेला भैसक्यो। चौतारीको चुनाप चैँ कता हराएछ?

लोकतन्त्र ( बहुदल + गणतन्त्र) : १२
बहिस्कार: ४
जन गणतन्त्र: ०
राजतन्त्र ( १६ औ सताब्दि भन्दा अगाडिको): ०
राजतन्त्र ( छयालिस् साल अघि ):०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत-जापान जस्तो) :०
 
Posted on 04-23-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरि गरुँ म राजालाई सम्मान ?

जनताको पसिना मा पौडि खेल्दै , देशको ढुकुटि रित्त्याएर बिदेश घुम्ने
देशकै ढुकुटिमा छोरिको बिबाह तथा नातिको पास्नि मनाउने
सम्पुर्ण भरौटेहरुको व्याक्तिगत खर्चलाई देशको ढुकुटी बाट "भैपरि आउने " मा खर्च गराउने
बितेको "हनिमुन " लाई कहिले साउथ अफ्रिका त कहिले पोखरा मा मनाउने ।

ज नताको आवाजलाई बन्द गराउन टियर ग्याँस तथा गोलि चलाउने
नरभक्षक् हौ तिमि , हरेक दिन गोलि चलाउँदै जनता मार्ने
माओवादिको निउ बनाउँदै , देशमा निरङकुश तानाशाह लाद्ने
ज नताले चुनेको सरकार लाई असक्षम् बताउने ।

२१औँ शताब्दिमा पनि राष्ट्रलाई अँध्यारोमा धकेल्ने
कहिले टेलिफोन लाइन काट्ने त कहिले इन्टरनेट नै बन्द गराऊने
रेडियो तथा पत्र-पत्रिकामा सेन्सरशिप लगाऊने
पत्रकार तथा वकिलहरुको समुहलाई गोलि ठोक्ने
हरेक राष्ट्रवादि, प्रजातन्त्र प्रेमि नेताहरुलाई नजरबन्दको पुर्जि थमाउने
मानवताको हनन् गरि बच्चा-बच्चीलाई निर्मम्तापुर्वक गोलि ठोक्ने ।
देश जलिरहेको बेला, जनताहरु प्रजातन्त्रको लागि बलिचढीरहेको बेला
दरवार भित्र पार्टी मनाएर बस्ने
ज्योतिषिको कुरा सुनि कतै मर्छु कि भन्ने डरले पोखरामा लुकेर बस्ने
निहत्था जनताको घर भित्र पसि निर्मम्ता पुर्वक कुटपिट गर्न लगाउने
पुरै देश उर्लेर खनिइसक्दा पनि " छिटपुट घटना मात्र" भनि भाषण दिने

देशका पवित्र मुर्तिहरुलाई विदेशमा पुर्याउने
बिदेशि लागु औषधको व्यापार दरबार बाटै गराउने
विश्वकै दुर्लव जनावर बिदेशिलाई भेटि चडाउने
आफ्नै दाज्यु तथा भाईको जरै देखि विनाश गर्ने ।


भन्नुस साथिहरु म कसरि सम्मान गरुँ उन्लाई ???

यदि हजुरहरु लाई पनि आफ्नो देशको माया छ भने ,
देशमा चलिरहेको क्रान्तिलाई साथदिन चाहनुहुन्छ भने,
ईमेल बाटै भएपनि यो कबिता १०-२० जना नयाँ साथिहरुलाई पठाऊनुहोस !

ळ" लोकतन्त्र जिन्दावाद" !!! "निरङकुशतन्त्र मुर्दावाद !!! "

धन्यवाद!
 
Posted on 04-23-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक पटक अकबरले बिरबललाई हकारेछ के, "किन सभामा ढिला आ'को, हँ?"
"सरखार, मलाई बच्चाले जिद्दि गरेर ढिला भो क्या! यस्तै हो बाल हठ! भनेसी"
"जाबो एउटा बच्चाको चित्त बुझाउन पनि नसक्नी, तिमी जस्ता स्वाँठ पनि प्रधान मन्त्री भइराख्नु?"
बिरबलाऐ झनन रीस उठेछ."उसो भे भोलि म बच्चा हुन्छु, तँ पाको मान्छे बन् र मेरो चत्त बुझाइबक्सी!"
बिरबल: "ल ल ! त्यस्तो नाथे काम पनि किन डराईरा' नि?"

भोलिपल्ट बिरबल बच्चा बन्यो, अनि अकबर पाको मान्छे बन्यो र अड्डा जानै लाग्या थियो, बिरबल रोयो.
"बाबा! भोक लायो!", क्यार्नु चित्त बुझाउने जिम्मा त लिएको छ नि अकबरले.
"के खान्चस् त नि उसो भे?" सुट सुट फुकालेर अकबरले सोध्यो.
"खट्टे!" बच्चाले भन्यो. अनि हाँडीमा खट्टे भुटिदियो अकबरले.
अनि अड्डातिर लाग्दै थियो.
बच्चा(बिरबल)ले समात्यो: मीठो भे'न! खुदो हाल्देऊ.
"ढिलो भका बेलाँ के केभन्छ योपनि फेरि!" भन्दै, अकबरले खुदो खोजेर ल्यार खट्टेमा हाल्दियो.
अब त फुर्सद पाइयो, भनेर अकबरअड्डा जानै लग्या थियो.
फेरि बच्चा रोयो. बढि गुलियो भो, खट्टे र खुदो छुट्टयाइदेऊ! नत्र मन्दिन.
अकबर त अजार प-यो र भन्यो, "हो बिरबल! हिजो तिमी ढिलो हुनु तिम्रो दोष हैन रेछ."

आसय- खट्टे र खुदो मिसाइदेऊ भनेर सम्सद बिघटन गराउने पनि यिनै ७ दल(बिरबल), अहिले छट्टाइदेऊ भन्नी पनि यिनै७ दल.

अब कसरी छुट्टयाइदिनी रेछ?
 
Posted on 04-24-06 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, आन्दोलनले सात दलले उहिल्यै पछाडि छोडिसकेको छ (दादालाई भने सात दलप्रतिको तुषले अझै नछोडेको हो कि क्या हो!?)। केहि हप्ता यताबाट म त सात दल पो हतार हतार जनताको पछि लाग्ने कोशिश गरिरहेको पो देख्छु। सात दलले हिजो यसो गरे, आज उसो भन्छन् भनेर धारे हात लाउनुको अब कुनै माने छैन। सात दल आन्दोलनको एक हिस्सा मात्रै हुन्।
 
Posted on 04-24-06 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूल सुधार: "आन्दोलनले सात दलले"- आन्दोलनले सात दललाई
*****************************************************
साना कान्छा, बडो राम्रो काम गर्न थालिछस्। बधाई छ तंलाई। घाईते नेपाल आमाको राम्ररी उपचार गरेस्। हामी चौतारीवासी गर्व गर्छौँ तँ प्रति।
 
Posted on 04-24-06 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजीले भनेको शतप्रतिशत सत्य हो।
आन्दोलनको २०औं दिनमा बल्ल राजनैतिक दलका नेताले आन्दोलनको अगुवाइ गर्ने रे! यसैबाट थाहा हुन्छ नि, यो जनताको आन्दोलन हो कि राजनैतिक दलको।

शहिदहरुलाई सलाम!
 
Posted on 04-24-06 4:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालि दरबारिया सचिते जस्ता बैज्ञानिक कम छैनन् रहेछन। नेपाल को पहिलो अन्तरिक्षयान प्रस्थान हुन लाग्यो ।
तपाइ हरु लाइ पनि उक्त अवशरमा उपस्थिति को लागि अनुरोध गरिन्छ।

स्थान् : नारायनहिटि दरबारकाण्ड स्थल

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters