[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 नारी प्रति गिद्धे दृष्टि त्याग गर !

[Please view other pages to see the rest of the postings. Total posts: 46]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 21076 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-19-13 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                          नारी प्रति गिद्धे दृष्टि त्याग गर ! 

 

नारी पृथ्वी हुन् l नारीको हृदय बिशाल हुन्छ र ममताकी खानी हुन् l उनिसंग सहनशीलता र धैर्यता छ l प्रशान्त महासागर झैँ शान्त स्वभाव भएकै कारण यिनीलाई पृथ्वीसंग तुलना गरिन्छ l भनिन्छ हजारौ काल अघि नारी प्रधान समाज थियो l यिनै पुरुषहरुको जालझेल र छलकपटबाट नारीहरुलाई किनारा लगाउदै बिकुल फुकी पुरुष प्रधान समाज भनि स्व : घोषणा गरे l पुरुष प्रधान देश भनि केहि मुलुकलाई उच्चारण गरिएता पनि एक्काईसौ शताब्दीमा यो कुराले मान्यता प्राप्त गर्दैन किनभने हरेक मुलुक बिकासको चरम बिन्दुमा पुगी सकेका छन् र यस्तो सोचाईमा अल्मलिदैनन l 

 

नारी र पुरुष समान छन् ,नारी न त पुरुष भन्दा ठुली छे न पुरुष नारी भन्दा साना छन्,न नारी उच्च छे या न नारी निचा छे किनभने नारीको आफ्नै आत्म सम्मान र पृथक पहिचान छ lउ बिना त जीवनको चक्र नै चल्दैन lभनिन्छ जुन घरमा नारी हुदैनन् त्यो घरमा भगवानले पनि बास गर्दैनन् l नारी रुपमा हामीले कैयौ ईस्वरको रुपमा पुज्दछौ lयहि नै सवालको जवाफ हो lहिन्दु धर्म शास्त्र अनुसार पौराणिक कालमा गार्गीले त्यस समयका प्रकाण्ड विद्वान र ऋषि मुनिहरुलाई तर्क र बिबेकले हराएको बिबेचना गरिएको छ अनि नारी कसरि पुरुष भन्दा पछाडी हुन्छे lनारी स्नेह कि खानी, सहनशीलता कि साक्षात देबीकि रुप हुन्  lनारी, जसलाई समाजको आधा आकाशका रुपमा हामी मान्दछौ ,कयौं नारीहरु पुरुषलाई उछिनेर एक कदम अगाडी पुगिसकेका छन् l पितृसत्तात्मक सोच र चिन्तनका खाल ओडेका पुरुषहरुको दानबी हर्कत कारण हजारौ बर्ष देखि कैयौ चेलीबेटी चरम यातनाका सिकार भएका छन् l तिरस्कारका अनगिन्ती आशुहरु पिउदै जिउन बिबस नारीहरु बाध्य पारिएका छन l तर समयले फड्को हानी सकेको छ र पुरुषको यहि संकुचित सोचको कारण नारी पटक पटक आक्रमणको सिकार हुन् पुग्दछन l पुरुषले नारी प्रतिको गिद्दे दृस्टी त्याग नगरे सम्म नारीले मुक्ति पाउन समय लाग्ने हुन्छ l

 

मार्च १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा चीन, डोमेनिकन गणतन्त्र, अमेरिका ,ब्राजिल आदि १७ वटा देशका करिब १ सय जना महिला अधिकारकर्मीले 'महिलाविरुद्धको सामाजिक सोचमा परिवर्तन हुनुपर्छ, महिलाहरूले पनि सामाजिक, आर्थिक एवं राजनीतिक क्षेत्रमा पुरुषसरह अधिकार पाउनुपर्छ भनि गरेको सम्मेलन पनि १०० बर्ष पुगी सक्दा पनि महिला हिँसाका घटनाहरु न्युनतम हुन् सकेका छैनन् lमुलकुमा नारी हकहित सम्बन्धि अधिकासं कानुन र नियम निर्माण भै सके पनि ब्यबहारिक रुपमा कम्जोर  छ र अझ पनि नारीलाई हेर्ने दृष्टिकोणमा आकास जमिनको फरक आएको छैन l महिला हिंसाको शिकार भै रहेका छन् lप्रधान मन्त्रि निवास ,बालुवाटारमा बिरोध र नाराबाझी भै रहदा पनि महिला प्रताडितको शिलशिला यथावत छ l चेलीबेटीले सुरक्षित महसुस गरि रहेका छैनन l बिहान हिडेकी छोरी बेलुका साँझ सम्म घर जनयुद्द काल झैँ फर्किन्छन कि फर्कीदैनन् भनि अभिभावक एकाग्रताको साथ प्रतीक्षा गरि रहेका हुन्छन lसुदुर पश्चिममा मानिने छाउपडीको कारण शिक्षित महिला नै पिढित छन् र घटना घटी रहेको रहेको छ l यसमा समाजका भनाउदा ठुला ठालुले जबर्जस्त लाद्ने कामको सहयोग गरि रहेका छन् l

 

प्रशासन मुक दर्शक भएर हेर्न बाध्य हुन्छ किनभने २०६३ पछि सबै कार्यकर्ता नेता भएका छन्  र सबैलाई प्रजातन्त्र लागेको छ l माथि आफ्नो पहुच भन्दै कारवाई गर्नेलाई सरुवाको पुर्जी थमाई दिने भन्दै सन्त्रासको वातावरण बनिदैछ lदानब स्वभाव भएका पुरुष ,आफ्नो सोच र बिचारमा परिवर्तन गर्न नसकेका पुरुषको कारण नारीहरु आतंकित छन् l जब सम्म यस्ता राक्षसी प्रवृति भएकाहरु समाजमा रहन्छन यस्ता कुकृत्य घटनाहरु घट्ने सम्भावना रही रहने हुन्छ lहास्मीलाई जिउदै जलाईएको घटनाले समस्त नेपालीलाई स्तब्ध बनाएको छ र नारी प्रतिको पुरुषको हेराई गिद्दे दृस्टीमा परिणत हुदैछ l

 

नारी प्रति पुरुषको सद्भाव र श्रदा सदैब उच्च रहनु पर्छ किनभने नारी कसैको छोरी ,कसैको बुहारी र कसैको आमा र कसैको दिदि तथा बहिनि हुन्छिन l भारतको दिल्लीमा घटेको घटनाले विश्वलाई रुवाई दिएको छ र संसार शोक मग्न छ lयस्तो कहिले नहोस् र नदोहोरियोस भनि एक ढिक्का भएका छन् lपिडित मृत २३ बर्षिय एक होनहार भारत आमाकी छोरी घोषणा भएकी छिन् र हृदयमा अनगिन्ती सपना बोकेर हिडेकी त्यो रात कालको मुखमा परिन l भारतमा नया बर्ष २०१३ नमनाउने घोषणा गरे र विदेशमा समेत मनाएनन केवल शुभचिन्तकहरु न्यायकि मुर्तिको फैसला सुन्न लालायित छन्  l संलग्न आरोपित पितृ सतात्मक सोच र चिन्तनबाट ग्रषित त्यी दानबहरु को गीद्दे दृस्टी कारण सिकारमा परिन lबलिवुडका सम्राट साहरुख खानले उक्त घटनाको टिप्पणी गर्दै आफु पुरुष भएकोमा लाज छ भनि विचार पोखिदिए l यो घटना सेलाउन नपाउदै दुई ठाउमा यस्तै घटना घटी रहेको संचार माध्यममा आएको छ l

 

यो घटनाले मेरो मानस पटलमा नेपाल आमाको एक सच्चा बिर र बहादुर छोरा बिष्णु श्रेष्ठको संस्मरण गरायो lचलचित्रमा भएको जस्तो नायक आई त्यो निर्दोष बालिकाको अस्मिता कसैले पनि बचाउन प्राणको बाजी लगाएनन र बिष्णु श्रेष्ठ जस्तो हजारौ छोराहरु नेपाल आमाले यस धर्तीमा जन्माउनु पर्दछ भनि यो पंक्तिकारको मस्तिस्कमा उब्जियो  l बिष्णु श्रेष्ठ भारतीय सेनामा कार्यरत पोखरा निवासी सिपाही हुन् lभारतीय सेनामा धेरै बर्ष सेवा गरि निबृतिवरण( अवकास प्राप्त )लिई नेपाल फर्कने क्रममा केहि बर्ष अगाडी भारतको गोरखपुर नजिक ४० जना डाकाले आफु चढेको रेलमा मच्चाएको आतंक र एक युवती प्रति गरेको दानवीय ब्यबहारले  कहिले नझुक्ने गोर्खालीको सच्चा सन्तान बनि नेपाल तथा नेपालीको शिर ठाडो पर्ने कामले गरे lउनीले देखाएको बहादुरता र साहसको उच्च कदर गर्दै भारत सरकारले सौर्यचक्र, बहादुरी पदक र सर्बोत्तम जीवनरक्षा पदकबाट सम्मान गरेको छ lबिष्णु श्रेष्ठले एक युवती प्रति डाकाहरुले गर्न खोजेको अपमानजनक कुकृत्य ,आफ्नो मातापिताको सामुने अस्मिता लुट्न खोज्ने र चिकित्षा बिषयमा अध्ययनको तैयारीमा यात्रामा हिडेकी युवती प्रति देखाएको पासविक हर्कत तथा उनको चित्कारले वीर गोर्खालीको मन थाम्न सकेनल आफ्नो जीवनको पर्वाह नगरी केवल नारी मुक्ति र नारीको अस्मिता जोगाउनुबाहेक कुनै बिकल्प नरही ४० जनाको जत्थासंग केवल खुकुरीको भरमा विकासे मुलाकाटे झैँ काटी कोतपर्व झैँ रगतको खोलो बगाए पश्च्यात डाकाहरु घुंडा टेक्न बाध्य भए l श्रेष्ठ जसले नारी अत्याचार सहन सकेन र टुलुटुलु मुकदर्शक भएर कायरताको परिचय दिएन ,केवल महिला प्रति श्रद्दा भक्ति र चेलीबेटी प्रति देखाएको सम्मानले उनि सदैब हाम्रो हृदयमा छन् l

 

 

प्रश्न यहाँ एक नारीको हो ,नारीको लागि अन्जान दाजुले गरेको अदम्य साहसको कदर गर्दै ठुलो रकम दिदा पनि स्वीकार नगरी बैनी जस्तो ठानेको अभिव्यक्तिले बिष्णुको उचाई बढ्यो lगीद्दे दृस्टी राख्नेलाई ठुलो पाठ भयो र कानुनको कठघरमा आए lनारी प्रति गिद्दे दृस्टी राख्नेलाई कानुनको फन्दामा पर्ने छन् lनारी एक अभिभावक पनि हुन् आफ्नो ज्यान जोखिममा राखी अमेरिकाको कनेक्टिकट पाठशालामा २७ जनाको ज्यानमा आफ्नो प्राणको आहुति दिई साना साना बिद्यार्थीको ज्यान बचाईन lनारीको मुल्यांकन असिमित छ र उच्च छ lनारी प्रति देखाउनु पर्ने सद्भाव र श्रदाको खडेरी लागेको छ lनारीलाई केवल वस्तुसंग तुलना गर्न गर्ने सोच परिवर्तन गर्नु पर्ने हुन्छ l 

 

जब सम्म पितृसत्तात्मक समाज भन्ने सोच र चिन्तनको अन्त्य गर्न सबै समाज एक ढिक्का हुदैनन् तब सम्म नारीहरुलाई हेर्ने दृस्टीकोण तुलनात्मक रुपमा परिवर्तन हुदैन lमहिलाले पुरुषको सेवा गरे मेवा पाइन्छ भन्ने धार्मिक ग्रन्थहरूले पुस्तौंदेखि महिलालाई पुरुषको  अधीनमा राखेको पाइन्छ। जब सम्म महिलालाई शिक्षित र आर्थिक रुपमा सशक्तिकरण गरिने वातावरणको सिर्जना गरिदैन ,तब सम्म महिला सशक्तिकरणको मूल ढोका पुरै नखुल्ने हुन्छ lनेपाल सरकारले महिला हिंसा अन्त्यका लागि लैंगिक हिंसा मुक्त दिवस मनाउने घोषणा गरेको छ जो अत्यन्तै सराहनीय छ सर्वत्र चर्चाको बिषय भएको छ तर घोषणा र दिवस मनाउने कार्यक्रमले मात्र समस्याको हल नहुने हुन्छ यसको लागि पुरुषको ब्यबहार र सोचलाई जरा देखि उखाली फ्याल्नु पर्दछ l

 

अस्तु 

 

विजय थापा ,भर्जिनिया 

 


 
Posted on 01-24-13 2:03 PM     [Snapshot: 1319]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here's another way to be practical I suppose...

मुम्बई– बलात्कारबाट बच्न के के गर्ने भन्ने बहस भारतमा गत एक महिनादेखि व्यापक रुपमा चलिरहेको छ ।  यसक्रममा बुधबार थालिएको भनिएको एउटा पहल भने अत्यन्तै अनौठो छ र सो पहलका बारेमा भारतका आजका अखबारमा व्यापक मात्रामा रिपोर्टिङ भएको छ ।

बलात्कारबाट बच्ने उपायहरुको खोजीका बहसहरु जारी नै रहेका बेला बुधबार अबेरतिर गरिएको नयाँ निर्णय हो– महिलाले नै हतियार बोकेर हिंड्ने । भारतको एक हिन्दू अतिवादी पार्टीका रुपमा परिचित शिवसेना पार्टीको नयाँ निर्णय हो यो । सो पार्टीले उक्त निर्णय सार्वजनिक मात्र गरेन उसले महिलालाई सँगै लिएर हिंड्नका लागि भन्दै छुरी नै वितरण ग-यो । 

बुधबार साँझ मुम्बईमा आयोजित एक समारोहमा सो पार्टीले त्यहाँ जम्मा भएका हजारौं महिलालाई छुरी नै वितरण गरेको थियो ।  भारतमा अशान्ति मच्चाउने पार्टीका रुपमा चर्चामा ल्याउने गरिएको सो दलले औपचारिक रुपमा नै हिजो बुधबार एक कार्यक्रमको आयोजना गरी ती छुरी वितरण गरेको हो ।

शिव सेना पार्टीका संस्थापक बाल ठाकरेको जन्मदिनको अवसर पारेर हिजो सो समारोहको आयोजना गरिएको जानकारी एकजना पार्टी सदस्यले दिए ।  महिलालाई तीन इन्च लामो छुरी वितरण गरिएको थियो । सो छुरी वितरण समारोहपछि सो पार्टीका एकजना नेता अजय चौधरीले भने, ‘जुन रुपमा तपाईंहरु तरकारी काट्नुहुन्छ त्यही रुपमा बलात्कार गर्न खोज्नेको हात पनि काटिदिनु ।’ साथै उनले सबै महिलालाई आफू हाट बजार एवं अन्यत्र जहाँ जाँदा पनि आफ्नो झोलामा छुरी बोक्न नबिर्सन पनि सुझाव दिएका थिए । 

महाराष्ट्र राज्यमा आफुहरुले २१ हजार महिलालाई छुरी वितरण गर्ने कार्यक्रम राखेको जानकारी पनि उनले सोही समारोहमा दिएका थिए ।  गत डिसेम्बर महिनामा भारतीय राजधानी नयाँ दिल्लीमा एक २३ वर्षीया युवती सामुहिक बलात्कारमा परी पछि उनको निधन भएपछि भारतमा बलात्कार घटना रोक्नका लागि विविध पहलहरु भएका छन् । रासस\एएफपी        


 
Posted on 01-27-13 6:09 PM     [Snapshot: 1438]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Everything aside, focus on this one to one analogy. If you have something that others covet but don't have, they can possibly rob you to get it. And they can rob a little kid or a old woman out of their jewelery if the perpetrators think they can get away with it. So my point is you don't want to be flashing off your jewellery or cash in a poor neighborhood.

- Do you have any numbers that show rapes are commited to flashing women as you presume. Why do you emphasize on teaching or taming women and keep mum about punishment or behavior/attitude of men.

If you are in a 5 star hotel party with good security and $100 entry fee to get in, then you can go and flash your jewellery and your cash. So it is just something that you have to be smart about where and how you do it.
- Are you sure that robbery takes place only when you show jewellery in poor neighborhood?
- Are you sure that rapes are taking place in conservative places to the modern women?
- Do you have any knowledge which locality the rapes are being taking place in Nepal? Do you anything abou these rape victims?

If girls are in a nude beach then they can go bare and that's fine, if they are in a beach then flash your bikinis. But, if you are walking back in a street at night alone or with one friend in some dark street in kathmandu or india, or maybe even in some US ghettos, then perhaps you need to be smart enough not to dress up to arouse any kind of misbehaviour.
- You are repeating the same things. So I will have to repeat my answer? Do you mean that rapes happen only to bikini wearing women in ghettos?

This is again another issue where idealism and realism needs to be understood. Ideally, it should be fine, but there are lot of anti social elements lying dormant all around us, ready to spring into action at any trigger they may perceive.
- You came back to the same point. You mean we need to be practical because men get attracted when they see beautiful skin and can't control their man. So you shouldn't punish those men, but instead we should training women to wear burqas and cover all their body because if they get raped, it's not men's fault, it's ALWAYS the fault of women because they don't understand the issue of idealism and realism.

You want to sideline the main issue by injecting totally different religious and regional ideologies.
- Can you see your irony?
- Who is your idol? 
- You say above sentence and come up by giving the best example by idolizing religious and regional hardliners who terrorized their community, e.g. Thakre. If you are the follower of Thakre, it's no wonder you have such extreme views. By the way do you also listen/support the indian baba who openly blamed the indian bus gang rape victim?




 
Posted on 01-27-13 6:13 PM     [Snapshot: 1439]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://weeklynepal.com/index.php/2011-08-01-14-05-44/22264-2013-01-25-06-17-46
 
– अमृता लम्साल 
गत जनवरी १६ तारिखको दिन बिश्वका थुप्रै समाचारपत्रहरूमा एउटा तस्वीर प्रमुखताका साथ छापियो। उक्त तस्वीर इरानको एउटा बलात्कारको आरोप लागेको ब्यक्तिलाई सार्वजनिक स्थानमा एउटा टेबुलमाथि सुताएर कोर्रा हान्न लागेको बारेमा थियो। एसोसिएट प्रेस (ब्ए) का हुस्सेन इस्माइलीले खिचेका सो तस्वीर हेरेपछि एउटा सामान्य ब्यक्तिको मन भरंग त हुन्छ नै तर महिलामाथि गरिएको हिंसा देख्दा र सुन्दा सुन्दा आजीत भएको मन र मस्तिष्कले अपराधीलाई कतै त्यस्तै सजाय ठीक त होइन? भनेर नसोचि पनि रहन सक्तैन। उक्त तस्वीरमा लेखिएको क्याप्सन अनुसार अपराधीलाई जेल पठाउनु या मृत्यु दण्ड दिनु अगाडि त्यसरी कोर्रा हानिन्छ रे। 
बलात्कार या महिला माथि हुने हिंसाका बारेमा लेख्दा लेख्दा कहिलेकहीँ त मानसिक रुपले थकान नै महसुस हुन्छ, तर अपराधी मनोबृत्ति थाकेको वा डराएको कतै देखिन्न/सुनिन्न। यसै प्रसंगमा संचारमाध्यम र सामाजिक संजाल मार्फत अर्को एउटा तस्वीर पनि प्रचारमा आयो।  'अक्कुपाइड पोर्टल्याण्ड' मार्फत प्रचारमा आएको उक्त तस्वीरमा एउटा युवतीले आफू कलेजको प्रथम बर्षमा 'फेमिनिष्ट'(महिलावादी) बन्नुपरेको कारण दर्शाउँदै लेखेकी छिन,'मेरो बिश्वविद्यालयले 'बलात्कार नगर' भनेर सिकाउनुको साटो 'कसरी बलात्कारबाट जोगिने' भनेर सिकाउँछ।' 
हुन पनि बिश्वका जुनसुकै कुनामा पुगौं, जतासुकैको समाचार सुनौं या पढौं त्यहाँ एउटै कुरो सुनिन्छ/देखिन्छ, ''बलात्कृत हुनुमा केटीहरू/महिलाहरूकै धेरै दोष हुन्छ। किनकि, उनीहरू छोटो लुगा लगाउँछन। उनीहरू मर्यादा पालन गर्दैनन, उनीहरू रात परेपछि घरबाट बाहिर निस्कनछन् आदि आदि। बलात्कृत हुनुमा पुरुषहरू दोषी नभएको भन्ने तर्क मध्येे माथि उल्लेखित तर्कहरूभन्दा पनि हास्यास्पद तर्क गत अक्टोबर महिनामा भारतको हरियाणाको जिन्द जिल्लाको खाप पंचायतका एक नेता जीतेन्दर छत्तरले दिएको अभिब्यक्ति थियो। उनको भनाई अनुसार, पुरुषहरूले चाउमिन, बर्गर, पिज्जा आदि खाएको कारणले गर्दा नै बलात्कार गर्न उद्दत हुन्छन्, अर्थात, ती खानेकुराहरूले पुरुषहरूलाई बलात्कार गर्न उकसाउँछ। 
उपरोक्त बयान त महिला किन बलात्कृत हुन्छन् भनेर समाज र समाजका प्रतिष्ठितहरूले दिँदै आएका बयानका कुरा भए, ती भनाईहरूलाई थाँती राखेर अर्को प212 हेरौँ, महिलाहरूले हिंसा र अपराध बिरुद्ध उठाएका आवाजहरू पनि गंभीरतापूर्वक लिइंदैन। उनीहरूका आवाजलाई अरुको लहैलहैमा लागेको आरोप लगाइन्छ। यसको ताजा उदाहरण हाल प्रधानमन्त्री कार्यालय अगाडि भैरहेको धर्ना तथा हिंसाका बिरुद्धमा उठिरहेका जुलुश तथा नारालाई नै लिन सकिन्छ। नेपाली महिला तथा महिलाहरूलाई इज्जत दिने पुरुषहरूले समेत महिला हिंसामाथि आवाज ऊठाउंदै आएको दशकौँ भैसक्यो। त्यस बाहेक पनि युएन अन्तर्गत हुने बिभिन्न नारा/दिवस/बर्ष आदिलाई आधार मानेर आवाज उराल्न थालेको पनि बर्षौँ भैसक्यो। तर आज भोलि भैरहेको महिला हिंसा बिरुद्धको आन्दोलनलाई भारतको 'ग्याङग रेप'ले ल्याएको आन्दोलनको रुपमा चित्रण गर्न खोजिंदैछ। 
हुँदाहुँदा, राष्ट्रिय मानव अधिकार आयोगका अध्य212 केदारनाथ उपाध्यायले पनि  केही हप्ता अगाडि टक्–शो होष्ट दिल भुषण पाठकको 'टफ–टक' कार्यक्रममा त्यस्तै खालको अभिब्यक्ति दिनुभएको थियो। उहाँलाई महिलाको बिषय भएर त्यति जानकारी नभएको हो कि? (किनकि, अझै पनि नेपाली समाज, त्यहाँको सरकारी कार्यालय वा सरकारले गठन गरेको 'महिला' बिषय नतोकिएका कार्यालयहरूमा 'राजनीति' बाहेकका बिषयहरू महत्वपूर्ण मान्न गाह्रै पर्छ) भनेर सोच्न पनि सकिएला तर अरुले पनि यस्तो धारणा कसरी बनाउन खोजेको हो कहिले पनि समझमा आउन सकेन। 
अनि एकथरि तर्क गर्छन, महिलाहरू 'मर्यादामा नबसेकाले' यस्ता/त्यस्ता घटनाहरू घट्दछन। त्यस सन्दर्भमा प्रश्न राख्न मन लाग्छ, के 'मर्यादा'पालन गर्ने ठेक्का पनि महिलाहरूले मात्रै लिनु पर्छ? 
अझ यो प्रश्नले त दिमागमा घनले ठोके जस्तरी ठोकिन्छ, जव बाक्य पनि नफुटिसकेका कलिला बालिकाहरू आफ्नै सबैभन्दा सुर212ित बासस्थानबाट 'बाबू', 'काका', 'मामा', 'दाजु'आदि आदि 'नाताबाट' लुटिन्छन/ कोपरिन्छन/ चिथोरिन्छन/ नंग्याइन्छन्। त्यस्तो स्थितिमा 'मर्यादामा नबसेका'भनेर आरोप लगाएर आफूहरू पन्छिन खोज्नेहरूले के देख्छन्/सुन्छन् र महसुुुस गर्छन होला? 
हुन त, मन्दिरमा पुजिने ढुङ्गाको मूर्ति जस्तै जसले जसरी पुजे पनि, बलिको रगतले रँगाए पनि चुपचाप जवाफ नफर्काइकन बस्यो भने त हामी सबै सुखिनै हुन्थ्यौँ भन्ने मान्यता समाजका शासकहरूको मन–मस्तिष्कबाट अझै पनि पखालिन सकेको छैन, यस्ता मान्यता र भ्रम पालेर बस्नेहरूमा कतिपय पढेलेखेका महिलाहरूनै पनि पछाडि छैनन। अझै विडम्बनाको कुरो त महिला बिरुद्ध हुने धर्नामा दिनभरि खर्चेर आएकाहरूनै घरको चार दिवारीमा पसेपछि बढी सहनशील भएको ढोंग रच्न थाल्दछन् र जीवनभर दुर्ब्यबहार खपेर बस्ता बस्ता आजीत भएर एक्लै बस्न चाहेकी महिलासंग आफ्ना दिदी/बहिनी, छोरी चेलीलाई संगत नगर्नु भन्ने उपदेश दिन चुक्तैनन्। के गर्नु र, दिमागमा चेतनाको सुई दिन सकिने भएको भए यस्ता कुराहरूबाट समाजले उहिल्यै मुक्ति पाइसक्ने थियो होला, त्यही नसकिने कारणले हरेक दिन बज्रले बनेको भित्तोमा टाउको ठोक्काएर रगताम्मे बन्नु परेको स्थितिमा संघर्षको चिराग लिएर हिंड्नु परिरहेको छ, चाहे त्यो बलात्कारको बिरुद्धमा होस या अन्य दुर्ब्यबहारको बदलामा।  
त्यसैले जब हाम्रो शरीरमा गाडिएका नङ्ग्रा र डोबहरू दुःखेर चहराउन थाल्छ, जब हाम्रा कानहरू तीखो बचनले पाक्न थाल्छन् तब हामी मन्दिरका मूर्तिहरू जस्तो हुन सक्दैनौँ। त्यसपछि हामी चिच्याउन थाल्छौं, चिच्याउँदै छौं। अनि अरु को त के कुरो! आफ्नै जन्मदाता, अन्नदाता, कर्मदाता सबै हामी माथि खनिन थाल्छन।  
शायद, जेरजस्तोसुकै भोगे पनि जति सुकै यातना भोगेपनि चुप लागेर बसे मात्रै ठीक हुन्छ, उनीह181को शब्दकोशमा 'मर्यादा'को परिभाषा यस्तै हुन्छ! त्यसैले उपरोक्त इरानी न्यायको प्रमाण उक्त तस्वीर छापिएको दिन, पल, घन्टा धेरै बलात्कृतहरूको मनमा यो पंक्तिकारको मनमा जस्तै उथलपुथल उठेको हुनसक्छ, हरेक समाजमा बलात्कारीले त्यस्तै सजाय किन नपाउने? 
लेखलाई बीट मार्दा मार्दै यो पनि उल्लेख गरिहालौँ, संसारको जुनसुकै देशमा होस् महिला आफैँ सँघर्ष गर्न सक्ने साहस बोकेर अगाडि नबढ्ने हो भने समाजले, खोक्रो मर्यादाले, मूल्यले, मान्यताले शारीरिक मात्रै होईन मानसिक बलात्कार पनि गरिरहेकै हुन्छ। त्यसैले हामी आफैँ जुर्मुराएर मानसिक र शारीरिक रुपमा अपराध गर्नेहरूका बिरुद्ध अगाडि बढ्ने हिम्मत राखौँ र समाजमा त्यो तस्वीरको स्थिति नवाओस् भन्नाको खातिर कोसिस गरौँ।  आजलाई यत्ति नै! 

 
Posted on 01-27-13 6:34 PM     [Snapshot: 1476]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

READ who the majority of victims are


Last edited: 27-Jan-13 06:35 PM

 
Posted on 01-27-13 6:43 PM     [Snapshot: 1493]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Are you sure these women were wearing short clothes?
Jan 25, 2013

Last edited: 27-Jan-13 06:43 PM

 
Posted on 01-27-13 6:51 PM     [Snapshot: 1505]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There was no 'Rethink' there to tell his bhauju not to wear short clothes in front of her dewar.

 
Posted on 01-27-13 10:30 PM     [Snapshot: 1578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Metta your arguments are very weak, fickle and illogical, and it only serves to show your blind prejudiced views.

You say "You mean we need to be practical because men get attracted when they see beautiful skin and can't control their man. So you shouldn't punish those men, but instead we should training women to wear burqas and cover all their body because if they get raped, it's not men's fault, it's ALWAYS the fault of women because they don't understand the issue of idealism and realism."

You are trying to force your own words as mine. I never said any of those things! If you go back and read my statements. I , in fact said the following

"These men are not fit to live in a civilized world and they should get the harshest punishment there is in the land. They do not have any right to impose themselves physically onto anyone."

If having unprotected sex can lead to sexual transmitted disease, then you have to smart about it and have protected sex. That does not mean you never have sex. You just have to be smart about it.

If you do not want to follow a logical and reasonable discussion then I'm done with you. Do not draw your own conclusions and think you are 100% correct. Your foregone conclusions only point to your own inability to see logical arguments.

 
Posted on 01-28-13 5:41 PM     [Snapshot: 1687]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Metta your arguments are very weak, fickle and illogical, and it only serves to show your blind prejudiced views.
- Exactly, talibans and Saudis think their system is the most strong and rational ones, and others have prejudiced views and they shut their door and refused to open any discussions.

You are trying to force your own words as mine. I never said any of those things! If you go back and read my statements. I , in fact said the following
- Did I say that you wrote above? I wrote above to infer what I got from your most logical, rational and unprejudiced views.

"These men are not fit to live in a civilized world and they should get the harshest punishment there is in the land. They do not have any right to impose themselves physically onto anyone."
- I do agree with you on this.

If having unprotected sex can lead to sexual transmitted disease, then you have to smart about it and have protected sex. That does not mean you never have sex. You just have to be smart about it.
- Bring on more oranges to compare with the apples!

If you do not want to follow a logical and reasonable discussion then I'm done with you.
- No problem. 

Do not draw your own conclusions and think you are 100% correct.
- You are trying to force your own words as mine.

Your foregone conclusions only point to your own inability to see logical arguments.
- Of course, your conclusions are only the correct ones, and everyone else have false beliefs and illogical conclusions. Only you have the ability to make logical arguments. 

 
Posted on 01-28-13 6:51 PM     [Snapshot: 1717]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Today's Kantipur


 
Posted on 01-28-13 10:01 PM     [Snapshot: 1765]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Metta, your responses are beginning to reek of hypocrisy.

You say "- Of course, your conclusions are only the correct ones, and everyone else have false beliefs and illogical conclusions. Only you have the ability to make logical arguments. "

You are the one who is in a rush to draw conclusions, all I did was offer my opinion about how it might be, perhaps, maybe, a good idea to do so and so thing in so and so circumstance. Maybe you are not bright enough to differentiate a conclusion from a suggestion.

You are the one who draws your final conclusions by saying something like
"You mean we need to be practical because men get attracted when they see beautiful skin and can't control their man. So you shouldn't punish those men, but instead we should training women to wear burqas and cover all their body because if they get raped, it's not men's fault, it's ALWAYS the fault of women because they don't understand the issue of idealism and realism."

It seems like you have a difficult time understanding simple English.

 
Posted on 01-29-13 11:23 AM     [Snapshot: 1830]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Committing heinous crimes like rape reflects a person's lack of judgment and retarded state of mind. The notion that women exposing their body parts causes a perpetrator to commit rape is a load of baloney. A rapist would commit it regardless. Only a sick bastard would think of forcing a woman into having a physical intercourse w/o her consent and/or interest, upon seeing her in a sexy outfit. 

What about the young woman raped in Delhi or rapes that take place in Police stations, let alone rural villages and other parts. 

All that said, there's no denying that wearing sexy outfits and/or revealing one's body parts is primarily done to seek attention. It's natural for human beings to try and attract people of opposite sexes. People wear makeup, wear nice clothes, try to appear attractive and sexy to attract people of other sexes. But, nobody tries to look sexy and attractive in hopes of gaining undesirable attention of perverts and rapists. 



 
Posted on 01-29-13 11:43 AM     [Snapshot: 1854]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Riddle, I agree with you, and my point being it might not be a good idea to wear revealing clothes in dimly lit areas or bad part of town.

Everything in life is not black and white, there are lot of grey areas. When you take some medicine, there are possible side effects. Maybe one in a 100 will have bad reaction to a medicine, so if you don't want to risk that, you might want to take a different medicine.

That's all I am saying.

 
Posted on 01-29-13 11:49 AM     [Snapshot: 1860]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rethink, saying that it's not a good idea for a woman to walk around wearing sexy outfits in 'dimly lit areas' or 'bad part of town' isn't really saying much, is it? It's kinda like somebody saying how smoking heroine or snorting coke is a bad idea. It's rare for any woman to do that, even in the U.S. or any developed nation. 
 
Posted on 01-29-13 12:00 PM     [Snapshot: 1885]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Riddle, I know I'm not saying much, but i'm just saying it. Just like you said "It's kinda like somebody saying how smoking heroine or snorting coke is a bad idea."

Yes it's something like that but there's nothing wrong with saying it. People still keep smoking heroine and snorting coke, even though it's bad for them. One day it might prove to be just bad timing.

Same thing with what I am saying - that one day it might just be bad timing so exercise caution.

Now chill, and stop smoking heroine, snorting coke, and wearing revealing clothes in wrong places
 
Posted on 01-30-13 4:41 AM     [Snapshot: 1965]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Seriously I think this metta is a homosexual who doesn't get aroused by sexy women wearing revealing clothes.
 
Posted on 01-30-13 5:28 PM     [Snapshot: 2007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How many times do you think the rapes are instigated by the women wearing revealing clothes in Nepal? From the news I posted, most of these rape incidents are occurring in much rural places where it's very unlikely to have the modern women you're imagining. 

Yes, I don't understand english, can't make a logical argument, have prejudiced views, and second opinion of smart people like Thakre.






 
Posted on 01-30-13 6:22 PM     [Snapshot: 2036]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is getting really pathetic. Let's break it up for analysis. We both agree that rape is one of the worst crimes. Rapists need to get severe punishment.

My point: If there is any chance that wearing revealing clothes may encourage people to rape, under certain circumstances then, maybe it would be wise for women to exercise caution depending upon where they are going be at.

I am not saying, don't wear revealing clothes. I am saying if you are going to be in a dark place or bad part of town, walking alone, then perhaps it might not be a good idea to wear such attire.

Are you saying that it's fine for women to walk alone in dark places or bad pat of town wearing skimpy clothes? You don't think it's risky in any way???

If you think it's fine for your sisters, mother, daughters to walk alone in revealing clothes in those places, then I give up! You win, let's not argue any more!

 
Posted on 01-30-13 6:29 PM     [Snapshot: 2041]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think mothers, wives, girlfriends and sisters are best not brought up in discussions of this nature. You don't need to talk about thers' relatives to get your points across. Lets all act like adults, shall we? 
 
Posted on 01-30-13 6:38 PM     [Snapshot: 2064]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Riddle I would not bring it up but this guys is acting too holier than thou art. I wanna know if he is fine with his own close relatives doing it or not. I think it is a valid question at this point in the discussion.

 
Posted on 01-30-13 6:49 PM     [Snapshot: 2050]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 My point: If there is any chance that wearing revealing clothes may encourage people to rape, under certain circumstances then, maybe it would be wise for women to exercise caution depending upon where they are going be at.
- There is already enough talk and advice blaming what women should and shouldn't do to prevent it. Indian baba even went far enough to blame gang bus rape victim. Why can't we simply blame the men? People (articles on onlinekhabar) are blaming short clothes, porn movies, vulgarity in nepali movies, western culture for the rape. They even emphasize on these points by making these arguments as headlines. But the reality is very different. I doubt if any of the cases are prompted by the women wearing revealing clothes. I don't hear much about the rapes in cities where women wear such clothes. It is taking place mostly in rural places in the case of Nepal. If you want to go further and say that men couldn't control after seeing the modern women in cities, I don't have much argument to make here.

Are you saying that it's fine for women to walk alone in dark places or bad pat of town wearing skimpy clothes? You don't think it's risky in any way???
- Please tell me how often you hear in the news about rapes taking place in such dark places or because women were walking alone with these clothes in the case of NEPAL? Can you see what's going on there? I'm talking about NEPAL. I think women know much better and they don't take such risks. Of course, it's risky; I'm not denying that. But what I disagree with is people going on giving advice to women saying what they should or shouldn't do by giving bigger emphasis on women's behaviors while completely ignoring men's behaviors. 

Don't try to bring unrelated your LOGICAL examples by dragging family members. I won't be responding to these. I thought you were logical and smart.

Listen, I don't care about winning or losing the argument. It's not about winning the argument. It's about seeing reality. I am not disagreeing with something logical you're saying. It's sad that you're seeing this as win or lose.


 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters