[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 145744 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-18-06 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आईते (Amazing) बुरो, आज त निक्कै दिनपछि पो चौतारीमा झुल्किनुभो नि! म त यतै छु नि, अनि के छ हालखबर तपैंको? अनि तपैंको गारफिरिन्ड (girlfriend) लाई नि सन्चै? हाम्रो ह्याल्लो (hello) सुनाइदिनुस् है, तो भन्दा बढी त भाषा नि आम्दैन हाम्लाई, के गर्नु। तपाईलाई देखेर म खाटाँ हाम्फालिसक्या मान्छे फेरी बुर्लुक्क उफ्रेर आ'नि, धेरै दिनपछि आएको आइतेलाइ स्वागत गर्न। लौ अहिले त गएँ है म!
 
Posted on 01-18-06 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kaha jana lagya yaar, ahile ta balla rati ko ek bajyo yeha, u know today it was minus 18 degree, baafree, so i bunked college and went to GF ko place. Now a dasy she also knows that I spent most of the time in sajha. She often asks why u alwys stick around this site ??????? khai k bhanne yaar
 
Posted on 01-18-06 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के? -१८ रे? बाफ्रे! हाम्रो गाम डुप्लिनाँ (dublin) त žपलस (+) मै छ। अनि रातको १ बज्यो त्याँ? याँ त साढे एघार बज्यो तर भोलि ब्यानै ६ बजे उठ्नु छ। ८ बजे सम्ममा खोलामा पुगिन भने त मेरो ठूलो माछो नै उम्किन सक्छ। तेसैले म गएँ है आइते, गुट नाइट।

PS. तपैको GF लाइ चैं साझा नेपालको national site हो भनेर एक्सपिलेन (explain) गर्दिम् न।
 
Posted on 01-18-06 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीलाई कति गुम्स्याएर राख्ने, आज त जति काम बितेपनि, भोलि जति गाली खानु परेपनि चौतारी पस्छु पस्छु भनेर आको हुम्।
नेपे दाजीको कुरा खास्साको हो। चौतारी त गामको सिरानमै हुनुपर्छ। अब यस्का लागि हामीले के गर्नु पर्ने हो, त्यसको पनि भेउ पाम्न पाए राम्रो हुँदो हो। हस्ताक्षर, ल्याप्चे संकलन गर्नु पर्ने हो कि, जूलुश-धर्ना दिनु पर्ने हो कि, दम्तरीहरुले सल्लाह गरेर यस्सो खवर गरे म पनि पखराको 'लिप पोत पसल'को शटर बन्द गरेर भएपनि आम्छु। जूलुश सूलुशमा जन्छु भनेसी याम्की पनि ख्याल खुशी हुन्न! पहिलाकी नेती जो परी!

केहि नया योजना बने खवर पाम्। (फुन गर्न त अब तेस्तै होला जस्तो छ केरे। बर्दी ला'का मान्छेले तार काट्दै हिनेका छन् रे। कुन दिन देखुन् चीठी पनि बन्द गर्दिने हुन्!)
 
Posted on 01-18-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम घर तिर त फेरि पनि तार सार काटे अरे केरे, यसो गाम ठामको कुरो ल्याउने तेइ फुन थियो के रे, अब कति दिन हाम्रा राजाले तार नजोड्ने हुन । कस्ता रचन, त्यो टेलिफुनको तार त देख्ननै नहुनि के, काटिहाल्ने, कति चकचके रचन ।
 
Posted on 01-18-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तै त केटाओ, कानमा फुस फुस ( टेलिफोन) जति सप्पै बन् अरदिओ अरे। अब घरतिर डिल्लि फुन अरेर आबा पठाउन पर्ला जस्तो छ।
 
Posted on 01-18-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपै आएचन्। गोताएँ र लाले पनि रेचन। लु अब काकाले राजखानी भुट्या चन के रे अब सपै मिलेर 'तुच्च तुच्च' पारुम।
 
Posted on 01-19-06 6:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबा ठाकुरे ! तिम्ले कट्टु ला'छौ कि लाछैनौ भन्नी धागो माऽऽऽथी र'च जुन भन्नी हाम्रो चौतारो त पिधाँ झुण्डिराख्यो र'च ए ! लौ माथि तान्न त परो जसरी भा'नी । दम्तरीहर त कोइ नि रइन्चन करे !

हेऽऽऽ
छैन कि तो टलिफुन तार
आम्नै छोड्यो मयाको खबर !

गासै खोसे कल्ले मन पराम्च
एउदिन पाप धुरी ट कराम्च

जे भा'नी,
बन्मा काँडा छ,
तिमी उता म एता ज्यान त टाडा छ
तर बिरानो नसम्ज मया गाडा छ ।
 
Posted on 01-19-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मलाइ समुन्द्रेको गीत त सारै मन परो ।
 
Posted on 01-19-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****छैन कि तो टलिफुन तार
आम्नै छोड्यो मयाको खबर !

गासै खोसे कल्ले मन पराम्च
एउदिन पाप धुरी ट कराम्च *****

मजाओ गिद गाओ मुन्द्रेले। लु मेरो पनि धेरै बेर थकाई मार्न नमिल्ने छ। यो हाम्रो चौतारिलाई अरु धाओको मास्तिर धकेलेर जान्चु म।

हे....आउँदै अरे
मया नमारे
 
Posted on 01-19-06 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दम्तरीहुर, हाम्ले जस्तो खोज्या थिम, त्यस्तै अरिदिया छन् सानदाईले । सप्पै चौतारोवासीहरुको तर्फबाट धन्नेभात दिए है मैले सानदाईलाई ।

अबदेखुन् चौतारो कुराकानीको पाटो भन्दा नि माथि थपक्क अस्थापना भा च ।

अब कुराकानीको बाढीमा कता पुगो चौतारो भनेर खोजिरहन परेन । कुराकानी पाटोको सिरानमा भाको Chautari मा किटिक्क गरेसि चौतारिको सप्पै संस्करणमा ठ्याक्क पुगिन्च ।

Ghazal/poem लाई पनि त्यस्तै छुट्टै ठाम बनाईदिम्ला भन्या छन् । शिरिष, भउते, गोताएँ, नेपे, सप्पैका धागाहरुलाई एउटै सुर्कोमा राख्ने गरी । त्यसको लागि अलिक ट्याम लाग्ला । कविताका पुराना धागाहरु मेलै लगाअर सान एक्लैले खोज्न सक्लान् नसक्लान भन्छु ।

जे होस् अहिलेलाई Chautari को बन्दोबस्त भो । त्यसैमा सन्तोष छ ।
 
Posted on 01-19-06 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए क्या सइलो भे' छ अब त।
मुन्द्रेलै चौतारो, कट्टु मुनि पुयो भनेर औडाह भैरा' थ्यो।
हुन नी कहिले त खोद्दा खोद्दा हैरान हुइन्थ्यो।

म चैं त्यो काकाले दिया सपेको तार्न तिर लागी है। भोउ ला'र आयो क्या।
 
Posted on 01-19-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!!!!!!! यो त सारै खुसिको कुरो भो ल। लु सप्पै सईँहुरलाई बधाइ छ है। अनि नेपेदाजी
लगाएत सानदाइकोमा नारा-जुलुस अर्ने सप्पैलाई धन्यबाद। सानदाइले जस्तो पर्जातन्त्र
ज्ञानदाइले कैले दिनिहुन् कुन्नि। ज्ञानदाइ त घरको छता'ट हेलिकप्टरमै भाग्ने सुर अरिराछन् के
रे।

२-४ दिन दोहोरी खेलेर बसेर मेरो त सप्पै काम चौपट भा'छ के रे। उता हिउँदेबार बार्नै छ,
तोरी सुकेर फुटेर खस्नलाइसक्यो, ओसारीमा कोदो कुहिन लाग्यो, यस्सो घाम परे झारेर ठटाम्नी
भनेको। त्यसैले १-२ हप्ता चौतारा तिर झर्न नपाइएला जस्तो छ। सईँहुर गीत गाम्दै नाच्दै
अरम के रे। म आम्दै अरम्ला अलि पछि'अट।

:-)
-भउते
 
Posted on 01-19-06 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी !!!!!!!

सानदाइलाई नै धन्यबाद भन्न छुटेछ। :-)

सानदाइ, धन्यबाद है।
यसरी जन्ता जनार्दनको कुरो बुझेर चल्ने पो राजा।
दु:ख पोख्न पा'छैन त्यसै "बुझेँ बुझेँ" भन्दै हिड्ने, अनि अँधेराँ "किन दु:ख पोखिस" भनेर घ्याक्रो
थिच्ने नि के राजा ? :-)
 
Posted on 01-19-06 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब राम्रो कुरो सुन्न पाइयो गाँठे आज त एकाबिहानै! हाम्रो तर्फबाट धर्ना दिने नेपेजीलाई धन्यवाद। कुरो बुझेर चौतारीलाई गामको सिरानमै ल्याइदिने सान दाइलाई झन धेरै धेरै धन्यवाद।
यै उपलक्षमा आज मेरोचैं दह्रो जान्छ केटा हो!
 
Posted on 01-19-06 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि ! एका ब्यानै गोतायेँको के चैँ दह्रो जानि र'च र हो ! :D
सपै धाओ हेरिसकेँ कइँ नि केइ देउथिन त म ! :D

 
Posted on 01-19-06 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गासै खोसे कल्ले मन पराम्च
एउदिन पाप धुरी ट कराम्च
मुन्द्रेले बल्ल आफ्नो गामको लबज ल्याओ । ल है मुन्द्रे आज कालिका थान तिर आए, कल बिरेक जमाम्ला ।
 
Posted on 01-19-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानदाइले सिरानै यो धागो तासिदेको मा एक थाल ढिडो र भात है ? अनि स्वर निकाल्ने नेपे दाजि र स्वार मा स्वार मिलाउने दादा, भउते, सिरे, मुन्द्रे, लाले , नेपे साइला , बिर्खे माइला , गोतामे, चित्रे, आइते, काका, मिस, र सप्पै दम्तरि हरुलाइ लड्डु नै लड्डु है । मलाइ नि लड्डु ।

 
Posted on 01-19-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, ए गाँठे,

साने दाईलाई क्यारी धन्नेबात भन्नी हो, जाद्रै जो गुन लाम्नु भओ केरे । जातिबिधि जो खुशी लाओ है ।

खास त आफू त धेरै जो भओ के चईनी एउटा गतिलो जागिर खोज्दै अरेको केरे, केही पुनि नपाको रनाहामा साझाँ
नि आम्न छोडेको थेँ के । कुजातहुरले फुन अर्नी, ईन्टरभिउ नि लिनि, जागिर खान आईज भनेर चईनी आर्कैलाई जो
भन्नी, आफू भनि मबाईली फुनको (mobile phone) बिल तिर्दा तिर्दा दरिद्री भाको केरे । उता फेरि लाहुराँ पारमेन्टी
नुकरी खाएर चईनी अटैँची बोकेर नेपाल जानी भनेको केरे, चईनी घरा'ट जमुनि नि खोजेम् भन्चन भन्नी बेलाँ, के
को जमुनि हुनु नि, खाली मुनि-मुनि मत्रै टकार्नी के ।

त्याँसी बिरउतिएर क्यारम् क्यारम् भओ र चईनी पारमेन्टी (permanent) नुकरी नपाए सम्मन चईनी कतै पुनि लँगर-लँगर
अर्दिन भनेर लुकेरै जो बसेको केरे । एउ जाना यही साझाँ जो भेट भाका सँगीले सान साहूले त चौपाराँ त नयाँ छाप्रो
हालेर तेँही जो दोकान थापेका छन् भनेर भने केरे । तेसो भएर के के अरेचन् त नि साने साहूले भनेर हेर्न लाको त जाद्रै जो
खुशी लाओ, चईनी नुकरी नभए नि हाम्रो बसिब्याँलो भनि पारमेन्टी जो भएच है । अब यो बिरउती (बिरक्ति) ले छोडेसी फेरि
आम्ला केरे नि हाँसो ठट्टा अर्न, अहिले त साडे सातले बे-योछ । फेरि पसेँ है ओडारभित्रै जो ।

रमाईलो अर्दै अरम्, सईँहुर, दिन सप्रेसि आम्ला म पुनि खुट्टो खच्याम्दै ।

Keep rolling...
 
Posted on 01-19-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सिर झट्टै पारमेन्टि नोकरि पाए । अनि जमुनि लाइ नि भेट्टाए । मेरो हाल नि तेस्तै छ ।
खालि नपारमेन्टि काम छ, पारमेन्टि भसि अटैचि बोकेर गाम फर्केरे जमुनिकि बैनि ल्याउनि भनेको, संगत त सिरेको, उस्तै हाल छ, ल सिरे झट्टै पाए अनि मुइले नि पाउचु कि ? चोतारिले त पारमेन्टि पायो के रे ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters