Posted by: Nepe April 10, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
तमुज्यूको कवितामा न्यूयुजरजीको टिप्पणी मननीय छ । समस्याको बखान, तर समाधान र आवश्यक संघर्षको संकेत सम्म पनि नभएका अभिव्याक्तिप्रति मेरो रूची अलिक कमै छ । हुन त भूपिका कतिपय कवितालाई पनि त्यो कोटीमा राख्न सकिन्छ । तर उनको शैलीको प्रखरतामा यस्तो जादू छ कि पाठकहरुले आफुलाई चाहिने सन्देशको सम्प्रेषण भएको महसुस गरिहाल्छन् । पाठकहरु भूपिबाट आफुलाई अलमलाईएको महसुस गर्दैनन् भन्ने मलाई लाग्छ । मलाई मन पर्ने खुमार बारा वाँकवीको एउटा शेर छ जहाँ उनी हुरीबतास र बत्ती दुवैको कुरा गर्छन्, न हारा है ईश्क और ना दुनियाँ थकी है दिया जल रहा है हवा चल रही है कविज्यूको असाध्यै मीठो स्वरमा पुरै गजल सुन्ने भए, कि mp3 लागि मलाई एउटा बिजुलीपत्र पठाम, कि यो weblink खोलम । - http://www.urdulife.com/mushaira/mushaira.cgi?kb_g6
Read Full Discussion Thread for this article