Posted by: Rahuldai February 8, 2007
भ्रष्ट्र को ?
Login in to Rate this Post:     0       ?        
आज भन्दा २०-२२ बर्ष पहिला को कुरा हो,फुलपाती को अघिल्लो दिन देखि काठमाडौंका सडक हरु सुनाशान हुन्थ्यो । काम गर्न हरु घर गएका हुने भएकोले कुनै रेष्टुराँ खुल्दैन थ्यो, एक प्लेट म:म: खान पुरा शहर घुम्थ्यौं । शहर बद्लियो । धान झुल्ने फाँट हरु घरै घर भए । ४९ साल पछि नगरपालिका क्षेत्र भित्र बर्षेनी ६ हजार् नक्सा पास् हुने गर्थ्यो। नक्सा पास् नगरि र नगरपालिका भन्दा बाहिर् बन्ने घर् सबै जोड्दा करीब् ७ हजार् नयाँ घर् बन्ने गरेको तथ्यांक बाट् देखिन्छ। औसतमा ४ आना को घर् र २ तले बनाउदा १ घर को सरदर् मुल्य (जग्गा को ६ लाख, घरको १० लाख) १६ लाख पर्ने हुन्छ। यस्उस्ले घर बनाएको खर्च मात्र तत्कालीन् देश् को बजेट् को दुइ गुणा हुदों रहेछ।देश को कूल राजस्व भन्दा कयौं गुणा धनौपचारिक धन को चलखेल हुदो रहेछ । अब देश कंगाल न भए मालामाल हुन्छ त ? सक्ने ले एक सुको कर तिरेको छैन, जसरि हुन्छ लुकाउने ? अब नेता लाई मात्र गाली गरेर हुन्छ त ? मेरो भन्नु को तात्पर्य त्यती मात्र हो । अस्तु!
Read Full Discussion Thread for this article