Posted by: newuser June 5, 2005
Before launching the new people's revolution.
Login in to Rate this Post:     0       ?        
जनआन्दोलनका पूर्वशर्तहरु Newuser. १. बोलिभिया र कंगोको उदाहरण क) बोलिभिया उत्तर अमेरिकी राष्ट्र बोलिभिया र दक्षिण एशियाली राष्ट्र नेपालका बीच प्रसस्त समानताहरु छन्। हुन त बोलिभियाको क्षेत्रफल नेपालको भन्दा झण्डै चार गुणा बढि अनि जनसंख्या झण्डै दुई तिहाइ कम छ, तर यि दुई देशबीच भौगोलिक, सामाजिक र राजनीतिक समानताहरु छन्। पहिलो कुरा बोलिभिया भूपरिवेष्ठित राष्ट्र हो। र त्यो पहाडै पहाडको देश हो। त्यसकारण भूगलजन्य आर्थिक समस्याहरुका दृष्टकोणले नेपाल र बोलिभियालाई दाँजेर हेर्न सकिन्छ। बोलिभिया दक्षिण अमेरिकाको सवभन्दा गिरिब देश हो, नेपाललाई विश्वकै एउटा गरिबतम देश हो भन्नु अतिशयोक्ति हुँदैन। राजनीतिक अस्थिरता र कलहका दृष्टिले पनि दुई देशका समस्याहरु झण्डै मिल्दाजुल्दा छन्। बोलिभियामा कुनै तानाशाही तन्त्र छैन र कसैले तानाशाहीतन्त्र लाद्न पनि चाहेको छैन। नेपालमा तानाशाही तन्त्रको उठान र सशक्तिकरण भैरहेको छ, श्री ५ ज्ञानेन्द्रको असौज १८ र माघ १९ को कदमबाट। यति भिन्नता हुँदाहुँदै समानता के छ भने दुवै देशका जनताले व्यापक सुधार र परिवर्तन चाहिरहेका छन्। बोलिभियका जनताले नयाँ सम्विधानका लागि गरेको मागलाई सदर गर्दै राष्ट्रपति कार्लोस मेसाले सम्विधान सभाको चुनाउका लागि मिति घोषणा गरे । तर जनताले अरु माग पनि गरेका थिए जसलाई मेसाले अनुमोदन गर्न सकेनन। त्यसकारण जनताहरुले आफ्ना सम्पूर्ण माग पूरा नभएको वताउँदै आन्दोलन रोक्न अस्विकार गरे। अब राष्ट्रपति मेसाका अगाडी दुइटा मात्र विकल्व छन: कि पद त्याग गर, कि त जनताका अरु माग पनि पूरा गरेर आफ्नो कुर्सी बचाउ।
Read Full Discussion Thread for this article