Posted by: rethink January 24, 2013
नारी प्रति गिद्धे दृष्टि त्याग गर !
Login in to Rate this Post:     0       ?        
Here's another way to be practical I suppose...

मुम्बई– बलात्कारबाट बच्न के के गर्ने भन्ने बहस भारतमा गत एक महिनादेखि व्यापक रुपमा चलिरहेको छ ।  यसक्रममा बुधबार थालिएको भनिएको एउटा पहल भने अत्यन्तै अनौठो छ र सो पहलका बारेमा भारतका आजका अखबारमा व्यापक मात्रामा रिपोर्टिङ भएको छ ।

बलात्कारबाट बच्ने उपायहरुको खोजीका बहसहरु जारी नै रहेका बेला बुधबार अबेरतिर गरिएको नयाँ निर्णय हो– महिलाले नै हतियार बोकेर हिंड्ने । भारतको एक हिन्दू अतिवादी पार्टीका रुपमा परिचित शिवसेना पार्टीको नयाँ निर्णय हो यो । सो पार्टीले उक्त निर्णय सार्वजनिक मात्र गरेन उसले महिलालाई सँगै लिएर हिंड्नका लागि भन्दै छुरी नै वितरण ग-यो । 

बुधबार साँझ मुम्बईमा आयोजित एक समारोहमा सो पार्टीले त्यहाँ जम्मा भएका हजारौं महिलालाई छुरी नै वितरण गरेको थियो ।  भारतमा अशान्ति मच्चाउने पार्टीका रुपमा चर्चामा ल्याउने गरिएको सो दलले औपचारिक रुपमा नै हिजो बुधबार एक कार्यक्रमको आयोजना गरी ती छुरी वितरण गरेको हो ।

शिव सेना पार्टीका संस्थापक बाल ठाकरेको जन्मदिनको अवसर पारेर हिजो सो समारोहको आयोजना गरिएको जानकारी एकजना पार्टी सदस्यले दिए ।  महिलालाई तीन इन्च लामो छुरी वितरण गरिएको थियो । सो छुरी वितरण समारोहपछि सो पार्टीका एकजना नेता अजय चौधरीले भने, ‘जुन रुपमा तपाईंहरु तरकारी काट्नुहुन्छ त्यही रुपमा बलात्कार गर्न खोज्नेको हात पनि काटिदिनु ।’ साथै उनले सबै महिलालाई आफू हाट बजार एवं अन्यत्र जहाँ जाँदा पनि आफ्नो झोलामा छुरी बोक्न नबिर्सन पनि सुझाव दिएका थिए । 

महाराष्ट्र राज्यमा आफुहरुले २१ हजार महिलालाई छुरी वितरण गर्ने कार्यक्रम राखेको जानकारी पनि उनले सोही समारोहमा दिएका थिए ।  गत डिसेम्बर महिनामा भारतीय राजधानी नयाँ दिल्लीमा एक २३ वर्षीया युवती सामुहिक बलात्कारमा परी पछि उनको निधन भएपछि भारतमा बलात्कार घटना रोक्नका लागि विविध पहलहरु भएका छन् । रासस\एएफपी        

Read Full Discussion Thread for this article