sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 106093 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-22-06 6:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बाह्र लम्बर को चौपारि पुनि बनि सके६!!

:-)>

ईश्वर
 
Posted on 03-22-06 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

 
Posted on 03-22-06 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलोपातले खर्लप्पै जो पारेर चौपाराँ बात मार्न पाओ छैन के रे हिँजआज। सुन्न मत्रै भेओ थेँ। नये चौपारो देखेर चैं यस्सो बाटो पारेर ‘के छ तो?’ भनेर भा नि जान मन लाओ के।
के छ तो?

यस्पाली काँट सानो कान्छोले चौपारी पुरेच। नये केटो हो कि पुरानै हो कुन्नि यो? बुडो भइयो के रे, आँखाले ठम्माउन छाडे मेरा। क्यारम तो?

भउते फर्केसी चौपारीआँ रमैलो जो फर्को गाँठे। यता पनि तेसै अर्लास त के रे। लौ लौ भ्यागुते, पून्टे रमैलो अर्दै अरओ। तिमुरओ दोहोरीले ज्याद्रै जो हसाओ लौ।

गुल्मी तिरा कोइ छौ कि? तिमुरकै गीद गाम्न परो आज------

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला
 
Posted on 03-22-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सानो कान्‍छो नयाँ नै हो भन्‍दा फरक पर्दैन। तर चौतारी को पुरानो पाठक
भन्‍दा राम्रो हुन्‍छ । मेरो पुरा विवरण आगामि दिन हरु मा चौतारी को कचहरी
मा पेश अरुला । अचेल सिरे दाजु कता जानु भएछ कुन्‍नि , जमुनि भाउजु
लाई लिएर हस्‍पताल लिएर जान्‍छु सानो कान्‍छा भन्‍नु भएको थियो । पहिले
वखत भेट हुदा खेरि । काका , भउते पनि हाराऊनु भयो । माया नमारनुस है ।
..........

 
Posted on 03-22-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न चिच्चाओछस् ए लंठू तेस्तरी! कान सुन्दैनन बुडाले भनेओ छस् कि क्या हो? आर्काआ कानाओ जालि फुटाउन खोजेओ छस् र?
बेरो छोड्लास बेरो तेसरी चिच्चाम्दा!
 
Posted on 03-22-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छो सार्है रमाएको जस्तो छ। न् चिच्चायौ न बा!! तिमि त सबै धागोहरु मा चिच्चायको देखदैछु। लौ नया चौतारी बनाएको मा धन्याबाद छ।
अनि काका, सन्चय हुनुहुन्छ? आज्-भोलि काकी सङ भेट् हुन पाएको चैन उहा लैइ मेरो नमस्ते भनि दिनुहै। यो चौतरीम मेर भौते मामा, काका सबैलाइ भेटेर् कति खुसि लाग्यो।

लौ त म त् अब त भान्सातिर लागे फेरि खाना पकाएपाचिइ आउछु। के गर्नु आज् नेपलि खाना पकाउन पर्यो। धेरै भयो भात-दाल-तर्कारि , अचार नखाएको।
 
Posted on 03-22-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो दुई तीन दिन यता औने मौका मिलेको थिएन अर्कै भेछ ।सानो कान्छो पनि कयानाम् चौतारो बनौने भएछ।हैन चिचौन चै किन परेको नि येस्लै, हुन त जावनि म येस्तै हो क्यानाम्। काका बुढो गालि गर्न सधै टगडा।बिचरा बालक छ के बुढा।
 
Posted on 03-22-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काक बुडा ले गालि पो गरे मलाई नरुमाइलो पो लाग्‍यो । बुडा पख तिमी लाइ
पछि ककड बनाइदे कान्‍छा , कुनै काम लगायौ भने म के भन्‍छु याद राख ।
काका बुडा लाइ हेर्नुस ।

 
Posted on 03-22-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेसाईँला-

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे

साईँलाको कान्छि-

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखि साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

 
Posted on 03-22-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गाम्मा त ठुलै चाहलपहल पो भैसकेछ गाठें
यसो आफ्नो त काम् को चहल्पहल् फुर्सदै नपाअर

यहाँ त आर्को चौतारी पही बुनी सकेछ तनी
गाम्लेहरु पनि फुर्सदिला नै रहेचन्
मलाइमत्रै स्याप्स्याप् परिराछ भन्या

खेताला खोज्न पनि नपाइने
खोइ सप्पै आफै गर्नुपर्च भुन्दा रचन् याहाँ
सारै स्याप् स्याप् भन्या

लौ सानु कन्छा ले बुनाको चौपारी येसो डियाँ डाङ्रा लियेर खोला तिर पनि खुवाउन जादा मल राखि दिम्ला हैत
भेदै गरुम्ला
नयँ देखेर मत्रै छिरेको
लौत
फाटाम् हैत आजलै
 
Posted on 03-22-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नयाँ चौतारी पनि बनेछ, एकछिन थकाई मार्नु पर्यो। अचेल त्यति फुर्सद नि छैन, चौतारीमा चियाए नि चिच्याउन चैं भ्याएको छैन। सबै गाउँलेहरूलाई मेरो नमस्ते है!
 
Posted on 03-22-06 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएएएएएएए!!!! होओओओओओइइइइइइइइइइइइ!!!!
काँ मुन्टे सप? सान्कान्छोले नयँ चौतारो बना'छ, झट्टै आओ झट्टै।

माष्टरनी नानी काँ गइन? भुराभुरी बिचारा बाटो हेर्दैछन्।
नेपेदाजी कथा सुनौन परो रे एउडा गाम्ले दाजुभाइलै।
मुन्द्रे, नमे र लाले मुग्लान पसे कि क्या हो?
पुन्टे बुडा, अझै बारीको डिलाँ बसेर गाँजा तान्दै छौ कि?

माइला,
मेरी कान्छीले सारै चित्त दुखाइ, फकौन पर्यो, अरु नी एउ दुइटा गीद गाइदेउ।
 
Posted on 03-22-06 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसै त मन मेरो धमिलो धमिलो मा नमिसाउ काका अ्मिलो
, पिडा ले रोएको मेरो दिल लाइ किन गाली गर्छौ काका रोएर बसेको छ तिम्रो भतिज
 
Posted on 03-22-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति भदौरे लाखुले जस्तो एक्लो जिन्दकी बिताउनु भनेर हिजो सारै बिरक्त लाओ। जे पर्ला पर्ला यो पुन्टेदाइकी साली जुरेलीलाई भगाएरै लैजान्छु भनेर सुरिएर हिजो राति पुन्टेदाइका घरतिर सोझिएँ। थाहा पाएर निहु खोजे भने आँखामा हाल्दिन्छु भनेर एक मुठी खुर्सानीको धुलो पनि बोकेर गएँ। :-|

घरपछाडीअ'ट सुटुक्क काँक्राको झेल समाउँदै जुरेलीका कोठाँ छिरेँ। उ त मस्त निधाएकी। यो पिरेम भन्नी जातले नि लोउनी मुन्छेलाई मात्र औडाहा बनाम्ने र'छ कि कुन्नि। आफ्नो छाति पोलेर भत-भत छ। नक्कली चैँ आनन्दले सुतेकीछे। यसो हेरेको त दाइने खुट्टाँ कान्छी उम्लो जत्रो नाइलेनको डोरीले बाँधेको। अर्को टुप्पो कता छ भनेर हेर्दै हेर्दै गा'को त बाहिर दलानाँ पुन्टेदाइ पसारिएका रे'छन। हातमा धोबिनीको कपडा पिट्ने मुग्रो पनि लिएर सुतेका। अनि त्यो डोरी चैँ आफ्नै ढाडमा बाँधेर सुतेका, के भुन्नि अब। माहारे गर्नुको नि हद हुन्छ नि यार। के भाले लाउन लैजान लागेको पोथीलाई जस्तो खुट्टामा बाँधेर राखेका होलान सालीलाई। :p

मलाई त झननन्न रिस उठो गाँठे। त्यै मुग्रो थुतेर तिनका खप्पराँ बजारम जस्तो नि लाओ। फेरि ज्यानमाराँ परिन्छकि भुनेर डर लाओ। अब क्यै खोजेर डोरी काटेर जुरेलीलाई उठाएर भाग्न परो भनेर यसो फर्किन ला'को त त्यै डोरीमा अल्झेर झन्नै लडिन। उता पुन्टेदाइ ब्यूँझेर "को हँ" भन्दै उठे। म त फुत्त दलानाँटै फुँगालेर भागे। दाबिलोको झटारोले झन्नै लागेन। मुन्छे त चिने कि चिनेनन कुन्नि। :-)

कति सारो दिए नि ठक्कर
फोर्दिउँ कि त पुन्टेको खप्पर
साली परि भउतेको जालैमा
पुन्टे रोए धुरुरु बसेर झ्यालैमा। :p :p :p

:-)
-भउते
 
Posted on 03-22-06 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिमझीम पानीमा रम्दै रुझौँला
ऊकाली ओरालीमा भुल्दै हिँडौँला
माछापुछ्रे साक्षी तिम्रो सिउँदो सजाउँला
तिमी हाँसे हाँसि दिउँला रोए फकाउँला...

 
Posted on 03-22-06 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन भाउते, क्यार्न नानाभाँती अर्नु परो, बैश चडो भन्दैमा तेई पुन्टे दाईकै सालिमा कति जाइलाग्छौ बरु भन ब्या अर्नि नै हो भने कुरो अरुमला के रे गोडा दुएक ठाममा। हाम्रा नि चाईन्जो मुन्चे छन। उस्तै परो बने गोताएँलाई भनेर याउँकली को माईति तिर तेस्का बुइनि सुईनि पर्नि कोइ त होलान के रे कुरो चलाम्ला केई न भ' काका बुडा, नेपे दाजू र म भर खोज्दिम्ला घर अरेर खानि खाल्कि केटि। हाम्लाई पराई भन्ठान्छौ कुरो अर्दैनौ क्यार्नु!
 
Posted on 03-23-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्रो गाम म पनि माउबादी आउन लाग्यो कि के हो, यता त मुन्छे आउन छाडे क्यानाम ।
 
Posted on 03-23-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भौते मामाले त गजब गरेछन । लौ है अब माइजु ल्याउने कुरा रहेछ, हामी नि जन्ती जाउला र जन्ते बख्रोको चोक्टा नदिए नि झोल त खान देलान ।
मामा मलाई निम्तो दिन नबिर्सनु नि फेरी ।
 
Posted on 03-23-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नया चौतारी पनि बनि सकेछ गाठे म पो आउन ढिलो भएछ।
लौ सबैलाइ नमस्ते छ है मेरो दाजु-भाउजु, दिदि-भिनाजु, बैनि-ज्वाइ, भाइ-बुहारि, भान्जि हरु अनि दौतरिहरु

भौते गुरु लाइ कस्तो बैस चढेको हो तेस्तो चोर जस्तो गरि घर मै पुग्नु पर्ने राति राति पुन्टि दीदी लै भेट्न लाइ लौ न
पल्लो घरे माइलि दीदी को फुन त अझै आउछ होला नि गुरु, उनै लाइ खुरुक्क न ल्यायेर किन पुन्टि दिदि को पछि मरिहत्ते हो गाठे
:)
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters