Posted by: KishorLimbu October 16, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     0       ?        
tmobile  जी,
माथिको पोस्ट मा खस अतिक्रमण मा आदिवाशी  कलासंस्कृति त लेखेको छैन त ? तपाइले प्रसङ्ग बाहिर को कुरा उठाउनु भयो |तपाइले उल्लेख गर्नु भएको आदिबाशी संस्कृति माथिको अतिक्रमण को बारेमा नया थ्रेड मा लेक्ने छु |  नेपालको आदिवाशी हरुलाई खस शासक हरुले विभेद गरेको सबैले स्वीकारछन तैपनि आदिवाशी हरुको भाषा संस्कृति लाइ उन्मुलन नै गरेको चाही सत्य होइन | नेपाल रास्ट्रको स्थापना गरे पछि एउटा सम्पर्ग भाषा त चाहियो त्यसमा उनीहरुले खस भाषा राखे | नेपाल शब्द पनि खस होइन र नेपालको झन्डा पनि  खस हरुको होइन  |   आज भन्दा २५० वर्ष अगाडी पृथ्वी नारायण शाहले  नेपाल चार जात (ब्राह्मण,क्षेत्रि ,वैश्य र शुद्र ) अनि छत्तिस बर्ण (आदिवाशीहरु )  भनेर गैर हिन्दु हरुको अस्तित्व स्वीकारेका थिए तर उसका उत्तराधिकारी हरुले त्यो  उपदेशको मर्म बुज्न सकेनन |

तपाइले राम्रो resouces को अनुसरण भैहाल्छ भन्नु भयो | मैले त अझ सम्म Hollywood र Bollywood को कुनै राम्रो resources भेटेको छैन | तपाइले भेटेको भनिदिनुस न त हामी पनि जानी राखौ | मेरो भोगाईमा बिदेशी  resources  भनेको बिकृति , आडम्बर , खोक्रोपन , झुट , कपट बहेको केहि होइन |  माथि पनि लेखेको थिए  हिन्दी फिल्महरुले  झुटो बोल्ने,अरुलाई ठग्ने र केटि भगाउने कुरा हरु मात्र सिकाइ रहेको छ भनेर | त्यस्तो सन्देस दिने फिल्म हरुलाई राम्रो resouces  भन्ने तपाई ?

नेपालका आदिबाशी हरुले स्वेच्छा ले होस् या बद्यताबश खस भाषा अपनाए , आफ्नै मानेर ग्रहण गरे , गीत लेखे , कविता कोरे नेपाली साहित्य मा ठुलो योगदान दिए | भूपी शेरचन, शिव कुमार राइ, बैरागी काईला , लैंन सिंह बांग्देल  केहि  यसका उदाहरणहरु हुन् | मेचिपारी को खस भाषा अब सायद खस देश का खस हरुले नाबुज्ने पो हो कि ! चाडै खस भाषा लाइ बोकेर खस देश तिर कोसेली लिएर जाने पो हो कि ?
Last edited: 19-Oct-11 03:51 PM
Read Full Discussion Thread for this article