Posted by: Bhaute March 22, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
कति भदौरे लाखुले जस्तो एक्लो जिन्दकी बिताउनु भनेर हिजो सारै बिरक्त लाओ। जे पर्ला पर्ला यो पुन्टेदाइकी साली जुरेलीलाई भगाएरै लैजान्छु भनेर सुरिएर हिजो राति पुन्टेदाइका घरतिर सोझिएँ। थाहा पाएर निहु खोजे भने आँखामा हाल्दिन्छु भनेर एक मुठी खुर्सानीको धुलो पनि बोकेर गएँ। :-| घरपछाडीअ'ट सुटुक्क काँक्राको झेल समाउँदै जुरेलीका कोठाँ छिरेँ। उ त मस्त निधाएकी। यो पिरेम भन्नी जातले नि लोउनी मुन्छेलाई मात्र औडाहा बनाम्ने र'छ कि कुन्नि। आफ्नो छाति पोलेर भत-भत छ। नक्कली चैँ आनन्दले सुतेकीछे। यसो हेरेको त दाइने खुट्टाँ कान्छी उम्लो जत्रो नाइलेनको डोरीले बाँधेको। अर्को टुप्पो कता छ भनेर हेर्दै हेर्दै गा'को त बाहिर दलानाँ पुन्टेदाइ पसारिएका रे'छन। हातमा धोबिनीको कपडा पिट्ने मुग्रो पनि लिएर सुतेका। अनि त्यो डोरी चैँ आफ्नै ढाडमा बाँधेर सुतेका, के भुन्नि अब। माहारे गर्नुको नि हद हुन्छ नि यार। के भाले लाउन लैजान लागेको पोथीलाई जस्तो खुट्टामा बाँधेर राखेका होलान सालीलाई। :p मलाई त झननन्न रिस उठो गाँठे। त्यै मुग्रो थुतेर तिनका खप्पराँ बजारम जस्तो नि लाओ। फेरि ज्यानमाराँ परिन्छकि भुनेर डर लाओ। अब क्यै खोजेर डोरी काटेर जुरेलीलाई उठाएर भाग्न परो भनेर यसो फर्किन ला'को त त्यै डोरीमा अल्झेर झन्नै लडिन। उता पुन्टेदाइ ब्यूँझेर "को हँ" भन्दै उठे। म त फुत्त दलानाँटै फुँगालेर भागे। दाबिलोको झटारोले झन्नै लागेन। मुन्छे त चिने कि चिनेनन कुन्नि। :-) कति सारो दिए नि ठक्कर फोर्दिउँ कि त पुन्टेको खप्पर साली परि भउतेको जालैमा पुन्टे रोए धुरुरु बसेर झ्यालैमा। :p :p :p :-) -भउते
Read Full Discussion Thread for this article