Posted by: newuser June 12, 2005
Before launching the new people's revolution.
Login in to Rate this Post:     0       ?        
(PQN 1 ले सम्भवत कुनै व्यङ्ग्य विनोद नगरि राम्रै मनशायले भन्नुभाहोला भन्ठानेर धन्यवाद दिन चाहन्छु। तर माथी नै भनेको छु नेता हुने रहर या सपना साँधेर राजनीतिक वहश गरिरहेको होइन Newuser ले। सफल नेता हुन मान्छेले कुनै न कुनै बेला आफ्नो इमान र नैतिकतालाई दाउमा लगाउनैपर्छ जसका लागि newuser कदाचित तयार हुनेछैन। तसर्थ Politics as a profession न्यूयुजरले सोंचेको विषय होइन भन्ने कुरामा फेरी यहाँको ध्यानाकर्षण गराउन चाहन्छु। मैले लगातार रुपमा राजनीतिक वहश गरिरहनुमा एउटा कारण छ। मेरो धागोलाई २० जनाले क्लिक गर्लान ५ जनाले पढ्लान र केवल एकजनाले मेरो विचारमा सहमति जनाउला। त्यसबाट पनि मेरो लेखाइले सार्थकता पाउँछ भन्ने विश्वास हो मेरो। मलाई देशको भविष्य प्रति आशा छ। देशमा प्रजातान्त्रिक पद्दतिबाटै सुधार ल्याउन सकिन्छ, तानाशाहीतन्त्रबाट होइन भन्ने मेरो दृढविश्वास केहि अरु नेपालीहरुमा पनि भर्न सकिन्छ कि भन्ने उद्येश्य हो जसका लागि मैले लेखिरहनेछु अनवरत रुपमा। युवाहरुको यस्तो जमात बनाउनुपरेको छ अहिले जसले व्यक्तिगत स्वार्थको घेराबाट बाहिर निस्कएर पूर्णतया स्वतन्त्र र निष्पक्ष ढंगले परिस्थितिको विश्लेषण गर्ने आँट गरोस, जसले पारिवारिक पृष्ठभूमीलाई ख्याल नगरी पढेका र देखेका सकारात्मक कुराहरुको आधारमा नै राजनीतिक दृष्टिकोण बनाउन सकोस, जसले व्यक्तिगत हानी भएपनि देशलाई फाइदा हुनसक्ने काममा जोखिम मोल्न सकोस, जसले भ्रष्टाचार/चाकरी/चाप्लुसीतन्त्रलाई पूर्णतया घृणा र परहेज गरोस अनि जो परेको खण्डमा लोकतान्त्रिक आन्दोलनमा आफ्नो रगत बगाउन तयार होस। यस्तो जिम्मेवार, प्रगतिशिल र साहशिक युवा जमात निर्माण गरेपछि नेपालको राजनीतिलाई दुर्गन्धको कूवाबाट उकास्न सकिन्छ। अब राजनीतिलाई स्वच्छ बनाउने भूमिका युवाहरुबाट निर्वाह हुन सक्छ र यो भूमिका नेता नभैकन आ-आफ्ना पेशामै रहेर पनि खेल्न सकिन्छ। देशमा स्वच्छ राजनीतिक प्रणाली बहाल गराउन र देश विकास गर्न नेता नभै वाहिरबाटै प्रभावकारी भूमिका खेल्नका लागि हामी शिक्षित युवाहरु बीच न्यूनतम बैचारिक सहमति निर्माण हुनुपर्छ भन्ने मेरो वुझाइ हो। पहिला हामी नेपालको वर्तमान संकटको निकास राजाको हुकमी शासनबाट नभएर लोकतान्त्रिक पद्दतिबाट सम्भव छ भन्ने कुरामा ऐक्यवद्ध हुनुप-यो, त्यसपछि हामीले एकिकृत भएर राजालाई चुनौति दिनसक्नु प-यो अनि लोकतन्त्रको पुनर्स्थापना पछि सिद्धान्तनिष्ठ भएर नेपालको नियम कानूनको पालना गर्दै आआफ्नो क्षेत्रबाट स्वच्छ राजनीति र देश विकासमा सकारात्मक योगदान दिनुपर्छ भन्ने मेरो मूख्य आग्रह हो। यसलाई आफ्नो लेखन मार्फत पढ्नेहरुसम्म पु-याउन सके त्यो नै मेरा लागि ठूलो उपलब्धि हुनेछ। नत्र पनि खासै घाटा चै छैन किनभने जति बढि लेख्यो त्यति नै आफ्नो तर्क क्षमता तिखारिन्छ। सवभन्दा महत्वपूर्ण कुरा हामी युबाबीच देशका बारेमा जतिसक्दो धेरै विषयमा समान अवधारणा निर्माण हुनुपर्छ यसमा जति ढिलाई हुन्छ देशले त्यति नै दूख वेहोर्नुपर्छ। USOFA जीले अलि कूटनीतिक पारामा प्रतिकृया लेख्नुभएछ तैपनि धन्यवाद छ यहाँलाई पनि। अव आगामी अंशदेखि मूल विषयमा केन्द्रित हुने प्रयाश गर्नेछु।)
Read Full Discussion Thread for this article