Posted by: Nepe April 8, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
दादागिरीजी धन्यवाद । "सत्य घटनामा आधारित" कथाकै मेसो ल्याको नि । अनि कवि भईएको भ्रममा पर्नु पर्दो रहेछ, के के देखिने के के । अनि अनुवाद गर्दा दादागिरीबाटै सिकेको शब्द 'कदरखुट्टी' राख्न खोजेको 'उदरखुट्टी' भएछ । सच्याएर पढम् । यो अनुवादको नशा हुँदी मलाई हर्केदाईले ल्याको गालिबको गजलको नेपालीमा अनुवाद गर्ने सुर चढो । लौ मैले मेरो कविताको गरेको जस्तै कच्ची अनुवाद हेरुम . . . . . 1. har ek baat pe kehte ho tum ke 'too kya hai' ? tumheeN kaho ke yeh andaaz-e-guftgoo kya hai ? यसो केहि कुरा गरयो कि, 'को होस् तँ ' भन्नु पर्ने हैन के तालको कुरा-गराई हो यो ? 3. yeh rashk hai ki wo hota hai ham_suKHan tumse wagarna KHauf-e-bad_aamozi-e-adoo kya hai ? त्यो दुष्टलाई तह लगाउने, त्यो शत्रुलाई पाठ सिकाउने मात्र मनसाय थिएन, प्रिय त्यो तिम्रो मुखमा चोंचों मिलाउन आउने साथी बन्ला कि भन्ने ईर्श्या थियो खासमा 2. na shole meiN yeh karishma na barq meiN yeh ada koee batao ki woh shoKH-e-tund_KHoo kya hai ? न आगोको लप्कामा छ त्यो चमत्कार, न चट्याङले गर्न सक्छ नक्कल मायालुको ठुस्क्याईलाई लौ न म के भनेर भनुँ ? 4. chipak raha hai badan par lahoo se pairaahan hamaaree jeb ko ab haajat-e-rafoo kya hai ? रगत-पसिनाले कमिज चपक्कै टाँसिएको छ जिउमा अब प्वाल परेको खल्तीलाई टाल्नु पर्ने नै भएन 5. jalaa hai jicm jahaaN dil bhee jal gaya hoga kuredate ho jo ab raakh, justjoo kya hai ? जहाँ ज्यान जल्यो, रहर पनि त संगै डढे हुनन् हैन यो खरानीमा खोस्री खोस्री खोज्न खोजेको के ? 6. ragoN meiN dauDte phirne ke ham naheeN qaayal jab aaNkh hee se na Tapka to phir lahoo kya hai रगत त जस्को पनि दौडन्छ नशामा भुलुक भुलक तर त्यसलाई आँसु बनाएर चुहाएका कहिलेकहि छौ के 7. woh cheez jiske liye hamko ho bahisht azeez siwaay baada-e-gul_faam-e-mushkaboo kya hai ? मादक मदिरा, कोमलाङ्गिनी फूल, मगमग अत्तर हरे ! यत्ति हो त हामीले कल्पना गरेको स्वर्गिय सुख ? 8. piyooN sharaab agar KHum bhee dekh looN do chaar yeh sheesha-o-qadah-o-kooza-o-suboo kya hai ? घुट्क्याईहालियो मदिरा, अब यो जिज्ञासा उठ्या' छ ममा त्यो प्याला, अझ त्यो सुराही, अझ घ्याम्पोमा के के होला 9. rahee na taaqat-e-guftaar, aur agar ho bhee to kis ummeed pe kahiye ke aarzoo kya hai ? सबभन्दा पहिले त बोल्ने तागत नै छैन, अब भए नै पनि के र आस लाग्ने कुरो पनि त हुनुपरयो नि, लौ मैले चाहेको यहि हो भनेर मुख खोल्न 10. huaa hai shaah ka musaahib, phire hai itaraata wagarna shehar meiN 'GHalib' kee aabroo kya hai ? दरबारको मान्छे हुँ भनेर धाक लागाउदै हिड्छ "गालिब" मान्छेसंग धाक लगाउने कुरो पनि त्यति नै हो त्योसंग
Read Full Discussion Thread for this article