Posted by: Dada_Giri March 22, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
चित्रे: लेकाली हे, हे, चोयाको डोको सानु माया हे, हे, लगाउने धोको नपुग्दै मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी (बह्यो खोला, बेँशी झ-यो सम्मै तिम्रो माया, कलेजीमा टम्मै) ---२ आँखैमा, गाजलू लपक्कै भन माया, लाइदिऊँ कि छपक्कै बैँशैमा, बैँशैमा मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी (रातो चोलो पाखुरीमा टिमिक्कै माया बस्यो आँखैमा झिमिक्कै) ---२ के गोड्नु कर्कलो बारि पर्ख तिम्लाई रोइरने नपारी बैँशैमा, बैँशैमा मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी लेकाली हे, हे, चोयाको डोको सानु माया हे, हे, लगाउने धोको नपुग्दै मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी ... ...
Read Full Discussion Thread for this article