Posted by: newuser June 13, 2005
Before launching the new people's revolution.
Login in to Rate this Post:     0       ?        
(साझामा मैले आफ्नो राजनीतिक वहश जारी राख्दा केहि वाँदरहरुलाई पर्नु पीर परिरहेको छ। उनिहरु आँफू पनि के�हि गर्न सक्दैनन र गर्नेलाई पनि सताएर हैरान कटाउँछन। तर मलाई केहि नलेखी बस्न मनै लाग्दैन। फेरी वाँदर भन्छ फलानो writes pages and pages of theory अनि पछाडी उहि भन्छ तलाई भन्या होइन। वाँदरले मैले लेख्या कुरा नपढि बस्नै सक्दैन अनि पढेपछि मलाई घुमाउरो पारामा attack गर्छ।त्यो वाँदरले यो धागोमा केहि गर्ला कि नगर्ला हेरिहालौं है त।) पुन: विषयवस्तुमा प्रवेश गरौं क) पार्टी नेतृत्वमा पुनर्गठन देशका लागि राजनीति गर्न तयार नेताहरु मध्येबाट सबभन्दा सक्षम नेतृत्व छान्नु दलहरुले अहिले गर्नुपर्ने सवभन्दा पहिलो काम हो। जनताहरु नेपाली कांग्रेस, एमाले लगायतका दलहरुको अहिलेको नेतृत्व पंक्तिबाट वाक्क भएका छन्। अहिलेको नेतृत्वमा रहेका अनुहारहरुलाई जनताको घृणा कति छ भन्नेकुरा ति नेताहरु स्वयंलाई थाह नभएको पनि होइन। देशमा तानाशाहीतन्त्रले जरो गाड्न लाग्दा २१औ शताव्दीका राजनीतिक रूपले चेतनशिल जनता र नागरिक समाजले लोकतान्त्रिक आन्दोलनमा रुची नदेखाउनुको मूख्य कारण वर्तमान पार्टी नेतृत्व प्रति विद्यमान जनआक्रोश नै हो भन्ने वुझिसकेका नेताहरुले अब पार्टीका केन्द्रिय कमिटी लगायत महत्वपूर्ण संगठनात्मक जिम्मेवारीहरुमा व्यापक हेरफेर र पुनर्गठन गर्नुको विकल्प छैन। यदि जनताहरुलाई आन्दोलनमा आकर्षित गर्ने नै हो भने सवभन्दा पहिलो शुरुवात भ्रष्टाचार गरेर नराम्ररी गन्हाएका नेताहरुलाई पार्टीका महत्वपूर्ण पदबाट गलहत्याएर गर्नुपर्छ । हुनत आन्दोलन गर्दा उनिहरुलाई दरकिनार गर्दा शक्ति कमजोर हुनसक्छ भन्ने तर्क पनि उठ्नसक्छ। तर जव जनता नै केहि नेताहरबाट आजित भैसकेको स्थितिमा त्यस्ता नेतालाईनै आन्दोलनको अग्रिम मोर्चामा राखेपछि त्यसमा विकर्षण पैदा हुनु स्वभाविक छ। बरु उनिहरुलाई केहि गौण जिम्मेवारी दिने, सार्वजनिक रूपमा जनतासंग माफी माग्न लगाउने र छवि सुधारेपछि फेरी नेतृत्वमा पुग्न �दिने सहमति कायम गरेर जनताको विश्वास पुनर्स्थापित गर्न सकिन्छ। भ्रष्टाचार गरेर कुख्यात भएका नेताले कुनै बहाना गरेर पार्टीको महत्वपूर्ण जिम्मेवारी आँफै त्यागे जनताको मन फर्काउने सबभन्दा सजिलो काइदा यहि हुनसक्छ। तिनले आन्दोलन सफल भैसकेपछि फेरी आफ्नो छवि सुधारेर जनताको मत माग्न जानसक्नेछन या त अन्य पेशा अंगालेर वस्न सक्नेछन। तर संगसंगै पार्टीले छानविनबाट दोषी प्रमाणित हुने भ्रष्टहरुलाई कारवाही गर्ने बचनपनि जनतालाई दिनुपर्नेछ। भ्रष्टाचार जस्तो जघन्य अपराधबाट कसैले उन्मुक्ती पाउने छैन भनेर आश्वस्त पार्नु पनि पार्टीहरूको कर्तव्य हुन आउँछ। ..... हत्तेरिका बीचैमा यो शीर्षक छाड्नुप-यो ।यसलाई अर्को भेटमा बिट मारौंला।
Read Full Discussion Thread for this article