[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 257038 TIMES]
SAVE! for ease of future access.
Posted on 12-28-09 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिदा पछीको पहिलो जदौ! यो बिर्खे_माईलाको!


 
Posted on 12-28-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
सोमाबारे लामो बिदा पश्चात को पहिलो जदौ ।


तारेमाम बिर्खे बा,


छुट्टी रमाईलै भयो होला नै । शान्त मान सँग भेट भयो कि भएन??


 


 
Posted on 12-28-09 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाई!


सान्तमान त सेतै फुल्या कपाल लिएर सेतै हिउँ खेल्न उत्तर तिर लागेछन् क्यार यता त झलमलि घाम लाग्यो। अरु औतारीहरु बिदामै छन् कि के हो?


 
Posted on 12-28-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले नि बिदामा बसे सिदा खान कहाँ पाईन्छ र? शिला मिला सँग गफिंदै ढिला आउछन काम चोर् हरु ।

 
Posted on 12-28-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी!


कारण बिशेषले अकस्मात नेपाल जानु पर्यो, ब्यस्तताको कारण नेट चलाउन भ्याइएन, तैपनि चौतारी र साझाको सम्झना भने आइरह्यो।


जेट ल्यागले र्‍याग गरि राछ, घाम झुल्केपछि मात्र निद्रा लाग्छ।



सबैलाइ आरामै होला भन्दै अहिलेलाइ बिदा माग्छु।


शुभदिन!


उही परमात्मा क्रेजी।


 
Posted on 12-28-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो परमात्मा क्रेजीलाई नि आत्मै देखि जदौ!


नेपाल यात्रा राम्रो भयो होला!


ठूल्दाई घरबाटै हो अहिले?


 
Posted on 12-28-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी परमात्मा ।



नयाँ नेपाल को दर्शन गर्नु भएकोमा बधाई छ ।



कस्तो लाग्यो नयाँ नेपाल,


जिउदै त छ हाम्रो हिमाल ??



बिर्खेबा, अहिले सम्म त घरैबाट हो। अड्डा जानु छ, ढड्डा पल्टाउनु छ । तारेमाम।


 
Posted on 12-28-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ जिम्बाल अनी क्रेजी


आज नि बिदा भाको भए हुन्थ्यो नि है - निन्द्रा लागेर हैरान छ -


के भा होला


 
Posted on 12-28-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , बिर्खे बा , ठुल्दाइ , बौचा , क्रेजी लाई बैरे को प्रणाम । छुट्टी त बेसै भयो होला भन्ने मानेको छु , यहाँ त हिउ परेर निकै रमाइलो भयो , पुरे खै पुरे बजिया को नवा फुटु देख्या थिए थुतुनो किताब मा । निकै मोज गर्दै छ , अनी बौचा पश्चिम तिर गैएन ??
 
Posted on 12-28-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>अनी बौचा पश्चिम तिर गैएन ?? <<


को म - किन जानु पश्चिम तिर


काम भे पो जानु - त्यसै त के जानु


गइएन - बेकारमा पैसो किन खर्च गर्नु हैन


 
Posted on 12-28-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! बैरे बिक्रम बस्न्यात र लहरेकान्त लाकौल ज्यू! हजूरहरुको गाथमा आरामै होला भन्ने कामना पशुपतीनाथसंग गर्दछु। धन्यवाद्


 


 
Posted on 12-28-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्राँ मुखले कामना नगरेपनी हाम्राँ गाथ मा आरामै छ बुढा


 


 
Posted on 12-28-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे अनी बैरे ।



हिउ परेर रमाइलो हुने ठाम कुन पर्‍यो ?



हिउ परे सि त जनजीवन ठप्प हुन्छ गाँठे यता त ।


 
Posted on 12-28-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा किन नेप्र्या नेप्र्या कुरा गर्छ ??


आज को राशी फल हेर त !!!


 


बिर्खे बा हजुर को गाथमा आरामै होला भन्ने कामना पशुपतीनाथसंग गर्दछु।


 
Posted on 12-28-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेका काल तिम्रो खुट्टामा ठेस लागोस, टाउकामा टुटुल्को उठोस, भुँडि पोलेर फत्र्याक फत्र्याक पर्नु परोस, ढाड दुखोस, कम्मर मर्कियोस, निद्रा नलागोस पर्भु।


मेरा मुखले सराप नदिए  पनि सपैकुरो हुने होला नि अब!


 
Posted on 12-28-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्राँ किरा पर्न नसक्या मुखाँ भाको बङरा झार्न पर्या हो


बुढा को नली खुट्टा फेरी टेप ले जोड्न नपरोस्


 
Posted on 12-28-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ साल आउँदैछ यसो राम्रो राम्रो कुरो गर्नु सुन्दै कानै त्रिप्त हुने गरेर ! इनारु त खाली सराप्या सरापै गर्छन् बाइ !


फेरी अर्को चार दिन बिदा भन्दा ३ दिन अघी को जदौ !


जिम्माल बा, ठुल्दाइ, क्रेजी, लहरे, बैरे सबैलाई सञ्चै होला भन्ने आशा छ !


 
Posted on 12-28-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्खाइमा भिज्यो सिरानी
सम्झनीमा बित्यो सपनी
चाँडैफर्कि आउ, ए मेरी मायालु

देउराली सुन्य लाग्छ माया तिमी नहुँदा
मुटु मेरो त्यसै जल्छ, स्पर्सले नछुँदा
चाँडैफर्कि आउ, ए मेरी मायालु

लौ यो चिसो थामबाट तात्तातो प्रणाम! आज त निक्कै चहलपहल रेछ याँ! भनेछी सप्पैको बिदा चाइँ मस्त बितेछ क्यारे! मेरा नि ठिक्-ठिकै भो। तर जे होस् हस्तिनापुर भन्दा पनि काइदाको थाम चाइने हुने रेछ बै! बाँच्न मात्र पर्छ के के देखिन्छ देखिन्छ भन्या चाइँ साँची रेछ बै! शहर, ठाउँ चाइँ बनाकै रेछन बाSSSSSSS इनिहरुले!

क्रेजी पर्मात्माको नेपाल बसाइ अनी फिर्ती सवारी पनि राम्रै भयो होला केरे भन्ने मान्या छु!

जिम्मालबा र बज्यै न्यानो पारेर सिरक भित्रै होलान केरे

बैरे पाटको खै के के गर्यौ त सुनाउ केरे, नयाँ खेलाउनाको सदुपयोग त धेरै गर्यौ होला केरे भन्ने मानेको छु, हाम्ले पनि हेरम भन्या केरे

रिट्ठेको क्या मोज फेरी ४ दिन बिदा रे, हाम्रा त जम्मा ३ दिन

ल सप्पैलाई प्रणाम गर्दै एक्छिन पछी आउँछु है भन्न मात्र आको म त

ठुल्दाइ सँग, ठुल्दाइको कार्य-ब्यस्तताले गर्दा गफ्-गाफ हुन सकेन क्यारे।

यौतो बज्येको गाम तिर नि पुग्या, कस्तो वैयात थाम रेछ भने, अब अरु ब्रितान्त त खै के भन्नु, बुझ्निले बुझी हाले होला, नबुझ्नेलाई के सम्झाइ भो र



 
Posted on 12-28-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste jammai laai.............
 
Posted on 12-28-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिउ परी ठक्ठकी जाडो भो
एक्लो जीवन आँफैलाई घाँडो भो
पानी है परि स्याल्घारी करायो
भुन्टी है सित मस्की मस्की
हिंड्ने मेरो रहर कता हरायो
बाउ ले बिहे गर्देनन् पोर पनि
भत्काइदिन्छु सुङुर को खोर पनि ल्या ज्ज्जा


हन पुरे को कत्ती लामो बिदा हो? अब एक्कै चोटि जन ४ मा फर्किनी गरी हो कि क्या हो? घुम्या घुमै छ जस्तो छ केटो ! हन कता तिरी हुइकेउ ए पुरे?


हर्के नि जिम्दै रेछ भनेर भुइसी ले लात्ता हान्या अन्मार देखाउन आयो जस्तो छ !


बिस्टे, चिप्ले कता लागेछन आज?



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters