Posted by: newuser June 5, 2005
Before launching the new people's revolution.
Login in to Rate this Post:     0       ?        
उता हाम्रो नेपालमा जनताको अहिलेको माग सम्विधान सभा हो। सम्विधान सभा यस अर्थमा कि जनताहरु माओवादी समस्याको समाधान चाहन्छन र माओवादीहरु सम्विधान सभाको चुनाब भएमा मात्र विद्रोह परित्याग गर्न तयार छन्। कार्लोस मेसाले कुनै रक्तपात या भिषण आन्दोलन विना नै जनताले गरेको सम्विधान सभाको मागलाई स्विकार गर्दा पनि उनलाई उम्कन गाह्रो भयो। किनकी जनताहरु र आन्दोलनको नेतृत्व गर्नेहरुले आफ्नो शक्तिलाई राम्ररी बुझेका छन्। यसको विपरित नेपालका नेताहरु सम्विधान सभालाई प्रमूख माग बनाउन डराएर तीन वर्ष अघिको संसद पुनर्स्थापनाको काइते माग लिएर आन्दोलन गर्दै छन्। संसद पुनर्स्थापना कुनै पनि हालतमा माओवादी संकट निकासको प्रस्थान विन्दु होइन । त्यसैले सवभन्दा पहिला दलहरुको माग माओवादी समेत सहभागी संयुक्त सरकार र सम्विधान सभा चुनावको मितिको घोषणालाई बनाउन जरुरी छ। यो कुनै ठूलो माग होइन र यो मागपछि माओवादीहरुको शक्ति पनि आन्दोलनमा संचित हुने भएकाले जन आन्दोलन बढि प्रभावकारी हुन्छ। तत पश्चात राजा ज्ञानेन्द्रले कि त खुरुक्क मेसाले जस्तै सम्वधान सभा चुनावको मिति तोक्न वाध्य हुनु पर्नेछ नत्र केहि समय शक्ति प्रयोग द्वारा आन्दोलन दबाउने धृष्टता गरेर अन्ततः नारायणहिटीको उत्तर ढोका हुँदै शरणका लागि अज्ञात स्थल तर्फ बाटो तताउनुपर्नेछ। किनकी जनताको शक्ति अगाडी ज्ञानेन्द्रको केहि डेग चल्नेवाला छैन। जनताको सर्वोपरी शक्तिलाई नेताहरुले वुझुन र संसद पुनर्स्थापना, फेरी तिनै सांसदहरु मन्त्री बनेर गाडीमा सिंहदरवार हुइँकिने सम्भाव्यतालाई त्यागेर माओवादी समस्यालाई तत्काल सम्वोधन गर्ने माग सहितको ओन्दोलनको तयारी गरुन। संसद पुनर्स्थापना सजिलो छ। मण्डलेतन्त्रीहरुले आन्दोलनको सम्भावित आकारलाइ दृष्टिगोचर गरेर डराएका अभिव्यक्तिहरु दिइसकेका छन् ।सूर्य बहादुर थापाको पार्टीले दल र माओवादीबीच समिकरण हुनु दुर्भाग्य हुने बताएर संसद पुनर्स्थापना हुन दिएर संसदीय दलहरुलाई सम्विधान सभाको माग परित्याग गर्न मनाउने र वास्तविक परिवर्तनकारी आन्दोलनलाई भाड्ने जिरह गरेको छ। जसलाई राजनीतिक दलहरुले वुझ्नु एकदम जरुरी छ। अहिलेको पहिलो आवश्यकता सम्विधान सभाका लागि निर्वाचनको घोषणा हो र कुनै पनि हालतमा दलहरुले यसबाट पछि हटेर दरबारसंग सम्झौता गर्नु इतिहासलाई दोहो-याउनु र दरबारलाई नै शक्तिसाली हुने मौका दिनु हो। ज्ञानेन्द्रले सम्विधान सभाको मागलाई स्विकार गर्नैपर्नेछ किनकी जनताको शक्ति निर्णायक छ। बोलिभियाको उदाहरण हेरेर दलहरुले सम्विधान सभालाई एउटा सामान्य रुपमा प्राप्त हुनसक्ने पहिलो र प्रमूख मागका रुपमा अघि सार्नु आवश्यक छ। यसभन्दा अघि, उक्त मागका लागि हुने वृहत आन्दोलनमा जनताको समर्थन प्राप्त गर्न पार्टीहरुले आफूभित्रै व्यापक सुधारको घोषणा गर्नुपर्ने हुन्छ जसका बारेमा यहाँ पछि चर्चा गरिनेछ। क्रमशः
Read Full Discussion Thread for this article