Posted by: Rahuldai February 8, 2007
भ्रष्ट्र को ?
Login in to Rate this Post:     0       ?        
साझा मा प्रस्तुतिने प्राय जस्तो धागोहरु मा "those corrupt political leaders and killer" भन्ने शब्दाबली भेटिन्छन्। नेताहरु भ्रष्ट्र भए यो कुरा प्रस्ट छ। नेतालाई भ्रष्ट्र बनाउने नै हाम्रै समाजका प्रबुद्ध नागरिक हरु नै हुन् नि, होइन र? मित्रहरु, भ्रष्ट ब्यक्ति राजनेता मात्र हुन र? समाजको तप्का तप्कामा भ्रष्ट्राचार् ब्याप्त छ। संस्कारमा ब्याप्त छ। कहाँको मात्र फोहर् सफा गर्ने। समाजिक र मानसिक् भ्रष्टतालाई कहाँ कसरि सम्बोधन् गर्ने? माथि का प्रश्न हरु मेरो मथिंगल वरिपरि घुमि रहेको छ। हामी केवल् भ्रष्ट नेताले देश् डुबायो भनेर सत्तोसरापेर् आफ्नो दायित्व बाट् पन्छिएका छौं। साँच्चै अफ्नो घरको खम्बाहरु सेतो धन ले बनेका छन् त>? हामीले कहिल्यै प्रश्न गर्‍यौं त। साधरण सुत्र छ, कसले कसरि कमायो भनेर बुझ्ने। १- देश भरि का एक् दर्जन् भन्दा बढी निजी मेडिकल कलेजमा पढ्ने बिद्यार्थि मध्ये ७५% भन्दा बढि कर्मचारि , नेता र ब्यापारिका छोरा छोरि छन्। सबै भन्दा उच्च तहको कर्मचारि- मुख्य सचिब ज्युको तलब १५ हजार् भन्दा बढि छैन। खर्च नै न गरे पनि त्यो पैसाले छोरोछोरि लाई पढाउन पुग्दैन, निजी मेडिकल् कलेजमा। एक जना मेडिकल छात्र-छात्राको लागि सरदर् १६ लाख रुपैया कलेजमा तिर्नु पर्दछ। अब भन्नुस्, भ्रष्टाचार् को जड् कहा छ? माफ गर्नु होला, त्यसरि पढ्नु भएका महोदयले मलाई पढाउन मेरो बाबा आमा ले कहाँबाट् पैसा ल्यायो भनेर कहिल्यै सोधे त? आज उहि बिद्वान पाराले corrupt leader भनेर कुर्लिन्छन्। २-त्यसरि नै ब्यापरिको कुरा गरम्। ब्यापरिले आफ्नो लागि खर्च गरेको खर्च तलिका र तिनले तिरेको आयकर् को तुलना गरे थाह हुन्छ। सान् मिगेल् बियर् कम्पनि ( अ्आत्य समूहले चलाउदा) प्रति महिना ४ लाख घाटा रे। संसारको कुन् चाहिँ मद्यपान उद्योग् होला घाटा मा चल्ने सिबाय त्यो। टि भि किन्न जानुस्, भंसार् तिरेको कागज् तपाइले माग्नु भयो भने पनि फोटो कपि दिन्छ, साहुजी ले। किन भनेर सोध्यो भने अर्ध इमान्दार् ब्यापरिले जवाफ् दिन्छन्, "१ वटा टी भि को भंसार् तिरेर १०० वटा पास् गर्छौं र तपाईं ले सिङ्गापुर् मा भन्दा यहाँ सस्तो हुन्छ", अब भन्नुस्, त्यो टीभी पनि खुशिका साथ् किन्छौ , भ्रष्ट्रचार्को जालोमा हामी जाने न जानी फसेका छौं। ब्यापारि र उद्योगिले कानून् अनुसार्को तिर्नु पर्ने कर् को २५% पनि तिरेका छैनन्। अब भन्नुस्, भ्रस्ट्र को? नेता के ब्यापारि? ३- साना खुद्रा ब्यापारि पनि त्यो मामला म कम् छैनन्। मेरो टोलमा एउटा चिया पसल् छ, बिहान् देखि बेलुका सम्म मा उनि भन्छन् ६ सय कप चिया बिकछ र अरु सामान् गरी करीब् ५ हजार् जतिको ब्यापार् हुन्छ र दैनिक् २ हजार् नाफा हुन्छ । उसको पसल् को आकार् प्रकार् ले गर्दा हो कि , नगरपालिकाम समेत् दर्ता छैन जहाँ कर बापत् बार्षिक २०० रुपैया पनि तिर्नु पर्दैन। तर उ राज्य ले सब्थोक् गरि देओस् भन्छ। एक् पैसा न तिरिकन् सबथोक् आशा गर्नेलाई मानसिक् रुपमा भ्रस्ट्र मान्ने कि न मान्ने? नोट्: कृपया यो आलेख कसैको ब्यक्तिगत जीवन सँग मेल खान गएमा संयोग मात्र मानी दिनु होला ।
Read Full Discussion Thread for this article