Posted by: saan_dai February 8, 2007
भ्रष्ट्र को ?
Login in to Rate this Post:     0       ?        
म राहुल भाइको किरा संग पुणँ सहमत छु , हाम्रो देशमा कर तिर्ने चलन नै छैन । हामिले केहि किन्दा कर तिरे पनि ब्यापारिले त्यो सरकारलाइ बुजाउला भन्ने कुरामै शंका हुन्छ , बरु ब्यापारि आफैले त्यो करको पैसा पनि खान्छ । यहा अमेरिकामा १ डलरको सामान किने पानि ७-८ सेन्ट भएनि कर तिर्नु पर्छ, नेपालमा पनि सानो सानो सामान किन्दा पनि ६-७ पर्तिशत कर लिने हो भने , राहुल भाइले उल्लेख गर्नु भएको चिया पसलबाट नै दैनिक रु.३५० (बार्षिक १ लाख २७ हजार ७५० ) कर उठ्न सक्छ, यो त एउटा सानो चिया पसल मात्रै हो , यस्ता पसल, र ब्यापारि त हजारौ छन् हाम्रो देशमा । जे पनि सरकारले गरोस भनेर सरकारको मुख ताक्ने बानिले ब्याप्त छ हाम्रो नेपालि समाज, अरु देश संग मागेको रिनले कहिले सम्म देश चलाउने ? कुनै कुरामा चित्त बुजेन भने “नेपाल बंद” रे ... कहिले हामि नेपालिको बानि सुध्रने होला...
Read Full Discussion Thread for this article