world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 150228 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-28-07 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, टुप्लुक्क आई पुगें!

पहेले अडिशन के लिए हम्ने हमारा सब से फेबरेट गाईने गाना चुन लिया हे। उम्मिद कर्ता हुँ कि चोतारी लोग हम्को हि वोट देगा। अगर ापको मेरा गाना पसंद आया तो मेरे लिए वोट भेज्देगा। मेरा कोड हे...अरे बाप रे! ईन्डियन आईडल से भि बेहत्तर सिस्टम हे छोतारी आईडलका! कोड वोड को भि जरुरत नहिं!

सिर्फ मेरे नाम (Poonte) सेलेक्ट कर्के "vote" मे क्लिक कर्देंगे! हजारों बार! अगर में अगला राउन्डों में पहुँचा तो में वादा कर्ता हुँ आप हरेक का पसंदका गाना चुन्ते रहेंगे! शुक्रिया!
 
Posted on 08-28-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म first! wow

धेरै धेरै धन्यबाद् चित्रे दाई। नया चौतारीमा त मेरो नि गीत्, ओहो।
फेरि धन्याबाद्।

अनि अगि देखी पुरानो चौतारीमा पस्न नपार क्य बोर् भै राथो।

लु सबैलाई तारेमाम्, नया चौतारीमा।
 
Posted on 08-28-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि गाम्लेहरू! उक्त चौतारीमा गडबडी भा'कोले यो बनाएँ।

पून्टेदाइ, यसमा तपाइको अडिशन नै राखिदिएँ माथि!

ल अब यो आधिकारीक चौतारी भयो!
 
Posted on 08-28-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के अर्या हो, कति ठाममा चौतारी देखेम के रे, जाँडपानी धेरै खा' त होइन के रे, किन यस्तो आँखा तिरमिर अर्छ हौ आज ?
 
Posted on 08-28-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्यन्त प्रतिस्पर्धात्मक आजको भोटिङमा भाग लिइ आफ्नो अमुल्य भोटमार्फत महिला आवाजको लागि अनुरोध गर्नुहुने सबैलाइ धन्यबाद छ के रे । लौ आजको अनुरोध आमन्त्रण भोटिङको नतीजा यसप्रकार छ

नेप्चि दि - १८% (५५९ भोट)
मास्टर्नी नानी १८% (५५८ भोट)
मुन्नी १६% (५१० भोट)
सान्नानी १५% (४७४ भोट)
ठुली १६% (४४७ भोट)
तितौरी १६% (५१३ भोट)

यो नतीजा अनुसार नेप्ची दि, मास्टर्नी नानी र तितौरीले जसरी पनि गीत गाउनै परो अव । ठुली, मुन्नी र सान्नानीले पनि धेरै भोट ल्याएको हुनाले आ-आफ्ना भोटरको मन राखिदिन गीत गाउनै परो ।

 
Posted on 08-28-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फुटा जति जम्मे सानबहादुरको गोजिमै अट्किने र'छ कि के हो ? भोट को स्नाप हाल्न खोज्या,

 
Posted on 08-28-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु, एउटा लामो गन्थन् लेखेको थिएँ, पहिला जस्तै काट् छाट् गर्न चाहि सकेको जानेको छैन। उता टास्नु अघि यहि टासेको छु है।

माफ् पाम्, भुल्चुक् लिने दिने भन्थे।


दशैँ र गाऊँका स्म्रितीहरु...

तल्लो टाहारमा अनौ समाउदा,
मेरो दाई सम्झनुहुँदो हो,
मैले हालेका बिऊहरु!

अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा,
मेरी बहिनी सम्झँदि हुन्,
मैले पोलेका सुठुनीहरु!

घरपछाडिको तामा फब्ल्याटाऊदा,
मेरो बुबा सम्झ्नु हुँदो हो,
मैले काडेका चोयाहरु!

सकिनसकी ढिँडो मस्काऊदा,
मेरी आमा सम्झँदि हुन्,
मैले कोरेका कुँडेहरु!

असरल्ल स्म्रितिका घ्याम्पाहरु,
म कुन चाहिं पहिला फोडौं,
कुन् चहिं पछि?

मेरो रातमाटे उस्तै रातो होला,
म पहेँल्ली सकेँ;
मेरो चिसापानी उस्तै चिसो होला,
म सुख्खा भइसकेँ।

मेरो केराघारी,
घरीका घरी उपहारहरु बोकेर
मेरो प्रतिक्ष्या गर्दो हो;
मेरो आरुवारी,
लटरम्म कोसेलीहरु बोकेर
मेरो बाटो हेर्दो हो।

भाग्यको पखावारीमा
कर्मको तुईन तान्दा तान्दा,
म त बेफुर्स्दी बनेछु।

न ढिंडो, न गुन्द्रुक्,
न ढोड, न हुर्हुरे;
न मकैको बिऊ,
न हाँडीको घान्;
न चित्राको चोया,
न छारीको फरिको।

म त अल्मलिएछु,
कन्क्रिट्का जंगलहरुमा;
तथाकथित् पुस्तकहरुसंग,
संग्धिग्न सपनाहरुसंग।

छ्यास्छ्यास्ती काँडाहरु बिझेका छन्,
सुँगुरेका;
तनभरि - मनभरि,
गाऊँ छोड्दाका।

मेरो सानो घर, मेरो सानो सन्सार,
मेरी प्यारी आमा, दाजु, बहिनि, वावा।

त्यो चुलो - त्यो पँधेरी,
त्यो गोरेटो - त्यो अँधेरी;
त्यो ओदान् - त्यो चुलेसी,
त्यो आँगन् - त्यो वलेसी;
त्यो दलान् - त्यो सँघार्,
त्यो मतान् - त्यो जँघार्।

त्यो गोठ, मेरो सिन्धुरे गोरु,
त्यो खोर, मेरो घोर्ले खसी;
पारी डुँडको खेत,मैले लगाएका आलीहरु;
चिलाउनेको हलो,मैले ठोकेका फालीहरु।

अवत असह्य भयो;
म अरु सक्दिन
मेरा अस्थित्वहरुलाई उसिनिरहन।

असुरोको पातमा केराको घरी पकाउँदै गरे आमा,
हाटमा आएको रोज्जा चाहिँ खसी किनिराखे वावा।

मेरो लट्टाईमा धागो र माड लगाईदिराखे दाजु,
मेरो मादलमा असली खोरी हालिदिराखे दाजु।

मेरो खाट्मा दिङ्लाको राडी ओछ्याइदिराखे बहिनि,
मेरो ठेकीमा एकराते दहि जमाईदिराखे भाउजु।

सारा अप्ठ्याराहरुलाई पाईतालाले कुल्चेर,
तपाईँहरुको प्यारो सनोकान्छो,
यसपाली त फुत्त फुत्त उफ्रदै हुनेछ,
पाख्रिवासको ओरालोमा;
दशैँको टीका, जमरा र आसीश थाप्न।
 
Posted on 08-28-07 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol chitre! sajha bhari chautari banaaechha! ha ha ha!

Poonte dai and Suntale! Great songs there!

I vote for you two! :D

Gutumutu night!

:-)
 
Posted on 08-28-07 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! जताततै तिर्हत्तरेमात्रै देख्छु म त! बिहानै शर्बत खाने कुरो पनि भे'न म उडा------न छु भनुँ भने!

धन्यबाद चित्रे!

तो आइडलाँ नारी आवाज कहिले आम्छ भनेर कुरेर बस्या छम् के रे! अघि बिहान उठ्नासाथ सबैलाई ५०-५० का दरले भोट हालिया हो! तर गीत आम्छ कहिले!
 
Posted on 08-28-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फुर्सत मिलेको हो की साच्चै हो, मलाइ पुरानो चौतारीको याद आयो । आजकाल लेख रचनाको पोकोको चाबि नै हरायो कि जस्तो लाग्छ । केही पोको चुहिएर झरे होलान तर पनि प्राय अक्षरहरुको जंगल मात्र देख्छु । म पनि एउटा पुरानो गित राखे । यो मेरो गामको लोकल गित हो केटा केटी छंदा सुनेको राम्रो मेसो चाही मलाइ छैन ।

चौतारीको डिलैमा बसेर
लाली पाउडर मुखैमा धसेर
ऐने हेरेर कपाल कोरेर कोरेर
नजाउ छोडेर
 
Posted on 08-28-07 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
लौ अर्को बनिसकेच चौतारी। नमअस्ते है सबैलाई ।
अनी खेरुन मेरो त सबैभन्दा थोरै छ के रे भोट् .यो बुढेस्काल्को च्यार्च्यारे स्वर कल्लाई पो सुन्निलाहोला र भन्छु
Durgi सिस कता त ?
अब हजुरले राख्ने भनेको होइन र?
मैले पर्खिराकिम है हजुरको गीत सुन्न अैडलाआँ गीत गा'र जित्नुपर्छ है सिस हजुरले :)
सुर्नताल चै नाम मात्रै रेछ गीत चै कती राउरो
कुम्ले चै स्टुडियाँ नै पुग्या ho :)
 
Posted on 08-28-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, नयाँ चौतारी नि बनी सके छ। नयाँ नयाँ गायक अनि नायकहरुको लावा लस्कर ले चौतारी शोभायमान भए छ।

चित्रे लाई धन्यबाद, मनले चिताएको, सपनीमा भेटाएको सबै मिलोस्।

गाम्लेहरु भोली गाइ जात्रा पर्ब। देशमा बाह्रै महिना गाइजात्रा भए पनि हाम्रो चौतारीमा पनि गाई जात्रा मनाउने कि? यसो कुरा गरेको नि। आगे गाम्लेहरुको मर्जी। बुढोको आउट डेटेड कुरा नि हुन सक्छ।
 
Posted on 08-28-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर नयाँ चौतारी नि बनाइसके छ चित्रे ले। ल चित्रे लाई आशिक नदीइ त रहनै सक्दिन:

ए माटो छुदा, सुनै होस्
पानी छुदा, तेल नै होस्
रुपैयाँ छुदा, डलर नै होस्
केटी छुदा, गर्लफ्रेन्ड नै होस्
तेत्ती भये पछी त पुग्छ होला
लु मुइले नि एउटा गाना टराइ गरेको छु, हिजो दुर्गे दिदी ले भने पछी, जोस्सिएर अज हाल्दै छु ल गाउले हरू:
Last edited: 28-Aug-07 10:29 PM

 
Posted on 08-28-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशिष र धन्यवाद दिने सबैलाइ धन्यवाद!

रिठ्ठेले यौटा कुरा छुटाएछ!

ए माटो छुदा, सुनै होस्
पानी छुदा, तेल नै होस्
रुपैयाँ छुदा, डलर नै होस्
केटी छुदा, गर्लफ्रेन्ड नै होस्
हे हे! मलाइ चाहिएको नि त्यही नै हो अहिले!
 
Posted on 08-28-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे नि के के भन्छ, हमि कहाँ एक्स्क्लुड करेछ, हमि त इन्क्लुड करेछ, राम्रो सँग देख त
 
Posted on 08-28-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाजा नि बजाउन पाइन्छ ? काम चलाउ टुक्रा मैले नि हाले लौ जा ।

 
Posted on 08-28-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारी स्वरको पहिलो उपहार

चौतारीमा धमाकेदार एन्ट्री


 
Posted on 08-28-07 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-28-07 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त आए चौतारी आइडलमा भाग लिन, रुघाखोकिले ग्रस्त पारीरा'को बेलामा गीत राख्छु भनेर भनीहाले, जे होला होला, भोट चै मलाइ दिनु पर्छ है, भन्दिया छु पहिले नै ।




 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters