[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नारायण गोपाल को सम्झना मा

[Please view other pages to see the rest of the postings. Total posts: 196]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 81621 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 08-28-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपाल को सम्झना मा
अनिगिन्ती कालजयि गीत गाउनु भएका नरायण गोपल का अति नै लोकप्रीय गीत्"आज भोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगि देखि जिन्दगि, आत्तिन थलेछ" रेकर्दिङ्गमा अन्तिम् हरफ् छुटेको रहेछ। यस् गीत् का रचनाकार् भिम बिराग ( ७६ बर्ष)का अनुसार् नरायण दाइ ले लामो भयो भनेर त्यो भाग् हटाउनु भयो रे। तर त्यो अन्तिम् हरफ् झनै मर्म स्पर्शी रहेछ, त्यो ओरिगिनल् गाना म रख्नु भएको भए----- यहा हरुको लागि त्यो हरफ् मात्र यहा पस्केको छु, अस्तु!!!!!!!!!

आफू लाइ बिर्सन पिएँ,
तिमीलाइ सम्झिन पिएँ
होशमा पिएँ, बेहोशीमा पिएँ
रक्सिको भ्रममा अफ्नै आंशु पिएँ
आज भोलि हरेक साँझ जाँडिन थाले छ, जिन्दगि देखि जिन्दगि
 
Posted on 09-09-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kalanki,

I emailed "Bipana Nabhai" to your gmail a/c. The mp3 quality is average but "nahunu bhanda kano mama besh," eh?

Enjoy!
 
Posted on 09-09-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Back in 1991, I heard this song "Bholi ko pani yaad gara ...yo mato lai pyar gara" by Narayan Gopal. Maybe rahulvai & others know/heard of this. The guy who played that song told me it was recorded in "28/29 saal" and he considered it an "pro environmental" song.
 
Posted on 09-09-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you very much Kancho. This is not the first time you helped me out. eh.... It would be wonderful to repay you one of these days. :D How about this? If you are lookin' for something please do let me know... Ke tha, maybe I have what u're lookin' for... :D

सिन्कि-अचार, सिसि भित्र धेरै खाँदिएर बस्या भएर सिसि बाहिर भेटिने अचार हरुलाई पनि आफुजस्तै भन् ठान्या हो कि क्या हो? ehe!! पहिलो paragraph को अन्दाजिफिकेसन एउटा मिल्या भे मरिजाम। अब दार्जलिङ्गमा के भन्छ त्यो त था भएन। न त दार्ज गईया छ न त इलाम सम्मै पुगिया छ, तर यतिकुरो चाँहि था छ, नेपालीमा बोट नै भनिन्छ, बुटा भनिदैन। यदि बुटा भन्या रैछन् नारण दाईले भनेपनि बोट नै भनेर गाउदा गीतको अर्थको अनर्थ लाग्छ जस्तो मलाई लाग्दैन। :P अब दिब्य खालिंगको गफ चाँहि मलाई ब्रो ले छोड्या जस्तै लाग्यो, किनभने "तिमीलाई भुल्दा" को संगीत मात्रै दिब्य दाई को हो, गीत त कञ्चन पुडासैनी जी ले रचना गर्नु भा हो। कञ्चन जी ले नापि-तौली लेख्नु भएको गीतलाई दिब्य दाई ले किन व्यर्थैमा घुमाउने‍ पछार्ने काम गर्नु हुन्छ होला त? दिब्य दाईले नै रचना गर्या र संगीत भर्या "प्रियसीका याद हरु" जस्ता गीतमा भने शव्द छुट्या बढ्या भा होला, त्यो बेग्लै कुरा भो। Anyway I am going to post the lyics for Priyashi ka yaad haru :D

Samayukta (isn't it supposed to be Samyukta?) eh... You Dirty Mind. LOL. Naah, M just kiddin'.
Well I am aware that Narayan Gopal and gang were notorious for some of the double-meaning and provocative lines in their songs. For example:
1. मेरो यो मनलाई राख्ने घुम्तिघर छैन तिम्रो दोभानमा राखु कि
2. गल्ति हजार हुन्छन, the whole song. eh!! हात हरुले घात गर्न सक्छ, प्यार गर्दा गर्दै पाप पनि गर्न सक्छ etc
3. वर्णन गरेर तिम्रो सर्वाङ्ग लेखि दिन्छु, एक छिनको निम्ति तिमीलाई उदांग देखि दिन्छु
But I don't think the line you pointed out contained any hidden meaning. eh.. It sounds more like न्यूरोडमा प्रिती लाउन लायकको तरुणी हेर्दै हिड्ने to me. But you could be right.. eh.

PRIYASHI KA YAAD HARU
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरें
प्रियसीका यादहरु

जीवन यहाँ जताततै अंगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै
प्रियसीका यादहरु

सम्झनाका छाँयाहरु छाती भरि धुंवा जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुंवा जस्तै
वास खोज्दै उडी हिड्ने सिमलको भुवा जस्तै
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
प्रियसीका याद हरु
Lyrics/Music: Dibya Khaling
Singer: Narayan Gopal


 
Posted on 09-09-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुटा हिन्दी हैन होला । मेरो ख्याल मा बोट ले ठुलो र बुटा ले सानो जनाउछ ।
 
Posted on 09-09-06 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुटा ले के अर्थ लाग्छ, बोट ले सँग भन्दा नि नारायण दाई को गीत को मीठास् सँग मतलब राखनु बेश होला । सिन्कि अचार को बिचार साह्रै पूर्वआग्रही जस्तो लाग्यो । नारायण दाई क श्रोताहरुको कुनै उमेर छैन्, न कुनै जाती, लिङग या वर्ण हुन्छ । गीताको भाव लाइ तौलेर, संगीतको भाषा लाई गुनेर, स्वर को उतार चढाव लाई मिलाएर सिर्जना गरिएकाल नै अमर, अजर अनि जीवन्त भएका हुन ।
दार्जलिङ सँग नारायण दाई को अनुनियाश्रीत सम्बन्ध रहेक ले सिन्की अचार जी, नारायण दाई को भाव लाई मनन गर्नु होस् ।
 
Posted on 09-09-06 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा मर्म श्पर्शी गीत छ ।

तिमीलाइ म के भनुं,
फूल भनुं कि जून भनुं?
उपमा धेरै म के दिउं,
तिमिलाइ मनकी मयालु भनुं

फूल् फुलेको मौसम् मा,
यो साँझको शितल वातावरणमा
यो मनलाइ कसरी सम्हालूं म
म पिइ बेहोस, बेहोस भएं म


केहि झुके झुकेका नजर्,
केहि बोल्न खोज्दा कांपेका अधर्
दुइ आंखाका गहिरा ताल बीच्
नसकी तर्न डुबें डुबें म

तिमिलाइ मन की मयालु भनूं
 
Posted on 09-10-06 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more!!

SADHAI NA MA HAASE

सधै नै म हाँसे तिमीलाई रुवाई
आज सारा खुशी म दिन तैयार छु
तिम्रा पीरहरु ती केहि मेटिएला
जुनी भरको लागि म लिन तैयार छु
सधै नै म हाँसे तिमीलाई रुवाई
आज सारा खुशी म दिन तैयार छु

कहाँ मेरो भाग्य तिमीलाई पाउने
कहाँ मेरो भाग्य तिमीलाई पाउने
तर बाँचुन्जेल यहाँ घात गर्ने छैन
तिमी हाँसि देउ यो आँट नै लिएर
कुनै दिन म तिम्रो साथ छोड्ने छैन
सधै नै म हाँसे तिमीलाई रुवाई
आज सारा खुशी म दिन तैयार छु

कहाँ मेरो हक छ तिमीलाई टिठ्याउने
कहाँ मेरो हक छ तिमीलाई टिठ्याउने
तर मृत्यु सम्म गलहत्याउने छैन
तिमी बाँचिदेउ तिमी नै भएर
अरु धेर मलाई केही चाहिदैन
सधै नै म हाँसे तिमीलाई रुवाई
आज सारा खुशी म दिन तैयार छु

--Narayan Gopal

 
Posted on 09-10-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमारु ले कुरा बुझे जस्तो लागेन:
पैला पर्थमा त मैले तिमारु लाइ पशिमान्चल बाट भनेको चिँ चियाको खेती नभाको जगा भकोले "बुटा" भन्ने शब्द चिया सँग जोडीएको हुन्छ भन्ने थाहा हुन्न भनेर भनेको। तेत्रो ईलाम, झापा, डाज तिर बुटा भन्छ भनेर भन्न कोशीस् गरेको । चिया को "बुटा" नै हुन्छ "बुट्टा" होइन, "बुटो" होइन। बुटा नै हो। नत्र जाओ सोध डाज् , आसाम्, इलाम्, झपा बस्ने नेपलि लाइ जहाँ चिया को खेति हुन्छ। नारान् दाइ, या भुपि ले नजानेर लेख्या होइन बुटा, जानि जानि लेख्या हो।।।
अनि हौ राहुल् भाइ, मैले भन्न खोजेको कुरो सोम् ले अलिक् नबुझे जस्तो छ।मैले नारान् दाइ लाइ मन् पराउने बुढा हुन्छन् भन्न खोज्या होइन, खालि जोक् पो गर्या त! अब नेपाल् मा गयेर महिना
अब लामो लेक्चर् दियेर सङीत्, सब्द, अनि के के हो के के ले नारान् दाइ का गीत् प्रसिद्द भका छन् भनेर त कस्ले पो बुझ्या छैन र, कि कसो?

अनि हौ कलन्किस्थान्, के भाको हौ तिमि त सोम्? तेती पनि बुझ्दैनौ यार्, तेति बेला नारा दाइ, नगेन्द्र थापा, गोपाल् योन्जन्, सप्पै ३० बर्श मुनिका unmarried बोका थिये।। तेति बेला sex को बारेमा सोच्नु, लेख्नु, natural hoina ta? tara tee geet maa {double entendre पटक्कै छैन। छ त खालि एउटा उन्मुक्त केटा को भाव्ना जस्ले पृयसि लाइ एउटा योनि भाको आइमाइ देक्छ अनि भोग्न चाहन्छ।ऐले जस्तो i wanna फक् you भन्ने चलन् थियेन रछ तेति बेला।
अनि हौ सोम् हरु, कसैले नारान् दै ले गाउदा "ट" र "त" मा फरक् उचारण् पाउनु भको छ? मैले धेरै धेरै नै पाको छु। ल्
लु लेख्नु होस् त, तपाईं हरू को बिचार । । ।
राहुल भाइ लाइ parting Shot: नारान दाइ का पंखा हरु २४ बर्ष भन्दा माथि का ऐले सम्मा मैले कोही पनि भेटेको छैन
लु लेख्नु होस् त, तपाईं हरू को बिचार । । ।
राहुल भाइ लाइ parting Shot: नारान दाइ का पंखा हरु २४ बर्ष भन्दा माथि का ऐले सम्मा मैले कोही पनि भेटेको छैन
अनि दार्ज् र नारान् को सम्बन्ध मा:
कुरो उहि सेक्स् को हो:नारान् गोपाल् डाज् गाको बेला १९६५ मा अरे, चौरस्ता देखि केटि हरू को भिड् रे, सप्पै हात् हात् मा सिन्दुर् को बट्टा लियेर मलाइ सिन्दुर् लाइदेउ नारायन् गोपाल् भनेर तँ छड् र म छाड् गर्दै आउँथे अरे हौ!!अनि के न लेखुन् त, नगाउन् त मलाइ माफ् गरिदेउ भनेर।

लु त ऐले लाइ गुँए नि ल!
 
Posted on 09-11-06 5:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I`m confused...........
कृपया कसैले मलाई राम कृष्ण ढकालका पहिला गुरु को हुन भनेर बताईदिन सक्नुहुन्छ? गोपाल कर्माचार्य हुन र?
र, उहाँको र राम कृष्ण ढकालको सम्बन्धको बारेमा पनि बतैइदिन सक्नुहुन्छ?
 
Posted on 09-11-06 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Narayan dai ma celing fan haru khai, aja yo thread marna lagyo, yes lai ni narayan dai lai jasto ajae amar banauna shayog garnu hos.
 
Posted on 09-12-06 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is one.

JEEVAN DEKHI DHERAI

जीवन देखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर
म मुर्दा भएको तिमी आज हेर

यहाँ ढुंगाहरु गर्छन इश्वरको अभिनय
यहाँ कुकुरपनि गर्छ मान्छेको अभिनय
कल्लाई मान्छे भन्ने कल्लाई देव भन्ने
यो परिभाषा आज च्यातिएको हेर
म मुर्दा भएको तिमी आज हेर

कति सस्तो जीवन कति सस्तो मान्छे
जताततै देख्छु मान्छे माथि मान्छे
सैंयौ पेट मारी म अघाउने मान्छे
अबलालाई दुख्दा म रमाउने मान्छे
ढाकेर थाकें यो कालो मुटुलाई
म जन्मेको भेषमा मलाई आज हेर
म मुर्दा भएको तिमी आज हेर

Singer: Narayan Gopal
Lyrics/Music: Gopal Yonjan

 
Posted on 09-12-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण दाई ले एक मात्र नेवारी गीत गाउनु भाकोथ्यो ।
पुरै गीत त याद छैन तर पनि केही अंश राख्दै छु ।

जीवने गबलें छक:सां प्रेम जीं याहे लंगु दु
जीवने नं छुं छक:सां प्रेम जीं याहे लंगु दु

थौं थ्व हिसी दुगु छुं मदै तिनी
रंग ब्वै तिनी झिगु हं
न्ह्यागु खुशी थें वंगु झिगु,
वन जीवन हे झिगु हं


जीवने गबलें छक:सां प्रेम जीं याहे लंगु दु
जीवने नं छुं छक:सां प्रेम जीं याहे लंगु दु
 
Posted on 09-12-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai,

Narayan Gopal has sung other newari songs too.

I have a recording of a newari song of his and it goes like this.

"Dakalay saagu ailaa ... wo Khopa yaa aila hai biu jita...."

Rough translation:

"Sabbhanda mitho raksi.....Bhaktapur ko raksi malai lyaadeu"
 
Posted on 09-12-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृपया यो गीत् को सब्द हरु सच्याइदिनु हुन्छ कि? गड्बड् भाको जस्तो छ।।


मेरो गीत म उभेको धुलो ले सुनोस्
मेरो गीत यहाँँ को चुप चाप ले सुनोस्
मेरो गीत् कोहि सुन्दैन भने आकाश् बतासले सुनोस्

मुटुका अनि रगत् का गीत्
सुस्केरा अनि पसिना ले सुनोस्
भिज्दैन धरा पसिना ले भने,
[यहाँ को सम्झनै सकिन]

आँशुका ध्वानि कान् ले होइन
छाती का थुप्रै ब्यथा ले सुनोस्
शहर् मा गीत् कहालिन्छ भने
डाँडा काँडा गोरेटो ले सुनोस्, गोरेटो ले सुनोस्
मेरो गीत्।।
 
Posted on 09-12-06 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद, कान्छो जी, मलाई अरु नेवारी गीत गाएको थाहा भएन । जे होस्, जुनसुकै भाषा मा गाए पनि नारायण दाई ले नेपाली संगीत क्षितिजमा अनगिन्ती गीतरुपी ताराहरु कहिले पनि न अस्ताउने गरी छोडेर जानु भको छ ।
नारायणदाइका गीत हरुको रचनाकारहरु लाई नि सम्मान गर्नै पर्दछ ।केही गीतकारहरुको नामवली रख्दै छु, आ-आफ्नो रोजाइ होलान्, यी मेरा नितान्त वैयक्तिक रोजाइ हुन ।
१ । हरि भक्त कटुवाल
२, भीम बिराग्
३, गोपाल योन्जन
४, नगेन्द्र थापा
५, इस्वर बल्लभ
६, दिनेश अधिकारि
७, कन्चन पुडासैनि
८, बिस्वम्भर प्याकुरेल्
९, क्षेत्र प्रताप अधिकारि
१०, कालि प्रसाद् रिजाल्
 
Posted on 09-12-06 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा गीत नारायण दाई ले गाउनु भाको गीत्, राधा मानन्धर जी ले पनि गाउनु भाको छ । कुरै कुरा मा, मैले नेपाल छोड्नु केही दिन अगाडि राधा मानन्धर जी ब्रेन ह्याम्रेज भएर मृत्यु शैया मा हुनु हुन्थ्यो, थाहा छैन, उहा अहिले हुनु हुन्छ कि हुनु हुन्न ।


ए मलाई माया गर्छु भन्ने हजुर,
कहिले माया पनि त गर्ने गर
तिम्रो टाढाको म्वाऐइ ले पुगेन मलाई,
बरु नजिक आइ स्ताउने गर

मन्छे के के भन्छन् तिमिलाइ
मन ले के के भन्छ,
साँचो कुरा खोल मलाइ
एक् दिन् सब् ले सुन्छ
न लुकाइ मनका सारा बिम्ब हरु,
मन खोली मलाइ बताउने गर,
तिम्रो टाढा को----------


बाकि का हरफ् हरु जोडेर यो गीत् लाइ पूर्ण बनाइदिन् हुन् अनुरोध छ।
 
Posted on 09-12-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

muji narayan gopal ice cream khayera mareko ho.

last song euta film maa cha, nam birsyo, khoke ko aawaz nai cha,, saale movie industry le marne bela ko aawaz lai ni aafno profit ko lai haalyo, chor haru.
 
Posted on 09-13-06 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TMA, sorry, I don't know which thread it was. It's been quite a while. But I have those pictures safe 'n sound at my home computer and one of the DVD's. :)

Khabardar, tyo geet yesto po ho ki?

MERO GEET MA UVEKO

मेरो गीत -- मेरो गीत म उभेको धूलो ले सुनोस
मेरो गीत यहींको चूपचापले सुनोस
मेरो गीत कोहि सुन्दैन भने
आकाश वतासले सुनोस

मुटुका अनि रगतका गीत
सुस्केरा अनि पसिनाले सुनोस
भिज्दैन धरा पसिनाले भने
फाटेका पिडा धरतीले सुनोस
धरतीले सुनोस -- मेरो गीत

आँशुका ध्वनी कानले होइन
छातीका थुप्रै व्यथाले सुनोस
शहरमा गीत कहालिन्छ भने
डाँडा काँडा गोरेटो ले सुनोस
गोरेटो ले सुनोस
मेरो गीत

Singer: Narayan Gopal
Music: Narayan Gopal
Lyrics: Nagendra Thapa



rahulvai, Gopal Yonjan is number 1 in my list. Love his lyrics and was quite fortunate to meet him before his demise.
The corrected version of Ye malai maya garchu bhanne hazur. I guess the music/lyrics of this song was also by Gopal Yonjan. I am not sure tho.


YE MALAI MAYA GARCHU

ये मलाई माया गर्छु भन्ने हजूर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई
बरु आई मलाई सताउने गर

भावना मा नआउ तिमी, याद मा न आउ
तन्नेरीको सपना जस्तै बिश्स्वाद मा नआउ
प्रितीको फूल टिप्न पर्छ भने
काँडा देखि डराई नभाग्ने गर
तिम्रो टाढा को म्वाई पुगेन मलाई
बरु आई मलाई सताउने गर

मान्छे के के भन्छन् तिमीलाई
मन् ले के के भन्छ
साँचो कुरा भन मलाई
एकदिन सबले सुन्छ
नलुकाई मन् का सारा विम्बहरु
मन् खोली मलाई देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई
बरु आई मलाई सताउने गर

--Narayan Gopal


euthensia, does it matter how he died? मृत्यु कसरी आउछ कस्ले भन्न सक्छ र? What matters is he died at the peak of his career, after Swarnim Sandhya. Fortunately Swarnim Sandhya was the first time (and the last I guess) in Nepal when the Live recording quality didn't get messed up. I said Last time because remember Arun Thapa live, where the sound got so screwed up. Well, most of the time these live shows recorded by our engineers just get screwed up big time and Swarnim Sandhya was an exception. I was fortunate enough to have an opportunity to watch Swarnim Sandhya live, thanks to my grand father, who was an avid fan of Narayan Gopal and at that time he might have anticipated the importance of taking his grandson to watch such a historic show. Although I was very young to understand his songs and the importance of that moment. Now, I cherish that moment and I am always thankful to my grandfather, who died few years after Narayan Gopal. The main credit for turning me into liking his songs was Nyhoo Bajracharya. I went to learn guitar with him and ended up learning some simple chords and some really good understanding on rhythms and depth of Naryana Gopal's songs. Now finally I seem to understand the meaning and admire his vocal and the way he understood the lyrics and sang with his heart. Just listen to Sawan Ko Jhari Bani, such a simple song, such an ordinary lyrics but the way he sang it is out of this world. And that is just one of his many songs. Seems like I am getting Old... mmm... Just older. eh!

This song is dedicated to my grand father, eh... every time I listen to it, it takes me back to my childhood days with my grandfather, who used to wake up early and usually murmured Ankha chopi Narou Bhani. eh!! Damn I am missing something that I avoid missing for last 12 years. I am seriously getting older. ehe...!!

ANKHA CHOPI NAROU

आँखा छोपी नरोउ भनि भन्नु पर्‍या छ
मुटु माथि ढुंगा राखि हाँस्नु पर्‍या छ

भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन
वाचा छिटै आउछु भनि गर्नु पर्‍या छ
मुटु माथि ढुंगा राखि हाँस्नु पर्‍या छ

छाती भरि गाँउ-बेशी पखेरीको छाँया
आखाँ भरि मेलापात मायालुको माया
आफैलाई छाडी कतै जानु पर्‍या छ
मुटु माथि ढुंगा राखि हाँस्नु पर्‍या छ

भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो
कुलचिएर आफैलाई हिड्नु पर्‍या छ
मुटु माथि ढुंगा राखि हाँस्नु पर्‍या छ

--Music/Singer: Narayan Gopal
--Lyrics: Kali Prashad Risal

ChillaxXx!!
 
Posted on 09-13-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai,
"e malaai maayaa garchhu bhanne haru, kaile maayaa pani dekhaaune gara" yo geet ta sushilaa subba le gayeko hoina ra? radha manandhar ko ta "har raat meraa need haroo laai chiso bataas le udaai dinchha" po hoina ra? I might be wrong....
 
Posted on 09-13-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khabardar ji, yo geet Radha Manandhar le gaayeki hun, she is (was) my neighbour. Har raat mera nid haru chiso batas le ............. and Chyaati deu paana bhari lekhiyeka chiththi haru...................... jasta ati nai marma sparshi gaaanaa gayeki Radha didi, Communist Neta Sita Ram maskey sanga bihe gare pachhi gauna chhodnu bhako.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters