Posted by: KishorLimbu October 18, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     0       ?        

punte  जी ,
मैले आफैले देखेको भोगेको अनुभव लाई साथीहरु माझ राखेको मात्र हो | तपाइको तार्किक प्रतिक्रिया को लागि धेरै-धेरै धन्यवाद | नेपाल नेपालीत्व मा गौरव गर्ने हामी थोरै नेपाली हरु लाई  नेपाल भित्र  भै रहेको हिन्दी अतिक्रमन ले दुखित बनाएको यस प्रति बेलैमा सजक नहुने हो भने आउने पुस्ता ले Identiy Crisis भोग्ने छन् उनीहरुले हामीलाई धिक्कार्ने छन् | तपाइले प्रक्रिया को कुरा गर्नु भयो त्यसमा  असहमत हुन सकिन्न तर  नेपाली फिल्म संगीत ले हिन्दी संग प्रतिस्पर्धा गर्न सक्दैन | हिन्दी प्रभाव लाई नियन्त्रण गर्नु पर्छ तर निषध गर्नु  हुदैन | स्तरीयता को कुरा गर्नु भयो - इन्डियामा पनि बर्समा हजारौ फिल्म हरु बन्छन तर हेर्न लायक फिल्म हरुको संख्या १० वटा भन्दा माथि हुदैन | हिन्दी फिल्म हरुले नेपालमा बिकृति हरु मात्र भित्राई रहेको | अहिले नेपाली  राष्ट्र भाषा को स्थिति यस्तो भएको अवस्थामा अन्य राष्ट्रिय भाषाहरु झनै चपेटामा परेका छन

Last edited: 18-Oct-11 11:16 PM
Read Full Discussion Thread for this article