[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भ्रष्ट्र को ?
[VIEWED 5354 TIMES]
SAVE! for ease of future access.
Posted on 02-08-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा मा प्रस्तुतिने प्राय जस्तो धागोहरु मा "those corrupt political leaders and killer" भन्ने शब्दाबली भेटिन्छन्। नेताहरु भ्रष्ट्र भए यो कुरा प्रस्ट छ। नेतालाई भ्रष्ट्र बनाउने नै हाम्रै समाजका प्रबुद्ध नागरिक हरु नै हुन् नि, होइन र?
मित्रहरु, भ्रष्ट ब्यक्ति राजनेता मात्र हुन र? समाजको तप्का तप्कामा भ्रष्ट्राचार् ब्याप्त छ। संस्कारमा ब्याप्त छ। कहाँको मात्र फोहर् सफा गर्ने। समाजिक र मानसिक् भ्रष्टतालाई कहाँ कसरि सम्बोधन् गर्ने? माथि का प्रश्न हरु मेरो मथिंगल वरिपरि घुमि रहेको छ। हामी केवल् भ्रष्ट नेताले देश् डुबायो भनेर सत्तोसरापेर् आफ्नो दायित्व बाट् पन्छिएका छौं। साँच्चै अफ्नो घरको खम्बाहरु सेतो धन ले बनेका छन् त>? हामीले कहिल्यै प्रश्न गर्‍यौं त।
साधरण सुत्र छ, कसले कसरि कमायो भनेर बुझ्ने।


१- देश भरि का एक् दर्जन् भन्दा बढी निजी मेडिकल कलेजमा पढ्ने
बिद्यार्थि मध्ये ७५% भन्दा बढि कर्मचारि , नेता र ब्यापारिका छोरा छोरि छन्। सबै भन्दा उच्च तहको कर्मचारि- मुख्य सचिब ज्युको तलब १५ हजार् भन्दा बढि छैन। खर्च नै न गरे पनि त्यो पैसाले छोरोछोरि लाई पढाउन पुग्दैन, निजी मेडिकल् कलेजमा।
एक जना मेडिकल छात्र-छात्राको लागि सरदर् १६ लाख रुपैया कलेजमा तिर्नु पर्दछ। अब भन्नुस्, भ्रष्टाचार् को जड् कहा छ?
माफ गर्नु होला, त्यसरि पढ्नु भएका महोदयले मलाई पढाउन मेरो बाबा आमा ले कहाँबाट् पैसा ल्यायो भनेर कहिल्यै सोधे त? आज उहि बिद्वान पाराले corrupt leader भनेर कुर्लिन्छन्।


२-त्यसरि नै ब्यापरिको कुरा गरम्। ब्यापरिले आफ्नो लागि खर्च गरेको खर्च तलिका र तिनले तिरेको आयकर् को तुलना गरे थाह हुन्छ।
सान् मिगेल् बियर् कम्पनि ( अ्आत्य समूहले चलाउदा) प्रति महिना ४ लाख घाटा रे। संसारको कुन् चाहिँ मद्यपान उद्योग् होला घाटा मा चल्ने सिबाय त्यो। टि भि किन्न जानुस्, भंसार् तिरेको कागज् तपाइले माग्नु भयो भने पनि फोटो कपि दिन्छ, साहुजी ले। किन भनेर सोध्यो भने अर्ध इमान्दार् ब्यापरिले जवाफ् दिन्छन्, "१ वटा टी भि को भंसार् तिरेर १०० वटा पास् गर्छौं र तपाईं ले सिङ्गापुर् मा भन्दा यहाँ सस्तो हुन्छ", अब भन्नुस्, त्यो टीभी पनि खुशिका साथ् किन्छौ , भ्रष्ट्रचार्को जालोमा हामी जाने न जानी फसेका छौं। ब्यापारि र उद्योगिले कानून् अनुसार्को तिर्नु पर्ने कर् को २५% पनि तिरेका छैनन्। अब भन्नुस्, भ्रस्ट्र को? नेता के ब्यापारि?


३- साना खुद्रा ब्यापारि पनि त्यो मामला म कम् छैनन्। मेरो टोलमा एउटा चिया पसल् छ, बिहान् देखि बेलुका सम्म मा उनि भन्छन् ६ सय कप चिया बिकछ र अरु सामान् गरी करीब् ५ हजार् जतिको ब्यापार् हुन्छ र दैनिक् २ हजार् नाफा हुन्छ । उसको पसल् को आकार् प्रकार् ले गर्दा हो कि , नगरपालिकाम समेत् दर्ता छैन जहाँ कर बापत् बार्षिक २०० रुपैया पनि तिर्नु पर्दैन। तर उ राज्य ले सब्थोक् गरि देओस् भन्छ। एक् पैसा न तिरिकन् सबथोक् आशा गर्नेलाई मानसिक् रुपमा भ्रस्ट्र मान्ने कि न मान्ने?

नोट्: कृपया यो आलेख कसैको ब्यक्तिगत जीवन सँग मेल खान गएमा संयोग मात्र मानी दिनु होला ।
 
Posted on 02-08-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म राहुल भाइको किरा संग पुणँ सहमत छु , हाम्रो देशमा कर तिर्ने चलन नै छैन । हामिले केहि किन्दा कर तिरे पनि ब्यापारिले त्यो सरकारलाइ बुजाउला भन्ने कुरामै शंका हुन्छ , बरु ब्यापारि आफैले त्यो करको पैसा पनि खान्छ । यहा अमेरिकामा १ डलरको सामान किने पानि ७-८ सेन्ट भएनि कर तिर्नु पर्छ,
नेपालमा पनि सानो सानो सामान किन्दा पनि ६-७ पर्तिशत कर लिने हो भने , राहुल भाइले उल्लेख गर्नु भएको चिया पसलबाट नै दैनिक रु.३५० (बार्षिक १ लाख २७ हजार ७५० ) कर उठ्न सक्छ, यो त एउटा सानो चिया पसल मात्रै हो , यस्ता पसल, र ब्यापारि त हजारौ छन् हाम्रो देशमा । जे पनि सरकारले गरोस भनेर सरकारको मुख ताक्ने बानिले ब्याप्त छ हाम्रो नेपालि समाज, अरु देश संग मागेको रिनले कहिले सम्म देश चलाउने ? कुनै कुरामा चित्त बुजेन भने “नेपाल बंद” रे ... कहिले हामि नेपालिको बानि सुध्रने होला...
 
Posted on 02-08-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१- देश भरि का एक् दर्जन् भन्दा बढी निजी मेडिकल कलेजमा पढ्ने
बिद्यार्थि मध्ये ७५% भन्दा बढि कर्मचारि , नेता र ब्यापारिका छोरा छोरि छन्। सबै भन्दा उच्च तहको कर्मचारि- मुख्य सचिब ज्युको तलब १५ हजार् भन्दा बढि छैन। खर्च नै न गरे पनि त्यो पैसाले छोरोछोरि लाई पढाउन पुग्दैन, निजी मेडिकल् कलेजमा।
एक जना मेडिकल छात्र-छात्राको लागि सरदर् १६ लाख रुपैया कलेजमा तिर्नु पर्दछ। अब भन्नुस्, भ्रष्टाचार् को जड् कहा छ?
माफ गर्नु होला, त्यसरि पढ्नु भएका महोदयले मलाई पढाउन मेरो बाबा आमा ले कहाँबाट् पैसा ल्यायो भनेर कहिल्यै सोधे त? आज उहि बिद्वान पाराले corrupt leader भनेर कुर्लिन्छन्।


true !
 
Posted on 02-08-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

absolutely right
 
Posted on 02-08-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही बर्ष पहिले मेरी सानी छोरी ले, नेपाल गरीब हुनु को कारण, अनि देस लाइ कसरी बिकास गर्ने भन्ने बारे प्रश्न गरिन । नेता हरु अशल हुनु पर्छ, सबै नागरिक अशल हुनु पर्छ । । । । तेस्तै भनि जबाफ दिए । अनि उस्ले तपाईं( म तेती बेला को ब्यापारि-उस्को नजर मा बाबु त असल नै होला भनेर) ले भ्रस्टाचार गर्नु भाको छ? तपैले देस् को बिकास् गर्नुस् न त भनि सोधी ।राहुल्भाइले भने जस्तो सबै तिर बात जेलियेको येउटा सामाजिक प्रानि न हु म पनि, अब एस्को के जबाफ हुन सक्ला, तपाईं हरु नै बिचार गर्नुस् ।अहिले बिचार् गर्दा"पुरानो पुस्ता सबै मासेर, नया पुस्ता ले तल बाट नै सुरु गर्यो भने मात्र भ्रस्टचार बिना को समाज निर्मान होल कि"। काठमाडौं भेली मा भ्रस्टाचार नगर्ने मान्छे मात्रै बस्ने भन्यो भने, काठमाडौं को जनशन्ख्या कति होला?
 
Posted on 02-08-07 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
I agree.

There is a vast gap in knowledge (basic knowledge about government functioning) among the people. Our polity (Rana century or later) was unable to develop a good administrative set up.
...........

Jai Nepal
 
Posted on 02-08-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भन्दा २०-२२ बर्ष पहिला को कुरा हो,फुलपाती को अघिल्लो दिन देखि काठमाडौंका सडक हरु सुनाशान हुन्थ्यो । काम गर्न हरु घर गएका हुने भएकोले कुनै रेष्टुराँ खुल्दैन थ्यो, एक प्लेट म:म: खान पुरा शहर घुम्थ्यौं ।
शहर बद्लियो । धान झुल्ने फाँट हरु घरै घर भए । ४९ साल पछि नगरपालिका क्षेत्र भित्र बर्षेनी ६ हजार् नक्सा पास् हुने गर्थ्यो। नक्सा पास् नगरि र नगरपालिका भन्दा बाहिर् बन्ने घर् सबै जोड्दा करीब् ७ हजार् नयाँ घर् बन्ने गरेको तथ्यांक बाट् देखिन्छ।
औसतमा ४ आना को घर् र २ तले बनाउदा १ घर को सरदर् मुल्य (जग्गा को ६ लाख, घरको १० लाख) १६ लाख पर्ने हुन्छ। यस्उस्ले घर बनाएको खर्च मात्र तत्कालीन् देश् को बजेट् को दुइ गुणा हुदों रहेछ।देश को कूल राजस्व भन्दा कयौं गुणा धनौपचारिक धन को चलखेल हुदो रहेछ । अब देश कंगाल न भए मालामाल हुन्छ त ? सक्ने ले एक सुको कर तिरेको छैन, जसरि हुन्छ लुकाउने ? अब नेता लाई मात्र गाली गरेर हुन्छ त ? मेरो भन्नु को तात्पर्य त्यती मात्र हो । अस्तु!
 
Posted on 02-08-07 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
There is a problem. How to develop a considerable mechanism and implement it? We cannot just copy and paste Europian/American system. We are Nepalese and we should develop our own.

Let's discuss about it. How can we develop the morale of Nepalese? Should we need to make change in our basic education system?
Kathmandu centered administrative set up is one of the reasons. There is some progress in decentralization process in the recent years, but still .....

Let's assume, if we destroy Kathmandu centered administrative set up and move regionally, how it will be feasible? What factors are needed to considered? What kind of power should be delivered? etc

Jai Nepal
 
Posted on 02-08-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
एक प्लेट म:म: खान पुरा शहर घुम्थ्यौं ।
-Gaushala tira hola

Chilim tanna kata ni?

Jai Nepal
 
Posted on 02-08-07 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, rahulvai, we are all more or less corrupt and our whole society is based on corrupt mentality. But there is a difference.

You can't put a political leader and an ordinary citizen in the same position. You wouldn't see any visible impact on corruption level, if an individual starts paying taxes. However, You would be able to notice dramatic changes, if our Prime Minister starts even a single measure of corruption control.

So, having many corrupt citizens in our society does not mean that our political leaders should be declared clean. These political leaders must show the leadership. They have necessary power, authority and institutional tools to eradicate corruption. After all, they are elected, hired and paid for this job.
 
Posted on 02-09-07 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another nepali ji,

neta bata suru hunu parchha bhanne tapaiko tarka aayo. aba neta haru udaharan banna sakenan. उदाहरणिय नेता फेला परेन। अब के गर्ने त? ति नेता को पछि लाग्ने कि आफै उदाहरन बनेर देखाउन तिर लाग्ने वा नागरिक मा जागरन बढाउन लाग्ने?

मैले थाहा पाएका हरुमा काठमान्डुमा बसाइ सर्ने हरु सबै नेता हरु छैनन्। हो धेरै जसो नेता हरु र कर्मचारि हरु छन् तर केहि चाहि लाहुरे हरु छन् जस्ले मिहिनेत गरेर बिदेशबाट पैसा कमाएर सहरमा घर जग्गा किनेका छन् । गाउमा अलि धेरै आमदानि हुने हरुलाइ माओवादि हरुले देखिनसहेपछि सहर पसेका हरु पनि देखेको छु मैले, जो genuine non-corrupt way bata kamaai gareka chhan.
 
Posted on 02-09-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश बिग्रनु बिग्री सक्यो राहुलभाई जी, हामीले चिन्तन् मनन् गरेर यहा केहि पनि हुने वाला छैन । यो देश शिक्षित तर असभ्य जन्तुहरुले भरिएको फोहरी देश भन्दा पनि केहि फरक नपर्ने देखिएको छ। पाईलै पिच्छे भ्रस्टाचार, पाईलै पिच्छे फोहोर,अनि पाईलै पिच्छे अन्नाय आत्याचार। देश गन्धित् भएर बसिनसक्नु भैसकेको छ। यता हेर्यो भ्रस्टाचार्को पहाड्को थुम्को अनि गन्धित् वाताबरण, अनि उता हेर्यो देशको येस्तो धल्मलाउन्दो स्तिथि। कस्तो डरलाग्दो र भयाबह् स्तिथि छ नेपालको । तैपनि "म नेपाली हु" भनी गर्भ गरेर हातमा हात बान्धी चुप लगेर तामशा मात्रै हेरेर बसिराखेका छन् यी मुर्दा जन्तुहरु। सबैलाई आ-आफ्नो मात्रै मतलब छ यहा। चाहिने कुरामा चाहि मतलब् गर्दैन खाली नचाहिने कुरामा मात्रै अर्काको खुट्टा तान्दै हिन्ड्छन् यी बेईमान् जन्तुहरु। मान्छेहरुको राम्रो पक्ष केहि छ भनेर खोत्ल्नु भन्दा नराम्रो पक्ष केहि छ कि भनेर पहिला त्यहि खोज्छन् यी नकचरा जन्तुहरु। यहाका नेताहरु मात्रै नभैइ सबका सब् भ्रस्ट छन्। होइन, यहा राम्रो बन्छु भनेर राम्रो बन्ने अवसरहरु पनि त छैनन् नी, कि कसो?। कागको हूलमा एउटा बिचरा बक्कुलाले के नै गर्न सक्छ र? खोई, मैले त नेपालको राम्रो भबिष्य देखिन हो, राहुलभाई जी।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters