Posted by: Ji Nepami February 9, 2007
भ्रष्ट्र को ?
Login in to Rate this Post:     0       ?        
देश बिग्रनु बिग्री सक्यो राहुलभाई जी, हामीले चिन्तन् मनन् गरेर यहा केहि पनि हुने वाला छैन । यो देश शिक्षित तर असभ्य जन्तुहरुले भरिएको फोहरी देश भन्दा पनि केहि फरक नपर्ने देखिएको छ। पाईलै पिच्छे भ्रस्टाचार, पाईलै पिच्छे फोहोर,अनि पाईलै पिच्छे अन्नाय आत्याचार। देश गन्धित् भएर बसिनसक्नु भैसकेको छ। यता हेर्यो भ्रस्टाचार्को पहाड्को थुम्को अनि गन्धित् वाताबरण, अनि उता हेर्यो देशको येस्तो धल्मलाउन्दो स्तिथि। कस्तो डरलाग्दो र भयाबह् स्तिथि छ नेपालको । तैपनि "म नेपाली हु" भनी गर्भ गरेर हातमा हात बान्धी चुप लगेर तामशा मात्रै हेरेर बसिराखेका छन् यी मुर्दा जन्तुहरु। सबैलाई आ-आफ्नो मात्रै मतलब छ यहा। चाहिने कुरामा चाहि मतलब् गर्दैन खाली नचाहिने कुरामा मात्रै अर्काको खुट्टा तान्दै हिन्ड्छन् यी बेईमान् जन्तुहरु। मान्छेहरुको राम्रो पक्ष केहि छ भनेर खोत्ल्नु भन्दा नराम्रो पक्ष केहि छ कि भनेर पहिला त्यहि खोज्छन् यी नकचरा जन्तुहरु। यहाका नेताहरु मात्रै नभैइ सबका सब् भ्रस्ट छन्। होइन, यहा राम्रो बन्छु भनेर राम्रो बन्ने अवसरहरु पनि त छैनन् नी, कि कसो?। कागको हूलमा एउटा बिचरा बक्कुलाले के नै गर्न सक्छ र? खोई, मैले त नेपालको राम्रो भबिष्य देखिन हो, राहुलभाई जी।
Read Full Discussion Thread for this article