[VIEWED 15704
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-05-05 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जनआन्दोलनका पूर्वशर्तहरु Newuser. १. बोलिभिया र कंगोको उदाहरण क) बोलिभिया उत्तर अमेरिकी राष्ट्र बोलिभिया र दक्षिण एशियाली राष्ट्र नेपालका बीच प्रसस्त समानताहरु छन्। हुन त बोलिभियाको क्षेत्रफल नेपालको भन्दा झण्डै चार गुणा बढि अनि जनसंख्या झण्डै दुई तिहाइ कम छ, तर यि दुई देशबीच भौगोलिक, सामाजिक र राजनीतिक समानताहरु छन्। पहिलो कुरा बोलिभिया भूपरिवेष्ठित राष्ट्र हो। र त्यो पहाडै पहाडको देश हो। त्यसकारण भूगलजन्य आर्थिक समस्याहरुका दृष्टकोणले नेपाल र बोलिभियालाई दाँजेर हेर्न सकिन्छ। बोलिभिया दक्षिण अमेरिकाको सवभन्दा गिरिब देश हो, नेपाललाई विश्वकै एउटा गरिबतम देश हो भन्नु अतिशयोक्ति हुँदैन। राजनीतिक अस्थिरता र कलहका दृष्टिले पनि दुई देशका समस्याहरु झण्डै मिल्दाजुल्दा छन्। बोलिभियामा कुनै तानाशाही तन्त्र छैन र कसैले तानाशाहीतन्त्र लाद्न पनि चाहेको छैन। नेपालमा तानाशाही तन्त्रको उठान र सशक्तिकरण भैरहेको छ, श्री ५ ज्ञानेन्द्रको असौज १८ र माघ १९ को कदमबाट। यति भिन्नता हुँदाहुँदै समानता के छ भने दुवै देशका जनताले व्यापक सुधार र परिवर्तन चाहिरहेका छन्। बोलिभियका जनताले नयाँ सम्विधानका लागि गरेको मागलाई सदर गर्दै राष्ट्रपति कार्लोस मेसाले सम्विधान सभाको चुनाउका लागि मिति घोषणा गरे । तर जनताले अरु माग पनि गरेका थिए जसलाई मेसाले अनुमोदन गर्न सकेनन। त्यसकारण जनताहरुले आफ्ना सम्पूर्ण माग पूरा नभएको वताउँदै आन्दोलन रोक्न अस्विकार गरे। अब राष्ट्रपति मेसाका अगाडी दुइटा मात्र विकल्व छन: कि पद त्याग गर, कि त जनताका अरु माग पनि पूरा गरेर आफ्नो कुर्सी बचाउ।
|
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-05-05 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उता हाम्रो नेपालमा जनताको अहिलेको माग सम्विधान सभा हो। सम्विधान सभा यस अर्थमा कि जनताहरु माओवादी समस्याको समाधान चाहन्छन र माओवादीहरु सम्विधान सभाको चुनाब भएमा मात्र विद्रोह परित्याग गर्न तयार छन्। कार्लोस मेसाले कुनै रक्तपात या भिषण आन्दोलन विना नै जनताले गरेको सम्विधान सभाको मागलाई स्विकार गर्दा पनि उनलाई उम्कन गाह्रो भयो। किनकी जनताहरु र आन्दोलनको नेतृत्व गर्नेहरुले आफ्नो शक्तिलाई राम्ररी बुझेका छन्। यसको विपरित नेपालका नेताहरु सम्विधान सभालाई प्रमूख माग बनाउन डराएर तीन वर्ष अघिको संसद पुनर्स्थापनाको काइते माग लिएर आन्दोलन गर्दै छन्। संसद पुनर्स्थापना कुनै पनि हालतमा माओवादी संकट निकासको प्रस्थान विन्दु होइन । त्यसैले सवभन्दा पहिला दलहरुको माग माओवादी समेत सहभागी संयुक्त सरकार र सम्विधान सभा चुनावको मितिको घोषणालाई बनाउन जरुरी छ। यो कुनै ठूलो माग होइन र यो मागपछि माओवादीहरुको शक्ति पनि आन्दोलनमा संचित हुने भएकाले जन आन्दोलन बढि प्रभावकारी हुन्छ। तत पश्चात राजा ज्ञानेन्द्रले कि त खुरुक्क मेसाले जस्तै सम्वधान सभा चुनावको मिति तोक्न वाध्य हुनु पर्नेछ नत्र केहि समय शक्ति प्रयोग द्वारा आन्दोलन दबाउने धृष्टता गरेर अन्ततः नारायणहिटीको उत्तर ढोका हुँदै शरणका लागि अज्ञात स्थल तर्फ बाटो तताउनुपर्नेछ। किनकी जनताको शक्ति अगाडी ज्ञानेन्द्रको केहि डेग चल्नेवाला छैन। जनताको सर्वोपरी शक्तिलाई नेताहरुले वुझुन र संसद पुनर्स्थापना, फेरी तिनै सांसदहरु मन्त्री बनेर गाडीमा सिंहदरवार हुइँकिने सम्भाव्यतालाई त्यागेर माओवादी समस्यालाई तत्काल सम्वोधन गर्ने माग सहितको ओन्दोलनको तयारी गरुन। संसद पुनर्स्थापना सजिलो छ। मण्डलेतन्त्रीहरुले आन्दोलनको सम्भावित आकारलाइ दृष्टिगोचर गरेर डराएका अभिव्यक्तिहरु दिइसकेका छन् ।सूर्य बहादुर थापाको पार्टीले दल र माओवादीबीच समिकरण हुनु दुर्भाग्य हुने बताएर संसद पुनर्स्थापना हुन दिएर संसदीय दलहरुलाई सम्विधान सभाको माग परित्याग गर्न मनाउने र वास्तविक परिवर्तनकारी आन्दोलनलाई भाड्ने जिरह गरेको छ। जसलाई राजनीतिक दलहरुले वुझ्नु एकदम जरुरी छ। अहिलेको पहिलो आवश्यकता सम्विधान सभाका लागि निर्वाचनको घोषणा हो र कुनै पनि हालतमा दलहरुले यसबाट पछि हटेर दरबारसंग सम्झौता गर्नु इतिहासलाई दोहो-याउनु र दरबारलाई नै शक्तिसाली हुने मौका दिनु हो। ज्ञानेन्द्रले सम्विधान सभाको मागलाई स्विकार गर्नैपर्नेछ किनकी जनताको शक्ति निर्णायक छ। बोलिभियाको उदाहरण हेरेर दलहरुले सम्विधान सभालाई एउटा सामान्य रुपमा प्राप्त हुनसक्ने पहिलो र प्रमूख मागका रुपमा अघि सार्नु आवश्यक छ। यसभन्दा अघि, उक्त मागका लागि हुने वृहत आन्दोलनमा जनताको समर्थन प्राप्त गर्न पार्टीहरुले आफूभित्रै व्यापक सुधारको घोषणा गर्नुपर्ने हुन्छ जसका बारेमा यहाँ पछि चर्चा गरिनेछ। क्रमशः
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-06-05 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(लेखन मेरो शौख हो, आदत हो। साझामा यो शौख पूरा गर्दैछु। जहिले पनि र जहाँसुकै घनटाउकेहरुलाई गाली गर्ने स्वभाव छ। सानातिनालाई गाली गरेर काम पनि छैन। मजस्तै साना टाउकेहरु कसैले व्यक्तिगत रुपमा लिनु पर्दैन। सित्तैमा पाएको अवसरको उपभोग गर्दैछु, चित्त नवुझ्नेले नपढे हुन्छ, पछि गाली गलौज गर्न पाइदैन) (विषयमा प्रवेश गर्नुअघि माओवादी अतिवादीहरुले चितवनमा गराएको विभत्स नरसंहारको घोर निन्दा गर्छु। जसजसले त्यो नृशंस कूकृत्य गर्न लगाए र गराए तिनको आत्माले यो जीवनमा र पुनर्जन्म हुने भए जुनी जुनी सम्म शान्ति नपाओस। त्यस्ता पाषाण मुटु भएकाहरुलाई जीवनको के मूल्य ? नरभक्षी रक्तपिपाशुहरुको यो नीचता मानव जातिका निम्ति कलंक हो। वावुराम र प्रचण्डहरु तिमीहरुलाई धिक्कार छ। हुनत यो घटनाका आयोजक, प्रायोजकहरुका बारेमा विभिन्न शंकाहरु उठिरहेका छन् तर मेरो मनोज्ञानले भन्छ यो माओवादीकै काम हो। बसमा सवार दुई जना सुरक्षाकर्मीलाई देखेर नै उनिहरुले धराप विष्फोटन गराए जसका कारण अरु ३६ जना निहत्था जनताले अनाहकमा, अकालमा मृत्युवरण गर्नुप-यो। अपराधी माओवादी नेतृत्वले जतिसुकै ढाकछोप गर्न खोजोस, यो काम तिनकै वेवकुफ कार्यकर्ताले गराएका हुन्। तिनलाई मार्ने र मर्ने उन्माद चढेको छ त्यसैले दुई जना शत्रुको ज्यान लिन ३६ जना निर्दोषहरुको जीवन चुँडाउने दुस्साहस गरे कायरहरुले। कदाचित राजाकै सेनाबाट, भारतबाट या वहुदलवादी नेताबाटै यो काम हुन गएको भए त झन् यसभन्दा ठूलो भूल के नै हुन सक्छ र ? यो घटना एउटा डरलाग्दो संकेत हो भविष्यको। जोसुकैले गराएका किन नहुन यो घटनाले भोलीका दिनमा माओवादीलाई यस्ता मानवता विरोधी अपराधहरु दोहो-याउन बाटो खुलाएको छ। मेरो अनुमान जस्तै यो घटना उनिहरुबाट भएको हो भने यो शासक र जनता तर्साउने उनिहरुको सवभन्दा ठूलो हतियार हो। होइन, यो त शाही सेनाले गराएको रहेछ भने त झन माओवादीले खुलेआम यस्ता घटनाहरु दोहो-याइनै रहनेछन्। यसै आरोप, उसै आरोप। यस्तो गम्भीर गल्ति न त सेनाले न त भारतले नै गर्नसक्छ। जेभएपनि यसको दोषबाट न त राजा र सेना न त नेताहरु न त अन्तराष्ट्रिय समुदाय नै उम्किन सक्छन। किनकी यस्तो दुष्परिणामको वेलैमा पूर्वानुमान गरि राजनीतिक समाधानको ढोका खोलिनुपर्थ्यो। यो पछिल्लो घटनाका निम्ति चाहिं माओवादी पछि राजाकै बढि जिम्मेवारी छ। किनकी उनले पहिले नै नांगिएकाहरुलाई लुगा फाटो दिएर इज्जत जोगाइदिनु पर्ने ठाउँमा उनिहरुलाई नांगै लखेट्ने हठ गरे। नांगिसकेकाहरुलाई के को लाज ? ज्ञानेन्द्रको यस्तो उपायबाट नांगिएकाहरुलाई झन निर्लज्ज कुकर्महरु गर्न प्रोत्साहन मिलेको छ। अव अन्तिम उपाय एउटै वाँकि छ - नांगाहरुलाई फकाएर लुगा लगाउन अह्राउने ।मतलव सम्विधान सभाको निर्वाचन गर्न इमान्दारी पूर्वक तयार हुने। प्रश्न उठ्छ उनिहरु सम्वधान सभा मानेपनि हतियार त्याग्न मान्ने छैनन। ए बाबा सवै उपाय त गरिसकियो अव नांगाले मलाई इज्जत जोगाउनुप-यो एकसरो लुगा देउ भनेर मागिरहेको छ, एक फेर दिएर त हेर। तै केहि भैहाल्छ की ? खुसुक्क लुकाएर दिनु भन्या हैन। फेरी मैले पाएकै होइन भन्न बेर मान्दैनन। त्यसैले अरुको रोहबरमा देउ, कोफी अन्नान बाजे, कुलचन्द्र गौतम बाजे र एरिक सोल्हेम बाजेलाई साक्षी राखेर सम्विधान सभाको माग पूरा गरिदेउ। राष्ट्रसंघ भनेको जे भएनी अरु भन्दा जाति संस्था हो तिनलाई नै गुहार गरेर झगडा मिलाइदिन भन्ने नी एकपल्टलाई। माओवादीहरु सम्विधान सभाको चुनावको मंजुरी नामामा सहि गरुन राजाले पनि राष्ट्रसंघका निर्वाचन परिवेक्षकले हेर्ने गरि चुनाव गराउन आफू तयार भएको कागतमा हस्ताक्षर गरुन। माओवादीले आफ्ना हतियार राष्ट्रसंघ मार्फत सरकारलाई वुझाउन, राजाले सम्विधान सभा मार्फत आएको सम्विधानलाई सदाका लागि मान्ने गरि अन्तिम पटक लालमोहर लगाउन। राष्ट्रसंघसंग बाचा गरेको सम्झौतामा जसले गद्दारी गर्ला उ सकल नेपाली जनताको शत्रु होला। लौ ज्ञानेन्द्र महाराज यो अन्तिम उपाय चाँडै गर यदि तिमलाई देशको माया छ भने। यति गर्दागर्दै माओवादीले फेरी गद्दारी गरेभने सारा संसार उनिहरु माथी खनिनेछ। क्यै लागेन भने त्यै सगरमाथा, कालापानी; गण्डकी, कोशी र कर्णालीको पानी सबै तिम्रै भयो, यि माओवादीलाई Afganistan बाट तालेवानलाई खेदेझैं खेदिदेउ भनेर अमेरिका, चीन र भारतलाई गुहार्ने एउटा अर्को उपाय पनि रहन्छ नै। ज्ञानेन्द्र महाराज मुढो नबन, जनताले आजको वर्वर आतंकका निम्ति तिमलाई जिम्मेवार ठह-याउँदै नारायणहिटीमा मट्टीतेल खन्याएर आगो बाल्नुपर्ने दिन नआओस।)
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 06-06-05 9:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न्यूयुजरजी, बल्ल तपाईले एउटा शैलि पकड्नु भो । राजनीति जस्तो लटरपटर, कठोर र निरस भनिने कुरोलाई जसरी झरल, सरल र सरसतापूर्वक पस्किनुभो पछिल्लो खेपमा, त्यो शैलिलाई निरन्तरता दिनुहोस् भन्ने मेरो विनम्र आग्रह छ । अहिलेलाई यत्ति नै ।
|
|
|
Sursab
Please log in to subscribe to Sursab's postings.
Posted on 06-06-05 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good work keep it up .............but Saroj denies hehehehe
|
|
|
rajankhanal
Please log in to subscribe to rajankhanal's postings.
Posted on 06-07-05 12:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Newuserji, perfect expression. I like how you express your ideas on this forum. Once again, please donot be bothered with personal attacks: "Jhagada". Otherwise, it would be double standard. Wishing for peace in country and being rebellion individually.
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-07-05 6:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी धागोको मूख्य विषयवस्तुमा प्रवेश गरौं ख) कंगो अफ्रिकाको एउटा विशाल राष्ट्र कंगो नेपाल भन्दा झण्डै १५ गुणा ठूलो छ। यो देशले मध्य, पूर्वी र दक्षिणी अफ्रिकाका नौ वटा देशसंग सिमा साझेदारी गरेको छ। विश्वका खुंखार विश्लेषकहरुका अनुसार रणनीतिक हिसावले अहिलेको विश्वका सवभन्दा महत्वपूर्ण तीन राष्ट्रहरु मध्येको एक कंगो हो। वाँकि दुई देश चीन र रुश हुन। चीन र रुश जस्ता प्रभावशाली राष्ट्रहरुको पंक्तिमा कंगोलाई राख्नुको कारण के भने यो देश प्राकृतिक सम्पदा र विशेष गरि खनिज पदार्थहरुको विशाल भण्डार भएको देश हो। घना बन जंगल र जलश्रोत पनि कंगोका प्राकृतिक सम्पत्ति हुन। यति धनि हुँदाहुँदै प्रजातान्त्रिक गणतन्त्र कंगो (बीचमा यसको नाम परिवर्तन गरि जायर राखिएको थियो) का जनता संसारका सवभन्दा गरिव जनताको सूचिमा अघिल्लो पंक्तिमा पर्छन। र यो देश गृहयुद्धको चपेटामा परेर जर्जर भएका अनेकौं अफ्रिकी देशहरु मध्येको एक पनि हो। यो लेखमा कंगोको प्रसंगलाई जोडिएको कारण गरिबी र राजनीतिक अस्थिरताका दृष्टिले र थोरै मात्र भएपनि प्राकृतिक सम्पदाका दृष्टिले यसलाई नेपालसंग तुलना गर्न मिल्ने भएकाले हो। किन कंगोको प्रसंग नेपालको राजनीतिक विश्लेषण गर्ने क्रममा ल्याउनुप-यो त ? यसको कारण तल प्रस्तुत छ। हालैमात्र अन्तराष्ट्रिय मानव अधिकारवादी संस्था Human Rights Watch ले पढेलेखेका मान्छेले जानेर पनि वेवास्ता गरिरहेको एउटा चाखलाग्दो समाचार प्रकाशित ग-यो। त्यो समाचार अनुसार अफ्रिकाको एउटा सवभन्दा ठूलो सुन खानी रहेको कंगोको बुनिया क्षेत्रमा सुन बटुल्ने एकछत्र अधिकार पाउनका लागि बहुराष्ट्रिय सुन कम्पनी AngloGold Ashanti ले उक्त क्षेत्रलाई कव्जा गरिरहेको FNI नामक विद्रोही समूहलाई मोटो रकम तिर्दो रहेछ। यो प्रतिवेदन सुनको कथा हो, लोभको कथा हो र बेइमान/लुच्चा/द्वैध चरित्रधारी पश्चिमा सरकारहरुको नीचता उदांगो गर्ने कथा हो। AngloGold लाई राष्ट्रपति बुश देखि प्रधानमन्त्री ब्लेयरको आशिरवाद छ। उनिहरुको चुनाव खर्चको केहि अंश पक्कै पनि उक्त कम्पनीले बेहारकै हुनुपर्छ। भनाइको मतलब बुश र ब्लेयरलाई राम्ररी थाह छ कि AngloGold र तपशिलका बहुराष्ट्रिय कम्पनीले कंगोको सुन बटुल्न त्यहाँका विद्रोहीहरुलाई पैसा तिर्ने गर्छन। त्यहि पैसाले विद्राहीहरुले अमेरिका र अन्यत्रबाट हातहतियार खरिद गर्छन र आफ्नै कंगोली दाजुभाई विरुद्ध युद्ध छेंड्छन। FNI निहत्था मानिसहरुको पाशविक हत्या, महिला र केटाकेटीहरु माथी बलात्कार र दूराचार गर्नमा कहलिएका विद्राही समूहहरु मध्येको एक हो। र यस्तो खतरनाक समूह पश्चिमा कम्पनीहरुको भरण पोषणमा चलिरहेको छ।
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-07-05 6:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वास्तवमा कंगोलाई सवैले लुटेका छन्। कंगोलाई मात्र होइन सम्पूर्ण अफ्रिकालाई अमेरिकी र युरोपेलीले लुटेका छन्। औपनिवेशिक कालमा बेल्जियम भन्ने सानो युरोपेली मुलुकले आफूभन्दा ९० गुणा ठूलो देश कंगोमाथी आधिपत्य जमाएको थियो। उसले कंगोको सुन चाँदि लुट्नु लुट्यो। आज ब्रसेल्स र एन्ट्वेर्पका ठूल्ठूला महलहरुमा जति पनि सुन चाँदि हिरा जवाहरत सजिएका छन ति कंगो र अफ्रिकाबाट आएका हुन। बेल्जियमको रेलवेमा ओछ्याइएका लिक देखि, फार्म हाउसको फेन्सिङ् र घरका झ्याल ढोकाहरु कंगो देखि पानीजहाजमा ओसारेर ल्याइएका काठ, फलाम र इस्पातबाट बनेका हुन। बेल्जियम अघाएपछि लुट्ने पालो अरुको आयो। यति सम्मकी छिमेकका ठालु रुवाण्डा र युगाण्डाले पनि कंगोको सुनमा -याख-याखती बलात्कार गरे। सन २००२मा मात्र युगाण्डाले ६ करोड डलरको सुन निर्यात ग-?यो जवकी उसको देशभित्र निकालिएको सुनको मूल्य जम्मा २५ हजार डलर थियो। वाँकि सुन त्यहि कंगोबाट झिकिएको थियो। अर्थात बलियो छिमेकी युगाण्डा पनि निर्बलियो कंगोलाई लुट्न व्यस्त छ। धनि देशहरु केहि शताव्दी अघिसम्म एशिया र त्यसपछि अहिले अफ्रिकालाई लुट्न व्यस्त छन्। उनिहरु अफ्रिकामा विद्रोह उक्साएर, जनतालाई एक आपसमा लडाएर त्यहाँको समृद्धिको ब्रह्मलुट गर्न चाहन्छन। जव खनिज र प्राकृतिक स्रोतहरुको भण्डार रित्तिनेछ, कंगो कंगाल हुनेछ, उनिहरु पाखा लाग्नेछन र कंगोवासीहरु रोग र भोकले छट्पटाएर मर्नुपर्नेछ। बुश र ब्लेयरहरु प्रजातन्त्रको वकालत गरेर गरिब विश्वलाई अल्मलाइरहेका छन्। बुशले अस्तिमात्र अफ्रिकाको भोकमरीमा राहत पु-याउन साढे तीन करोड डलरको आर्थिक सहायता प्याकेज घोषणा गरे। ब्लेयरका अर्थमन्त्री गोर्डन ब्राउनले अफ्रिकाको बृहत्तर विकासका लागि ?मार्शल प्लान? बनाएका छन्। तर यि सव अफ्रिकालाई लुट्ने षड्यन्त्र हुन। सहयोगको नाममा भइरहेका यस्ता षड्यन्त्र गरिब देशका नेता र बुद्धिजिवीले वुझ्दैनन वा वुझेर वुझ पचाउँछन। कंगोबाट हप्तैपिच्छे करोडौंको सुन उछिट्टयाएर AngloGold ले वर्ष भरिमा अर्बौं डलर कमाएको तिर कसैको ध्यान जाँदैन , बुश र ब्लेयर अनि USAID र DFID ले दिने केहि लाख डलरको सहायतालाई केकेन ठान्छन गरिब देशका नेताहरु।
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-07-05 6:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
समग्रमा यो सब पट्यार लाग्दो रामकाहनीको निंचोड के भने कथित समृद्ध, प्रजातान्त्रिक मित्रराष्ट्र र बलिया छिमेकीबाट वास्तवमा कसैलाई सहयोग पुग्दैन। उनिहरु हाम्रो कमजोरीको फाइदा उठाएर हाम्रा साधन स्रोतहरुलाई लुट्न दाँत तिखारेर वसिरहेका हुन्छन। त्यसैले अमेरिका, भारत, चीन, युरोपेली संघ आदि इत्यादिको ?सदिच्छा?ले हाम्रो देशमा हुने राजनीतिक परिवर्तनबाट नेपाललाई सकारात्मक लाभ पटक्कै मिल्नेवाला छैन। विदेशी शक्तिहरुको दवावमा नेपालमा प्रजातन्त्रको पुनर्वहाली र राजनीतिक स्थिरता कायम हुने भ्रम पालेर बस्ने सबै नेता र बुद्धिजीविले कंगो र अफ्रिकाको उदाहरणलाई मनन गर्नु नितान्त आवश्यक छ। नेपालमा स्थायित्व आउनु यिनको आर्थिक हितमा नहुने भएकाले त्यस्तो फोस्रो आशामा वस्नु वेकार छ। तैपनि नेपालमा कंगो जस्तो सुनको फाँट नभएकाले हाम्रो देशमा अफ्रिकाको जस्तै कलह मच्चाउने इच्छा अमेरिका र युरोपलाई नहोला, चीन पनि आफ्नै विकासमा केन्द्रित भैरहेकाले उसको समेत नेपाल प्रति तत्काल खासै सरोकार छैन। तर भारतका लागि हाम्रा नदिनाला विहार र युपीलाई सिंचाई गर्ने र विजुली झल्मलाउने प्रमुख आधार हुन। भारतको यसै मनशायलाई जसले पूरा गरिदिने आश्वासन देला दिल्ली दरवारले उसैको भाँचिएको ढाडमा काप्रो वाँधिदेला। अतः हाम्रा वुद्धिहिन नेताहरु दिल्ली र वाशिङ्गटनको आशिर्वाद लिन त्यतातिर धाउने काम नगर। तिनको दबाबले प्रतिनिधी सभा पुनर्स्थापना त होला तर माओवादी लगायतका समस्याहरु झन चर्किनेछन। मनमोहन सिंहले नेपालमा स्थिरता हुनुपर्ने वकालत जतिसुकै गरेपनि उनको चासो हाम्रा सेती र भेरीहरु हुन, धेरैजसो त लगिसके उनिहरुले। त्यो नपाउँदा सम्म तिनले तिमीहरु, माओवादी भैयाहरु र राजाका पुच्छरहरुलाई ?बहुदिलय प्रजातन्त्र र सम्वैधानिक राजतन्त्र रुपी खम्बा?लाइ मियो( दाईं हाल्न गोरु/रांगालाइ वाँधेर हिडाउन प्रयोग गर्ने खम्बा) बनाएर त्यसैमा एउटालाई सुल्टो र अर्कोलाई उल्टो दिशामा वाँधेर रिंगाइरहनेछन्। त्यसकारण भाट नेताहरु चाँडै वुद्धि पु-याएर नेपाल फर्क। दक्षिण अमेरिकामा बोलिभियाका जनताले राष्ट्रपतिलाई हटाइसके। नेपाली जनतालाई विश्वासमा लिइ, लाखौंको जनसमुदायलाई काठमाण्डुमा उतार। शान्तिपूर्ण जुलुश गरेर राजासंग सम्विधान सभा माग। दिएनन भने नारायण हिटीको सुरक्षा घेरा तोडेर भित्र जाउ। राजाले छाड्न वाध्य हुनुपर्नेछ त्यसपछि।
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-07-05 6:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देशमा असली प्रजातन्त्र यसरी आउँछ। सामन्ती निरंकुश राजतन्त्र माथी यसरी अंकुश लगाउन सकिन्छ। दिल्ली र वाशिङ्गटन धाएर तिमीहरुले भनेको प्रजातन्त्र आउँदैन देशमा। यात्रुवाहक बसमा विष्फोट गराएर जनवाद आउँदैन देशमा। देशमा परिवर्तन ल्याउन जनताको साथ चाहिन्छ, हेर बोलिभियाको उदाहरण। देश विगार्ने विदेशीहरु हुन, हेर कंगोको उदाहरण। तिमीहरुको वुद्धि छैन, खत्तम छौ तिमीहरु। फर्क दिल्लीबाट चाँडै। क्रमशः (नोटः वृहत जनआन्दोलनका लागि नेपालीहरुको साथ पाउन नेता र दलहरुले के गर्ने? अव अर्को भागमा यस बारेमा मेरो बुद्धिले भ्याएका कुरा लेख्नेछु। मेरा शुभचिन्तकहरुले फुर्सदमा पढिदिनुहोला। र टिप्पणी पनि गर्नुहोला। अर्को कुरा मेरो स्वभावका कारण मेरो बुवा मलाई टर्रो खल्लुक भन्नुहुन्छ। मेरो वाझ्ने रुखो शैलि धेरैलाई अप्रिय लाग्ने गर्छ होला तर मलाई राम्ररी चिन्नेहरु मिलनसार भन्ने गर्छन... आफै मपाइ हुन खोज्यानी । चर्को वहश मेरो विशेषता नै हो। भारेभुरे देखि ठूल्ठूला मैं हुँ भन्ने सम्म, नेपाली / भारतीय देखि खैरे सम्म कसैको हैसियतको वास्ता नगरी वहश गरेको छु। आखिर सवै मान्छे न हुन किन खोक्रो सम्मान देखाउनु? अनि जव कोही हदै सम्म मन पर्दैन उसंग साधारण शिष्टाचार पनि गुमाउन पुग्छु जुन सम्भवत मेरो स्वभावको नकारात्मक पक्ष हो। खैर बल्ल त २५ भैयो। उमेर र अनुभवले परिपक्व हुँदै जाँदा यो बानी पनि सुध्रेला नै। अहिलेलाई .....यस्तै हो साथीहरु )
|
|
|
rajankhanal
Please log in to subscribe to rajankhanal's postings.
Posted on 06-07-05 6:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Newuser-ji, तपाईको बिष्लेषण साह्रै सह्रानिय छ । सबैको आआफ्नो वाझ्ने शैली हुन्छ । तर जब त्यो नितान्त ब्यक्तिगत हुन्छ तब कसैलाई पनि मन पर्दैन । बरु तर्क ले भरिपूर्ण बझाई हेर्न र अनुभब गर्न रमाईलो नै हुन्छ । तपाई हिजो अस्ति भन्दा निकै सेलाउनु भए जस्तो छ । उमेरले परिपक्वता दिदैन साथी त्यो त मान्छेको शैली र ब्यबहारले देखाउने कुरा हो साथी । स्वतन्त्र विचार कसैको वास्ता नगरी राख्ने कुरामा म बिल्कुलै सहमत छु । अर्को कुरा मैले तपाईको लेख म तपाईको शुभचिन्तक भएको नाताले पढेंको भने चाहिं होईन, मैले जसको पनि चित्त बुझ्दा र रमाईला लेख र रचनाहरु पढ्ने गर्दछु ।तपाईको बानि सुधार्नु पर्दैन बरु तपाई Natural तबरले ब्यबहार गर्नुस । उदाहरणको लागि यस श्रिङ्खला जस्तै । Whatever, keep it up....
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-07-05 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(माथी नेपालमा पूर्ण प्रजातन्त्र बहालीका लागि विदेशीहरुबाट सकारात्मक र प्रभावकारी सहयोगको अपेक्षा गर्न सकिंदैन र उनीहरु माथी राजनीतिमा भर पर्नु हुँदैन भनिए पनि सहज र सौहाद्रपूर्ण कूटनीतिक सम्बन्ध भने अपरिहार्य छ। यस बारेमा थप चर्चा पछि गर्नेछु। अहिलेलाई मंगलबारको कान्तिपुरमा प्रकाशित डाक्टर सुर्य सुवेदीको यो लेख (International Herald Tribune मा पूर्व प्रकाशित) यहिं टाँसिदिएँ) राजालाई सुनौलो अवसर सूर्य सुवेदी - ९० दशकको सुरुतिर एक जना बेलायती पत्रकारले भनेका थिए, 'नेपालमा प्रजातन्त्र सफल भयो भने यो विश्वको कुनै पनि ठाउँमा सफल हुन सक्छ ।' नेपालमा प्रजातन्त्रको भविष्यप्रति गरिएको उक्त आशंका अहिले सत्य सावित भएको छ । राजा ज्ञानेन्द्रले जब १९ माघमा 'कु' गरी सत्ता हत्याए र आफूलाई अर्को सक्रिय राजा बनाए, विश्व समुदाय नेपालमा प्रजातन्त्र साँच्चै असफल भएको साक्षी बने । राजाले दशक लामो माओवादी विद्रोहसँग मुकाबिला गर्न उक्त 'कु' आवश्यक भएको तर्क गरेका छन् । बर्खास्त संयुक्त सरकारका साझेदारहरू अप्रभावकारी भएकोमा विवाद छैन । त्यही निहुँमा प्रजातन्त्रको हत्या गर्नु भने समस्याको समाधान होइन । राजा निर्दलीय पञ्चायती व्यवस्थासँग मिल्दोजुल्दो 'निर्देशित प्रजातन्त्र' बाट प्रभावित भएका देखिन्छन् । ०४६ सालमा प्रजातन्त्र बहाली हुनुपूर्व निर्दलीय व्यवस्थामा स्थानीय, क्षेत्रीय र राष्ट्रिय परिषद्का सबै फाँटमा 'ठाडो शाही हुकुम' चल्थ्यो । उक्त अभ्यास कति बेकम्मा र निरर्थक थियो, त्यसबारे सबैलाई राम्रो ज्ञान छ । यो मार्ग अख्तियार गरी नेपाललाई पुनः असफल राष्ट्र बन्न दिनु हुँदैन । मुलुकलाई असफल हुनबाट जोगाउन यहाँ एउटा सही रोडम्याप छ । पहिलो कदम, राजाले सबै राजबन्दीलाई थुनामुक्त गर्नुपर्छ र 'कु' पछि प्रेस स्वतन्त्रता र सभा- सम्मेलनविरुद्ध जन्माइएका सबै नव 'डार्कोनियन' कानुन रद्द गर्नुपर्छ । त्यसपछि, अन्तर्राष्ट्रिय समुदायको सहयोग र राजनीतिक पाटीहरूसँग समन्वय गरी उनले बृहत् राजनीतिक सम्मेलन आयोजना गर्नुपर्छ । नेपालको राजनीतिक व्यवस्थामा के/कस्ता परिवर्तन ल्याउनेबारे निर्णय गर्न सम्मेलनमा माओवादीसमेतलाई संलग्न गराउनुपर्छ । परिवर्तनको सबैभन्दा निणर्ायक र महत्त्वपूर्ण पक्ष भने संसद्को शक्ति अभिवृद्ध गर्न संविधान संशोधन हुनुपर्छ । यसअघि नेपालमा राजनीतिक अन्योलको मुख्य कारण सरकारका तीन अङ्गबीच सन्तुलनको अभाव थियो, संसद् सबैभन्दा कमजोर र कार्यकारीहरू अति शक्तिशाली हुनु थियो । जसले गर्दा केही प्रधानमन्त्रीले बेचैन निर्वाचित तानाशाहाको व्यवहार प्रदर्शन गरे । राजनीतिक अन्योलता र अस्थिरताका लागि अरू पनि कारण छन् । नेपालमा संवैधानिक राजतन्त्रभित्र राजाको के शक्ति हुन्छ ? योबारे स्पष्ट व्याख्या जरुरी छ । माओवादीले राजतन्त्रलाई राजनीतिक, आर्थिक र सामाजिक विकासको बाधक ठान्दै आएको छ । र, राजाबाट पटक-पटक राजनीतिमा हस्तक्षेप गर्दा आफ्नो अवस्था मजबुत बनेको उनीहरू बताउँछन् । यो राजतन्त्र फाल्ने सवाल होइन । नेपाली अझै राजालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा विश्वास गर्छन् । माओवादीले पनि 'चेक एन्ड ब्यालेन्स' भए, सेना संसद् वा जनताको मातहत राखिए, र राजतन्त्रलाई संसदीय सार्व- भौमिकताको आधारमा साँच्चै संवैधानिक बनाए, आफूहरू मूलधारको राजनीतिमा सम्मिलित हुन इच्छुक रहेको बताएका छन् । माओवादीसँग जुझ्न असमानता, गरिबी, भूमिमाथि सामन्तीको नियन्त्रण, उपेक्षित वर्गप्रति दुव्र्यवहारजस्ता सामाजिक न्यायका मुद्दालाई सम्बोधन गर्नुपर्छ । नेपाल एक प्राचीन, जातीय तथा धार्मिक हिसाबले अति विभाजित समाज हो । यसकारण यहाँ कुनै पनि महत्त्वपूर्ण राजनीतिक क्रान्ति सविस्तार अघि बढ्न सकेको छैन । शान्ति र समृद्धि प्राप्त गर्न मुलुकले वर्गविहीन मान्यता स्वीकार गर्नैपर्छ । अन्तरिम र तत्कालीन पहलस्वरूप राजाले गैर-राजनीतिक 'केअटेकर' क्याविनेट गठन गर्नुपर्छ । चर्चा भएजस्तो कुनै एक जना पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा हुने यस्तो क्याविनेटले अन्तर्राष्ट्रिय अनुगमनबाट स्वतन्त्र निर्वाचन सम्पन्न गराउने मूल जिम्मेवारी लिनुपर्छ । अघिल्लो दशकमा मतदानमा चरम धाँधली हुने अभ्यासले नेपाली जनता निराश बनेका थिए । सरकारको नेतृत्व उच्चव्यक्तित्व भएका स्वतन्त्र व्यक्तिले गरे उसले गराउने आम निर्वाचन सफल बनाउन धेरैपक्ष प्रजातान्त्रिक पद्धतिमा र्फकने छन् । नेपाल नरेशसँग मुलुकलाई मानवतावाद, बहुलता र प्रजातन्त्रतर्फ डोर्?याउने एउटा सुनौलो अवसर छ । इतिहासले उनलाई जुन ठाउँमा उभ्याउनेछ, त्यो स्वीकार गर्न जनता तयार रहेको बखत यसले राजतन्त्रको आयु लम्ब्याउनेछ । तसर्थ, उनले आफूलाई जनअधिकार खोस्ने राजाभन्दा एक प्रगतिशील सुधारकको रूपमा इतिहासमा उभ्याउन अहिलेको अवसर छोप्नुपर्छ ।
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-08-05 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(फेरी एकाध हरफ लेख्?न जाँगर चलेको छ। मूख्य विषयवस्तुमा फर्किनु अगाडी अहिले सम्मको विवेचनाको निष्कर्ष के भने बृहत जनआन्दोलनको घोषणा गर्नु अघि राजनीतिक दलहरले प्रमूख माग संसद पुनर्स्थापना नभएर सम्विधान सभालाई बनाउनुपर्छ ताकी यसले माओवादीहरुको एजेण्डालाई सम्वोधन गर्न सकोस। र भारतीय/बाह्य दवाव केन्द्रित आन्दोलनको सट्टा व्यापक जनसहभागिताको विशाल आन्दोलनको कार्यक्रम तय गरियोस। आन्दोलनको उपलब्धी सम्विधान सभामा गएर रोकिएला या गणतन्त्रमा यि दुवैको परिस्थितिको विश्लेषण गरि आन्दोलन सकिंदाको समिकरणका बारेमा पूर्ण तयारी गरेर मात्र जनआन्दोलनको कार्यक्रम घोषणा गरियोस। तर जनतालाई कसरी विश्वासमा लिने ? कसरी उतार्ने लाखौं मानिसहरुलाई सडकमा ? के यो काम सम्भव छ ?अब एकैछिन यो प्रश्नको जवाफ खोजौं। ) २. राजनीति देशका लागि मानिसहरुले आफ्नो कर्मको फल अवश्य पनि चाहन्छन। सवै पेशामा लागेकाहरु आफ्नो मेहनतको फल पाउने आशामा हुन्छन। अहिलेको भौतिकवादी युगमा हरेक कर्मको फल सम्पत्ति/पैसा नै हो भन्ने मान्यता स्थापित भैसकेको छ। त्यसकारण मानिसहरु केहि कमाउने धुनमा नै पेशामा लागिरहेका हुन्छन। राजनीति सम्भवत यस्तो एकमात्र पेशा हो जसमा मेहनत पूर्वक कर्म गरेपनि आम्दानी आउने ग्यारेन्टी हुँदैन। त्यसैले नै कतिपय पढेलेखेका ,स�क्षम र इमान्दार मानिसहरु राजनीतिलाई आफ्नो पेशा बनाउन चाहँदैनन। फलस्वरुप कमसल मानिसहरु राजनीतिमा लाग्दा उनिहरुले राम्ररी काम गर्न सक्दैनन। राजनीतिक हैसियत कति बेला समाप्त हुने हो थाह हूँदैन र यसैबाट भ्रष्टाचारको शुरुवात हुन पुग्छ। हाम्रो देशको अर्थतन्त्र कमजोर भएकाले राजनीतिज्ञलाई पद अनुसारको जीवनशैली चलाउन गाह्रो हुन्छ र यसै मेसोमा उ भ्रष्टाचारको फन्दामा फस्नपुग्छ। प्रजातान्त्रका १४ बर्षमा भएको यहि नै हो हाम्रा नेताले देशका लागि राजनीति गर्न सकेनन, आफ्ना लागि मात्र राजनीति गरे र यसबाटै भ्रष्टाचार मौलाउन पुग्यो। राजनीति फलदायी पेशा होइन, यो वलिदानी पेशा हो र अति नै अपजसी पनि । अरुलाई गाली गर्न , आलोचना बर्साउन सजिलो छ तर राजनीति गर्न निकै गाह्रो हुन्छ। तपाईं हामी नेतालाई खुब गाली गर्छौं तर हा�मी मध्ये कतिजना नेपालमा फर्केर राजनीति गर्ने मनस्थितिमा छौं त ? कम्तिमा म चैं छैन किनकी मलाई जीवन धान्नपुग्ने आम्दानीको जरुरत छ जसको ग्यारेन्टी राजनीतिले दिंदैन। म जस्ता अकिंचनहरु राजनीतिमा लाग्दा नै भ्रष्टाचारको विजारोपण हुनपुग्छ। त्यसैले वास्तविक राजनीति गर्नेले पहिले अरु नै पेशाबाट जीवन निर्वाह गर्न पुग्ने आय आर्जन गरेर मात्र राजनीतिमा प्रवेश गर्नुपर्छ। उसमा राजनीतिबाट कमाउने एक रत्ति पनि लालशा हुनु हुँदैन, पूर्ण रुपमा देशका लागि समर्पित हुनसक्ने व्यक्तिले राजनीति गरेमा मात्र देश उँभो लाग्नसक्छ। हाम्रो नेपाललाई अब चाहिएको नेतृत्व पनि यस्तै हो। जसले कुनै व्यक्तिगत लाभको आशा नराखी राजनीतिमा आफ्नो समय र शीप खर्च गर्न सकोस। जसले सम्पत्तिको मोहलाई तिलान्जली दिन सकोस। यो कुरा भने जस्तै सजिलो अवश्य पनि छैन। तर अव दलहरुको नेतृतवमा वस्न चाहनेहरु, मन्त्री र सांसद हुन चाहनेहरु देशका निम्ति राजनीति गर्न तयार हुनुपर्छ, कमाउने आशा गर्नेहरुले नेतृत्व छाडिदिनुपर्छ। दलहरुले अवको आन्दोलाई हाँक्ने नेतृत्व यसरी चयन गर्नुपर्छ कि त्यसमा रहनेहरुले देशकालागि राजनीति गर्ने, आफ्नो आय आर्जनलाई बलिदान गर्ने प्रतिवद्धता जनाउन सकुन। कम्तिमा देशलाई गरिबीको दलदलबाट� निकालेर जनताको जीवनस्तर न्यूनतम रुपमा भएपनि सामान्य गराउन नसक्दा सम्म राजनीतिबाट सम्पत्ति नकमाउने किरिया खाएर मात्र अबको राजनीतिमा पाइला टेकियोस। क्रमश:
|
|
|
rajankhanal
Please log in to subscribe to rajankhanal's postings.
Posted on 06-08-05 4:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Newuserji, brilliant presentation. I went through your complete posting, and found your ideology quite interesting. Actually, the way that you have stressed about the respecting culture for political leaders than just blaming them, I like that idea most in your article. My very brief critical view on your article is that, if one thinks first to be economically sufficient and then stepping into politics, that is just a day dream. In politics, at least in the politics of Nepal, it counts how long your are whole timer and DC member? How many years have you been to jail? etc, I mean there are different criteria, which we cannot break through. Rest, I agree with you.
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-08-05 5:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Khanal Ji , Out of the topic , एउटा कुरा सोध्न मन लाग्यो - के यो तपाईंको असली नाम हो ? अनि तपाईं कहाँबाट नी ? नेपाल कि अम्रिका ?
|
|
|
Pade_Queen_no.1
Please log in to subscribe to Pade_Queen_no.1's postings.
Posted on 06-08-05 7:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OHO, Thanks newuserji for the enlightening article. BTW, amrica bata nepal kahile jane? We need leaders like u.
|
|
|
usofa
Please log in to subscribe to usofa's postings.
Posted on 06-08-05 7:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(लेखन मेरो शौख हो, आदत हो। साझामा यो शौख पूरा गर्दैछु। जहिले पनि र जहाँसुकै घनटाउकेहरुलाई गाली गर्ने स्वभाव छ। सानातिनालाई गाली गरेर काम पनि छैन। मजस्तै साना टाउकेहरु कसैले व्यक्तिगत रुपमा लिनु पर्दैन। सित्तैमा पाएको अवसरको उपभोग गर्दैछु, चित्त नवुझ्नेले नपढे हुन्छ, पछि गाली गलौज गर्न पाइदैन) Naya prayog karta ji, thik bhanu bhayo tapai le.
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-12-05 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(PQN 1 ले सम्भवत कुनै व्यङ्ग्य विनोद नगरि राम्रै मनशायले भन्नुभाहोला भन्ठानेर धन्यवाद दिन चाहन्छु। तर माथी नै भनेको छु नेता हुने रहर या सपना साँधेर राजनीतिक वहश गरिरहेको होइन Newuser ले। सफल नेता हुन मान्छेले कुनै न कुनै बेला आफ्नो इमान र नैतिकतालाई दाउमा लगाउनैपर्छ जसका लागि newuser कदाचित तयार हुनेछैन। तसर्थ Politics as a profession न्यूयुजरले सोंचेको विषय होइन भन्ने कुरामा फेरी यहाँको ध्यानाकर्षण गराउन चाहन्छु। मैले लगातार रुपमा राजनीतिक वहश गरिरहनुमा एउटा कारण छ। मेरो धागोलाई २० जनाले क्लिक गर्लान ५ जनाले पढ्लान र केवल एकजनाले मेरो विचारमा सहमति जनाउला। त्यसबाट पनि मेरो लेखाइले सार्थकता पाउँछ भन्ने विश्वास हो मेरो। मलाई देशको भविष्य प्रति आशा छ। देशमा प्रजातान्त्रिक पद्दतिबाटै सुधार ल्याउन सकिन्छ, तानाशाहीतन्त्रबाट होइन भन्ने मेरो दृढविश्वास केहि अरु नेपालीहरुमा पनि भर्न सकिन्छ कि भन्ने उद्येश्य हो जसका लागि मैले लेखिरहनेछु अनवरत रुपमा। युवाहरुको यस्तो जमात बनाउनुपरेको छ अहिले जसले व्यक्तिगत स्वार्थको घेराबाट बाहिर निस्कएर पूर्णतया स्वतन्त्र र निष्पक्ष ढंगले परिस्थितिको विश्लेषण गर्ने आँट गरोस, जसले पारिवारिक पृष्ठभूमीलाई ख्याल नगरी पढेका र देखेका सकारात्मक कुराहरुको आधारमा नै राजनीतिक दृष्टिकोण बनाउन सकोस, जसले व्यक्तिगत हानी भएपनि देशलाई फाइदा हुनसक्ने काममा जोखिम मोल्न सकोस, जसले भ्रष्टाचार/चाकरी/चाप्लुसीतन्त्रलाई पूर्णतया घृणा र परहेज गरोस अनि जो परेको खण्डमा लोकतान्त्रिक आन्दोलनमा आफ्नो रगत बगाउन तयार होस। यस्तो जिम्मेवार, प्रगतिशिल र साहशिक युवा जमात निर्माण गरेपछि नेपालको राजनीतिलाई दुर्गन्धको कूवाबाट उकास्न सकिन्छ। अब राजनीतिलाई स्वच्छ बनाउने भूमिका युवाहरुबाट निर्वाह हुन सक्छ र यो भूमिका नेता नभैकन आ-आफ्ना पेशामै रहेर पनि खेल्न सकिन्छ। देशमा स्वच्छ राजनीतिक प्रणाली बहाल गराउन र देश विकास गर्न नेता नभै वाहिरबाटै प्रभावकारी भूमिका खेल्नका लागि हामी शिक्षित युवाहरु बीच न्यूनतम बैचारिक सहमति निर्माण हुनुपर्छ भन्ने मेरो वुझाइ हो। पहिला हामी नेपालको वर्तमान संकटको निकास राजाको हुकमी शासनबाट नभएर लोकतान्त्रिक पद्दतिबाट सम्भव छ भन्ने कुरामा ऐक्यवद्ध हुनुप-यो, त्यसपछि हामीले एकिकृत भएर राजालाई चुनौति दिनसक्नु प-यो अनि लोकतन्त्रको पुनर्स्थापना पछि सिद्धान्तनिष्ठ भएर नेपालको नियम कानूनको पालना गर्दै आआफ्नो क्षेत्रबाट स्वच्छ राजनीति र देश विकासमा सकारात्मक योगदान दिनुपर्छ भन्ने मेरो मूख्य आग्रह हो। यसलाई आफ्नो लेखन मार्फत पढ्नेहरुसम्म पु-याउन सके त्यो नै मेरा लागि ठूलो उपलब्धि हुनेछ। नत्र पनि खासै घाटा चै छैन किनभने जति बढि लेख्यो त्यति नै आफ्नो तर्क क्षमता तिखारिन्छ। सवभन्दा महत्वपूर्ण कुरा हामी युबाबीच देशका बारेमा जतिसक्दो धेरै विषयमा समान अवधारणा निर्माण हुनुपर्छ यसमा जति ढिलाई हुन्छ देशले त्यति नै दूख वेहोर्नुपर्छ। USOFA जीले अलि कूटनीतिक पारामा प्रतिकृया लेख्नुभएछ तैपनि धन्यवाद छ यहाँलाई पनि। अव आगामी अंशदेखि मूल विषयमा केन्द्रित हुने प्रयाश गर्नेछु।)
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-13-05 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(साझामा मैले आफ्नो राजनीतिक वहश जारी राख्दा केहि वाँदरहरुलाई पर्नु पीर परिरहेको छ। उनिहरु आँफू पनि के�हि गर्न सक्दैनन र गर्नेलाई पनि सताएर हैरान कटाउँछन। तर मलाई केहि नलेखी बस्न मनै लाग्दैन। फेरी वाँदर भन्छ फलानो writes pages and pages of theory अनि पछाडी उहि भन्छ तलाई भन्या होइन। वाँदरले मैले लेख्या कुरा नपढि बस्नै सक्दैन अनि पढेपछि मलाई घुमाउरो पारामा attack गर्छ।त्यो वाँदरले यो धागोमा केहि गर्ला कि नगर्ला हेरिहालौं है त।) पुन: विषयवस्तुमा प्रवेश गरौं क) पार्टी नेतृत्वमा पुनर्गठन देशका लागि राजनीति गर्न तयार नेताहरु मध्येबाट सबभन्दा सक्षम नेतृत्व छान्नु दलहरुले अहिले गर्नुपर्ने सवभन्दा पहिलो काम हो। जनताहरु नेपाली कांग्रेस, एमाले लगायतका दलहरुको अहिलेको नेतृत्व पंक्तिबाट वाक्क भएका छन्। अहिलेको नेतृत्वमा रहेका अनुहारहरुलाई जनताको घृणा कति छ भन्नेकुरा ति नेताहरु स्वयंलाई थाह नभएको पनि होइन। देशमा तानाशाहीतन्त्रले जरो गाड्न लाग्दा २१औ शताव्दीका राजनीतिक रूपले चेतनशिल जनता र नागरिक समाजले लोकतान्त्रिक आन्दोलनमा रुची नदेखाउनुको मूख्य कारण वर्तमान पार्टी नेतृत्व प्रति विद्यमान जनआक्रोश नै हो भन्ने वुझिसकेका नेताहरुले अब पार्टीका केन्द्रिय कमिटी लगायत महत्वपूर्ण संगठनात्मक जिम्मेवारीहरुमा व्यापक हेरफेर र पुनर्गठन गर्नुको विकल्प छैन। यदि जनताहरुलाई आन्दोलनमा आकर्षित गर्ने नै हो भने सवभन्दा पहिलो शुरुवात भ्रष्टाचार गरेर नराम्ररी गन्हाएका नेताहरुलाई पार्टीका महत्वपूर्ण पदबाट गलहत्याएर गर्नुपर्छ । हुनत आन्दोलन गर्दा उनिहरुलाई दरकिनार गर्दा शक्ति कमजोर हुनसक्छ भन्ने तर्क पनि उठ्नसक्छ। तर जव जनता नै केहि नेताहरबाट आजित भैसकेको स्थितिमा त्यस्ता नेतालाईनै आन्दोलनको अग्रिम मोर्चामा राखेपछि त्यसमा विकर्षण पैदा हुनु स्वभाविक छ। बरु उनिहरुलाई केहि गौण जिम्मेवारी दिने, सार्वजनिक रूपमा जनतासंग माफी माग्न लगाउने र छवि सुधारेपछि फेरी नेतृत्वमा पुग्न �दिने सहमति कायम गरेर जनताको विश्वास पुनर्स्थापित गर्न सकिन्छ। भ्रष्टाचार गरेर कुख्यात भएका नेताले कुनै बहाना गरेर पार्टीको महत्वपूर्ण जिम्मेवारी आँफै त्यागे जनताको मन फर्काउने सबभन्दा सजिलो काइदा यहि हुनसक्छ। तिनले आन्दोलन सफल भैसकेपछि फेरी आफ्नो छवि सुधारेर जनताको मत माग्न जानसक्नेछन या त अन्य पेशा अंगालेर वस्न सक्नेछन। तर संगसंगै पार्टीले छानविनबाट दोषी प्रमाणित हुने भ्रष्टहरुलाई कारवाही गर्ने बचनपनि जनतालाई दिनुपर्नेछ। भ्रष्टाचार जस्तो जघन्य अपराधबाट कसैले उन्मुक्ती पाउने छैन भनेर आश्वस्त पार्नु पनि पार्टीहरूको कर्तव्य हुन आउँछ। ..... हत्तेरिका बीचैमा यो शीर्षक छाड्नुप-यो ।यसलाई अर्को भेटमा बिट मारौंला।
|
|
|
Bhrasta_Netaa
Please log in to subscribe to Bhrasta_Netaa's postings.
Posted on 06-13-05 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
New user Before launching the new "people's revolution" the leaders need to raise an army of new recruits, buy and collect arms and provide training to the new recruits and have short and long term war strategy.
|
|