Posted by: Nepe January 19, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ दम्तरीहुर, हाम्ले जस्तो खोज्या थिम, त्यस्तै अरिदिया छन् सानदाईले । सप्पै चौतारोवासीहरुको तर्फबाट धन्नेभात दिए है मैले सानदाईलाई । अबदेखुन् चौतारो कुराकानीको पाटो भन्दा नि माथि थपक्क अस्थापना भा च । अब कुराकानीको बाढीमा कता पुगो चौतारो भनेर खोजिरहन परेन । कुराकानी पाटोको सिरानमा भाको Chautari मा किटिक्क गरेसि चौतारिको सप्पै संस्करणमा ठ्याक्क पुगिन्च । Ghazal/poem लाई पनि त्यस्तै छुट्टै ठाम बनाईदिम्ला भन्या छन् । शिरिष, भउते, गोताएँ, नेपे, सप्पैका धागाहरुलाई एउटै सुर्कोमा राख्ने गरी । त्यसको लागि अलिक ट्याम लाग्ला । कविताका पुराना धागाहरु मेलै लगाअर सान एक्लैले खोज्न सक्लान् नसक्लान भन्छु । जे होस् अहिलेलाई Chautari को बन्दोबस्त भो । त्यसैमा सन्तोष छ ।
Read Full Discussion Thread for this article