[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 201352 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-06-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा।
खसी ढालेर नि अड्डामा हाजिर? फूलपाती देखी त छुट्टी होइन र ?

 
Posted on 10-06-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dashain ko belama sabai jana chusta durusta hunuparne ta!!
kina susta susta chha yo chautari ?

 
Posted on 10-06-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् आफ्टरनुन चौतारी,
फूलपातीय जदौ सप्पै गाम्ले हरु लाई।

 
Posted on 10-06-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुस्त त थाहा छैन तर दुरुस्त चैँ म दुरुस्त बिर्खे जिम्माल जस्तो छु

चेली नानी र सम्धीज्यूलाई जदौ


 
Posted on 10-06-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

हुन रिट्ठे गाउं पुगेको नि २ हफ्ता भैसक्यो। १ खसी बराबर को त म: म: भ्याइसक्यो होला। लहरे नि पुगेको सम्चार छापेछ।


जिम्माल ले खसी ढालेको खबर पनि आगो सारी फैलियो । चेली ले नयाँ लुगा किनिन रे। दीपिका बेकरी क्याफे मा चिकेन म: म: को स्वाद मा मस्त रे।


आफ्नो भने अस्त ब्यस्त, के को दुरुस्त अब?


 
Posted on 10-06-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सम्पूर्ण औतारीहरुलाई मेरो पनि फूलपातीय जदौ !

ठुल्दाइ, जिम्माल बा, बिस्टे, चेली, बौचा, सान्नानी, चिप्ले, हर्के सबै साथीहरुमा दसैंको शुभकामना !

नयाँ नेपालको हाल दयनिय छ ! दसैं भन्दा पनि बढी दसा लागेको छ । पुर्व पश्चिम राजमार्ग बाढीले गर्दा बन्द ! पिलेन भाडा एक तर्फी ७००० (ब्ल्याक मा रे) !

फेरी भेटौँला !


 
Posted on 10-06-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैको स्वस्ती छ है।
 
Posted on 10-06-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाईलाई अघि बिर्सेको साथसाथ यो नया डबल जदौ!

खसि ढालेको थोरै भएछ दाँतमा अड्किएर सकिन लाग्यो ठूल्दाई!

त्यहि त, लहरेले सम्चार छापिसको, रिट्ठे नि आज बल्ल बल्ल आउन भ्याएछ, दीपीका नानूको खबर छैन उतै मख्ख परिरहेकी होलीन्।

के छ रिट्ठे खबर???


 
Posted on 10-06-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नाम लिया रिट्ठे हाजिर?
ब्ल्याक मा ७००० भए ह्वाइट मा कती नि त्यो पनि खुलाई पठाइ दिन हुन अनुरोध छ।

 
Posted on 10-06-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी पनि जदौ ठोक्दिये जे परे पर्लान्त !

ब्ल्याक मा ७००० व्हाइट मा चाँही ४१०० रे त !

अरु खबर त सबै बेसै छ जिम्माल बा बरु त्यता तिर को के छ नि?


 
Posted on 10-06-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 @ all.

oho ritthe timi pani dui jana bhaera aaune ho farkida?


 
Posted on 10-06-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्ले हरुलाई दसैंको बोकामय तारेमाम ।
कत्रो लामो लाइन गान्ठे  बल्ल बल्ल भोली अस्टमिको लागि बोका किनेर आए बाबा हो।

 
Posted on 10-06-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चेली ले नयाँ लुगा किनिन रे"
kasari thaha paunu bha thuldai????

 
Posted on 10-06-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



अपरान्हको जदौ गाम्ले हो।
आज फूलपातिको दिन पनि त्यसै बस्न दिएन साहूले। खसी बोका बेच्ने मान्छे भए पनि ब्यस्त भएँ भनेर दङ्ग पर्नु।
लहरे र रिट्ठेले त सम्झिरहेका रहेछन् नेपाल पुगे पनि, दीपिका भने बेपत्तै छिन्।
दीप पर्भोलाई पनि दशैको स्वस्ति है।    
जिम्मालबा, खसी जति दाँतैमा अड्क्यो कि कसो?
ठुल्दाइ र भाउजुलाई निम्तो गरेको हिंजो, कुर्दा कुर्दा नआएर तपाईंहरुको भाग पनि आँफै खान पर्‍यो।
बिष्टे, दशैको मुखमा दु:ख पाएछौ भनेर थुतुने किताबबाट थाहा पाएँ। जे होस् कुशल रहेछौ, खुशी लाग्यो।
चेली, चौतारी सुस्ताउनुको कारण त महिला संघकै निष्कृयाताले हो कि जस्तो लाग्यो है मलाई त।   

सान्नानी, सन्चै छौ?
हर्के, कहिलेदेखि बङ्गूर खान छोडेर बोका खान थालेको हो?  

 


 
Posted on 10-06-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजया दशमीको उपलक्ष्यमा सबैलाइ हार्दिक शुभकामना।
 
Posted on 10-06-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ali ali sancho chhaina chiple.

crazy timlai pani dashainko dherai dherai shuvakamana.


 
Posted on 10-06-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli le dashain lai ke luga kinya? malai ta hamro hajurbaale astinai kindisake farak. :)
 
Posted on 10-06-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडा दसैंको शुभकामना सबै साझाबासी एबम सम्पूर्ण नेपालीलाई  लाई।    बिर्खेजी, चिप्लेजि अनी टेक जि ले त फूलपाती  अगावै खसी ढालेको समाचार क्रोनिकल ले छापेको थियो। मासुको बास्ना हुरिले मेरो घर सम्म पनि ल्याएको थियो। तर आफु त अभागि परियो। सानै देखी लागेको बानी जब दसैं आयो रुघाखोकी लागिहाल्ने।  हुँदा हुँदा अमेरिका आएपछी, पनि दसैं नलागेपनी रुघाखोकी लागेर  हैरान। Happy vijaya dashami to all once again.

 
Posted on 10-06-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढा हरु सप्पै लाई दशै लागि सक्या छ।। हिजो पनि सन्चबार जस्तारी जाड धोके पछी यस्तै हो । सप्पै हाङ म होलन अनी के चुस्त दुरुस्त हुन्थे त । बिचरा चेली नानी मात्रै फल्फुल को जुस खा भएर दुरुस्त छीन ।
 
Posted on 10-06-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ के भएको सान्नानीलाई? शीघ्र स्वास्थ्य लाभको कामना।
शत्रुको रुघा पनि चाँडै ठीक होस्।
टेकजी, खुशी लाग्यो भेटघाट गर्न पाउँदा। अनि कत्तिको खाइँदैछ त खसी? मैले त धेरै जाँड खाइन है हिंजो त।      

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters