nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 100842 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-17-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते ब्रो, माओवादी ले भन्ने गरे को गणतन्त्र त जन-गणतन्त्र ( People's Republic) हो क्यारे। तेसो भा, नतिजा अहिले सम्मको यस्तो भो ।

लोकतन्त्र :( बहुदल + गणतन्त्र) : ७
जन गणतन्त्र: ०
राजतन्त्र: ०
प्रजातन्त्र:( छयालिस् साल पछि असोज् १८ अघि ):०

नमिले सच्चाउहै बिरोदर
 
Posted on 04-17-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालिगुराँस जी, १००% सहमत, मैले बनाउनखोजेको मतपत्र ठ्याक्कै त्यही हो। धेरै धेरै धन्यवाद। स्टिल र सिमेन्ट सँग खेल्दा खेल्दा मेरो त दिमाखै स्टिल र सिमेन्ट जस्तो जड भएछ।

यो मतपत्रले चित्रेको उत्तर पनि दियोहोला। :-)
 
Posted on 04-17-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु मतपत्रमा अझै एउटा चिन्ह थप्नु परो। त्यो सेरेमोनियल ( मैले भनेको रबरछाप) भन्नेहरुको लागि। ता कि कुनै मतपत्र खालि नझरोस। :-)

त्यसैले :

लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ७
जन गणतन्त्र: ०
राजतन्त्र (०४६ भन्दा अगाडिको): ०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०

अझै केही बाँकी छ भने थप्दै जाउँ। :-)
 
Posted on 04-17-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको भोट छुटेछ। :-)

लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ८
जन गणतन्त्र: ०
राजतन्त्र (०४६ भन्दा अगाडिको): ०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०
 
Posted on 04-17-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या गज्जब ! मतपत्र पनि आफैं बनाम्नि, भोट पनि आफैं खसाल्न पाम्नि, गन्न समेत पाम्नि भनेसि, यो चौपारिको चुनाउ पुनि क्या मज्जा!
मेरो भोट चैं लोकतान्तृक गणतन्त्र लाई है। गन्ने काम चैं भउते गुरुको ।

सबै ठिक, तर फेरि गिरिजा नै सत्ता सम्हाल्न आम्ने हो कि पो भन्ने डर लाग्छ ओ गाँठे। के अर्नि हो तेसपछि?

:-)>

ईश्वर
 
Posted on 04-17-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले आज काठमान्डौ क गाम्ले हरु सँग गणतन्त्र आए पछि राजा लाइ के गर्ने भनेर सोधेको थिए। हुन त यो मेरो ब्याक्तिगत मत सर्वेक्षण हो ।

देश निकाला गर्नु पर्छ : ५%

झिर ले रोपेर मार्नु पर्छ : ५५ %

फासि दिनु पर्छ : १५ %

गोलि ठोक्नु पर्छ : २५ %
 
Posted on 04-17-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईश्वर बुरोको भोट मै गन्दिन्छु ल, खाली कपी पेस्ट गरेर एक भोट बढाउने त हो नि।

लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ९
जन गणतन्त्र: ०
राजतन्त्र (०४६ भन्दा अगाडिको): ०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०

अरू गाम्लेहरू नि आफ्नो अमूल्य भोट हालम् है!

फेरी गिरिजा, शेरहरू नै आम्ला भन्ने डर त मलाई नि लाग्छ, तर अन्तरिम सरकारमा रहे रहुन्, त्यसपछिको चुनावमा त गाम्लेहरूले शसक्त नयाँ नेतृत्त्व पक्कै चयन गर्नेछन्।
 
Posted on 04-17-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मत सर्भेक्षण हो कान्छा यो
कति जन लाइ शोधेको
रिजल्ट ता राम्रै हो तर
बिश्वश्निएता अलि भएन कि भनेर मात्रै क्या

इश्वर बोरो एस्तै हो लोक्तन्त्र मा
सबैकुरा transparency
कस्ले कता मत हाल्यो भन्ने पनि थाहा हुने
 
Posted on 04-17-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना। यो नयाँ बर्षले पक्कै तपाईंहरुको मनकामना पुरा गर्नेछ। म त भोट कस्लाइ दिने अब मामाले जसलाई देउ भन्छन् उसैलाई त हो नि। ल मेरो पनि लोकतान्त्रीक गणतन्त्र लाई नै भोट है।
अनि सान्कान्छा को गाना त Firefox मा त बज्दैन, IE मा चाहिँ बज्ने रैछ।
 
Posted on 04-17-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सर्वेक्षण १००० जना जुलुस बाट फर्केका गाम्ले हरु सँग लिएको हो । कति ले के के भने भनेर त्यो सँख्या पनि मैले राखेको छु।


देश निकाला गर्नु पर्छ : ५% = ५० जना

झिर ले रोपेर मार्नु पर्छ : ५५ % = ५५० जना

फासि दिनु पर्छ : १५ % = १५० जना

गोलि ठोक्नु पर्छ : २५ % = २५० जना
 
Posted on 04-17-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर न ! मामा निर्वाचन आयुक्त भा'को देखेर भान्जिले चाकडी अरेकी :P । नयाँ बर्षमा भान्जिहरुलाई भेट्न आउन मुन लाग्याथ्यो, बोलाउँदै बोलाएनन्। :( । नबोलाइकन भान्जा-भान्जीको दैलो कुच्नु हुँदैन भनेर गइन म पनि। :p

स्यान्कान्छाको प्रश्न: "खरबारीमा ढुकुर छोपे पछि के गर्नु पर्छ?" भन्ने थियो कि के हो? नत्र त्यो झिरले रोपेर मार्नुपर्छ भनेर त किन भन्थे र मुन्छेलाई नि। न कचिला बनाउँन हुने, न सुकुटी पोल्न हुने। प्रश्न राम्रो सँग बुझेको भा'त "जिउँदै हरियो बाँसमा पट्टुवाले बाँधेर टुँउँउँउँउँउँउँउँउँउँउँउँउँ पार्दै गुहे्शवरीमा लगेर पोल्नुपर्छ" भन्दाहुन् नि। :-)

हाल सम्मको नतिजा:

लोकतन्त्र ( बहुदल + गणतन्त्र) : १०
जन गणतन्त्र: ०
राजतन्त्र (०४६ भन्दा अगाडिको): ०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०
 
Posted on 04-17-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ, अरुको त मत हाल्ने सुर-सारै छैन। अहिले मत नहाले फेरि त्यो माथिको मतदाता-नामावली बाट नाम काटिन्छ है अर्को फेर बाट। :p :p :p :p

अहिले सम्म २८ % (१०/३५) भोट खसिसकेछ। जे होस ज्ञानेको चुनावमा भन्दा त धेरै नै मत खसेछ। २१% लाई कमल थापा र श्रीष शमसेर ले अत्यन्त उत्साहवर्दक उपस्थिति भन्थे के रे। त्यो हेरेर त हाम्रो २८ % त धमाकै भैहाल्यो नि। :-)

अझै पर्खिने हो कि घोषणा गरिदिने हो? अबिर लाउन हतार भो के। :p

 
Posted on 04-17-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन के त्यो राजा भनाउदोलाइ कहा देश निकाला गर्ने कुरा गर्नु भएको ,मस्ति गरेर बसिहाल्छ नि फेरि बिदेशमा, त्यसैले, न झिरले रोपेर मार्ने न त फासि नै दिने, बरु ठुलो पिजडा जस्तो चारैतिरबाट हेर्न मिल्ने खोर बनाएर राख्ने नारायणहिटिको अगाडि नमर्दा सम्म,अनिबाटो हिड्ने मानिस जतिले सुइयोले घोच्दै जादै .........घोच्दै जादै घोच्दै जादै ............ अनि थाह् हुन्छ त्यस्लाइ जनतालाइ दिएको यातना ।

मर्यो भने कहा गुह्वेश्वरीमा लाने??? खुरुक्क सुकाएर बुख्याचो बनाउने अनि खेतिबारिमा झुण्डाउने कमसेकम अलिकति त काम लागोस् त्यसको बाङ्गो मुन्टो

:D
 
Posted on 04-17-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanu kanchha rajaa laai chhurale retee retee marnuparchha,,
 
Posted on 04-17-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss u r also right 100% we will do that if he die,,,,
 
Posted on 04-18-06 6:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया लोक गित बजाउन खोजेको हुन्छ कि हुदैन। बिचार् अरम् है त



 
Posted on 04-18-06 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye sano kanchho kati geet suneko ha jun bela ni bihanai nidra khulyo ke mero ta bhajan pani bajaideu na babu
 
Posted on 04-18-06 6:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो हुन्छ भन्नी त मलाई थाहा थियो.
कि पिरती अरु कसैले कि पिरतीले नै तर बिगारेर चौपारी बनाउँछन् भन्ने त लाग्या थ्यो हिजो देखुन्टै.
-------------------------

लोकतान्त्रिक गुनतन्त्र रे?
बेललाई काग पाक्यो, बिस्मात न हर्ख!

निर्वाचन बहिस्कार!



सांसदलाई, १ करोड रुपियाँ र मन्त्रीपदमा लिलाम बढाबढमा किनबेच गरेको पनि हाम्रै देशमा हो, यिनै SPY(SPA) हुन् कि सेस्. पि. ए. ले हो.

चौपारीमा बसेर, टोपीमा भोट माग्दा रे छन्.

चौपारी सभाको निर्वाचन- बहिस्कार गरौँ. बहिस्कार गरौँ.

लौ जा!
 
Posted on 04-18-06 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:::::::::::::::::::::::::::::::::::::
:::::::::::::::::::::::::::::::::::::
:::::::::::::::::::::::::::::::::::::
???
 
Posted on 04-18-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
बल्ल चुनाबको मजा पो आउने भो त
मेरो पनि गणतन्त्र है

लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ११
जन गणतन्त्र: ०
राजतन्त्र (०४६ भन्दा अगाडिको): ०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters