surendras
Replies to this thread:

More by surendras
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Photo Kabita

[Please view other pages to see the rest of the postings. Total posts: 107]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 57743 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 04-02-05 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण मित्रहरु,
म यहाँ एउटा नँया शीर्षक शुरु गर्दैछु, जँहा हामीले एउटा फोटो र त्यस सँग सम्बन्धित कबिता कोर्नेछौ।अझ भनौ न आफ्नो गाँउ- सहरको फोटोलाई सुन्दर भावनाका बान्किले कुद्ने छौ। मेरो पालन पोषण र शिक्षादि नवलपरासीमा भए पनि, मेरो जन्म पाल्पाको तानसेनमा भएको हो। यस अर्थमा पाल्पा सँग मेरो भावनात्मक सम्बन्ध छ। मेरो यो प्रयास हाम्रो सम्बन्धको सेतुलाई उजागर गर्ने एउटा जमर्को हो। सँधै जस्तो यहाँहरुको सहभागिताको अपेक्षा मैले राखेको छु।

सधन्यबाद!
सुरेन
------------------------------------------------------------------------------------
पाल्पा मेरो आँखामा

सुर्योदयको हँसिलो मुस्कान सँगै
श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ
रातको अन्धकार रूपी अट्टहास निल्दै
धुपि-सल्लाको पातहरु फहराउदै
रम्भापानीको सेपिलो गुँरास बन, रम्भादेबी हाम्री कूल देबी
पर्भासको नीलकमल फेरि जुर्मुराउछ नौलो बिहानी सँगै
मदन पोखराका कफि खेतहरु झुमेर नाच्छन्
तिम्रो मुटु भएर बग्ने माडी खोला
महाभारत पहाडका नागबेलीसँग डुडुल्किएर
खेतका गह्रा-गह्रा भिजाउदै
बेसीका खेतालासँग झ्याउरे नाच्छन्

सत्यवतीमा भाकल गर्ने तिर्थालुहरु
बहिरी सत्वती मातासँग चिच्याई-चिच्याई आशिष माग्दा
कराङ-कुरुङ दक्षिणोन्मुख यात्रामा बिचरण गर्दछन्
मित्यालको टोपि खस्ने उकालोमा
नून-तेलको भारि बोकेका ढाक्रेहरु
कौरा, घाँटु घन्किरहेका मगर गाँउ हुँदै
?ओके बाजे? सँग हातमेलो गर्दै
कुटो,कोदालो लिएर बाटो खन्छन्
बिकाश र सम्भावनाका गोरेटो पहिल्याउदै
जातिय बिभिदतता र पाल्पाली सभ्यतालाई
टँडिखेलमा कवाज खेलिरहेका पाईलाहरु लेफ्ट-राइटमा पोख्छन्
मलाई थाहा छ म तिमिलाई अँगाल्न सक्दिन
म काली किनारको रानि महल सरि एक्लिएको छु
तर म तिमिलाई अनुभूत गरिरहेछु, तिम्रो न्यानोपन, ढाकाको न्यानोपन
तिम्रा गुँरास फूल टिप्न सक्दिन, तिम्रो आँसु पुछ्न नै
न त खन्ती,गैंती बोकेर हेक्लाङको बाटो खन्न सक्छु
तथापि हजारौं कोश टाढा यस बिरानो भूमिमा
मेरो ह्दय निकट छौ, मेरो आँखामा
प्रीय! पाल्पा मेरो आँखामा

 
Posted on 04-07-05 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले रित्तो चिठी read as
तिम्रो रित्तो चिठी
 
Posted on 04-07-05 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah! Nepe Jee!
Great!

Maile bhaye junk mail bhanera DELETE garni thiye hola... ... ...

Bujhnelai Shrikhanda nabujhnelai khurpa bind bhanya yahi ho.
 
Posted on 04-08-05 1:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कविता हेरेसी साह्रै मुटु बिझेको हुनाले टाँसेको मात्र है।

 
Posted on 04-08-05 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Aanshu le kunai sagar nabando raichha
Pida le kunai pyramid nabando raichha'

Akatya satya ehi ho. Ani kina eha kebal Laxmi Prasad haru ko matrai veed lagne garchha. Sabi Muna ra Madan ka aankha bata bidaarak bichhod ka aanshu matra bagaune koshish garchhan. Haamile pani Mesopotamia ka daas harule jastai pyramid banaune prayash kina nagareko? Pyramid ekdin ma baneko haina sathi. Hajarau daas harule barshau lagaera banaeka hun pyramid haru. Euta dhunga bokera pyramid banauna suru garieko thiyo. Suruwat euta ikaai(unit) bata hunchha. Kina sabai sadhai Laxmi Prasad matra banna khojne???

He he he Re Kya. Kaag karai rahanchha Pina Sukdai Garchha. Nepaliharuko durbhagya.
 
Posted on 04-08-05 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादागिरीजी धन्यवाद । "सत्य घटनामा आधारित" कथाकै मेसो ल्याको नि । अनि कवि भईएको भ्रममा पर्नु पर्दो रहेछ, के के देखिने के के ।

अनि अनुवाद गर्दा दादागिरीबाटै सिकेको शब्द 'कदरखुट्टी' राख्न खोजेको 'उदरखुट्टी' भएछ । सच्याएर पढम् ।

यो अनुवादको नशा हुँदी मलाई हर्केदाईले ल्याको गालिबको गजलको नेपालीमा अनुवाद गर्ने सुर चढो ।

लौ मैले मेरो कविताको गरेको जस्तै कच्ची अनुवाद हेरुम . . . . .

1. har ek baat pe kehte ho tum ke 'too kya hai' ?
tumheeN kaho ke yeh andaaz-e-guftgoo kya hai ?
यसो केहि कुरा गरयो कि, 'को होस् तँ ' भन्नु पर्ने
हैन के तालको कुरा-गराई हो यो ?


3. yeh rashk hai ki wo hota hai ham_suKHan tumse
wagarna KHauf-e-bad_aamozi-e-adoo kya hai ?
त्यो दुष्टलाई तह लगाउने, त्यो शत्रुलाई पाठ सिकाउने मात्र मनसाय थिएन, प्रिय
त्यो तिम्रो मुखमा चोंचों मिलाउन आउने साथी बन्ला कि भन्ने ईर्श्या थियो खासमा


2. na shole meiN yeh karishma na barq meiN yeh ada
koee batao ki woh shoKH-e-tund_KHoo kya hai ?
न आगोको लप्कामा छ त्यो चमत्कार, न चट्याङले गर्न सक्छ नक्कल
मायालुको ठुस्क्याईलाई लौ न म के भनेर भनुँ ?


4. chipak raha hai badan par lahoo se pairaahan
hamaaree jeb ko ab haajat-e-rafoo kya hai ?
रगत-पसिनाले कमिज चपक्कै टाँसिएको छ जिउमा
अब प्वाल परेको खल्तीलाई टाल्नु पर्ने नै भएन


5. jalaa hai jicm jahaaN dil bhee jal gaya hoga
kuredate ho jo ab raakh, justjoo kya hai ?
जहाँ ज्यान जल्यो, रहर पनि त संगै डढे हुनन्
हैन यो खरानीमा खोस्री खोस्री खोज्न खोजेको के ?


6. ragoN meiN dauDte phirne ke ham naheeN qaayal
jab aaNkh hee se na Tapka to phir lahoo kya hai
रगत त जस्को पनि दौडन्छ नशामा भुलुक भुलक
तर त्यसलाई आँसु बनाएर चुहाएका कहिलेकहि छौ के


7. woh cheez jiske liye hamko ho bahisht azeez
siwaay baada-e-gul_faam-e-mushkaboo kya hai ?
मादक मदिरा, कोमलाङ्गिनी फूल, मगमग अत्तर
हरे ! यत्ति हो त हामीले कल्पना गरेको स्वर्गिय सुख ?


8. piyooN sharaab agar KHum bhee dekh looN do chaar
yeh sheesha-o-qadah-o-kooza-o-suboo kya hai ?
घुट्क्याईहालियो मदिरा, अब यो जिज्ञासा उठ्या' छ ममा
त्यो प्याला, अझ त्यो सुराही, अझ घ्याम्पोमा के के होला


9. rahee na taaqat-e-guftaar, aur agar ho bhee
to kis ummeed pe kahiye ke aarzoo kya hai ?
सबभन्दा पहिले त बोल्ने तागत नै छैन, अब भए नै पनि के र
आस लाग्ने कुरो पनि त हुनुपरयो नि, लौ मैले चाहेको यहि हो भनेर मुख खोल्न


10. huaa hai shaah ka musaahib, phire hai itaraata
wagarna shehar meiN 'GHalib' kee aabroo kya hai ?
दरबारको मान्छे हुँ भनेर धाक लागाउदै हिड्छ "गालिब"
मान्छेसंग धाक लगाउने कुरो पनि त्यति नै हो त्योसंग



 
Posted on 04-08-05 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to all those who posted Bhupi Sherchan's poems. Now I have a great collection.
 
Posted on 04-08-05 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe sir ko ultha pani ramailo lagyo.

"यसो केहि कुरा गरयो कि, 'को होस् तँ ' भन्नु पर्ने
हैन के तालको कुरा-गराई हो यो ? "
yo chai hamro tolko maildai le dui twak layesi garne kuro jasto mitho lagyo.

"सबभन्दा पहिले त बोल्ने तागत नै छैन, अब भए नै पनि के र
आस लाग्ने कुरो पनि त हुनुपरयो नि, लौ मैले चाहेको यहि हो भनेर मुख खोल्न "

yo chai rajnitik dal harule "AMAR BANI" bhanera party karyalaya ma tasnu paryo


"घुट्क्याईहालियो मदिरा, अब यो जिज्ञासा उठ्या' छ ममा
त्यो प्याला, अझ त्यो सुराही, अझ घ्याम्पोमा के के होला "

yo ta bharstachari ra durachariharu lai lakshit garera lekhya jasto chha....nepal ma ta ahile yo censor pass hunna hola..


"जहाँ ज्यान जल्यो, रहर पनि त संगै डढे हुनन्
हैन यो खरानीमा खोस्री खोस्री खोज्न खोजेको के ? "

yo chai byapak lagyo..la.

tyastai ustai parya belama ram mandir ma paschim bhasmeswor tira farkidai chilim tanera ghantau khai ke ke takna sakine slok jasto lagyo malai ta...



"त्यो दुष्टलाई तह लगाउने, त्यो शत्रुलाई पाठ सिकाउने मात्र मनसाय थिएन, प्रिय
त्यो तिम्रो मुखमा चोंचों मिलाउन आउने साथी बन्ला कि भन्ने ईर्श्या थियो खासमा "
yo ta bange le mero barema maile bange ko barema kunai din paleko sochai bho



"मादक मदिरा, कोमलाङ्गिनी फूल, मगमग अत्तर
हरे ! यत्ति हो त हामीले कल्पना गरेको स्वर्गिय सुख ? "

baki baadmei ni ta...kaso Nepe sir?


 
Posted on 04-08-05 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ke bhanu
...............
thulo machhe bhanne aasma
pahiyo lekhiyo dherai dherai
aasha thiyo thulo jagir paune
ho, paye maile jagir 'aabsya'
Bhikari lai pani thank you sir you, have a nice day bhanne......






 
Posted on 04-08-05 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचलित यो मनले
बम बारूदका प्रहारहरु पानि
सहजै स्विकार्न सक्छन्
मन आफै........
ढुंगाको "चट्टान" बनेको बेला
आतंकित यो मनले
आगोको लप्काहरु पनि
सहजै स्विकार्न सक्छन्
मन आफै.......
ज्वालामुखीको "लावा"
बनेको बेला
-सुरेन
-----------------------------------------------------------
www.paradesh.com

 
Posted on 04-10-05 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यू,

गालिबका शेरहरु सार्वभौमिक, सार्वकालिक, सार्वजनिक हुन्छन् भन्छन् जानिफकारहरु; तपाईले निवर्तमान सन्दर्भहरुद्वारा त्यसको पुष्टि गरिदिनुभयो ।

मेरा उल्थाले गालिबका शेरहरुलाई पूर्ण न्याय त पक्कै गरेका छैनन्, कतिपयमा त उल्थाको सट्टा उल्टा पनि भएको छ । जस्तै, त्यो १० नं को शेर । शक्ति-पुजाप्रति त्यति नग्न, आत्मरक्षणविहिन, अनिषेधित, ईमान्दार र गम्भिर स्पष्टोक्तिलाई मैले वाहियात अनुवाद पो गरिदिएछु ।

अलिकति सुधारिएको अनुवाद यस्तो होला कि,

10. huaa hai shaah ka musaahib, phire hai itaraata
wagarna shehar meiN 'GHalib' kee aabroo kya hai ?
दरबारको मान्छे बनेछ "गालिब", फेरि धाक पनि लागाउदै हिड्छ रे त्यो
त्यसो नगरोस पनि किन, यो शहरमा त्यसलाई कसले पुछ्छ नत्र ?


अब यो शेरलाई मिल्ने नवभारदारहरु त दर्जन का दर्जन निक्लेका छन् नेपालाँ ।

शेरका अर्थ-सानिन्ध्य समसामयिक राजनयिक सन्दर्भका कुरा गर्दा, त्यो ५ नं को शेरले आंशिक रुपमा हाम्रा चिन्तित बुद्धिजिवीहरु र राजनेताहरुले अब ढिला नगरी संवैधानिक प्रक्रिया शुरु गर्न गरेका आव्हानलाई याद दिलाउँछ । प्रजातन्त्रको अवसानसँगै डढेको संविधानको खरानीको खोस्राई न हो त्यो ।

5. jalaa hai jicm jahaaN dil bhee jal gaya hoga
kuredate ho jo ab raakh, justjoo kya hai ?
जहाँ ज्यान जल्यो, रहर पनि त संगै डढे हुनन्
हैन यो खरानीमा खोस्री खोस्री खोज्न खोजेको के ?


 
Posted on 04-10-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तमुज्यूको कवितामा न्यूयुजरजीको टिप्पणी मननीय छ ।

समस्याको बखान, तर समाधान र आवश्यक संघर्षको संकेत सम्म पनि नभएका अभिव्याक्तिप्रति मेरो रूची अलिक कमै छ ।

हुन त भूपिका कतिपय कवितालाई पनि त्यो कोटीमा राख्न सकिन्छ । तर उनको शैलीको प्रखरतामा यस्तो जादू छ कि पाठकहरुले आफुलाई चाहिने सन्देशको सम्प्रेषण भएको महसुस गरिहाल्छन् । पाठकहरु भूपिबाट आफुलाई अलमलाईएको महसुस गर्दैनन् भन्ने मलाई लाग्छ ।

मलाई मन पर्ने खुमार बारा वाँकवीको एउटा शेर छ जहाँ उनी हुरीबतास र बत्ती दुवैको कुरा गर्छन्,

न हारा है ईश्क और ना दुनियाँ थकी है
दिया जल रहा है हवा चल रही है

कविज्यूको असाध्यै मीठो स्वरमा पुरै गजल सुन्ने भए, कि mp3 लागि मलाई एउटा बिजुलीपत्र पठाम, कि यो weblink खोलम ।

- http://www.urdulife.com/mushaira/mushaira.cgi?kb_g6


 
Posted on 04-11-05 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सावधान ! कुकुर वहुलाएको छ।
- न्यूयुजर

नवोदित सूर्यले
हिमालमा फ्याँकेको रोशनी
परावर्तित भएर उजेलिएको
एउटा शान्त, सुन्दर गाउँ थियो त्यो
हिमालको फेंदिमा

नौरङ्गी डाँफे
मोहनी लालिगुराँस
निश्छल, निष्कपट मान्छेहरु
सुरम्य गाउँ थियो त्यो
हिमालको फेंदिमा

गाउँ शान्त थियो
गाउँले सुरक्षित थिए
र गाउँको रखवारी गर्न
एउटा कुकुर पालिएको थियो
हिमालको फेंदिमा

कुकुर मज्जाको थियो
कुकुर लोर्के थियो
झ्याप्ले थियो र
राम्ररी हुर्केको थियो
हिमालको फेंदिमा

आफ्ना पूर्वज जस्तै
कुकुर हृष्टपुष्ट हुर्कियो
गाउँलेहरुको ममता र सुश्रुषामा
कुकुर उफ्रियो र फुर्कियो
हिमालको फेंदिमा

गाउँलेहरु मख्ख भए
उनिहरु छक्क भए
वलिष्ठ कुकुर देखेर
उनिहरु एकदम ढुक्क भए
हिमालको फेंदिमा

अनायाश, अचानक
गाउँलेहरुको आशा विपरित
कुकुर मात्तिएछ र वहुलाएछ
कुकुर वहुलाएर वित्याँस परेछ
हिमालको फेंदिमा

वहुलाएको कुकुर
गाउँलेहरुलाई टोक्न उद्दत छ
उ भुकिरहेछ, लखेटिरहेछ
आफैलाई पाल्ने गाउँलेलाई झम्टन
हिमालको फेंदिमा

आज गाउँ स्तब्ध छ
आफैले पालेको कुकुर वहुलाउँदा
गाउँ सन्त्रश्त छ
के गर्ने, के नगर्ने दोसाँधमा
हिमालको फेंदिमा

जेहोस् त्यो गाउँ
अहिले चकमन्न छ
कुकुर आतंकले
सावधान ! कुकुर वहुलाएको छ
हिमालको फेंदिमा ।

11.04.2005



 
Posted on 04-11-05 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

newuser ji
I like your political satire. But you know what there are so many dogs going stray on the lap of Himalays these days.
 
Posted on 04-11-05 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को एउटा कविता, मेरो होइन उनै भूपीको

निरर्थकता
- भूपी शेरचन


पलङमाथि उत्तानो पल्टेको हुन्छु
टाउको उडेर माथि दलिनमा झुन्डिन पुग्छ
र , मेरै मुखले मलाई हेरेर
खित्का छोडी हाँसिरहेको हुन्छ,
यात्रालाई तत्पर म हिड्न खोज्छु
तर , खुट्टाहरु मात्र अगाडि लम्किदिन्छन्
मलाई धराशायी पारेर ;

रिसले हावामा मुड्की ताक्छु
तर , कुमदेखि फुस्केर पाखुरा
ठुटो रुखझैं शून्यमा झुन्डिन्छ ,
लाग्छ यी सब भ्रम हुन् , सत्य होइन
चिच्याउँछु तर , मेरो स्वर निस्कन्न
फगत कानमा सल्लाघारीले सुसेल्छ ;
तर्सिन्छु : कतै म मरिसकेको त होइन ?
र , वरिपरि यन्त्रमानव झैं हिँडिरहेकाहरुलाई
बाटो छेक्दै म सोध्छु - के म
जिउँदो छु ?

तर कसैले जवाफ दिंदैन
म उनिहरुलाई चिमोट्छु
तर , उनिहरु यथावत् हिँडिरहन्छन्
फेरी म चिच्याउँछु - के तिमीहरु जिउँदा हौ ?
तर , कसैले मतिर हेर्देन
कहालिएर म आफूलाई चिमोट्छु
दुइटा औंलाको बीचमा खरानी पर्छ
अनि म थाह पाउँछु
म मुर्देमुर्दाको माझमा एउटा अर्को
मुर्दा रहेछु ।



 
Posted on 04-11-05 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Newuser broda you did it again, you're incredible and nepe thanks for bringing in Bhupi's work. Newuser borad, do me a favour could you send your last poem to info@paradesh.com, will you?

भर्खर पानि परेको छ
भर्खर घाम लागेको छ
मौसम पनि किन झल्ला हुन्छ
यो शहरमा

पिउन न त सबैले पिउछन्
मर्ने गरि पिउछन्
तर मैले अलिकति पिउदा किन हल्ला हुन्छ
यो शहरमा

-बिनोद गौचन(पोखरा)
(स्मरणिय रहोस, गौचन अरूण थापाले गाएको "जति माया लाए पनि", लगायत दर्जनौ गीतका गीतकार हुन्)
-------------------------------------
http://www.paradesh.com
 
Posted on 04-11-05 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो राजनीतिक कविता सक्कली नाम सहित छाप्दा मैले पनि मकैको खेति लेख्?ने कृष्ण अधिकारीको नियति भोग्नुपर्ने हो की ? ( हे हे ) तर म पनि डराउने मान्छे त हैन गाँठे ।
सोंचौला है त सुरेनजी ।

(कृपया कहिं साभार गर्न मन लागेमा कमसेकम न्यूयुजर नै भनेर राखिदिनु भएपनि हुन्छ । तर त्यस्तो गतिलो लेख्?न आउने चैं हैन है मलाई । साझामा अरुले लेखेको देखेर हौसिएको मात्र हो । हौसला वुलन्द गरिदिनुभएकामा सवै साझावासीहरु धन्यवादका पात्र हुनुहुन्छ । )
 
Posted on 04-14-05 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

koi pathar se na maare mere dewaane ko........
koi pathar se na maare mere dewaane ko........
koi pathar se na maare mere dewaane ko........
neuclear power ka jamaana hai, bomb se udaa do saale
ko...................

 
Posted on 04-22-05 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just not to let the thread be forgotten. . .

- http://www.sajha.com/sajha/html/openthread.cfm?forum=4&ThreadID=12968&show=all



 
Posted on 04-22-05 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा ओरालो पारी गाउँको आशामा
उर्लदो भेल खोलाको बिर्से छु
तरी नसक्नु रे छ बिचमा
ओर्लिहालेँ न ओर्लिनु
उकालो मात्रै रे छ बाँकि खातामा ।
 
Posted on 04-27-05 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेलब्रिटीलाई फ्यानको पत्र


ए हजुर

म हजुरको फ्यान

डाइ हार्ड फ्यान

मलाई हजुर खुबै मन पर्छ

अरू त खासै होइन

तर नाम र काम दुवै मनपर्छ

धरोधर्म ढाँटेको होइन

अहँ, दायाँ - वायाँ अँ।टेको छैन

हजुरलाई थाह छँदैछ नी

मैले अस्ति भनेको पनि

खै त मलाई जवाफ पठाको ?

तपाईं त कहाँ हराको ?

मैले पर्खेको पर्ख्यै छु

हुलाकीको बाटो हेरेको हेर्?यै छु

किन ? के भयो र ?

कि कुनै गल्ति हुन गयो र ?

प्रसंशक हुँ, त्?यत्ति न हो

थोरै बढि परिचय मागेको

अनुरोध अ।खिर यत्ति न हो

लिनुदिनु के पो छ र ?

हजुर सेलब्रिटी,

म हजुरको फ्?यान होइन र ?

:)

 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters