Posted by: metta January 27, 2013
नारी प्रति गिद्धे दृष्टि त्याग गर !
Login in to Rate this Post:     0       ?        
 http://weeklynepal.com/index.php/2011-08-01-14-05-44/22264-2013-01-25-06-17-46
 

बलात्कारका दोषी बर्गर र पिज्जा?

– अमृता लम्साल 
गत जनवरी १६ तारिखको दिन बिश्वका थुप्रै समाचारपत्रहरूमा एउटा तस्वीर प्रमुखताका साथ छापियो। उक्त तस्वीर इरानको एउटा बलात्कारको आरोप लागेको ब्यक्तिलाई सार्वजनिक स्थानमा एउटा टेबुलमाथि सुताएर कोर्रा हान्न लागेको बारेमा थियो। एसोसिएट प्रेस (ब्ए) का हुस्सेन इस्माइलीले खिचेका सो तस्वीर हेरेपछि एउटा सामान्य ब्यक्तिको मन भरंग त हुन्छ नै तर महिलामाथि गरिएको हिंसा देख्दा र सुन्दा सुन्दा आजीत भएको मन र मस्तिष्कले अपराधीलाई कतै त्यस्तै सजाय ठीक त होइन? भनेर नसोचि पनि रहन सक्तैन। उक्त तस्वीरमा लेखिएको क्याप्सन अनुसार अपराधीलाई जेल पठाउनु या मृत्यु दण्ड दिनु अगाडि त्यसरी कोर्रा हानिन्छ रे। 
बलात्कार या महिला माथि हुने हिंसाका बारेमा लेख्दा लेख्दा कहिलेकहीँ त मानसिक रुपले थकान नै महसुस हुन्छ, तर अपराधी मनोबृत्ति थाकेको वा डराएको कतै देखिन्न/सुनिन्न। यसै प्रसंगमा संचारमाध्यम र सामाजिक संजाल मार्फत अर्को एउटा तस्वीर पनि प्रचारमा आयो।  'अक्कुपाइड पोर्टल्याण्ड' मार्फत प्रचारमा आएको उक्त तस्वीरमा एउटा युवतीले आफू कलेजको प्रथम बर्षमा 'फेमिनिष्ट'(महिलावादी) बन्नुपरेको कारण दर्शाउँदै लेखेकी छिन,'मेरो बिश्वविद्यालयले 'बलात्कार नगर' भनेर सिकाउनुको साटो 'कसरी बलात्कारबाट जोगिने' भनेर सिकाउँछ।' 
हुन पनि बिश्वका जुनसुकै कुनामा पुगौं, जतासुकैको समाचार सुनौं या पढौं त्यहाँ एउटै कुरो सुनिन्छ/देखिन्छ, ''बलात्कृत हुनुमा केटीहरू/महिलाहरूकै धेरै दोष हुन्छ। किनकि, उनीहरू छोटो लुगा लगाउँछन। उनीहरू मर्यादा पालन गर्दैनन, उनीहरू रात परेपछि घरबाट बाहिर निस्कनछन् आदि आदि। बलात्कृत हुनुमा पुरुषहरू दोषी नभएको भन्ने तर्क मध्येे माथि उल्लेखित तर्कहरूभन्दा पनि हास्यास्पद तर्क गत अक्टोबर महिनामा भारतको हरियाणाको जिन्द जिल्लाको खाप पंचायतका एक नेता जीतेन्दर छत्तरले दिएको अभिब्यक्ति थियो। उनको भनाई अनुसार, पुरुषहरूले चाउमिन, बर्गर, पिज्जा आदि खाएको कारणले गर्दा नै बलात्कार गर्न उद्दत हुन्छन्, अर्थात, ती खानेकुराहरूले पुरुषहरूलाई बलात्कार गर्न उकसाउँछ। 
उपरोक्त बयान त महिला किन बलात्कृत हुन्छन् भनेर समाज र समाजका प्रतिष्ठितहरूले दिँदै आएका बयानका कुरा भए, ती भनाईहरूलाई थाँती राखेर अर्को प212 हेरौँ, महिलाहरूले हिंसा र अपराध बिरुद्ध उठाएका आवाजहरू पनि गंभीरतापूर्वक लिइंदैन। उनीहरूका आवाजलाई अरुको लहैलहैमा लागेको आरोप लगाइन्छ। यसको ताजा उदाहरण हाल प्रधानमन्त्री कार्यालय अगाडि भैरहेको धर्ना तथा हिंसाका बिरुद्धमा उठिरहेका जुलुश तथा नारालाई नै लिन सकिन्छ। नेपाली महिला तथा महिलाहरूलाई इज्जत दिने पुरुषहरूले समेत महिला हिंसामाथि आवाज ऊठाउंदै आएको दशकौँ भैसक्यो। त्यस बाहेक पनि युएन अन्तर्गत हुने बिभिन्न नारा/दिवस/बर्ष आदिलाई आधार मानेर आवाज उराल्न थालेको पनि बर्षौँ भैसक्यो। तर आज भोलि भैरहेको महिला हिंसा बिरुद्धको आन्दोलनलाई भारतको 'ग्याङग रेप'ले ल्याएको आन्दोलनको रुपमा चित्रण गर्न खोजिंदैछ। 
हुँदाहुँदा, राष्ट्रिय मानव अधिकार आयोगका अध्य212 केदारनाथ उपाध्यायले पनि  केही हप्ता अगाडि टक्–शो होष्ट दिल भुषण पाठकको 'टफ–टक' कार्यक्रममा त्यस्तै खालको अभिब्यक्ति दिनुभएको थियो। उहाँलाई महिलाको बिषय भएर त्यति जानकारी नभएको हो कि? (किनकि, अझै पनि नेपाली समाज, त्यहाँको सरकारी कार्यालय वा सरकारले गठन गरेको 'महिला' बिषय नतोकिएका कार्यालयहरूमा 'राजनीति' बाहेकका बिषयहरू महत्वपूर्ण मान्न गाह्रै पर्छ) भनेर सोच्न पनि सकिएला तर अरुले पनि यस्तो धारणा कसरी बनाउन खोजेको हो कहिले पनि समझमा आउन सकेन। 
अनि एकथरि तर्क गर्छन, महिलाहरू 'मर्यादामा नबसेकाले' यस्ता/त्यस्ता घटनाहरू घट्दछन। त्यस सन्दर्भमा प्रश्न राख्न मन लाग्छ, के 'मर्यादा'पालन गर्ने ठेक्का पनि महिलाहरूले मात्रै लिनु पर्छ? 
अझ यो प्रश्नले त दिमागमा घनले ठोके जस्तरी ठोकिन्छ, जव बाक्य पनि नफुटिसकेका कलिला बालिकाहरू आफ्नै सबैभन्दा सुर212ित बासस्थानबाट 'बाबू', 'काका', 'मामा', 'दाजु'आदि आदि 'नाताबाट' लुटिन्छन/ कोपरिन्छन/ चिथोरिन्छन/ नंग्याइन्छन्। त्यस्तो स्थितिमा 'मर्यादामा नबसेका'भनेर आरोप लगाएर आफूहरू पन्छिन खोज्नेहरूले के देख्छन्/सुन्छन् र महसुुुस गर्छन होला? 
हुन त, मन्दिरमा पुजिने ढुङ्गाको मूर्ति जस्तै जसले जसरी पुजे पनि, बलिको रगतले रँगाए पनि चुपचाप जवाफ नफर्काइकन बस्यो भने त हामी सबै सुखिनै हुन्थ्यौँ भन्ने मान्यता समाजका शासकहरूको मन–मस्तिष्कबाट अझै पनि पखालिन सकेको छैन, यस्ता मान्यता र भ्रम पालेर बस्नेहरूमा कतिपय पढेलेखेका महिलाहरूनै पनि पछाडि छैनन। अझै विडम्बनाको कुरो त महिला बिरुद्ध हुने धर्नामा दिनभरि खर्चेर आएकाहरूनै घरको चार दिवारीमा पसेपछि बढी सहनशील भएको ढोंग रच्न थाल्दछन् र जीवनभर दुर्ब्यबहार खपेर बस्ता बस्ता आजीत भएर एक्लै बस्न चाहेकी महिलासंग आफ्ना दिदी/बहिनी, छोरी चेलीलाई संगत नगर्नु भन्ने उपदेश दिन चुक्तैनन्। के गर्नु र, दिमागमा चेतनाको सुई दिन सकिने भएको भए यस्ता कुराहरूबाट समाजले उहिल्यै मुक्ति पाइसक्ने थियो होला, त्यही नसकिने कारणले हरेक दिन बज्रले बनेको भित्तोमा टाउको ठोक्काएर रगताम्मे बन्नु परेको स्थितिमा संघर्षको चिराग लिएर हिंड्नु परिरहेको छ, चाहे त्यो बलात्कारको बिरुद्धमा होस या अन्य दुर्ब्यबहारको बदलामा।  
त्यसैले जब हाम्रो शरीरमा गाडिएका नङ्ग्रा र डोबहरू दुःखेर चहराउन थाल्छ, जब हाम्रा कानहरू तीखो बचनले पाक्न थाल्छन् तब हामी मन्दिरका मूर्तिहरू जस्तो हुन सक्दैनौँ। त्यसपछि हामी चिच्याउन थाल्छौं, चिच्याउँदै छौं। अनि अरु को त के कुरो! आफ्नै जन्मदाता, अन्नदाता, कर्मदाता सबै हामी माथि खनिन थाल्छन।  
शायद, जेरजस्तोसुकै भोगे पनि जति सुकै यातना भोगेपनि चुप लागेर बसे मात्रै ठीक हुन्छ, उनीह181को शब्दकोशमा 'मर्यादा'को परिभाषा यस्तै हुन्छ! त्यसैले उपरोक्त इरानी न्यायको प्रमाण उक्त तस्वीर छापिएको दिन, पल, घन्टा धेरै बलात्कृतहरूको मनमा यो पंक्तिकारको मनमा जस्तै उथलपुथल उठेको हुनसक्छ, हरेक समाजमा बलात्कारीले त्यस्तै सजाय किन नपाउने? 
लेखलाई बीट मार्दा मार्दै यो पनि उल्लेख गरिहालौँ, संसारको जुनसुकै देशमा होस् महिला आफैँ सँघर्ष गर्न सक्ने साहस बोकेर अगाडि नबढ्ने हो भने समाजले, खोक्रो मर्यादाले, मूल्यले, मान्यताले शारीरिक मात्रै होईन मानसिक बलात्कार पनि गरिरहेकै हुन्छ। त्यसैले हामी आफैँ जुर्मुराएर मानसिक र शारीरिक रुपमा अपराध गर्नेहरूका बिरुद्ध अगाडि बढ्ने हिम्मत राखौँ र समाजमा त्यो तस्वीरको स्थिति नवाओस् भन्नाको खातिर कोसिस गरौँ।  आजलाई यत्ति नै! 
Read Full Discussion Thread for this article