लामो समय देखि मुम्बई चलचित्रहरुको प्रभावले नेपाली भाषा र संस्कृति लाई आफ्नै सिमा भित्र ग्रहण लगाई दिएको छ |हिन्दी संक्रमण ले नेपाली संगीत र चलचित्र क्षेत्र लाइ तहस नहस नै गरिदिएको छ | पछिल्लो दशकमा नेपाली चलचित्र हरु को संख्यात्मक बृद्दी भए पनि गुणस्तर हिन प्राय छन् | नेपाली कला क्षेत्र संग सम्बन्धित धेरै कलाकार हरु बिदेसिन बाध्य भएका छन् |झन्डै ३ करोड जनसंख्या भएको गणतान्त्रिक नेपाल को लागि राष्ट्र भाषा मानिएको नेपाली भाषा बोल्ने नेपालीहरु नेपाल बाहेक बिदेशमा पनि ठुलो संख्या मा छन् | तर बिडम्बना नै भन्नु पर्छ नेपाली मौलिक कला र संस्कृति नेपाल भित्र नै उपेक्षित् हुन पुगेको छ | हिन्दी गीत र चलचित्र हरु नेपालमा प्लेगको जीवाणु भएर भित्रिएको छ | समय छदै उपचार नगरे हिन्दी संक्रमणले नेपाली राष्ट्र भाषा र नेपाली हरुको मौलिक संस्कृति हरुलाई आर्यघाट पुर्याएर नै छाड्ने छ |
पछिलो दसक मा नेपाली भाषा र कला क्षेत्र को हरिबिजोक देख्न नेपाल गए हुन्छ | जुन सुकै रेडियो खोले पनि हिन्दि गीतहरु बजी रहेको हुन्छ,टेलिभिजनहरुमा त झन हिन्दी सिरियल हरुको को बाढी नै आउदो रहेछ |नेपालको प्रमुख पत्रपत्रिका मा पनि हिन्दी सिनेमाको कलाकार हरु को अजङ्ग को तस्बीर छापिदो रहेछन | नेपाली कलाकार हरुको सानो पासपोर्ट आकारको फोटो पत्रिकाको एउटा कुनामा राखेर कहिले काही छाप्दा रहेछन | जस्तै केहि महिना अगाडी ऐस्वार्य राय गर्भवती भएको समाचार नेपाल को पत्रपत्रिका हरुले प्रमुखताका साथ छापे | नेपाली कलाकर्मी र संगीतकर्मी हरु ले आज सम्म पनि आफ्नो पेशागत क्षेत्रमा भएको हिन्दी अतिक्रणको बिरोध मा कुनै आवाज उठाएको थाहा भएन | नेपाली कलाकार हरुको यो मौनता कि त उनीहरुमा चेतनाको कमि रहेर हो वा उनीहरु आफै हिन्दी फिल्मका कलाकार हरुको नक्कल गर्दैमा फुर्सद नभएर हो अहिले भन्न सकिएन | नेपालमा भई रहेको हिन्दी फिल्म र संगीत को एकाधिकार नियन्त्रण गर्नसकेमा नेपाली कलाकारहरुले कला क्षेत्र मा आफुलाई पूर्ण रुपले समर्पित गर्न सक्ने थिए अनि स्तरीय नेपाली चलचित्र,गीत संगीतहरुको सिर्जना गर्न सक्थे | नेपाली कला क्षेत्र को विकास भए नेपाली कलाकार हरुले आर्थिक रुपमा मा सबल बन्न को लागी अन्य ब्यबसाय हरुको भर पर्नु पर्ने थिएन| केहि अपवाद लाइ छाड्ने हो भने अझै पनि नेपालका कलाकार हरु कला क्षेत्रका अलावा कुनै न कुनै अरु ब्यबसाय संग सम्बन्धित छन् |
नेपालका प्रत्येक चोक देखि बिदेशमा बस्ने नेपालीहरुले गर्ने सांस्कृतिक कार्यक्रमहरुमा हिन्दी गीत नबजाए नेपालीहरुको जात जान्छ | नेपालमा गएकोबेला यस्तै भीड हरु देखि भाग्न अन्नपुर्ण को ट्रेकिंग गएको थिए | तर हिमालको काखमा रहेको ससाना होटेल हरुमा पनि हिन्दी गीतहरु नसुनी नसक्दा रहेछन | हुनपनि कोक्रो देखिनै हिन्दी गीत घोकाएर हुर्काईएको नेपालीहरु को बानि छुटाउन त्यति सजिलो छैन | नेपालीहरु आफै हिन्दी गीत नसुनी र हिन्दी फिल्म नहेरी सक्दैनन अनि इन्डियन हरुलाई “धोति ”भनेर गाली गर्न पनि छाड्दैनन | यसमा इन्डियालाई मात्र किन दोष दिने होइन र ? नेपाली हरुको हिन्दीकरण गर्ने सबै भन्दा प्रमुख जिम्मेवार निकाय भनेको नेपालको प्रधान मन्त्रीको कार्यलय र संचार मन्त्रालय नै हो | हिन्दी फिल्म ,च्यानल र संगीत हरु निर्वाद रुपमा भित्र्याउने राष्ट्रघाती नीति,नियम हरुको जतिसुकै निन्दा गरेपनि कम हुन्छ | राष्ट्र भाषा नेपाली को अस्तित्व लाइ नै चुनौती दीने यस्ता कार्य हरुको अझ सम्म बिरोध भएको कहिँ सुनिएको छैन |नेपाली कलाकार हरुले बनाएका बिरलै फिल्म हरुले जेनतेन आफ्नो लगानी उठाउछ | नेपाली संगीत कर्मी हरुले निकालेका सिडी हरु बजार मा पुग्दा नपुग्दै इन्टरनेट बाट डाउन्लोड भै सक्छ | तर हिन्दी फिल्मी उधोगहरुले फिल्म,टि.भी र संगीतका मध्यम बाट बार्षिक रुपमा गरिब नेपालीहरुको अरबौ रुपैया लुटिरहेका छन् | त्यसमा अझ दुख को कुरो त हिन्दी फिल्महरु ले ल्याएको सामाजिक बिकृति हरु ले नेपाली समाजलाइ प्रत्क्ष्य -अप्रत्क्ष्य रुपले प्रभावित गरेको छ | नेपालमा बढेको हत्या ,हिंसा,अपहरण ,बलत्कार र ठगि का घटना हरुको को चरम उदण्डताका दोषारोपण माओबादीलाइ मात्र दिएर हुदैन | यसका अलावा हिन्दी फिल्महरुले झुट,आडम्बर,कपट कसरी गर्नु पर्छ भन्ने चाणक्य नीतिको पाठ पनि नेपाली हरुलाई राम्ररी पढाई रहेको छ | मध्य नब्बे को दसक सम्म आफुले पनि हिन्दी फिल्म हेर्ने गरिन्थ्यो तर जुन फिल्म हेरे पनि झुटो बोल्ने,अरुलाई ठग्ने र केटि भगाउने देखि अरु कुरा कहिले देखाएको पाईएन | उसैबेला देखि हिन्दी फिल्म प्रतिको मेरो मोह भङ्ग भयो | कहिले काही त इन्डियाले दाबि गरिरहेको चर्को आर्थिक वृद्धिदर पनि कतै प्रचारबाजी मात्र हो की जस्तो लाग्छ | इन्डिया को उच्च आर्थिक वृद्धिदर अमेरिका को इनरोन ( Enron ) को जस्तो नहोस भने कामना छिमेकि भएको नाताले हामी सबै नेपाली हरुले गर्नु पर्छ |
तथाकथित प्रजातन्त्र को सुरुवात सगै भीत्रिएको बिदेशीको संस्कृतिको ”सभ्य”अनुसरण ले नेपाली जीवन शैली लाइ खिचडी बनाई दिएको छ | इन्डियन जीवनशैली नेपाली समाजमा भीत्रिए पछी नेपाली हरुको जीवन शैली ऊंट (camel) जस्तै भएको छ (ऊंट को कथा थाहा नभए पछी लेखौला ) | उसै पनि मुम्बैया संस्कृति ले नेपाली भाषा र जीवन शैली लाई नराम्ररी गाजेको छ | यति सम्म कि नया पुस्ता का युवा हरु नेपालीपन र इन्डियनपन मा फरक छुट्टयाउन असमर्थ देखिन्छन | हाम्रा नया पुस्ताका युवाहरु पहिचान संकट (identity crisis ) भोगिरहेका छन् र आउने दिन हरुमा यो अझ बढ्ने देखिन्छ | उच्च शिक्षा का लागि बिदेशिएका नेपाली हरुहुन् वा रोजगारको शिलशिला मा बिदेसिएको नेपलिहरुहुन उनीहरु हिन्दि गीत र फिल्म लाइ अलग राख्न सकेको देखिदैन |नेपाली हरु जहासुकै गएपनि इन्डियन हरुको फिल्म हेरेर होस् वा फेयर एंड लब्ली घसेर होस् ,भारतीय हरुको व्यापार ब्यवाशय बढाउन भूमिका खेलिरहेको हुन्छ | पहिरनकै कुरा गरेपनि नेपाली गुन्युचोली र दौरासुरुवाल नेपाली पहिरन हुनुपर्छ भनेर कुर्लिन्छंन तर उनीहरुनै इन्डियन कुर्ता सुरुवाल लगाऊछन् | नेपाली पुरुष हरुपनि मुम्बई का अभिनेता को पहिरन को अनुसरण गर्छन र केहिले संवाद पनि फिल्मी शैली मै बोल्छन | नजानेर भएपनि “खाता है ,जाता है “ भनि हाल्छन |इन्डियन हरु को भाषा र पहिरन नेपाली हरु आफै अनुशरण गरेपछि धेरै नेपालीहरुलाई आफुलाई इन्डियन र नेपाली बिचको भिन्नता छुट्याउन गार्हो भएको देखिन्छ | यसरि नेपालीपन र नेपालीमन को उपहास भइरहेको छ अनि नेपालीहरुको मौलिक संस्कृति र पहिचान माथि प्रश्न चिन्ह खडा भएको छ |
नेपालीहरुको जीवनशैली लाइ खिचडी बनाउने अर्को पक्ष पाश्चात्य संस्कृति पनि हो | नेपालीहरुको दरिद्र मानसिकताले कुइरे भने पछि उसको खुट्टा मा टाउको बजारी हाल्छ| कति मित्र हरुले त मेरो कुइरे केटि /केटा साथि छ भनेर धाक लगाएको यहि पापी कान ले सुन्नु परेको छ | इन्डियन हरुले जति चोटी थाङनामा सुताए पनि हिन्दी फिल्महरु नहेरी र हिन्दी गीतहरु नसुनी खाएको नपच्ने नेपाली हरुलाई कुइरे को जीवन शैलीले आकर्षण नगर्ने कुरै भएन | नेपाली बुज्रुक हरुलाई लागेको होला कि सायद रात्री जीवन ,पार्टी ,डिस्को जस्ता बिदेशी संस्कृतीहरु नेपाली समाजमा भित्राए पछि गहुगोरो र कालो बर्णको नेपाली हरुपनि कुहिरे भई हाल छन् भनेर | त्यसको नतिजा हेर्न चाही समयलाई कुर्नु बाहेक अर्को विकल्प छैन | एक राते माया लाउने, नाङ्गो नाच नाच्ने,बार र डिस्को धाउने कुनै पनी नेपालीहरुको मौलिक संस्कृति होइन तर आधुनिकता का नाम दिएर बैधानिक डाका हरुले नेपालमा यस्ता बिकृति हरुलाई बैध गराएर दिर्घकालिन रुपमा नेपाली संस्कृति र जीवनशैली को मौलिकता र बिशिसठता माथि कुठाराघात गरेका छन् | हिन्दी रंगिला को "यायी रे..." देखि "मुन्नी बद्नाम हुइ…." सम्म आई पुग्दा आधुनिक भट्टी उर्फ बार र डिस्को हरुमा केहि नेपालीहरुको जीवन रंगिए पनि धेरै लाइ बद्नाम गराएको हुनुपर्छ | कथित “सभ्य”संस्कृति ले हजारौ निम्न वर्ग का महिला हरुलाई नगरबधु बनाइएको छ र हजारौ युवा हरुलाई अबैध लागुपदर्धको कारोबार अन्य जघन्य अपराध गर्न प्रेरित गराएको छ किनकी रक,पप,रयाप र हिप्पप संगीत मा ताल मिलाएर आधुनिक हुने चाहना उनीहरुमा पनि हुन्छ |
अन्तमा,नेपाली कलासंस्कृति र नेपाली जीवनशैली माथिको अतिक्रणको जिम्मेवार हामी स्वयम नेपालीहरु हौ | नेपालीकला र संस्कृति अहिलेको दुरावस्था मा पुर्याउने नेपाल सरकारको नीति नियम हरु परिबर्तन नगरे सम्म नेपाली कला क्षेत्र र कलाकार हरुको भबिस्य उजव्ल देखिदैन | नेपाल भित्रका बिबिध मौलिक संस्कृतिहरु,नेपाली राष्ट्र भाषा र नेपाल भित्र बोलिने अन्य राष्ट्रिय भाषाहरु को सम्रक्षण गर्न सके भावी पुस्ता हरुले आफ्नै मौलिकतामा गौरव गर्न सक्ने छन | उनीहरुको पहिचान मा कसैले औला ठहर्याउने मौका पाउने थिएन | मेरो आशय यो होइन कि हिन्दी फिल्म लाई बन्देज नै गर्नु पर्छ | शिक्षाप्रद र सकारात्मक संदेश सम्प्रेषण गर्ने जुनसुकै देशको फिल्म लाई पनि रोक लगाउनु हुदैन तर समाज मा बिकृति फैलाउने फिल्म,संगीत र जीवन शैलीलाई अब नरोक्ने हो भने नेपाली हरुको अस्तित्व निकट भबिस्यमा संकट मा पर्ने दखिन्छ |
Please log in to subscribe to pshrestha78's postings.
Posted on 10-16-11 5:29
PM [Snapshot: 559]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
you are so right. now a days lot of Nepali people think dancing on hindi song, wearing kurta kamij in dahsina nd relegious occasion, women wearing sarees and kurtha is all Nepali culture but they are all coltural confusion that started around 15-20 years ago , rampant in the last 10 years with indian influence. Nepali dress is not kurtha suruwal or saree and we have our own songs like dorohi etc etc... Nepali people aer so confused now a days that they think anything that is authentic Nepali is "pakhay". i am so sad, this must be the worse form of extinsion.
Please log in to subscribe to KishorLimbu's postings.
Posted on 10-16-11 6:10
PM [Snapshot: 579]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
साथी नेपाली मुटु !
नेपालमा देशी र बिदेशी मुटु भएका नेपाली नागरिक हरु धेरै छन् तर तपाई कोचाही साचिकै " नेपाली मुटु" नै रहेछ भन्ने
तपाइको इमान्दारीपूर्ण सरल प्रतिक्रियामा झल्किन्छ | नेपाली भाषा र संस्कृति मा भएको हस्तक्षेपले हामी स्वाभिमानी नेपाली लाई दुखित र चिन्तित बनाएको स्पस्ट छ | अब हाम्रो आयु सकियो , उपाय केहि छैन नभनौ | गलत कार्य गर्ने र गराउनेको बहिस्कार र बिरोध गरौ |
Please log in to subscribe to KishorLimbu's postings.
Posted on 10-16-11 6:20
PM [Snapshot: 582]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
tmobile जी,
माथिको पोस्ट मा खस अतिक्रमण मा आदिवाशी कलासंस्कृति त लेखेको छैन त ? तपाइले प्रसङ्ग बाहिर को कुरा उठाउनु भयो |तपाइले उल्लेख गर्नु भएको आदिबाशी संस्कृति माथिको अतिक्रमण को बारेमा नया थ्रेड मा लेक्ने छु | नेपालको आदिवाशी हरुलाई खस शासक हरुले विभेद गरेको सबैले स्वीकारछन तैपनि आदिवाशी हरुको भाषा संस्कृति लाइ उन्मुलन नै गरेको चाही सत्य होइन | नेपाल रास्ट्रको स्थापना गरे पछि एउटा सम्पर्ग भाषा त चाहियो त्यसमा उनीहरुले खस भाषा राखे | नेपाल शब्द पनि खस होइन र नेपालको झन्डा पनि खस हरुको होइन | आज भन्दा २५० वर्ष अगाडी पृथ्वी नारायण शाहले नेपाल चार जात (ब्राह्मण,क्षेत्रि ,वैश्य र शुद्र ) अनि छत्तिस बर्ण (आदिवाशीहरु ) भनेर गैर हिन्दु हरुको अस्तित्व स्वीकारेका थिए तर उसका उत्तराधिकारी हरुले त्यो उपदेशको मर्म बुज्न सकेनन |
तपाइले राम्रो resouces को अनुसरण भैहाल्छ भन्नु भयो | मैले त अझ सम्म Hollywood र Bollywood को कुनै राम्रो resources भेटेको छैन | तपाइले भेटेको भनिदिनुस न त हामी पनि जानी राखौ | मेरो भोगाईमा बिदेशी resources भनेको बिकृति , आडम्बर , खोक्रोपन , झुट , कपट बहेको केहि होइन | माथि पनि लेखेको थिए हिन्दी फिल्महरुले झुटो बोल्ने,अरुलाई ठग्ने र केटि भगाउने कुरा हरु मात्र सिकाइ रहेको छ भनेर | त्यस्तो सन्देस दिने फिल्म हरुलाई राम्रो resouces भन्ने तपाई ?
नेपालका आदिबाशी हरुले स्वेच्छा ले होस् या बद्यताबश खस भाषा अपनाए , आफ्नै मानेर ग्रहण गरे , गीत लेखे , कविता कोरे नेपाली साहित्य मा ठुलो योगदान दिए | भूपी शेरचन, शिव कुमार राइ, बैरागी काईला , लैंन सिंह बांग्देल केहि यसका उदाहरणहरु हुन् | मेचिपारी को खस भाषा अब सायद खस देश का खस हरुले नाबुज्ने पो हो कि ! चाडै खस भाषा लाइ बोकेर खस देश तिर कोसेली लिएर जाने पो हो कि ?
Posted on 10-17-11 7:16
PM [Snapshot: 720]Reply[Subscribe]
Login in to Rate this Post:
2 ? Liked by
किशोर जि,
अब खुल्ला सिमाना भएपछी अली अली त प्रभाब पर्छ नै, दोस्रो कुरा सन्स्क्रिती पनि अली अली मिल्छ, तेस्करन तेस्ले पनि प्रभाब परीहाल्छ, अली अली प्रभाब पर्नु राम्रो पनि हुन्छ किन भने तेस्ले अली अली छिमेकी को कुरा सिक्न पनि मद्घत गर्छ।
तर तपाईंले भने जसतै म २००९ मा नेपाल जादा के पाये भने चाइने भन्दा बदी नै प्रभाब परेको छ नोर्थ ईण्डियन कल्चर (सबै ईण्डियन कल्चर को होइन) को नेपाली माथि हामीले यहाँ के बुझ्नु पर्छ भने भारत मा धेरै culture हरु छन तेस्मढ्हेय् Bollywood र टि.भी ले गर्दानोर्थ ईण्डियन कल्चर को बदी प्रभाब पर्या छ्।
भारत मा नोर्थ ईण्डियन culture एती dominant छ् कि हामी सबै लाई नोर्थ ईण्डियन culture नै भारतीये culture हो भन्ने लाग्छ
अब किन बदी प्रभाब पर्यो त नेपाली मा नोर्थ ईण्डियन culture को बदी प्रभाब? मेरो बिचारमा मुख्यतह हामी नेपाली नै जिम्मेबार छौ
अब को कसरी जिम्मेबार छ भन्ने बारे चाही मेरो ब्यक्तिगत बिचारएस्तो छ। म कुनै धर्म, जात पात नमान्ने भएको हुनाले यो मेरो बिचारकुनै धर्म र जात पात लाई होछाउने युदेस्या ले गरेको होइन। फेरी यो मेरो बिचार कुनै जात्पात, धर्म का सबै लाई लागु हुँदैन
१। खस
इनी हरु आफु लाई खाटी नेपाली ठान्चन, आफुले नै नेपाली culture को ठेक्का लेको ठान्छन, मधेसी ले ईन्डिया को culture नेपाल मा घुसायो भन्चन तर आफु चाँही तन्न हिन्दी सिनेमा हेर्चन, नोर्थ ईण्डियनfashion को नक्कलगर्छन्, चाड पर्ब मा ईण्डियन रेस्तुरेन्ट मा गएर खान्छन। हिन्दी टि.भी नहेरी इन्लाई खाको पच्दैन। हिन्दी गीत नसुनी इन्को मन्ले शान्ती पाउदैन। रामाएण र महाभारत पढेर तेस्को बैज्ञानीक बिस्लेशन नगरि हामीले हबै जहाज पैले बनाइ सक्याथेम। वेष्टर्न civilization ले त भर्खर बनायो भन्चन। इन्हरु महाभारत र रामाएण मा भएको साईन्स र अरु fiction लाई सत्ये ठन्चन्। उरोप,र अमेरिका मा भएका हरु केटी भये सकेसम्मगोरा केटा खोज्छन, केटा भये सकेसम्मा गोरीकेटी खोज्छन। जन्मे का नेपाल मा, पढ्ने, काम गर्ने अमेरिका मा, पैसा चाइने दलर मा, तर हेर्ने हिन्दी सिनेमा, खाने ईण्डियनखाना,गाउने हिन्दी गीत। इनिहरु आफु जन्मे को देश प्रती तेतीमत्लब छैन, कर्म गर्ने देश प्रती पनि उतीमत्लब छैन। तर देसी को ग्यास स्टेशन अथबा रेस्तुरेन्ट मा काम गर्यो भने साझा मा आएर देसी ले गर्दा नै हामी नेपाली ले अमेरिका मा बस्न पाका छौ भनेर गर्ब का साथ घोषणा गर्नु आफ्नो कर्तब्य ठान्चन (अन्तिम चार बाक्ये चाही सबै लाई लागु हुन्छ)
(खस साथी हरु तपाईं येस्तो सोच्न हुन्न र गर्न हुन्न भने यो तपाई लाई भनेको होइन, गर्नु हुन्छ भने तपाइँ लाई भनेको हो )
नेवार
इनिहरु अफ्नो उत्पत्ति नै काठमाडौंमा भएको ठान्छन. इन्हारू को पुर्खा काठमाडौँ मा अन्य कहिँ बाट आको होला नि भन्यो भने दाह्रा किटेर गाली गर्छन. नेपाल सब्द अफ्नो पेवा ठान्छन. खस भाषा लाई नेपाली भाषा भन्यो भनेर रिस गर्छन . इन्हारू अफ्नो कल्चर रिच हुदै हुदै पनि त्यो कल्चर अरु संग झगडा गर्न प्रयोग गर्छन. वर्ष को एक दुइ पटकअफ्नो कल्चर को सराधे गर्छन अनी बाकि समए हिन्दी टिभी, हिन्दी गीत, हिन्दी सिनेमा, हेर्चन, तेसै मा रमौछां. खस ले हाम्रो कल्चर, हाम्रो भाषा दबायो भनेर आरोप लागौछं तर आफु चाही अफ्नो भाषा को वर्ष मा एकपटक सराधे गरेपछि गर्ब का साथ उत्तर भारतीय कल्चर मा रमौछं अनी तेसो गर्दा आफ्रनो भाषा र कल्चर को प्रगति भएको ठान्छन. छिमेकि खस जाति लाई दिन को एकपटक गाली नगरिकन इनलाई राति निद्रा पर्दैन.
(नेवार साथी हरु तपाईं येस्तो सोच्न हुन्न र गर्न हुन्न भने यो तपाई लाई भनेको होइन, गर्नु हुन्छ भने तपाइँ लाई भनेको हो )
जनजाती हरु (खस गरेर मंगोलियन अनुहार का)
इनिहरु पनि आफुलाई आदिबासी ठान्छन. कतिपये ले आफ्नी surname मंगोलियन संग मिलेको पत्तो पाउदैनान. चंगेज खान ले मध्ये एसिया मा बिजये गरेपछि तेताबात आफुहरु सबै तिर फैलिएको कुरा मा संका गर्छन.खस ले अफ्नो भाषा, धर्म संस्कृति बिगारी दिए भन्छन. कतिपये दसैँ हाम्रो होइन, यो त हामी आदि बासि मा आर्य ले बिजाये प्राप्त गरेको भनेर दसैं मान्ने हरु प्रति रिस फैलाउन सम्म पछि पर्दैनन. दसैँ ले कल्चर बिगार्यो, हाम्रो होइन अरुको भनेर भन्छन, तर क्रिसमस मनाउदा मख्ख पर्छन मानौ क्रिसमस चाही उनीहरु को हो र क्रिसमस मनाउदा उनीहरु को कल्चर को विकास भएको ठान्छन.छिमेकी खस को भाषा चाही इनिहरु लाई थोपरिएको लाग्छ, कसैले नठोपरेको सिमा परि को हिन्दी भाषा, हिन्दी खाना, हिन्दी फेसन चाही इनिहरु लाई प्यारो लाग्छ. सिमा परि को नक्कल गर्दा चाही इनिहरु अफ्नो गुनेउ चोलो को प्रचार प्रसार भएको ठान्छन्.
(जनजाती साथी हरु तपाईं येस्तो सोच्न हुन्न र गर्न हुन्न भने यो तपाई लाई भनेको होइन, गर्नु हुन्छ भने तपाइँ लाई भनेको हो )
मधेसी
इनिहरु त एती हरि लठक छन् कि हिजो भारत बाट आएका हरुले नागरिकता लिएर अफ्नो नेता बनेर मन्त्रि बनिसक्दा पनि पत्वो पौदैनान. दखिन पट्टि अफ्नो अलिकति रंग र खानपिन मिलेको भर मा उनीहरु संग घाटीजोड्न पर्छ भनि ठान्छन. अफ्नो घर को मान्छे इनिहरु लाई पराइ लाग्छ. दखिन को पराइ इनिहरु लाई नजिक लाग्छ. दखिन को छिमेकी ले भनेको मान्नु नै इनिहरु अफ्नो धर्म ठान्छन.पहाडिया ले भनेको मान्नु पर्यो भने हेपेको ठान्छन
(मधेसी साथी हरु तपाईं येस्तो सोच्न हुन्न र गर्न हुन्न भने यो तपाई लाई भनेको होइन, गर्नु हुन्छ भने तपाइँ लाई भनेको हो)
यो समस्याको समाधान छ र त्यो एकदम सजिलो छ तेसका लागि हामीले पहिला आफुमा आत्मा विश्वास जगाउनु पर्छ. समाधान पछि भानुम्ला
Please log in to subscribe to KishorLimbu's postings.
Posted on 10-18-11 10:23
PM [Snapshot: 848]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
Juggy जी ,
तपाइको प्रतिक्रिया पढेर मैले HIGHWAY को trailer हेरे | आशा लाग्दो नै देखिन्छ तर प्रदर्शन नभई भन्न सकिन्न | मौलिक (Original ) को कुरा गर्नु भयो त्यसमा म तपाई संग पूर्ण सहमत छु तर हिन्दी फिल्म हरुमा पनि त मौलिकता छैन नि त - उदाहरण हिन्दी फिल्म का सबै नायक, नायिका हरुलाई गोरो (white ) देखाइनुले के संकेत गर्छ भने कालो वर्ण को इन्डियन हरु (केहि अपबाद लाई छाडेर ) आफ्नो originality देखाउना चाहदैनन - अर्को हिन्दी फिल्म हरु को कथा बस्तु बास्तविकता भन्दा अत्यन्तै टाडा हुन्छ - आडम्बर , झुट ,कपट को कुरै नगरौ | त्यस्ता फिल्म हरु हेर्ने नेपालीहरु र उनीहरुकै पहिरन को नक्कल गर्ने नेपाली हरु Traitors हुन | कुटुम्ब जस्तो मैलिक संस्कृति अगालेको समूह हरुले हामीलाई थोरै भएपनि भबिस्य प्रति आशा बादी बन्ने प्रेरणा दिन्छ |
"When invasion happens, instead of fighting it back we surrender to it and try to assimilate it to our own "
तपाइको यो भनाइ मलाई एकदमै मन पर्यो तर कसरि ? कृपया हामी संग प्रतिकार गर्ने प्रक्रिया पनि सुझाव दिनुभए हुने थियो |
Please log in to subscribe to KishorLimbu's postings.
Posted on 10-18-11 10:45
PM [Snapshot: 858]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
pshrestha78 जी,
तपाइले ले भन्नुभएकोकुरा सार्है घत लाग्दो छ | नेपाली हरुले आफु चाही इन्डियन हरुको कुर्ता कमिज, सारी, कुर्ता सुरुवाल लगाऊछन् अनि नेपालमा दौरा सुरुवाल राष्ट्रिय पोशाक हटायो भनेर गोहीको आशु चुहाऊछन् अनि मधेशी हरुलाई गालि गर्छन | नौटंकी चरित्र लाई के भन्ने खै !
Please log in to subscribe to KishorLimbu's postings.
Posted on 10-18-11 11:06
PM [Snapshot: 874]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
"-------" जी
अघिल्लो धागो मा तपाई र मेरो निक्कै चर्काचर्की नै परेको हो तर यसपल्ट को तपाइको प्रतिक्रिया पढेर चाही एक छिन उन्मुक्त हाँसो रोक्न सकिन | यस पटक चाही तपाई संग पूर्ण सहमति जनाउछु | तपाइले त मेरो भन्दा पनि कडा प्रहार गर्नु भयो | तर यतार्थ सधै तितो र अपाच्य हुन्छ |अन्तमा " समाधान पछि भानुम्ला " भनेर साथीहरुलाई किन कौतुहलता मा राख्नु भएको हो ! कृपया समाधान पनि खुलाई दिनु पर्यो | हाम्रो व्यग्रता को उपेक्षा नहोस | तपाइको विश्लेषणत्मक प्रतिक्रिया को लागि धेरै२ धन्यवाद |
Posted on 10-19-11 12:21
PM [Snapshot: 963]Reply[Subscribe]
Login in to Rate this Post:
2 ? Liked by
"नेपाली फिल्म र संगितले हिन्दीसंग प्रतिस्पर्धा गर्न सक्दैन" भनेर त सिधै हार खाने कुरा पो गर्नु भयो, किशोर जी! संख्यात्मकमा नभए गुणात्मक production को लागि थोरै साधन/श्रोत ले पनि उल्लेखनीय नतिजा हासिल गर्न सक्छ. अनि फेरी, सर्वसाधारणको मन जित्न संख्याले नभएर गुणस्तरले नै हो! आफुमा मौलिकता, सिर्जनात्मक खुबि हुनु पर्यो, अनि त्यस्को सहि उपयोग गराइनु पर्यो. त्यति हो.
एउटा उदाहरण: करिब एक दशक अगाडी खेम राज गुरुङ जी को "वारी जमुना, पारी जमुना" रिलिज हुँदा म नेपाल मै थिएँ. पार्टीहरुमा त कुरै छोडौं, हरेक गल्लि गल्लिमा, रेस्टुराँहरुमा, जहीं त्यहीं त्यो गीत बाहेक अरु गुन्जन्दैन थ्यो. एक पटक म रामपुर, पाल्पा देखि तान्सेनसम्म बस यात्रा गरेको थिएँ. ४-५ घन्टाको त्यो यात्रा भरि घरि घरि दोहर्याई दोहर्याई त्यही गीत घंकाको घन्काई थ्यो बसमा. कसैलाई -- म समेत -- वाक्क नलाग्ने...जति सुन्यो उति सुनम सुनम लाग्ने! अझ पनि, कतिपय नेपाली पार्टीहरुमा त्यो गीत बज्ने बित्तिकै साराका सारा हुत्तेर डान्स फ्लोरमा पुगेको म देख्छु.
"वारी जमुना, पारी जमुना" सुन्दा राष्ट्रियताको भावले निथ्रुक्क भएर त्यसरी नाच्न, रमाउन उत्रिएका हैनन दुनियाँ, मेरो बिचारमा. मौलिकता, रोचकता छ, सिधा हिसाबले कलात्मक आकर्षण गरेको छ त्यो गीतले. राजनीति, राष्ट्रियता, नेपाली vs हिन्दी जस्ता complicated सोंचमा डुब्न न त कसैलाई फुर्सद छ, न जरुरत नै. अब, त्यो एउटा गीतले नेपाली भुमि र मनमा सारा हिन्दी गीतहरु माथि जित हासिल गरेको होइन त? चाहे १०० वटा हिन्दी गीतको सामना गर्नु पर्ने किन नहोस, एउटा मात्र उच्च नेपालि गीत मैदानमा उत्रेको खण्डमा त्यो काफी हुन्छ.
"नियन्त्रण" र "निषेध" degree मा केहि फरक होला, तर दुबैको संयन्त्र उही हो: दमन र हस्तक्षेप. र मैले माथि नै पनि भनि सकें, दमन र हस्तक्षेप ले -- चाहे प्रतिद्वन्दीको विरुद्ध नै किन नहोस -- कला र संस्कृति को कहिल्यै भलो गर्दैन. आफ्नो कला र संस्कृतिको संरक्षणको निमित्त सचेत हुन अरुको विरुद्ध उभिनु पर्छ जस्तो मलाई लाग्दैन. आफैँ सुदृढ होऔं, आफैंलाई सबल, सक्षम, प्रतिस्पर्धी बनाउँदै जाउँ. आफु भित्रका विभिन्न त्रुटीहरु (जस्तै, नेपाली कला छेत्रमा अझै पनि नाताबाद, कृपाबाद, र अहम् जस्ता विकृतिहरुको हावी छ जस्तो लाग्छ मलाई) -- उन्मुलन गर्दै जाउँ. हरेकको व्यक्तिगत खुबीको कदर गरौं.
निजी र सरकारी दुवै पक्ष मिलेर विभिन्न कला र भाषा सम्बन्धि महोत्सवहरु, गोष्ठीहरु, प्रतियोगिताहरु, आदि आयोजना गर्दै जाउँ.
In the mean time, जो सुकैले जे सुकै सुनोस, जे सुकैमा नाचोस, जुन सुकै फिल्म हेरोस, आ-आफ्नो व्यक्तिगत चाहना सम्झी कदर गरिदिउँ.
Posted on 10-20-11 6:44
AM [Snapshot: 1093]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
Hindi movies have become so shallow, so full of sexually innuendos, and so lacking in originality that the Mollywood stars should not allow their own children to watch these movies. There are still so many other reasons why not to waste anything on these good for nothing products.
Posted on 10-20-11 4:23
PM [Snapshot: 1162]Reply[Subscribe]
Login in to Rate this Post:
2 ? Liked by
किशोर जी,
समस्या को समाधान हामी आफै संग छ. सबैले आफ्नो ठाम बाट अली अलि प्रयास गरे यो कुनै ठुलो समस्या होइन. येही बेला हो नेपाल को संस्कृतिक विभिधता को उपयोग गर्नी. सबै जात जाति का मान्छे ले आफ्नो कला संस्कृति को प्रचार प्रसार गर्नी. सिनेमा बनाउनी तर अफ्नो जात जाति को मान्छे कम छ भने तेस्लाई नेपाली मा उल्था गरेर चलौनी.
अरुको प्रभाब कम गर्न अफ्नो प्रभाब बढाउनु पर्छ
काठमाडौँ मा सबै जात जाति ले रेस्टुरेन्ट खोलनी, सबै को खाना चाख्न मान्छे आइहाल्छन नि, अब थकाली को हेर्नुस न, दाल भात नै त हो नि, रेस्टुरेन्ट चलेकै छ. सबै जात जाति को छुट्टै खाना छैन रे लौ, २० जात जाति को त होला नि. एक जात जाति को रेस्टुरेन्टचलायो भने २० वोटा त तेसै हुन्छ.
त्यो नि गर्न गारो छ भने अफ्नो जात को संस्कृतिक पर्ब मा खाना महोत्साब चलौनी काठमाडौँ मा. आम्दानी पनि हुनी, अफ्नो खाना को पनि प्रचार प्रसार हुनी.
दोस्रो कुरा, हिन्दी सिनेमा गीत नहेरी नहुने नि होइन क्या. अब पूर्ण रुप मा बन्द त गर्न सकिदैनर हुदैन पनि तर आफैले, आफ्ना नातेदार ले अली अली कम हेर्ने गर्नु पर्छ, म पनि नेपाल मा जन्मे हुर्केको मान्छे हिन्दी गीत सिनेमा हेरेरै हुर्केको, हो पछी कुरा बुझ्दै जादा राम्रो लाग्न छोद्द्यो आहिले त हेर्ने मन लाग्दैन. कहिले कहिँ you tube मा गएर आफु बच्चा बेला मा नाम सुने को हिन्दी गीत सुन्दा ठिक ठिकै. एक दुइ वर्ष मा एउटा हिन्दी फिल्म हेर्यो, खेल खत्तम.
अहिले नेपाल ले एक वर्ष मा लगवग ३ billion dollar तिरेर india संगभा रु किन्छ, इंडिया संग ट्रेड balance एकदाम खराब छ तेसकारण हामी sabai नेपाली मिलेर नेपाली पैसा नेपाल मै राख्ने बनि बसाल्नु पर्छ. मैले अर्थास्श्त्र पढेको होइन तर मलाई क थाहा छ भने घर को पैसा घर मै भयो भने धनि हुन्छ, बाहिर गयो भने आफु गरिब अरु धनि.
अब इंडिया संग रिस उठेकोले उसको समान नचलाउने भन्या हो र?
अमेरिका मा पनि हेर्नुस न अमेरिकन समान किनौ भन्ने ओबामा सरकार ले कानुन नै पास गर्या छ (Buy American Act)पास नै गर्या छ क्यारे, कतिपये कुरा मा. अब त्यो छिमेकी क्यानाडा र मेक्सिको संग झगडा भा छ र?. नेपाल मा चाही येसो नेपाली नै चलाउन पर्यो कि भन्दा ल यो त anti इन्डियन रेछ भन्ने सम्म आरोप लगाउन पछी पर्दैनन मान्छे हरु. नेपाली अर्थतन्त बलियो बनाउनु भनेको anti Indian हुनु भनेको हो र?
अब हामि नेपाली भयेपछीदेशको लागि केहि न केहि जिम्मेदारी त हुन्छ. हुन त मुख्य जिम्मेदारी सरकार को हो तैपनि हामीले पनि अलिकति मद्दत गर्यो भने नराम्रो हुदैन क्यारे.
तेसो गर्दा jobcreation हुन्छ र तेस्ले snow ball effect देखाउन सुरु हुन्छ
अब कतिपए साथी ले ओई त छस बढी जान्ने. दुइ चार सब्द लेखना केजान्याथ्यो अरुलाई उपदेश दिन औछा भन्नु होला, कोइ चाही, जा न त आफै गरेर देखा भन्नु होला. गर्न चाहने हो भने नेपाल मा मान्छे को कमि छैन. जुलुस सुलुस निकालेर, बन्द गरेर, एक जात ले अर्को जात लाई सरापेर बस्नु सट्टा रचनात्मक काम गरे भै हाल्यो.काम अलिकति पनि नभाको चाही होइन अली अली भाकै छ. तेस्लाई अली गती दिन पर्यो भनेको मात्र हो.
अब एकपटक नेपाल भित्रै कै खाना, बजाना को आदत लागि सकेपछि बिस्तारै बिस्तारै इन्डियन प्रभाब घट्दै जान्छ
PNS ले भनेकै पनि छ नाच हेर्न मन लागे बाहिर बाट नर्तकी बोलाएर होइन उपत्यकाकै हेर्नु भनेर. आफु लाई खाटी राजा बादी भन्ने हरु ले येसो PNS को यो उपदेश मनन गरे कसो होला? आनी PNS ले हामि लाई उपनिबेस बनायो भन्ने नेवार हरु ले पनि उनको यो उपदेश लाई माने कसो होला? देश को भलोपनि हुने अफ्नो संस्कृति पनि फैलिने. तर तेसो नगरिकन साझा मा आएर PNS लाई उपनिबेस्बादी, आदि इत्यादी भनेरगाली गरेर “शिला कि जवानी” हेर्न गएपछि हुन्छ भारतीये प्रभाब काम?
Commercialization गर्ने अफ्नो संस्कृतिक पुजी को (commercialization गर्ने सक्ने खुबी हामी नेपाली मा धेरै छैन, झगडा मा धेरै समाए बिताएर हो कि).
अब हामि ले हाम्रो परम्परागत बाजा, नाच गान, कथा तेही style मा सधै भन्न थालेपछि जसलाई पनि बोर हुन्छ. तेस्लाई हिजो आजको demandअनुसार modifyगर्न पर्छ. तेसका लागि कथाकार, गीतकार संगीतकार लाग्नु पर्छ. हाम्रो परम्परागत सम्पति लाई commercialization गर्न पर्यो भन्या. उदाहरण को लागि copy नै गर्ने भए Harry Potter को copy गरेर हाम्रो जामुना गुभाजु को कथा मा फिल्म बनाए भै हाल्यो.
जमाना commercialization को छ. Idea बेच्ने जमाना हो यो. जनकपुर मा सितायण (राम को रामायण भए जस्तै सीताको सितायण) छ. तेस्लाई नेपाली मा र हिन्दी मा अनुबाद गरेर (हिन्दी मै छ कि मैथली मा छ थाहा छैन) इंडिया मा बेच्न पर्यो
रेडियो नेपाल ले सबै भाषा मा लोक गीत प्रतियोगिता गरे हुन्छ. तेस्ले पनि केहि हद सम्म मानिस लाई इंडिया को प्रभाब बाट टाडा राख्छ.अफ्नो अफ्नो जात संस्कृति मा जे जे लाई commercialization गर्न सकिन्छ गरम.
नाम्चे हो कि काको गुम्बा मा एती को खप्पर भनेर राखेको छ, जर्मन हरु चलाख नेपाली सोझा जर्मन ले लगेर हैन यो त भालु को खप्पर हो भनेर पता लगायो. त्यो खप्पर लाई काठमाडौँ मा लगेर सात दिन प्रदर्सन गरम. तेस्तै हिमाली गुम्बा हरु मा कति समान होलान तेस्लाई काठमाडौँ मा लगेर प्रदर्सन गरम.
किर्तिपुर मा PNS ले मान्छे को नाक कान कट्यो भनेर बिलौना गर्छन नेवार मित्र हरु यहाँ आएर, कालु पाण्डे मारिएको थ्यो त्यो युध्हमा . किर्ति पुर् मा ऐतिहासिक tour गराउन सकिन्छा. कहाँ कहाँ कसरि युध्ह भएको थ्यो भनेर, कहाँ कालु पाण्डे मारियो भनेर. कतिले त कालु पाण्डे को चिहान किर्तिपुर मा छ भन्छन, मेरो एकजना नेवार साथी ले उ कालु पाण्डे को चिहान मा थुक्छु भन्थ्यो किर्तिपुर मा. अब छेत्री को चिहान हुन्छ कि हुदैन, त्यो सछिकै कालु पाण्डे को चिहान हो कि होइन हो भने कीर्तिपुरे ले कालुपाण्डे लाई यहाँ मरेका थिए भने रे गफ हान्न पाइयो. Battle of Gettysburg, Alamo mission, etc को कस्तो tour छ US मा. काठमाडौँ को privateschool हरु का विद्यार्थी लाई त्यहाtour गराउन सकियो भने पनि छ महिना बित्छ, क्लास मा बसेर मात्रै इतिहास पढ्ने हो र? बिदेसी लाई tour लगे भो. ठाम ठाम मा त्यो बेलाको दुइ चार वोटा बन्दुक, टोप राखिदियो. त्यो बेलाका दुवै तर्फ का सिपाही राखिदियो, काठमाडौँ मा कतिपये ठाम छन् जसको अझै commercialization भाको छैन.
पाटनमा सम्राट अशोक को छोरी चारुमति ले बनाउन लागको भनेर ४ वटा स्तुपा छन्. म कोरिया हुदा जादा त्यहाँ को एउटा राजबंसको चिहान हेर्न लागेका थिए. पाटन को स्तुपा जस्ती ठुलो माटो को थुप्रो जसतै चिहान छ. नेपाल को त्यो पानि चिहान हुन सक्छ. अब मान्छे ले तेस्को बारे PhD गरे भो. त्यो के हो भन्ने पैले थाहा भै सकेको भए नेपाल कासबै भासा किताब लेखे भो. तराई का मान्छे लाई देश दर्शन कार्यक्रम चलाए भो काठमाडौँ को सबै ऐतिहासिक ठाम हरुको बर्णन गरेर tour गराउदा नेपाल कै प्रभाब बढ्छ. एसले गर्दा jobcreation हुन्छ, मधेसी हरुले अफ्नो देश को बारेमा थाहा पाउछन. नेपाली प्रभाब बढ्छ.
किशोर जी, तपाई नै लेख्नुस “लिम्बु कादन्त्य कथा”भनेर तपैको संस्कृति मा mythology त होला नि.(फेरी लेखि सक्या होला, म नेपाल बाहिर बसेको धेरै भो तेसकारण तेती थाह भएन)सबै जात जाति ले आफ्नो संस्कृति मा भएको mythology बारेमा किताब निकाले हुन्छ.सरकार ले सबै गर्न सक्दैन. सरकार ले गर्ने काम त हामी बाट कर उठाएर गर्ने न हो. जाति धेरै काम सरकार लाई गर भन्यो तेती धेरै कर उठाउन पर्चा सरकार ले.
गुरु फाल्गुनानान्द को बारेमा त फिल्म नै बनाए भो. सालिक बनाएपछि अफ्नो कर्तब्य पुरा भएको ठान्छम हामि हरु. अफ्नो संस्कृति मा भएका कुरा हरु प्रयोग गरेर कसरिjobcreation र पैसा कमौना सकिन्छ त्यो गर्ने. ढाटेर छलेर चोरेर मात्रै होइन अरु पनि छन पैसा कमाउने तरिका.
येसरी अफ्नो कुरा मा धेरै अल्मलियेपछी अरुको कुरा हेर्ने फुर्सत हुन्न अनी इन्डिन प्रभाब तेसै घटी गो नि.
बन्देज लगाएर इंडिया को प्रभाब घटाउन सकिन्न, हाम्रो अफ्नो सक्रिएता बढाउनु पर्यो हरेक छेत्र मा. अब खाली ठाम मा त जसले पनि भर्छ नि. बच्चा लाई स्कोल देखि नै सिकौना पर्छ इकोनोमिक्स. अफ्नो देश को समान प्रयोग गर्दा के हुन्छ, taxनतिर्दा के हुन्छ भनेर.नागरिक को अधिकार के हो भनेर
अफ्नो प्रभाब बधायेपछी इंडिया को प्रभाब घट्छ. तेस्को लागि हामीले इन्डियन बाट सिक्न नि पर्छ.हामी नेपाली मा professionalism को कमि छ. India मा मान्छे धेरै भएर हो कि क्या हो सबै प्रकार का मान्छे धेरै पाइन्छन. त्यो हिन्दी TVserial महाभारत को स्क्रिप्ट एक जना मुस्लिम Rahi Masoom Raza ले लेखेको रैछा. मैले नहाभारत लगभग २०% जति हेरे हुला. मुस्लिम भएर पनि हिन्दु धर्म ग्रन्थ मा तेस्तो प्रभावशाली स्क्रिप्ट लेख्न सक्छ. तेही हो professionalism भनेको. हामीका त जात धर्म, भाषा के के हो के के झगडा गर्न को लागि.
रोक्न कसै लाई हुन्न. हिन्दी सामग्री नेपाली भन्दा धेरै छेत्र मा राम्रो होला तर त्यो सछिकै highquality को चाही होइन. Hindi TV serial, film usually teases its audience. They always use formula to attract all sorts of audience; we Nepalese can do that very easily. Most of the Bollywood movies provide cheap entertainment. 90% of the Bollywood movies are copied anyway. Despite the fact that Bollywood movies are popular in India they have Bengali, Ashami, Tamil, Malay movies. We need to be analytical.
Posted on 10-22-11 1:37
PM [Snapshot: 1295]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
poonte जि
आज फुर्सत मा सबै पोस्टिङ् पढेको त तपाईं ले सबै मैले भन्नु भन्दा पहिले नै धेरै कुरा cover गरिसक्नु भाको रैछ.
यो competition को जमाना हो हामीले ईण्डियन सँग competition गर्न सक्नु पर्छ। र झैले पनि ईण्डियन भन्ने बित्तिकै हामी भन्दा रामरो हुन्छ नै भन्ने पनि जरुरी छैन। उनिहरु पनि कपि गर्ने नै हुन
तल मैले ईण्डियन मित्र हरुको facebook बाट कपि गरेर तस्दै छु
hindi film/copied from
Naqaab = dot the i
speed = cellular
jigar ---> kickboxer (van damme)
rakshak --> hard target (van damme)
judwa --> Suang Long Hui (twin brother- jackie chan)
ghost - pyar ka sayaa
dragonfly - saaya
kramer vs kramer -->> akele hum akele tum
Naksha -->The Rundown (2003)
The Killer --> Collateral (2004)
Krrish --> Paycheck (2003)
Shaadi Se Pehle --> Meri Biwi Ki Shaadi (1979)
Rang De Basanti --> All My Sons (1948) & Jesus of Montreal.
Zinda --> Korean movie Oldboy
Ek Ajnabee --> Man On Fire (2004)
Chocolate -->The Usual Suspects (1995)
Salaam Namaste -- >Nine Months (1995)
Main Aisa Hi Hoon -- >I Am Sam (2001)
Kyon Ki... --> One Flew Over The Cuckoo's Nest (1975)
Aabra Ka Dabra --> Harry Potter (2001)
Dhoom -->The Fast and the Furious (2001) &Ocean's Eleven (2001)
Hum Tum --> Harry Met Sally... (1989)
Taarzan: The Wonder Car = Christine (1983)
Koi... Mil Gaya ==> E.T. the Extra-Terrestrial (1982), Forrest Gump (1994)
Aapko Pehle Bhi Kahin Dekha Hai --> Meet the Parents (2000)
3 Deewarein = The Shawshank Redemption (1994)
Kucch To Hai = I Know What you did Last Summer (1997)
Chor Machaaye Shor = Blue Streak (1999)
Awara Paagal Deewana = Whole Nine Yards (2000)
Deewangee = Primal Fear (1996)
Raaz = What Lies Beneath (2000)
mere Yaar Ki Shaadi Hai= My Best Friends Wedding (1997)
Yeh Kya Ho Raha Hai= American Pie (1999)
Kuch Khatti Kuch Meethi = The Parent Trap (1998)
Kyo Kii... Main Jhuth Nahin Bolta= Liar Liar (1997)
Kartoos = Point of No Return (1993)
Baadshah = Nick Of Time, The Mask, Rush Hour, Mr. Nice Guy
Ek Chhoti Si Love Story --> "Kr?tki film o milosci" [english title: A Short Film About Love].
Yaarana, Agni Sakshi and Daraar ==> Sleeping with the Enemy
Criminal = Copy of The Fugitive (1993)
Hum Hain Kamaal Ke= See No Evil, Hear No Evil (1989).
u me aur hum --> the notebook and A Moment To Remember (korean)
sholay --> once upon a time & The Seven Samurai
Akayla= Cobra (1986).
Main Azaad Hoon=Meet John Doe (1941).
Maalamaal=Brewster's Millions (1985).
madhosi - beautiful mind
musafir - u turn
taxi 9112 - changing lanes
kasoor - forbidden sins
Bluff master - spanish Nueve reinas(Nine queens)
Shukriya ----> Till Death Do Us Apart
pyar to hona hi tha --> ADDICTED TO LOVE
MAINE PYAAR KYUN KIYAA-Cactus Flower.
ALAG - POWDER
DHOOM - TORQUE+ 2FAST 2FURIOUS
naina --> the eye
Janbaaz=Duel in the Sun (1946)
munnabhai mbbs --> patch adams
The Burning Train = Japanese Movie Shinkansen Daibakuha (1975)
Bichhoo(2000) --> Lion(1994)
Hum kaun hai -->The Others
Bazigar(Sharukh Khan)=A kiss before dying(1991; staring Sean Young).
36 China Town= Once Upon a Crime (1992; staring Young).
Aitraaz = disclosure (1993; staring Demi Moore).
Fool n final --> snatch
Phir Herapheri --> Lock, Stock & Two Smoking Barrels
badal --: the devils own
Jism = Body Heat (1981; staring William Hurt)
The Train (2007, Emraan Hasmi)=Derailed
zehar --> out of time
hey baby --> whipped and 3 men and a baby
chak de india --> mighty ducks
Bheja Fry ---> French Le D?ner de cons
Raghu Romeo (2003)= Atame! (1990...also known as Tie Me Up! Tie Me Down)
Dansh (2005) = Death and the Maiden (1994)
Sangharsh (1999)= Silence of the Lambs (1991)
paap -> witness (1985)
Ek Din 24 Ghante (2003)= German film Lola Rennt (1998...also known as Run Lola Run)
Parichay (1972)= The Sound of Music (1965)
humraaz --> a perfect murder and pakistani movie Khoey Ho Tum Kahan (2001)
dosti (bobby deol) == pakistani movie Do Dost (babara sharif)
Josh (2000) = West Side Story (1961)
welcome --> micky blue eyes
god tussi great ho --> bruce almighty
Deewane Huye Paagal (2005) = There is Domething About Mary.
mann --> an affair to remember
mohabbatein - absolution
life in a metro -> apartment
yeh dillagi --> sabrina
Muzse Shadi Karoge - Anger Management
Partner -> Hitch (Dialogue To Dialogue Copy)
Kaante -> Reservoir Dogs
Qayamat -> The Rock
tathastu --> john q
Mr Ya Miss -> Its A Boy Girl Thing & Hot Chic (2002)
Murder -> UnFaithful
Ghajini ( Remake Of Tamil "Ghajini" Which Is Been Copied From "Memento") --> Memento
Kaante............Reservoir Dogs
Awara paagal deewana.......The whole 9 yards
Phir Hera-pheri..........Lock,stock & two smoking barrels
Krrish.........Paycheck
Saaya.........Dragonfly
Kasoor...........Jagged Edge
Deewane hue paagal.........There's something about mary
Chor machaye shor.......Blue streak
Rangeela.........Win a date with Tad Hamilton
Salaam Namaste.........9 months
Salaam-e-ishq........Love Actually
Kyunki main jhooth nahi bolta - liar liar
Tarzan, the wonder car - herbie
Aks..........Face-off...
Sarkar from Godfather
Koi mil gaya - E.T.
MAIN HOON NA*/NEVER BEEN KISSED*
SAAJAN*/ROXANNE*
AITRAAZ*/DISCLOSURE*
SHOLAY*/THE MAGNIFICIENT SEVEN
BAADSHAH*/ NICK OF TIME*
SSSSHHH*/THE SCREAM TRILOGY*
BACHKE REHNA RE BABA*/ HEART BREAKERS
BAAZIGAR*/ A KISS FROM DYING
BLACK*/ THE MIRACLE WORKER*(one of my favs.)
DIL NE JISE APNA KAHA*/ RETURN TO ME
CHALTE CHALTE*/FORGET PARIS* (good film)
HAR DIL JO PYAAR KAREGA*/ WHILE YOU WERE SLEEPING*
MASTI*/ WHIPPED
MERE YAAR KI SHADI HAI*/ MY BEST FRIENDS WEDDING* (lol)
HERA PHERI*/ THE STING
JO JEETA WOHI SIQKANDAR*(classic)/BREAKING AWAY
JISM/ BODY HEAT
KAHIN PYAAR NA HO JAAYE*/ THE WEDDING SINGER
KING UNCLE*/ ANNIE(gotta say, both were good films..back in the day. when i was a kid..hehe)
KUCH KUCH HOTA HAI**/ SLEEPLESS IN SEATTLE
LAGAAN* (this is Disappointing isnt it?)/VICTORY
kUCH NA kAHO/ JERRY MAGUIRE
MOHABATTEIN*/DEAD POETS SOCIETY*
MUJHSE DOSTI KAROGE?*/ THE TRUTH ABOUT CATS AND DOGS
MUNNA BHAI M.B.B.S*/PATCH ADAMS
Agnisakshi - Sleeping with the enemy.
Chocolate - Usual suspects
Bunty aur bubli - Bonny n clyde
Hum tum - Harry met sally
Snatch - Fool n final
Partner : Hitch
pyaar ka saaya : Ghost
Masoom- Man,Woman and Child
Shaka Laka Boom Boom - Amadeu
Ek Ruka Hua Faisla - 12 Angry Men
sangarsh-the silence of the lambs
humko deewana kar gaye-notting hill
Leon The Professional - Bichchhoo
Phir Milenge - Philadelphia
Chachi 420- Mrs Doubtfire
Taxi No,9211 - Changing Lanes
Kabhi Alvida Naa Kehna - Closer
Fatal Attraction: Pyar tune kya kiya
A Kiss before dying: Baazigar
U-Turn: Musafir
Basic Instinct: Inteqam (Manoj Bajpai n Isha Koppikar)
Blue Streak: Chor Machaye Shor
Jagged Edge: Kasoor
Consenting Adults: Ajnabee
mujhse shaadi karogi-anger management and meet the parents
guru-citizen kane
ZEHER - Out of Time
DHAI AKSHAR PREM KE - A Walk in the Clouds
AB BAS-ENOUGH
EK KHILADI EK HASEENA--CONFIDENCE
Tathastu-John q
Rang De Basanti-All My Sons
zinda-oldboy
Mr Ya Miss-hot chic
sauda -the deal -the indecent proposal
main aisa hi hoonh- i am sam
Kyon Ki...One Flew Over The Cuckoo's Nest
Qayamat: City Under Threat-the rock
Aapko Pehle Bhi Kahin Dekha Hai-meet the parents
3 Deewarein-the shawshank redemption
Chor Machaaye Shor-blue streak
Kuch Khatti Kuch Meethi -parent trap
Kyo Kii... Main Jhuth Nahin Bolta -liar liar
Kartoos -the point of no return
Judwaa-the twin dragon
Papi Gudia-the child`s play
Fareb - Unlawful Entry
Agni Sakshi-Sleeping with the Enemy
Hum Hain Kamaal Ke See No Evil, Hear No Evil
Akayla- Cobra
Main Azaad Hoon - Meet John Doe
Maalamaal - Brewster's Millions
Janbaaz- Duel in the Sun
akele hum akele tum-krammer vs krammer
Posted on 10-22-11 1:58
PM [Snapshot: 1302]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
some of the comments. from other participants.
Chirag
Ya bollywood mainstream films SUCK BALL SACKS!!! I watch world cinema, so I am what Jason would call "Evolved"...I love Italian, German, Chinese, Etc etc... THIS IS WHY I FEEL BOLLYWOOD SUCKS!!! While most films from different countries have a UNIQUENESS of their own in terms of culture, stories, etc, bollywood movies are always so obsessed with being as western as possible in every way....From foreign locations, to white background dancers, to random english words and hip hop...What's so Indian about these so called bollywood movies anymore??? Chinese films tell CHINESE STORIES... Italian films tell ITALIAN STORIES... Bollywood films mix every other culture and create absolutely nothing original in the process...Whether it's copying the story or the filmmaking style... There is only one positive unique quality about bollywood and that is the song/dance element since singing and dancing IS embedded in Indian culture (All festivals, weddings, etc)... When done well it works but bollywood lacks originality and the ability to look within... Instead they ALWAYS look for outside influence...World cinema rocks but bollywood has a LONNNG WAY TO GO... I think filmmakers like anurag kashyap, dibakar Banerjee and perhaps Ashutosh Gawarikar are the ONLY filmmakers that attemp new things in India...
about 2 weeks ago
Vaibhav
ONE MORE THING..........most of indian does,nt knw or speak enlish so fr their entertainment v hav 2 make such movie nd they r nt so brainy that they could understand such complicated movies which r made in abroad....so thanku fr these detail actually i was very ancious 2 knw these kind of thing....after trying out in imdb or any other website....u were the person who madeit through fb.......bt i dnt how optimistic this info. is regarding copy of hollywood by bollywood movie......:)
Note:Why did he need help from someone else just to copy a tune?
Hindi Song:Kambakth Ishq (Pyaar Tune Kya Kiya),
Music Director: Sandeep Chowta
Copied From:Eireann (Afro Celt Sound System)
Note:Interesting story here; Chowta was accused of using an unoriginal beat, which he defended by saying that he took his beat from a public website.But what about the TUNE that he lifted from this song?
Hindi Song:Yeh Pyaar Hai (Indian), Music Director:Anand Raaj Anand
Copied From:Ojos Asi (Shakira)
Hindi Song:Gupt Gupt (Gupt), Music Director:Viju Shah
Copied From:Deep Forest (Deep Forest)
Note:Hilarious.
Hindi Song:Babuji Dheere Chalna (Aar Paar), Music Director:O.P. Nayyar
Copied From:Perhaps Perhaps Perhaps(Doris Day)
Note:Nayyar did good work on this one.
Hindi Song:Mehbooba Mehbooba (Sholay), Music Director:R.D. Burman
Copied From:Say You Love Me (Demis Roussos)
Note:Both songs make you wince equally.
Hindi Song:Tumse Milke (Parinda), Music Director:R.D. Burman
Copied From:When I Need You (Leo Sayer)
Hindi Song:Kaisa Tera Pyaar (Love Story), Music Director:R.D. Burman
Copied From:I Have A Dream (ABBA)
Note:As usual, the Hindi song is infinitely better.
Hindi Song:Aa Ab Laut Chalen (Jis Desh Mein Ganga Behti Hai,
Music Director: S. Jaikishan
Copied From: Ciao Ciao Bambina (Domenico Modugno)
Hindi Song:Tera Mujhse Hai Pehle (Aa Gale Lag Jaa),Music Dir: R.D. Burman
Copied From: The Yellow Rose Of Texas (Elvis Presley)
Note:Sounds like a crazy idea, but it actually worked pretty well.
Hindi Song:Neela Dupatta Peela Suit (Hameshaa),Music Director:Anu Malik
Copied From: All I Wanna Say (Michael Jackson)
Note:The beats and opening portion are inspired.
Hindi Song:Love Hua (Jaanam Samjha Karo), Music Director:Anu Malik
Copied From: Angelo (Brotherhood Of Man)
Note:Another case of "good" copying.
Hindi Song:Neend Churaayi Meri (Ishq), Music Director:Anu Malik
Copied From:Sending All My Love (Tolga)
Note:I think freestyle music sounds nice when sung in Hindi;
Hindi Song:Kuch Kasmein (Aankhen).Music Director:Jatin-Lalit
Copied From:Nights In White Satin (Moody Blues)
Note:self-proclaimed "new style" is to copy different tunes?
Hindi Song:Tinak Tin Taana (Mann), Music Director:Sanjeev-Darshan
Copied From:Yang Sedang-Sedang Saja (Iwan - Malaysian)
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.