नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
अन्तरे, म त ठुल्दाइ। गुण को गुण दोषको दोष छुट्याउने मान्छे। सुर ताल मिलेको गाना, अन्तरेको मात्र रैछ भनेर भोट हाल्या हालेइ गरेको थिएम् क्या र। त्यो नौ हजार चुनचान भोटमा आधा भोट त म एक्लै ले हालेम् होला। अब चित्रे ले भोटिङ मशिन नै बिहारी शैलीमा बनाएछ, सला हमि सब् लाई ठगिलिएछ। अब मदनवाले जो आइडोल्वा-१ जिते छ, मदनवा और् उनका बिरादरीले मशिनवाको पहचान् लिएछ। फिर् मदनवाको रिश्तेदार छ न, बोर्डरको उस पार् ज्यादा छ। तो बिहारी स्टाइलवाले भोटिङ् चिनि हालेछ। असली बात यहि हो अन्तरे। भो चित्त न दुखाउ।
चौतारीको चेतनशिल गाम्लेको मताधिकार प्रयोग गर्दै मैले नियमअनुसार खसाल्न पाउने एउटा अमुल्य भोट मास्तर्नी दिदिलाई दिएको छु। (नोट: हुन त सबैले एक से एक राम्रो गाउनु भएको छ तर निर्वाचनको रित नै यही हो, एक जनालाई भोट दिनैपर्छ तसर्थ मेरो लागि सहभागि छ जनै चौतारी आइडल भए पनि नियमअनुसार दिन पाउने एउटा भोट एक जनालाई मात्रै दिएको छु, अनियमअनुसार दिइएक भोटहरुको चाइ कुरा नगरुम होला, कुइनासम्म निलो मसिले हात लत्पतिएको छ र दाहिने हातको चोर औलामा ब्यान्डेज नै बाँध्नु परेको छ।)
र त्यो एक भोट पछीको ताजा स्तिथी छ: Vote for Chautari Idol!(Group 2)" Poonte 23% (57504 Votes) Antare 3% (9646 Votes) Kumle 4% (10954 Votes) Suntale 4% (11664 Votes) Durgesori 23% (58319 Votes) Miss_me 40% (100000 Votes) Total of 248087 votes
भोट त कति हालियो कति? अहिलेको एक्स्पिरिएन्स हो र भोट हाल्ने? उहिले २०३७ सालमा स्कूल युनियनमा चुनाउ उठियो, भोट हालियो( आफैलाई) अनि जितियो, बसियो। फेरि २०३८ मा रेड्क्रसमा चुनाव उठियो, भोट हालियो, जितियो। त्यस पछि रापस चुनाव, न्-गरपालिका चुनाव, फेरि प्रतिनिधि सभा चुनाउ, इन्जिनियर्स हरुको चुनाउमा त २०४८ देखि भोट हाल्या हालेइ छु। भोटहाल्ने एक्स्पिरिएन्स नै मत पत्र भन्दा लामो होला जस्तो छ, भैगो अहिले लाई यति नै।
हन यो भोट् हेर्दा त मस्तर्नी US president नै हुन्छिन् कि कसो। प्रेसिडेन्ट् ले ल्याउने भोट् भन्दा उन्कै बढि पुग्ला जस्तो छ। अहिले नै १ लख् भन्दा बढि रे।
बिर्खे, रिठ्ठे, सुन्तले, ग्वाँचे, सबैमा यो ठुल्दाईको भोटे तारेमाम्। भोटिङ् को एक्स्पेरिएन्स नै २५ बर्षको भएको मुन्छे परियो। अनेक् धांधली देखियो, अनेक धांधली गरियो। तर चित्रेको मशिनले गरेको धाँधलीको लिला अपरम्पार् छ।
आम्मैनी हैन हाम्रो चौतारीलाई त अब पार्टी नै बनौनु पर्ला जस्तो पो छ त, अब चुनाब पनि आउने बेला भा छ केरे, कैले देखि गाम्लेले सभापति देखि सदस्य सम्मको चुनाब गरौनीहुन फेरि / हरी सरनम!!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
whats wrong living with your parents ?
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
Why Americans reverse park?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.